भर्खरै :

नेपाल शक्ति राष्ट्रको खेल मैदान नबनोस्

संसारका शक्ति राष्ट्रहरूले आ–आफ्नो स्वार्थ पूरा गर्न स– साना देशहरूलाई आफ्नो खेल्ने मैदान बनाउनु स्वाभाविक हो । खेल मैदान बनाउने शक्ति राष्ट्रको चलखेलमा स–साना स्वाधीन तथा सार्वभौम देशहरू फस्नु हुँदैनथ्यो । आर्थिक प्रलोभनमा, विकासको नाउँमा नेपाल शक्ति राष्ट्रको खेल मैदान बन्दै छ । एमसीसी सम्झौता भएमा नेपाल संयुक्त राज्य अमेरिकाको खेल मैदान बन्नेमा शङ्का छैन । एमसीसी सम्झौताको प्रसङ्ग त पछिल्लो दृष्टान्त हो । सिद्धान्ततः कुनै पनि कम्युनिस्ट पार्टीले विस्तारवाद, साम्राज्यवाद, पुँजीवाद र उपनिवेशवादको विरोध गर्नुपर्छ । विस्तारवादी र साम्राज्यवादी देशहरूले फैलाएको भ्रम, दबाब, आक्रमण र हस्तक्षेपको विरोध गर्नुपर्छ । तर, साम्राज्यवाद, विस्तारवाद र पुँजीवादको विरोध गर्न, जनतासामु उदाङ्गो पार्न कति कम्युनिस्ट पार्टीहरू डराउँछन् । नेपालको सत्तारुढ दल नेकपाले त्यस्तो कुनै विरोध गरेको छैन । बरु, नेकपा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पिछलग्गू देश बनेको छ । यो कम्युनिस्ट सिद्धान्त, विचार र आचरणविपरीत काम हो । नेकपाको यो गलत विचारको अरू कम्युनिस्ट पार्टीले विरोध गर्नुपर्छ ।
साम्राज्यवादी र विस्तारवादी देशहरू आफ्नो स्वार्थ पूरा गर्न स–साना देशहरूमा कहिले आर्थिक सहयोग त कहिले विकासको योजना पनि बाँड्छन् । अमेरिका र भारतले गरिरहेको सहयोग यस्तै असमान सन्धि र सम्झौताको विरोध नगराउन र फेरि त्यस्तै सन्धि सम्झौता गर्ने उद्देश्यले भइरहेको छ । कति देशले आफ्नो कुनै स्वार्थ र सर्तबिना विकास गर्नकै निम्ति सघाइरहेको हुन्छ । यसकारण साम्राज्यवादी, विस्तारवादी, पुँजीवादी देश र समाजवादी देशहरूले गर्ने सहयोगमा फरक–फरक उद्देश्य या स्वार्थ रहेको हुन्छ ।
सरकार र सत्तारुढ दल दूरदर्शी हुनैपर्छ । कुनै पनि शक्ति राष्ट्रको चलखेलमा फस्नुहुँदैन । अहिलेको हित हेरेर पछि दूरगामी असर पार्छ, अप्ठयारो हुन्छ भने त्यस्तो आर्थिक प्रलोभन या विकासको सहयोगमा सरकार भुल्नु हुँदैन । नेका कम्युनिस्टविरोधी पार्टी हो । नेकाले भारत र अमेरिकी पुँजीवादी राजनीतिको समर्थन गर्छ । नेकाले एमसीसी सम्झौता ग¥यो भनेर नेकपाले गर्न मिल्छ ? भारतले नेपाली भूमि बढी मिच्ने, नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध निर्माण गर्ने र नेपाल–भारतबीच असमान सन्धि सम्झौता बढी नेकाकै पालामा भएको थियो । नेकाले विगतमा गरेको गल्ती नेकपाले दोहो¥याउनु हुँदैनथ्यो तर दोहोरिरहेको छ । यो नेकपा र नेकपाको सरकारको गलत कदम हो, गलत विचार हो । यसमा नेकपाले सुधार्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *