भर्खरै :

भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– ९

वैधानिकता
हाम्रो पार्टीमाथि मडारिएको कालो बादल अन्ततः फाट्यो । सन् १९५० को जनवरी २६ मा भारतीय संविधान कार्यान्वयनमा आयो । त्यसको भोलिपल्ट कोलकोत्ताको उच्च अदालतले कम्युनिस्ट पार्टीलाई वैधानिक घोषणा गर्ने आदेश जारी भयो । बेलायतीहरूले निकै महत्वका साथ कार्यान्वयन गर्ने गरेको बङ्गाल फौजदारी कानुनलाई अदालतले पूर्णतः असंवैधानिक घोषणा ग¥यो । पार्टीमाथिको प्रतिबन्ध त फुकुवा भयो । तर, पार्टीका कमरेडहरूको पक्राउ र कैद भने अझै मनपरी थियो । राजनीतिक बन्दीहरूलाई रिहा गरिएको थिएन । काकाबाबु नामले लोकप्रिय मुजफ्फर अहमेदलाई अप्रिल महिनामा मात्र रिहा गरियो । हाम्रा गतिविधिमाथि नियन्त्रण र अवरोध गर्न सरकारले हरप्रयास गर्दा पनि अन्ततः हामीलाई स्वतन्त्र गर्न बाध्य भयो ।
हाम्रो सबभन्दा पहिलो चासोको विषय भनेको पार्टी कार्यालय स्थापना गर्नु थियो । पार्टी कार्यालय लथालिङ अवस्थामा थियो । त्यसलाई कार्यालय स्थापना गरी व्यवस्थित सञ्चालन गर्न हतार भइसकेको थियो । आचार्य जगदिश बसु सडकको ६४ मा भारतीय कम्युनिस्ट पार्टीको पश्चिम बङ्गाल प्रान्तीय समितिको कार्यालय बनाउने निधो भइसकेको थियो । कार्यालय स्थापनाको एउटा कठिन जिम्मेवारी पूरा भयो । यो काम फत्ते पार्न काकाबाबुको अथक सहयोग अविस्मरणीय थियो । भूमिगत बसेका र जेलमा बसेका सबै कमरेडहरूले अतुलनीय सहायता गरे ।
हाम्रा गतिविधिमाथि राज्यको निगरानी कति पनि कम भएको थिएन । हामीमाथि चौबीसै घण्टा राज्यको आँखा हुन्थ्यो र लगातार पछ्याइएको हुन्थ्यो । हरेक बिहान म घरबाट बाहिर निस्कँदा एउटा घरअघिको पेटीमा एउटा निजी कार रोकिएको हुन्थ्यो । निःसन्देह त्यो म र मेरो गतिविधिमाथि निगरानी राख्न नै त्यहाँ बसेको हुन्थ्यो । एक बिहान मैले मेरो निगरानी गर्ने मानिसहरूलाई झुक्याउने निधो गरेँ । म सधैँ बाहिर निस्कने गरेको गेटबाट नगई अर्को गेटबाट बाहिर निस्केँ । बाहिर निस्केर एउटा ट्याक्सीमा चढेर मलाई पछ्याउने गुप्तचरहरूको आँखामा धुलो छ्यापेँ । अलि अघि गएर मैले कार बदलेँ र राईटर्स भवन (बङ्गाल सरकारको प्रमुख प्रशासकीय कार्यालय) मा गएर तात्कालीन मुख्यमन्त्री डा. विधानचन्द्र रोयको कार्यालयमा पुगेँ ।
डा. रोयको कोठाको ढोका खोलेर मैले रुखो स्वरमा सीधैँ भने, “डा. रोय, के तपाईँले अझै पनि मलाई रिहा गर्नुभएको छैन ? मलाई उच्च अदालतले त रिहा गरिसकेको छ । तर, किन गुप्तचर विभागका मान्छेहरूले अझै मलाई पछ्याउन छोडेका छैनन् ?” डा. रोयले तत्कालै प्रहरीका इन्निस्पेक्टर जनरल हिरेन सरकारलाई बोलाएर के भएको हो भनी स्पष्टीकरण सोधे । सरकारले सजिलै जवाफ दिए, “किनभने उहाँहरू हिंसामा विश्वास गर्नुहुन्छ ¤” प्रहरी प्रमुखको यस्तो कठोर उत्तरको मैले तत्कालै प्रतिकार गरेँ । त्यहाँ चर्को वादविवाद भयो । अन्ततः आक्रोशित डा. रोयले प्रहरी प्रमुखलाई जान आदेश दिए । अनि मलाई ममाथि २४ सैँ घण्टा निगरानी हटाउने वाचा गरे ।
म बितेका दुई वर्षदेखि राज्य सभाका बैठकमा सहभागी बन्न सकेको थिइनँ किनभने म कहिले जेलमा त कहिले भूमिगत थिएँ । मुख्यमन्त्री डा. रोयसमक्ष मैले मेरो तलब र अरू भत्ता दिलाउन आग्रह गरें । उनले यो अवधिमा मैले पाउनुपर्ने सबै तलब र भत्ता पाउने प्रबन्ध मिलाइदिए । मैले राम्रो पैसा पाएँ । त्यसको आधा रकम मैले लिएँ र आधा पार्टीलाई बुझाएँ ।

सन् १९५१ को अक्टोबर ११ देखि १५ सम्म कोलकोत्तामा अखिल भारत पार्टी सम्मेलन भयो । त्यो गोप्य सम्मेलन थियो । म सम्मेलन प्रतिनिधि थिएँ । कमरेड मुजफ्फर अहमेद पनि सो सम्मेलनमा सहभागी भएको म स्मरण गर्छु । सम्मेलनले केही महिना अघि सम्भवतः सन् १९५१ को मे महिनामा पार्टी केन्द्रीय समितिले पारित गरेको नीति तथा कार्यक्रम नै अनुमोदन ग¥यो । अखिल भारतीय सम्मेलनले अजेय घोषलाई भारतीय कम्युनिस्ट पार्टीको महासचिव पदमा निर्वाचित ग¥यो । समग्र विश्लेषणमा सम्मेलनले विगतमा भएका गल्ती कमजोर सच्याउने निर्णय ग¥यो ।
अखिल भारतीय सम्मेलनपूर्व हाम्रो पार्टीको प्रान्तीय सम्मेलन कोलकोत्ताको मुस्लिम प्रतिष्ठानको हलमा भएको थियो ।
भारतीय कम्युनिस्ट पार्टी पश्चिम बङ्गाल प्रान्तीय सम्मेलनले काकाबाबुलाई एक मतले सचिव पदमा निर्वाचित ग¥यो । पार्टीले वैधानिकता हासिल गरिसकेको हुनाले सम्मेलनकै शिलशिलामा कोलकोत्ता मैदानमा बृहत् सभाको आयोजना गरिएको थियो । सभा निकै भव्य र विशाल खालको थियो । सञ्चारमाध्यमहरूले सो सम्मेलनलाई ‘ऐतिहासिक घटना’ भनी व्याख्या गरेका थिए । सो सम्मेलनमा मैले हाम्रा नीति तथा कार्यक्रममाथि पुनःविचार गर्नुपर्ने प्रस्ताव गरेँ । त्यही बेला पार्टीको दैनिक पत्रिका ‘स्वाधीनता’ को प्रकाशनलाई पुनः सुरू गर्ने निधो ग¥यो । ‘स्वाधीनता’ पत्रिकामाथि त्यसअघि प्रतिबन्ध लगाएको थियो ।
तेलाङ्गाना आन्दोलनले उचाइ लिइरहेको समय थियो । समयान्तरमा त्यसको तेज क्रमशः कमजोर बन्दै गयो । तर, राजनीतिक बन्दीहरूलाई भने रिहा गरिएको थिएन । पार्टीको नयाँ नेतृत्वले काकाबाबु र मलाई तेलाङ्गाना आन्दोलनका राजनीतिक बन्दीहरूसँग भेटघाट गर्न निर्देशन दियो । त्यसपछि सोही विषयमा प्रधानमन्त्री जवाहरलाल नेहरूसँग भेट्न पनि मलाई भनियो । काकाबाबुसँगै म पनि तेलाङ्गाना पुगेँ । तेलाङ्गामा हामीले राजनीतिक बन्दीहरूसँग भेट्यौँ र पार्टीको पछिल्लो विकासक्रमबारे जानकारी दियौँ । तेलाङ्गाना आन्दोलनका बन्दीहरूको आँखा म कहिल्यै पनि भुल्न सक्दिनँ । आन्दोलनको आरोह अवरोहबीच पनि उनीहरूमा कति पनि निराशा थिएन । वास्तवमा हामीलाई भेटेर उनीहरू ज्यादै उत्साहित बनेका थिए । त्यही बेला मैले उनीहरूको विषयमा नेहरूलाई मैले चित्त बुझाउने निश्चय गरिसकेको थिएँ । म दिल्ली गएँ, काकाबाबु कोलकोत्ता फर्के ।
मृदुला साराबाईले नेहरूसँगको भेटघाटको चाँजोपाँजो मिलाएका थिए । भेटघाट झन्डै एक घण्टा लम्बिएको थियो । तेलाङ्गानाका बन्दीहरूको अवस्थाबारे प्रस्ट व्याख्या गरिएको र अनुसन्धान गरिएका जानकारी मैले नेहरूसमक्ष राख्नुभयो । उहाँले मेरो कुरा धैर्यपूर्वक सुन्नुभयो । प्रधानमन्त्रीले त्यो विषयमा आफूले व्यक्तिगतरूपमा बुझ्न वचन दिनुभयो र अर्को विषयमा कुराकानी सुरु गर्नुभयो: “हाम्रो विदेश नीतिबारे तपार्इँको पार्टीको धारणा के कस्तो छ ?” मैले पनि उत्तिकै स्पष्टताका साथ उत्तर दिएँ, “हाम्रो समग्र बुझाइमा यो सन्तोषजनक छ । तर, कास्मिरको विषयमा यो हाम्रो आन्तरिक मामिला हो । त्यसकारण यो विषयमा एक जना विदेशी (अमेरिकी) लाई पर्यवेक्षकको रूपमा खटाउने विषयमा हाम्रो विमति छ ।” मेरो कुरा नेहरूलाई चित्त बुझेन । उहाँले भन्नुभयो, “म कम्युनिस्ट होइन । मैले सबैसँग संवाद गरेर काम गर्नुपर्छ ।” मैले त्यो विषयलाई त्यहीं बिसाएँ र त्यसबेलाको अवस्थाबारे थप बहस गरिनँ । त्यत्तिबेलाको मेरो मुख्य चासोको विषय भनेको तेलाङ्गानाका बन्दीहरूको रिहाइ सुुनिश्चित गर्नु थियो । नेहरूले हाम्रा माग पूरा गर्नुहुन्छ भन्ने मलाई लागेको थियो ।
समयान्तरमा पश्चिम बङ्गालमा हाम्रा कमरेडहरूको पनि रिहाइ भयो । पक्राउ आदेश फिर्ता गरियो । त्यसको केही समयपछि नै हामी पहिलो निर्वाचनको तयारीमा जुट्यो ।
पहिलो आमनिर्वाचन
फोटो पत्रकारको तस्वीर दैनिकीका पानाहरूमा जस्तै भोका पुरुष, महिला र केटाकेटीहरूले आज पनि मेरो अनुहार नियालिरहेका हुन्छन् । मलाई एकनासले ग्रस्त कान्तिहीन अनुहारमा ठूलठूला आँखा भएका मानिसहरू हात फैलाएर माग्दै गरेको र प्रायशः रिसले चम्किरहेका अनुहारहरूले कोक्याइरहेका हुन्छन् । मेरा ती भोका जनताको अवस्थालाई म कसरी बिर्सन सकुँला र सन् १९५१ को वर्ष । पश्चिम बङ्गालमा खाद्य सङ्कटले आच्छुआच्छु बनाएको वर्ष ।
खाना, अत्यावश्यक तेल, लत्ताकपडा, इन्धन र मट्टीतेलको पश्चिम बङ्गालभरि निकै अभाव थियो । असह्य भोकको कारण हजारौँ हजार भोका महिला र पुरुष कालाबजारिया र दलालहरूले सामान लुकाइरहेका गोदाममा आँधीहुरीजस्तै गएर हमला गर्थे । कुच बिहारमा भोकाले बहुला बनेका मानिसहरू र प्रहरीबीच भएको भिडन्तले हिंसात्मक रूप लिएको थियो । पाँच जना सर्वसाधारण मारिनुका साथै चालीसभन्दा बढी घाइते भएका थिए । तर, यो सानो तथ्याङ्कले ती दिनहरूको पीडाको गहिराइ नाप्न कसरी सम्भव थियो र ! दुःखमा परेका मृतकका आफन्तप्रति कसरी सहानुभूति जनाउन सम्भव थियो र जब कि उनीहरू आफै वियोगले मरेतुल्य भइसकेका थिए ।
पार्टीको निर्देशनमा मैले धेरै पीडित जनतासँग भेटेर कुराकानी गरेँ । निकै भारी मन लिएर मैले सहरका ज्येष्ठ नागरिकहरूसँग भेटेँ, वामपन्थी पार्टीका कार्यकर्ताहरूसँग कुराकानी गरेँ । मृतकको परिवारजनलाई मैले पार्टीको तर्फबाट हार्दिक समवेदना व्यक्त गरेँ । अप्रिल २९ मा मैले पीडित जनताको एउटा विशाल सभामा सम्बोधन गरेँ । मेरो मनको आँखाले अझै पनि त्यो सभामा सहभागी बनेका हजारौँ कान्तिहीन अनुहारहरू देख्न सक्छु जो भोक र थकानले चूर थिए । मे महिनाको १६ मा मैले अर्को एउटा सभामा सम्बोधन गरेँ । त्यहाँ सहभागी ठूलो सङ्ख्याका जनताको मनोबल उच्च बनाउने प्रयत्न गरेँ । त्यो पूरै वर्ष हाम्रो सबै ऊर्जा मुख्यतः खाद्य सङ्कटको प्रतिरोध गर्नमै व्यतीत भयो । राजनीतिक बन्दीहरूको रिहाइको लागि हाम्रो प्रयास पनि चालू नै थियो । साथै त्यत्तिबेलाका समसामयिक जल्दोबल्दो विषयमा वामपन्थी जागरण उठाउन पनि पार्टी सक्रिय नै थियो ।
सन् १९५२ स्वाधीन भारतको पहिलो आम निर्वाचन भयो । कस्तो भीमकाय चुनौती ¤ हाम्रो लागि त्यो चुनाव शोषक र शोषितबीचको, हुने र नहुनेबीचको लडाइँ थियो । हामीले उत्पीडित र उपेक्षितहरूबाट जनमत खोजिरहेका थियौँ । हाम्रो लागि चुनावमा भाग लिनु भनेको जरा तहमा सङ्घर्ष गर्नु र जीवनका न्यूनतम आवश्यकताको लागि लडिरहेका जनतासँग परिचित हुनु थियो ।
सुरूमा हामीले सबै राजनीतिक बन्दीहरूको रिहाइको माग ग¥यौँ । त्यो एउटा अपरिहार्य कदम थियो किनभने हाम्रोतर्फबाट शक्तिशाली सङ्गठित प्रतिरोधबिना चुनाव हाम्रो लागि नमीठो असफलतामात्र हुने थियो । त्यत्तिबेला पार्टीले चुनौतीका अनेकन पहाडको सामना गरिरहेको थियो । भर्खरै पार्टीले वैधानिकता हासिल गरेको थियो । धेरै कमरेडहरू अझै कारागारमा कैद थिए । कति त भूमिगत थिए । सङ्गठनको गठन र पुनःगठनको आवश्यकता थियो । यी सबैका अतिरिक्त चुनावी प्रतिस्पर्धामा होमिन आर्थिकरूपमा पार्टी कमजोर थियो । तथापि, ती सबै चुनौतीलाई हामीले पार लगायौँ । अदम्य उत्साह र दृढताले हामीलाई ती चुनौती सामना गर्ने ठाउँमा पु¥यायो ।
हामीले सकेसम्म बृहत् काङ्ग्रेसविरोधी, धर्मनिरपेक्ष, प्रजातान्त्रिक र प्रगतिशील शक्तिबीच मोर्चा बनाउन उत्सुक थियौँ । पश्चिम बङ्गालमा विभिन्न राजनीतिक दल र समूहबीच छलफल अघि बढाइयो । सन् १९५१ को नोभेम्बर २३ मा हाम्रो पार्टी र संयुक्त समाजवादी सङ्गठन (यूएसओ) बीच चुनावी गठबन्धन बनाइयो । यूएसओमा फोरवर्ड ब्लक, शरतचन्द्र बोसको समाजवादी गणतन्त्र पार्टी, भारतीय वोल्शेविक पार्टी, भारतीय राष्ट्रिय सेना (आइएनए), द पिपुल्स मुभमेन्ट र अरु अन्य दल र व्यक्तिहरू सामेल थिए । यसप्रकार पश्चिम बङ्गालमा काङ्ग्रेसविरोधी संयुक्त मोर्चा गठन भयो । सङ्गठितरूपमा हामीले राज्यसभाका कुल २३८ स्थानमध्ये १४३ स्थानको लागि आफ्नो उम्मेदवारी दियौँ । त्यसमध्ये पनि भारतीय कम्युनिस्ट पार्टीले ७१ स्थान र यूएसओले ७२ स्थानमा उम्मेदवारी दिए । लोकसभाका निर्वाचन क्षेत्रमध्ये भारतीय कम्युनिस्ट पार्टीले ९ स्थानमा र यूएसओले आठ स्थानमा उम्मेदवार दियो । दुर्भाग्यवश हामीले आरएसपीलाई हाम्रो गठबन्धनमा सामेल गर्न सकेनौँ । कृषक मजदुर प्रजा पार्टी (केएमपीपी) र समाजवादी पार्टी पनि गठबन्धनमा सामेल भएनन् ।
निर्वाचनअघिका प्रक्रियाबाट मैले धेरै अमूल्य पाठ सिकेँ । अनुकूलन र समायोजनका सिद्धान्तबारे मैले यसअघि धेरै कुरा जानकारी पाएँ । कुनै ठूलो उल्झनबिना नै कसरी कसैको आधारमा आफ्नो प्रभाव विस्तार गर्ने भन्ने कुरा जानेँ । विभाजनको रेखा टाल्ने तरिकाबारे पनि मैले थाहा पाएँ । विभिन्न अनमेल समुदायबीच एक आपसमा कसरी सम्बन्ध गाँस्ने र एकै समुदायबीचको एकतालाई पनि बलियो बनाउने विषयमा चुनावी तयारीको क्रममा व्यवहारिक जानकारी पाएँ ।
सन् १९५१ को डिसेम्बर ८ मा हाम्रो पार्टीले आफ्नो चुनावी घोषणापत्र ‘स्वाधीनता’ दैनिकमा प्रकाशन भयो । घोषणापत्रको आधार सार भनेको जनपक्षीय सरकारको गठन थियो । हामीले जनताका अधिकार र उनीहरूका समस्यालाई केन्द्रित गरेका थियौँ । दैनिक ज्याला, बेरोजगारी दर र बढ्दो महँगीजस्ता दैनिक जीवनका प्रमुख समस्याबारे घोषणापत्रमा कुरा उठाइएको थियो । पश्चिम बङ्गाल राज्यभरि आमूल परिवर्तनकारी भूमिसुधार र व्यापक औद्योगीकरणलाई हाम्रो प्राथमिकता क्रमको सबभन्दा माथि राखिएको थियो ।
पार्टीका मेरा अरू कमरेडहरूजस्तै मेरो पनि व्यस्त कार्यक्रम तालिका थियो । म पश्चिम बङ्गालभरि जताततै पुगिरहेको हुन्थेँ । अन्य राज्यहरूका कार्यक्रममा पनि म सहभागी बनेको हुन्थे । कहिले जनताको बैठक, कहिले जनसभा र प्रदर्शन त कहिले बृहत् सम्मेलनहरूमा म भाषण गरिरहेको हुन्थेँ । नोभेम्बर ४ को दिन मालाबारको बृहत् सभामा मैले भाषण गरेको म सम्झन्छु । मालाबारका लोकप्रिय नेता र राजनीतिज्ञ एके गोपानलसँग म एउटै मञ्चमा बसेको थिएँ । त्यो सभामा म निकै उत्साहित बनेको थिएँ । यसअघि त्रिपुरा र मदिनापुरमा आयोजित जुलुस र सभाले पनि मलाई त्यत्तिकै उत्साहित बनाएको थियो । मानवता, उत्सुकता, उत्साह र आशा समुद्रको आमनेसामने हुँदा म विशेषतः उत्साहित र ऊर्जाशील बनेको थिएँ । त्यस्ता सभाले मलाई सधैँ उत्कर्षमा पु¥याएको हुन्थ्यो । हार्दिकता र मानवतासहितको मेरो भाषण त्यस्ता सभामा निकै राम्रो हुनेगथ्र्यो ।

चुनावमा हाम्रो विजयलाई हामीलाई कति पनि सन्तुष्ट वा पूर्णताबोध गराएन । हामीले निर्वाचनपश्चात् नियमित समीक्षा ग¥यौँ । चुनावी गतिविधि र नतिजाको गम्भीर विश्लेषण गर्दै आलोचना र आत्मालोचना ग¥यौँ । हामीले आफ्ना कमी कमजोरीबारे खुलेर बहस ग¥यौँ ताकि भविष्यमा हामीबाट त्यस्तो गल्ती नदोहोरियोस् । हामीले हाम्रो शक्ति मूलतः नगर र औद्योगिक क्षेत्रमा भएको बुझ्यौँ । ग्रामीण क्षेत्रमा हाम्रो प्रभाव तुलनात्मकरूपमा कमजोर भएको प्रस्ट भयो । यही समीक्षालाई आधार बनाएर प्रान्तीय समितिले ग्रामीण क्षेत्रमा सङ्गठन विस्तारमा जोड दिने र सहरी क्षेत्रमा सङ्गठन अझ बलियो बनाउने तय भयो । चुनावमा खर्च गर्न हामीसँग कोषको अभाव थियो । पार्टीका धेरै कमरेड र नेताहरू कारागारमा भएकोले सङ्गठनको स्थायित्वको लागि पनि हाम्रो ठूलो मिहिनेत आवश्यक प¥यो । पैसाको अभाव, शक्तिको कमी र कुनै पनि सरकारी संयन्त्रले हामीलाई सहयोग गर्ने अवस्था नहुँदा पनि कसरी हामीले यो सफलता हासिल गर्न सम्भव भयो ? यसको एउटै सूत्र भनेको जनता हो । हाम्रो शक्तिको सबभन्दा पहिलो स्रोत नै जनता हुन् ।

पर्गानस २४ को बारानगर निर्वाचन क्षेत्रबाट मैले पार्टीको निर्देशनअनुसार उम्मेदवारी दर्ता गरेको थिएँ । बारानगर मेरो लागि नयाँ ठाउँ थियो । तर, म त्यहाँ पुगेर केही समय काम गरेपछि मलाई त्यहाँ आगन्तुकको रूपमा नभई नजिकको मित्रको रूपमा लिइयो । स्थानीय जनता स्वतःस्फूर्त अघि बढेर आफूले सहयोग गर्न सम्भव सबै उपायबाट सहायता गरे । पार्टीले विभिन्न सभा, जुलुस लगातार आयोजना ग¥यो । जसको परिणाम हाम्रो शानदार विजय भयो । मैले मेरा प्रतिस्पर्धीलाई पराजित गरेँ । मेरा निकटतम प्रतिस्पर्धी हरेन्द्रनाथ चौधरीलाई भारी अन्तरमा मैले पराजित गरेँ । डा. विधानचन्द्र रोयको मन्त्रिमण्डलका मन्त्री चौधरी वास्तवमा चुनावमा पराजित गर्ने काङ्ग्रेसका ठूला नेता थिए ।
बोबजार निर्वाचन क्षेत्रबाट सत्यप्रिया बेनर्जीविरुद्ध चुनावी प्रतिस्पर्धामा होमिएका डा. विधानचन्द्र रोय झिनो मतान्तरमा विजय भए । निर्वाचनमा जनमत ‘खरिद गर्न’ काङ्ग्रेस पार्टीले सरकारी संयन्त्रको दुरुपयोग गर्नुका साथै अनेकन धाँधलीका उपाय अवलम्बन गरेको थियो । श्रम मन्त्री कलिपदा मुखर्जी भारतीय कम्युनिस्ट पार्टीका उम्मेदवार बकिम मुखर्जीबाट झन्डै ७ हजारको मतान्तरले पराजित भए । निर्वाचनमा पराजित बनेका अर्का पूर्वमन्त्री थिए–प्रफुल्ल चन्द्र सेन र निहारेन्दु दत्त मुजिम्दार पनि थिए । बुर्दवानमा हाम्रो पार्टीका पोलिटव्युरो सदस्य विनोद चौधरीले महाराजा उदय चन्द महाताबलाई पराजित गरेका थिए । भारतीय कम्युनिस्ट पार्टीले ७१ स्थानमा उम्मेदवारी दिएकोमा २८ स्थान जोगाउन सफल भयो । हाम्रो पार्टीको सहायतामा दुई जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचन जित्न सफल भएका थिए । फोर्डवर्ड ब्लक, केएमपीपी, हिन्दू महासभा, जनसङ्घ र अन्य स्वतन्त्र उम्मेदवारसहित सिङ्गो विपक्षी दलमा ७६ सांसद निर्वाचित भए भने काङ्ग्रेसले १६२ स्थान हासिल गरेको थियो । लोकसभामा हामीले नौ स्थानमा उम्मेदवार दिएकोमा पाँच स्थानमा विजय हासिल ग¥यौँ । हाम्रो लागि त्यो ठूलो विजय थियो । पहिलो आम निर्वाचनले हाम्रो पार्टीलाई पश्चिम बङ्गालमा सबभन्दा ठूलो विपक्षी दल बनायो ।
हामीले अखिल भारतीय पार्टीको मान्यता पायो । तथापि सङ्ख्यात्मक शक्तिको अभावमा केही राज्यमा भाकपा विपक्षी खेमाको एउटा घटकमात्र बन्यो । पश्चिम बङ्गालको तर्फबाट कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने छ जना सदस्यहरूमा हिरन मुखर्जी, तशार चट्टर्जी, कमल बसु, रेनु चक्रवर्ती, कुञ्जबिहारी चौधरी र सधन गुप्ता थिए । हाम्रो पार्टीले आरएसपीका नेताहरू डा. मेघनाद सदा र त्रिदिब चौधरीलाई लोकसभामा निर्वाचित गर्न मद्दत गरेको थियो । सन् १९५२ मा लोकासभामा एके गोपालन पार्टीको तर्फबाट संसदीय दलको नेतामा एकमतले चयन भए । सन् १९५७ मा महाराष्ट्रबाट एसए डाँगे लोकसभामा निर्वाचित भएपछि उनी पार्टीको संसदीय दलका नेता बने ।
प्रस्ट शब्दमा मैले भन्नैपर्छ, चुनावमा हाम्रो विजयलाई हामीलाई कति पनि सन्तुष्ट वा पूर्णताबोध गराएन । हामीले निर्वाचनपश्चात् नियमित समीक्षा ग¥यौँ । चुनावी गतिविधि र नतिजाको गम्भीर विश्लेषण गर्दै आलोचना र आत्मालोचना ग¥यौँ । हामीले आफ्ना कमी कमजोरीबारे खुलेर बहस ग¥यौँ ताकि भविष्यमा हामीबाट त्यस्तो गल्ती नदोहोरियोस् । हामीले हाम्रो शक्ति मूलतः नगर र औद्योगिक क्षेत्रमा भएको बुझ्यौँ । ग्रामीण क्षेत्रमा हाम्रो प्रभाव तुलनात्मकरूपमा कमजोर भएको प्रस्ट भयो । यही समीक्षालाई आधार बनाएर प्रान्तीय समितिले ग्रामीण क्षेत्रमा सङ्गठन विस्तारमा जोड दिने र सहरी क्षेत्रमा सङ्गठन अझ बलियो बनाउने तय भयो । चुनावमा खर्च गर्न हामीसँग कोषको अभाव थियो । पार्टीका धेरै कमरेड र नेताहरू कारागारमा भएकोले सङ्गठनको स्थायित्वको लागि पनि हाम्रो ठूलो मिहिनेत आवश्यक प¥यो । पैसाको अभाव, शक्तिको कमी र कुनै पनि सरकारी संयन्त्रले हामीलाई सहयोग गर्ने अवस्था नहुँदा पनि कसरी हामीले यो सफलता हासिल गर्न सम्भव भयो ? यसको एउटै सूत्र भनेको जनता हो । हाम्रो शक्तिको सबभन्दा पहिलो स्रोत नै जनता हुन् ।
आम निर्वाचनपछि हामी प्रगतिको रफ्तारमा गयौँ । धेरैभन्दा धेरै हाम्रा नेताहरू कारागारमुक्त भए । पक्राउ आदेश फिर्ता गरियो । प्रान्तीय समिति र जिल्ला समितिहरूको नियमित बैठक सञ्चालन भए । धेरै सङ्गठन विस्तार पनि भयो । राज्य सभामा पार्टीको तर्फबाट निर्वाचित सदस्यहरूले मलाई संसदीय समितिको नेतामा चयन गरियो । मणिमुकुन्तला सेन उप–नेता र बिरेन बेनर्जीलाई प्रमुख सचेतक चयन गरियो । संसदीय समितिमा मैले सबभन्दा पहिले गरेको काम भनेको सदनमा हाम्रो रणनीतिबारे छलफल थियो । हामीले सत्तापक्षको जनविरोधी गतिविधिबारे उदाङ्गो पार्न अन्य विपक्षी दलका सांसदहरूसँग समझदारी बढाउने रणनीति अवलम्बन ग¥यौँ ।
काङ्ग्रेसले डा.विधानचन्द्र रोयको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन ग¥यो । हेमचन्द्र नस्कर, अजय मुखर्जी, श्यामप्रसाद बर्मन, के. एन. दासगुप्ता, रेनुका राय, प्रफुल्लचन्द्र सेन, डा. आर अहमेद र ईश्वर दास जलन (पूर्वसभामुख) मन्त्रिमण्डलका प्रमुख पदाधिकारीहरू थिए । राज्यसभामा काङ्ग्रेसको तर्फबाट निर्वाचित भएका बहुमत सदस्यहरू ठूला जमिनदार र सामन्तहरू थिए । त्यसको ठीकविपरीत कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचित सदस्यहरूमा जनआन्दोलनबाट आएका नेताहरू हावी थिए । उनीहरूमध्ये अधिकांशले आफ्नो जीवनको ठूलो भाग बेलायती शासनअन्तर्गत जेल जीवन बिताएका थिए अथवा आफ्नो सम्पूर्ण जीवन न्यून तहमा रहेर जनहितको लागि भूमिगत जीवन बिताएका थिए । डा.रनेन सेन, मुणिकुन्तला सेन, गणेश घोष, डा. नारायण रोय, अम्बिका चक्रवर्ती र बकिम मुखर्जी आदि यसका उदाहरणहरू थिए । संसदको अर्को खेमामा बसेर हामीले प्रभावकारी ढङ्गले काम ग¥यौँ । विपक्षी दलको नेताको हैसियतमा प्रभावकारी भूमिका निभाउनेमा म प्रतिबद्ध थिएँ । हरेक साँझ संसदको बैठक सकिएलगत्तै म विभिन्न विषयमा परामर्श गर्न पार्टीका नेता र कमरेडहरूसँग भेटघाटमा जान्थेँ । सदनमा हाम्रो आगामी रणनीतिबारे छलफल चलाउँथेँ । संसद बैठकमा जानुअघि म हरेक विषयमा तत्पर र सान्दर्भिक तर्कसहित तयारी अवस्थामा हुन्थेँ । हाम्रो पार्टीको दृष्टिकोण सफासँग प्रस्तुत गर्न म निकै मिहिनेत गर्थेँ अनि आफ्ना विचार प्रस्टताका साथ राख्थेँ । मैले कहिले पनि कमजोर तरिकाले ‘हान्ने अनि भाग्ने खेल’ खेलिनँ । न त मैले कुनै पनि विषयलाई नकारात्मक कोणबाट मात्र व्याख्या गरेँ । खासमा हामीले दिने गरेको कतिपय सकारात्मक सुझाव सदनमा स्वीकार्य पनि भएका छन् । त्यस्ता सुझाव अनुमोदनको लागि केन्द्रीय सरकारसमक्ष पेश हुने गर्थे ।
यी कुनै पनि उपलब्धि सहजै प्राप्त गरिएका उपलब्धि होइनन् । सदनभित्र हामीमाथि उपेक्षा हुनसक्ने कुरालाई ध्यानमा राखी लगातार सङ्घर्ष गर्नुप¥यो । हामी राज्यसभाका वैधानिक सदस्य हौँ । सदनभित्र हामीमात्र एउटा ‘पार्टी’ थियौँ । अरु दलले ‘समूह’ जस्तो व्यवहार गर्थे । तथापि, मुख्यमन्त्री डा. बीसी रोयले सभामुखसँग गोप्य सम्झौता गरेर हामीलाई ‘प्रमुख’ प्रतिपक्ष दलको मान्यता नदिने अभूतपूर्व आदेश जारी गरे । दुर्भाग्यवश त्यस्तो दमनकारी शासनमा हामीले गर्नसक्ने काम निकै सीमित थियो । तथापि मैले प्रमुख विपक्षी दलको नेताको हैसियत पाएँ । त्यही आधारमा कतिपय विवादास्पद विषयमाथि खुलेर आफ्ना कुरा राख्ने र बहस गर्ने अवसर पाएँ ।
नेपाली अनुवादः बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *