सिंहावलोकन राजनीतिमा एक शिक्षा हो
- असार १४, २०८३
नेपालको पर्सा जिल्लास्थित वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा २ खर्ब ३१ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको सार्वजनिक भयो ।
सरकारले चालू आवको १२ महिनामा २ खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
सरकारले यति राजस्व उठाउन कति खर्बको आयात गरेको छ, यो पनि सार्वजनिक गरे देशको अर्थ व्यवस्थाबारे नेपाली जनता थप शिक्षित हुनेछन् ।
राजस्व धेरै उठ्नुको अर्थ नेपालको परनिर्भरता बढ्नु हो । सरकारले नेपाललाई आत्मनिर्भर बनाउनु जरुरी हुन्छ । पुराना सरकारहरूले नेपाललाई आत्मनिर्भर बनाउन सकेनन् । रास्वपा घण्टीको नयाँ सरकार पनि पुरानै सरकारको थोत्रो बाटोमा हिँडेको छ । मुखले नयाँ भनेर पुग्दैन, कामले नयाँ हुनु आवश्यक छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटका करको दर चुहावट गरेको सार्वजनिक भइरहेको छ । यो अनियमिततातर्फ रास्वपा घण्टीका समर्थकहरू मौन छन् । के ‘गाँसे गुसे एकै नासे’ यही हो र ?
Leave a Reply