नाकाबन्दीका बिच क्युवाका स्वास्थ्य चमत्कारहरू
- जेष्ठ २१, २०८३
सम्मेलनको उद्घाटन समारोहअन्तर्गत अपराह्न ४ बजे पार्टीको झन्डोत्तोलन गरियो । मुजफ्फर अहमेदले सम्मेलनमा एउटा असली कम्युनिस्ट पार्टी स्थापनाको निम्ति आह्वान गरे । एके गोपालन र शिव बर्मासँगै म पनि पार्टी सम्मेलनको अध्यक्षमण्डलमा चुनियौँ । केही श्रद्धाञ्जलीका प्रस्तावपछि कमरेड पी. सुन्दरैयाले आयोजक समितिको तर्फबाट प्रतिनिधिहरूलाई स्वागत गरे । सम्मेलनका विषयहरूको समय तालिकाबारे जानकारी पछि पार्टीको सो सम्मेलनपछि सातौँ महाधिवेशन आयोजना गर्ने प्रस्ताव पेश गरियो । पार्टीका सबै सदस्यलाई पार्टी पुनःनिर्माणमा सहयोग गर्न र कामदार जनताको एउटा एकीकृत पार्टी बनाउन जोडदार आह्वान गर्दै सो महाधिवेशन सम्पन्न भयो । सोही सम्मेलनले सन् १९६४ को अक्टोबर २४ देखि ३१ सम्म कोलकोत्तामा कम्युनिस्ट पार्टीको सातौँ महाधिवेशनको आयोजना गर्ने प्रस्ताव पनि पारित गरियो । पार्टी महाधिवेशनमा क) पार्टी कार्यक्रम, ख) पार्टी विधानमा संशोधन, ग) विजयवाडा महाधिवेशनपछिको अवधिमा पार्टी सङ्गठनबारे प्रतिवेदन, घ) नयाँ पार्टी नेतृत्व चयन र ङ) पार्टीको केन्द्रीय निर्वाचन आयोगको चयनबारे टुङ्गो लगाउने तय भयो । त्यहाँ आगामी महाधिवेशन सन् १९६३ को ३१ डिसेम्बरसम्मका पार्टी सदस्यहरूको आधारमा सातौँ महाधिवेशनमा प्रतिनिधिको पनि टुङ्गो लगाइयो ।

तिनालीको सम्मेलनमा नयाँ माक्र्सवादी–लेनिनवादी पार्टीको बिजारोपण भयो । त्यो सम्मेलनको समापनलगत्तै सातौँ महाधिवेशनको तयारी आरम्भ भयो । विभिन्न प्रान्तमा सम्मेलन र बैठकहरू भए । सन् १९६४ को अक्टोबर २२ देखि २६ सम्म पश्चिम बङ्गाल राज्यको पार्टी सम्मेलन कोलकोत्ताको मुस्लिम प्रतिष्ठानको सभाहलमा भयो । हामीले माक्र्सवाद र लेनिनवादको राँको उठाएर पार्टीभित्रको सङ्कट समाधान गर्न आह्वान ग¥यौँ ।
तिनाली सम्मेलनमा पारित प्रस्तावको आधारमा पार्टीको सातौँ महाधिवेशन सन् १९६४ को अक्टोबर ३१ देखि नोभेम्बर ७ सम्म कोलकोत्ताको त्यागराज हलमा भयो । त्यो एउटा ऐतिहासिक अवसर थियो । समापनको दिन कोलकोत्ता मैदानमा विशाल सभाको आयोजना गरिएको थियो । सभाको अध्यक्षता कमरेड एके गोपालनले गरेका थिए । सातौँ पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा प्रफुल्लचन्द्र सेन नेतृत्वको पश्चिम बङ्गाल सरकारले व्यापक पक्राउ गरेको थियो । त्यही कारण मुजफ्फर अहमेद, प्रमोददास गुप्ता, विनय चौधरी, निरेन घोष, विजय मोदक, सुकुमार सेन गुप्ता, समर मुखर्जी, नरेश दास गुप्ता, निरञ्जन सेन गुप्ता र हरिकृष्ण कोनरलगायतका नेताहरूलाई सरकारले भारतीय सुरक्षा ऐनअन्तर्गत पक्राउ गरेको थियो । तथापि, हाम्रो महाधिवेशन भने रोकिएन । कमरेड एके गोपालनले पार्टीको झन्डोत्तोलन गरे । म अध्यक्षमण्डलको सदस्य बनेँ । हाम्रा विपक्षीहरूले त्यो महाधिवेशन भत्ताभुङ्ग हुने सोचेका थिए । हामीसँग डाँगे समूहको विरोध र प्रतिरोधबाहेक अरू कुनै पनि एकताको आधार नभएको हुनाले हामी प्रमुख विषयमा विभाजित हुने उनीहरूले सोचेका थिए । उनीहरूको मनमा ढ्याङ्ग्रो ठोकिने गरी पार्टी महाधिवेशनमा पार्टी नीति र भावी रणनीतिबारे हामी सहमतिमा पुग्न सफल भयौँ ।
खासमा बितेका आठ वर्षमा कम्युनिस्ट पार्टीको कुनै औपचारिक कार्यक्रम थिएन । सातौँ महाधिवेशनले यस्ता कमीलाई पूरा ग¥यो । पार्टीको कार्यक्रम तयार भयो । पार्टी कार्यक्रमको मस्यौदामाथि पार्टीका सबै तहमा पार्टी कमरेडहरूबीच छलफल, संश्लेषण र गम्भीर बहस भयो ।
पार्टीका सबै एकाइ, जिल्ला र प्रान्तीय सम्मेलनमा ती दस्तावेजमाथि गम्भीर छलफल गरियो । सबै तहमा दस्तावेजमाथि छलफलपछि सातौँ महाधिवेशनमा पुनः छलफल गरियो । यसप्रकारको चरणबद्ध र गहन छलफलपछि मूल बुँदामा स्पष्ट सहमति बन्यो । पार्टीको केन्द्रीय समितिको महासचिवमा एकमतले पी. सुन्दरैया निर्वाचित भए । पश्चिम बङ्गालबाट मुजफ्फर अहमेद, प्रमोददास गुप्ता, हरिकृष्ण कोनर र म पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भयौँ । पश्चिम बङ्गालबाट प्रमोददास गुप्तासहित म पनि नौ सदस्यीय पोलिटव्युरो सदस्यमा निर्वाचित भएँ । सन् १९६७ को आमचुनावअघि अलग चुनाव चिह्न प्राप्त गर्न पार्टीले आफ्नो नाम फे¥यो–भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) अर्थात् भाकपा (माक्र्सवादी) ।
नेपाली अनुवादः बर्बरिक
Leave a Reply