भर्खरै :

पत्र साहित्यको अनुपम आख्यान ‘हजुरबुबाको चिठी’

“तिमीहरूलाई मैले लेखेको चिठी तिमीहरूका लागि मात्र होइन विदेशमा काम गर्ने र अध्ययन गर्ने ७० लाख हाम्रा युवा–युवतीकै निम्ति हो । तिम्रा सारा नेपाली साथीहरूले यो सन्देश सबै नेपाली हजुरबुबा र हजुरआमाको सन्देश सम्झेमा नेपाली अभिभावकहरू कृतकृत्य हुनेछन् ।” यी ‘हजुरबुबाका चिठी’ का लेखक हरिबहादुर श्रेष्ठका भनाइ हुन् । १३२ पृष्ठको यो पुस्तक संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले २०७६ सालमा प्रकाशन गरेको हो । २०७१ पुस १९ देखि २०७६ असार ३१ सम्मका ३० थान चिठी यस पुस्तकमा समेटिएका छन् ।
क्युवा एक समाजवादी देश हो र त्यहाँ डाक्टरी पढ्न नेपालमा जस्तो ३०–४० लाख रूपैयाँ लाग्दैन बरु योग्यता भएका हरेक छात्रछात्राले निःशुल्क चिकित्साशास्त्र पढ्न पाउँछन् । साथै, त्यहाँ २०० जना नागरिकको निम्ति एकजना डाक्टर उपलब्ध छ । क्यारेबियाली, ल्याटिन अमेरिकी वा दक्षिण अमेरिकी मुलुकहरू र दक्षिण अफ्रिकी देशहरूमा ५–५ हजार क्युवाली डाक्टरहरूले स्वयम्सेवकको रूपमा सेवा गर्दै छन् । चिठीमा हजुरबुबाले यी कुराहरू उल्लेख गर्नुभएको छ ।
पुस्तकमा हजुरबुबा लेख्नुहुन्छ – “देशको यस्तो समाचार सुनेर तिमीहरू निराश नहुनू ¤ पुँजीवादी व्यवस्था अङ्गालेका सबै देशहरूको गति यस्तै हो । संरा अमेरिकामा राष्ट्रपतिको भाषण राष्ट्रपतिले लेख्दैनन्, नीति निर्माणको काम अनेक क्षेत्रका नवरत्नहरू अर्थात् थिङ्कट्याङ्कले गर्छन्, निर्वाचनमा खर्च गर्नेहरू तेल कम्पनीहरू, हतियार निर्माणका ठेकेदारहरू, ठूल्ठूला व्यापारी र जहाज कम्पनीहरू हुन्छन् । पार्टीहरूको नाममा तिनीहरूले नै हारजितको खेल खेल्छन् । भारतको भारतीय जनता पार्टीको विजय भाजपा वा मोदीको होइन नेपाली भाषामा भारतीय उद्योग वाणिज्य सङ्घ अर्थात् भारतीय एकाधिकार पुँजी वा कर्पोरेटले निर्वाचनमा विजय प्राप्त गरेका हुन् ।”
१७ माघ २०७१ को ‘अन्नपूर्ण’ दैनिकमा छापिएको भूतपूर्व प्रधानमन्त्री, नेपाली काङ्ग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको दैनिकीमा १८ फागुन २०५५ को दिन निर्वाचनका निम्ति छानिएका उम्मेदवारहरूलाई प्रारम्भिक रकमका रूपमा ‘६–६ लाख रूपैयाँ’ बाँड्यौँ भनी उल्लेख भएको पाएँ । किसुनजीले लेख्नुभयो – “रवीन्द्रलालले थुप्रै पैसा ल्याउनुभयो दुईवटा ब्यागमा र वैशाख २० को निर्वाचनमा लड्न ११३ जनालाई रकम दिइयो ।” यसरी चिठीमा लेखकले पुँजीवादी दल र वर्गको चरित्र प्रस्ट पार्नुभएको छ ।
एउटा पत्रमा नेपालमा मजदुर सङ्घको अन्तर्राष्ट्रिय सम्मेलन भएको बारेमा र सिन्धुपाल्चोकमा पहिरोले ठूलो ताल बनेकोमा सा¥है रमाइलो भयो होला भन्ने जिज्ञासा थियो ।
त्यसको जवाफमा लेखक लेख्नुहुन्छ, “विदेशीले नेपाली काङ्ग्रेस र एमालेको सरकार समाजवादी भनी सोच्छन् किनभने बीपी कोइराला प्रजातान्त्रिक समाजवादलाई आदर्श समाज मान्थे र उनलाई अन्तर्राष्ट्रिय समाजवादीहरूले एसियाको लेनिन भन्थे । एमाले त नामै माक्र्सवादी र लेनिनवादी कम्युनिस्ट पार्टी–कस्तो क्रान्तिकारी ! तर, व्यवहारमा दुवै दल मात्रै होइन प्रमुख प्रतिपक्ष दल एमाओवादीसमेत पुँजीवादी दलहरू हुन् । ”
तिमीहरूले आश्चर्य नमान्नू – इमानदार नेता तथा ठूला–बडाका छोराछोरी सधैँ राम्रा हुन्छन् भन्ने होइन । हाम्रो देशका नेताहरूका छोराछोरीहरूको चारैतिर ठेकेदार, व्यापारी, कालाबजारिया, घरजग्गाका मालिक, विदेशी पुँजीका एजेन्टहरूको घेरा हुन्छ । ती छोराछोरीहरूले आ–आप्mना बुबा–आमा, हजुरबुबा र हजुरआमाहरूलाई ‘नर्क’ मा पार्ने काम गर्छन् । सुत्दा आ–आप्mनै ‘पाप’ र अपराधबाट तर्सेलान् भनी दलालहरूले रातीराती दामी रक्सी र चुरोटको लत लगाइदिन्छन् र तिनीहरूका जीवन–सङ्गिनीहरूलाई भ्रष्टाचारको माध्यम बनाउँछन् । यसप्रकार नयाँ पुस्तालाई अहङ्कारी र घमण्डी बनाई आपूmलाई जनताभन्दा माथि सम्झने गरी आत्मकेन्द्रित बनाइदिन्छन् । संरा अमेरिकाका राजनैतिक चिन्तक र विद्वानहरूले आप्mनो देशलाई डलरतन्त्र, धनिकतन्त्र, एक प्रतिशतको निम्ति एक प्रतिशतले एक प्रतिशतलाई सेवा गर्ने प्रजातन्त्र बताउँदै छन् ।” यसप्रकार चिठीमा दलहरूको नाम र काममा फरक हुने र पुँजीवादीहरू नाफाबाहेक अरू हेर्दैनन् भन्ने कुरा देखाइएको छ ।
यसकारण, एक पोका चाउचाउ, बिस्कुट, खानेपानी र एउटा पालबारे हामी गम्भीर भएनौँ भने सांस्कृतिक र राजनीतिकरूपले विकास भइरहेका हाम्रा जनतालाई आप्mनै समुदाय, समाज र देशको विरोधमा प्रयोग गर्ने सम्भावना छ । जसरी अरूले दिएको सबै वस्तु खानलायक हुँदैन त्यसरी नै अरूले दान दिएका हरेक वस्तु सदुपयोग हुन्छ वा त्यसबाट नकारात्मक परिणाम आउँदैन भनी सोच्नु अत्यन्त सरलता हुनेछ । जनताको सरलताबाट फाइदा उठाउनेहरूबाट सचेत रहनुपर्ने उहाँले चिठीमा प्रस्टसँग बताउनुभएको छ ।
नेपालका महँगा विद्यालयमा ७–८ कक्षाका छात्र–छात्राहरूसँग चामल कहाँबाट आउँछ भन्ने प्रश्न गर्दा – पसलबाट आउँछ, बोरामा फल्छ र थाहा छैन भन्ने उत्तर आएको चर्चा भएको थियो ।
दूध, दही, तरकारी, चिउरा आदिबारे् पनि व्यावहारिक जानकारी नभएजस्तै पुँजीवादी व्यवस्थाबारे तिमीहरूलाई जानकारी नहुनु स्वाभाविक छ । हरेक विषयमा व्यावहारिक ज्ञान हुनुपर्ने अन्यथा अधकल्चो हुने चिठीमा उल्लेख गरिएको छ ।
३ असोजको गोरखापत्रले लेख्यो – ‘युगको एउटा सपना पूरा हुँदै छ ।’ तर, एउटा युगको सपना भने एउटा राजनैतिक दल, केही बुद्धिजीवी, केही परिवार वा मुठ्ठीभर धनाढ्यहरूको सपना होइन बरु अत्यन्त बहुमत जनताको सपना हो । २० औँ शताब्दीका अत्यन्त बहुमत जनता भन्नाले किसान, जोताहा, कमैया, ज्यामी, मजदुर, कामी, दमाई, डकर्मी, सिकर्मी, शिक्षक, कर्मचारी आदि काम गरी खाने श्रमिकहरू हुन् । शताब्दीयौँदेखि श्रमिक जनताले तिनै मालिकहरूको निम्ति रात–दिन रगत–पसिना बगाए तर काम, माम, कपडा (दाल–भात–डुकु) पाएनन् । यो संविधानले पनि व्यापक कामदार जनताको रोजगार र जीवनको सुनिश्चितता (ग्यारेन्टी) दिन सकेन । यस अर्थमा यस संविधानको निर्माण र घोषणाले ‘युगको एउटा सपना पूरा भयो’ भन्ने भनाइ अतिसयोक्तिपूर्ण हुन्छ । चिठीमा उल्लेख भएझैँ मुठ्ठिभरका मानिसको सपना पूरा भए होलान् तर अत्यन्त बहुमत जनताको जीवनमा आजसम्म खासै केही परिवर्तन भएको छैन ।
नेपालको कम्युनिस्ट आन्दोलनमा नेपाल र नेपाली जनताको मुख्य शत्रु ‘राजा’ हो वा ‘भारतीय एकाधिकार पुँजी’ भन्नेबारे ५०–६० वर्ष विवाद रह्यो । राजतन्त्र गयो तर आज नेपाली जनताले थाहा पाए – राजाभन्दा ठूलो शक्ति भारतीय एकाधिकार पुँजीले सम्पूर्ण नेपाली जनताको घाँटीमा पासो कस्न सक्ने रहेछ ¤ यसकारण, आजको नेपालको निम्ति भारतले नेपाल नीति नबदलेसम्म नेपाली जनताको मुख्य शत्रु भारतीय एकाधिकार पुँजी नै हो भन्ने चर्चा चल्दै छ । पात झर्दैमा
रुख मर्दैन, जरा काट्नुपर्छ भन्ने यथार्थ चिठीको माध्यमबाट प्रस्ट पारिएको छ ।
शासक दलहरूका राजनीतिक कार्यकर्ता र ठेकेदारहरूको मिलेमतोको कारण निर्माण कार्य भताभूङ्ग भएको र निर्माण गुणस्तरीय नभएको बताइन्छ । चिठीमा भनिएझँै शासकहरूका आसेपासेहरूको मिलेमतोकै कारण निर्माण कार्य नाममात्रको भएको छ ।
नातिनाहरूको एक जिज्ञासामा उहाँ कवितामार्फत यसरी जवाफ दिनुहुन्छ –
जिउँदो मानिस त्यो हो
जसले अनुभव गर्छ
सुख र दुःख परिवेशको,
जिउँदो मानिस उही हो
जसले समयको ढुकढुकीलाई
आप्mनै ढुकढुकी सम्झन्छ !
मानिस जनताको हाँसोसँगै
खितितिति हाँस्छ र
जनतासँगै रुन्छ – दुःखमा
आक्रोशित हुन्छ जनतासँगै
जनताको दुःखमा रिस उठ्दा !
चिठीमा अनेकन त्यस्ता उदाहरण छन् जुन लामो लडाइँबाट मात्र जित हासिल गर्न सकिन्छ । निश्चय पनि त्यो विजय व्योमजस्तै निर्मल, निश्छल र अनन्त हुनेछ । हजुरबुबाको चिठी अध्ययन गर्दा पत्र साहित्यको अनुपम आख्यान पाठकहरूले अनुभूति गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *