भर्खरै :

बीबीसीको प्रभावशाली महिला नामावलीमा राजनीतिक पूर्वाग्रह

बेलायतको समाचार संस्था बीबीसीले गत मङ्गलबार ‘सन् २०२० का एक सय महिला’ को नामावली सार्वजनिक ग¥यो । बीबीसीले उनीहरूलाई ‘प्रेरक र प्रभावशाली’ तथा ‘प्रतिकूल समयमा परिवर्तनको अगुवाइ गरिरहेको र भिन्नता देखाइरहेका’ भनी विशेषण जोडेको छ ।
बीबीसीले ‘निष्पक्षरूपमा’ उनीहरूबारे लेखाजोखा र मूल्याङ्कन गरेको बताएको छ । तर, नामावलीमा समावेश दुई जना चिनियाँ महिलाले चीनप्रति बीबीसीको वैचारिक पूर्वाग्रह छताछुल्ल बनाएको छ । हङकङ उपद्रवकी नेतृ अग्नेस चाउ तिङ र विवादास्पद लेखिका फाङ फाङ पनि बीबीसीको नामावलीमा समावेश छन् ।
बीसीसीले चाउलाई ‘प्रजातन्त्रवादी अभियन्ता’ बताएको छ । उनका समर्थकहरूले उनलाई आफ्नो परिवार र देशको लागि लडेका चिनियाँ वीरङ्गानासँग जोडेर ‘मुलान’ उपनाम दिने गरेको बीबीसीले लेखेको छ ।
चाउलाई बीबीसीले उचालेको यो पहिलोपटक होइन । उनलाई ‘मुलान’ उपनाम दिएको पनि पहिलोपटक होइन । यसो गरेर बीबीसीका साथै चाउका समर्थकहरू न चिनियाँ संस्कृतिप्रति परिचित भएको देखियो, न चिनियाँ साहित्यमा मुलानप्रतिको गहिरो आस्थालाई नै बुझ्न सकेको देखियो । मुलानले आफ्नो देशलाई विदेशी आक्रमणकारी शक्तिबाट जोगाएकी थिइन् । तर, चाउ भने अहिले पृथकतावादलाई प्रश्रय दिँदै आफ्नो भूमिमा विदेशी हस्तक्षेपलाई आमन्त्रण गरिरहेकी छिन् । उनको सामाजिक सञ्जालको पृष्ठमा पूरै आफ्नै देशमाथिको विषवमनले भरिएको छ । उनले त जापानको आत्मरक्षा बललाई हङकङमा सेना पठाउनसमेत आग्रह गरेकी छिन् ।
यस्तो स्वविवेक नभएकी पृथकतावादीलाई बीबीसीले ‘महिला नेतृ’ भनेको छ । कठै, बीबीसी कति गलत र पूर्वाग्रही छ !
अब कुरा गरौँ, फाङ फाङबारे । बीबीसीअनुसार उनले ‘चीनका करोडौँ जनतालाई दैनिक जीवनका चुनौतीदेखि जबरजस्ती उपेक्षाको मनोवैज्ञानिक प्रभावबारे’ उजागर गरेकी छिन् । बीबीसीले उनीमाथिको एक वाक्यको टिप्पणीमा भनेको छ, “तिमी स्वतन्त्र स्वअस्तित्व बन ।”
कति मानिस निदाएको जस्तो अभिनय गर्नुमा नै मज्जा मान्छन् अथवा आफूलाई प्रतिकूल भएका कुरा बेवास्ता गर्छन् । जस्तै कोभिड–१९ सँगको लडाइँमा चीनले हासिल गरेका उपलब्धिलाई उनीहरू देखे नदेखेजस्तो गर्छन् । बरु, त्यसको सट्टा आफ्नो विचारधाराको सेवा गर्ने जोकोहीलाई अतिरञ्जनापूर्वक उछाल्छन् । जस्तैः चीनमा महामारीको सुरुका दिनबारे फाङ फाङका हतास अभिव्यक्ति आए । फाङ फाङको दैनिकीको आधिकारिकताबारे अझै अनेकन शङ्का–उपशङ्का छन् । तथापि, उनले लेखेका अधिकांश कुरा सुनेको भरमा लेखेकी छिन् । त्यही उहान दैनिकीलाई पश्चिमाले के के न जस्तो गरी प्रचार गरिरहेका छन् ।
आफ्नो मातृभूमिप्रति न्यून प्रेम प्रदर्शन गरेका दुई जना व्यक्तिलाई पश्चिमाले पटक पटक प्रशंसाको कल्की लगाइरहेका छन् । यसले अरुलाई औजारको रूपमा दुरुपयोग गर्ने उनीहरूको मूल्य उजागर गरेको छ । आफ्नो राजनीति र विचारधारामा भूमिका खेल्न सक्नेलाई नै उनीहरू यस्ता क्रमावलीमा समावेश गर्ने गर्छन् ।
वर्षौैँवर्षदेखि पश्चिमा देशले चीनका विरोधीलाई पुरस्कार दिँदै आएका छन् । यो क्रम पछिल्ला वर्षमा बढ्दो छ । उनीहरूले यस्तो पुरस्कार दिनुको मूल मापदण्ड भनेको विचारधारा नै हुने गरेको छ । सन् २०१६ मा मार्टिन इन्नाल्स मानव अधिकार रक्षक पुरस्कार उइगुर विश्वविद्यालयका शिक्षक इल्हम तोहतीलाई दिइयो । पृथकतावादी गतिविधिमा सामेल भएको अभियोगमा उनी जन्मकैदको सजाय भोगिरहेका छन् ।
पश्चिमा देश चीनको मानव अधिकारमाथि विपक्षी र विरोधीलाई पुरस्कार दिनेजस्ता जालझेल गरेर हमला गरिरहेका छन् । चीनलाई ‘चिढाउने’ यो सबभन्दा सस्तो उपाय हो ।
तर, बीबीसीले गलत मूल्याङ्कन गरेको छ । उसको यो क्रमावलीले उसकै छवि धमिलो बनाएको छ । चाउ–शैलीकै पृथकतावादी यदिज स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा भए के उनीहरूको नाम बीबीसीको नामावलीमा आउला ? बेलायत, संरा अमेरिका वा अन्य पश्चिमा देशहरूले आफ्नो देशका पृथकतावादीलाई कहिल्यै ‘नायक’ भन्न सक्दैनन् । चिनियाँ जनताले यो चालबाजी बुझेका छन् । यस्तो नामावालीले चीनलाई विथोल्न होइन बरु पश्चिमा देशलाई नै नराम्रो गर्नेछ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः एसएस

Leave a Reply

Your email address will not be published. Required fields are marked *