इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर, १४ असार । भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा वडावासी युवा–विद्यार्थीहरूका लागि डिजिटल मार्केटिङसम्बन्धी आइतबारदेखि सुरु भएको एकमहिने तालिमको नगर प्रमुख सुनिल प्रजापतिले एक समारोहबिच समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सूचना प्रविधिको विकासले संसार नै गाउँजस्तो बनिरहेको अवस्थामा संसारभरिका युवाहरूसँग भक्तपुरका युवाहरूले अध्ययन, पेसा, खेलकुदलगायत सबै क्षेत्रमा प्रतिस्पर्धी बन्न सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले व्यक्तिगत स्वार्थपूर्तिका लागि नभई समाज र देशको हितको लागि सूचना प्रविधिको सदुपयोग गर्न निर्देशन दिँदै ऊर्जा उत्पादनको उद्देश्यले आणविक शक्तिको आविष्कार गरेका वैज्ञानिकहरू साम्राज्यवादी देशहरूले हिरोसिमा र नागासाकी ध्वस्त पार्न एटम बम खसाल्दा पश्चाताप व्यक्त गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल र डिजिटल सूचना प्रविधिको उपयोग गर्दा आचारसंहिताको पालना गर्नुपर्छ र गलत नियतलाई अपराध मानिन्छ ।”
वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले युवालक्षित गतिविधिलाई निरन्तरता दिने क्रममा समयको माग र युवा पुस्ताको आकर्षण रहेको डिजिटल मार्केटिङको तालिम सञ्चालन गरेको बताउनुभयो ।
कार्यपालिका सदस्य छोरीमैयाँ सुजखूले वडावासी युवा विद्यार्थीहरूको व्यक्तित्व विकास र अध्ययनसंगै सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको प्रस्ट पार्दै सीपको उपयोग गर्न सबैमा अनुरोध गर्नुभयो ।
प्रशिक्षक अनिल पाउँले डिजिटल मार्केटिङको तालिमको पाठ्यक्रमबारे जानकारी दिँदै सैद्धान्तिकभन्दा व्यवहारिक पक्षलाई जोड दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वडाका कर्मचारी मीरा बासुकलाले पनि बोल्नुभएको थियो ।
Leave a Reply