भर्खरै :

क्रान्तिका अग्रदूतहरूको सम्मानबारे किम जङ इलको विचार

क्रान्ति या आमूल परिवर्तनका निम्ति सच्चा क्रान्तिकारीहरूको समर्पण जरूरी हुन्छ । कम्युनिस्ट विचारले दीक्षित, क्रान्तिकारी आचरणसहितको सङ्गठित दस्ता क्रान्तिको बाहक बन्दछन् । कम्युनिस्ट जीवनदर्शन आत्मसात् नगरी क्रान्तिको मार्गमा हिँड्न र विजयी बन्न सम्भव हुँदैन । भनिन्छ क्रान्तिकारी भावना सबैभन्दा उच्च भावना हो र कम्युनिस्ट जीवन सबैभन्दा सार्थक जीवन हो । आप्mनो निम्ति नभई अरूका निम्ति बाँच्नु, देशका निम्ति बाँच्नुले धेरै अर्थ बोक्छ । नैतिकवान्, अनुशासित, योग्य र समर्पित मानिस एक कम्युनिस्टभित्र मात्र भेट्न सकिन्छ । कम्युनिस्ट नाम राख्दैमा मान्छे कम्युनिस्ट हुने होइन । उसको आचरण, नैतिकता र जीवन पद्धतिमा कम्युनिस्ट विचार हुन जरूरी हुन्छ, क्रान्तिकारी भावना हुन जरूरी हुन्छ । व्यक्तिगत स्वार्थ, पद–पैसा, सुखसुविधाको भोक हुने मान्छेले आपूm कम्युनिस्ट बताउनु झूट सिवाय केही होइन । त्यसकारण, कम्युनिस्ट पार्टीले कार्यकर्ताहरूलाई कम्युनिस्ट आचरण, क्रान्तिकारी नैतिकता, निःस्वार्थ सेवाको भावना, समर्पणको भावना र कम्युनिस्ट जीवनदर्शन सिकाउँछ । कार्यकर्तालाई सच्चा मानिस बन्न अभिप्रेरित गर्छ । यदि त्यसो गर्दैन भने नाममात्रले पार्टी या मान्छे कम्युनिस्ट हुँदैन ।
यो शिक्षा विश्वका कम्युनिस्ट पार्टीहरूबाट मिल्दछ । कोरियाली मजदुर पार्टीका नेता किम जङ इलको रचना ‘क्रान्तिका अग्रदूतहरूको सम्मान गर्नु क्रान्तिकारीहरूको उत्कृष्ट नैतिक कर्तव्य हो ।’ ले पनि कम्युनिस्ट आचरण र जीवनबारे शिक्षा दिन्छ । का. किम जङ इलले नेता किम इल सङद्वारा अगाडि बढाइएको क्रान्तिकारी विचार, आचरण र नैतिकता विकसित र समृद्ध बनाउनुभयो । क्रान्तिका सम्पूर्ण अग्रदूत र विचारहरूको सम्मान गर्नुभयो । कोरियाली जनताले प्राप्त गरेका महान् क्रान्तिकारी उपलब्धिहरू र समाजवादी निर्माणमा देखिएका युगान्तकारी परिवर्तनहरू एवम् विजयहरू का. किम इल सङको बुद्धिमत्तापूर्ण नेतृत्वको प्रतिफलको रूपमा नेता किम जङ इलले हुर्काउनुभयो । क्रान्तिकारी पूर्खाको सम्मान गरी तिनका उपलब्धिलाई जोगाउनुु र विकास गर्नुले क्रान्ति विजयपूर्वक अगाडि बढ्दछ र क्रान्तिकारी अग्रजहरूलाई विश्वासघात गरी तिनका उपलब्धिलाई नकारे क्रान्ति विफल बन्दछ भन्ने शिक्षा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले दिन्छ । त्यसकारण, कम्युनिस्ट आन्दोलनको विकासका निम्ति क्रान्तिकारी अग्रजहरूप्रति सही धारणा र दृष्टिकोण हुन अत्यन्त जरूरी छ भन्नुहुन्छ नेता किम । विश्वका क्रान्तिकारी अग्रज नेता माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन लगायतका व्यक्तित्व युगान्तकारी नै हुन् । माक्र्सवाद–लेनिनवादको अनुसरण र माटो सुहाउँदो प्रयोगबाट उहाँहरूको सम्मान हुन्छ तथा क्रान्तिकारी विचार र दर्शन जिवन्त रहन्छ । उहाँहरूको सम्मान नगर्ने, इतिहासको अपव्याख्या गर्ने, विचारलाई भाँचकुच गर्नेहरूले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादको दलदलमा फसाए । उहाँहरूको विचारप्रति घात गर्ने र अनास्था गर्नेले क्रान्तिको उपलब्धिलाई छिन्नभिन्न पारे जनतालाई धोका दिए । वर्नस्टिन, खु्रस्चेभ, ब्रेज्नेभ र गोर्भाचोभहरूले माक्र्सवाद र लेनिनवादविरुद्ध संशोधनवाद र अराजकतावाद हुर्काए । क्रान्तिको उपलब्धिलाई जनताबाट खोसे । तिनले क्रान्तिकारी र कम्युनिस्ट आचरण परित्याग गरे । क्रान्तिकारी नैतिकता गुमाए ।
पुस्तिकामा लेखिएको छ –“पुरानो समाजमा पनि विवेकशील मानिसहरूले नैतिकतालाई ज्यादै महत्व दिन्थे, तिनीहरूले यसैबाट व्यक्तित्वको मूल्याङ्कन गर्थे र अनैतिक व्यवहारलाई मानिसहरूका लागि अनुपयुक्त ठान्थे । तर, शोषणयुक्त समाजमा सच्चा नैतिकता मौलाउन वा प्रबल हुन सक्दैन । व्यक्तिवाद शोषणयुक्त समाजको जड हो र यो सच्चा नैतिकतासित मेल खाँदैन ¤ शोषक र शोषित वर्गबीच कर्तव्यको कुनै सम्बन्ध रहन सक्दैन । नैतिक कुरामा पाखण्ड शोषकवर्गको साँचो स्वभाव हो र नैतिक भ्रष्टता बुर्जुवा समाजको अपरिहार्य उपज हो ।”
क्रान्तिकारीहरूसँग उत्तम मानवीय गुणहरू हुनुपर्छ । जनताप्रति प्रेम, जनतामा विश्वास, क्रान्तिमा विश्वास नै एक क्रान्तिकारीका गुण हुन् । जनताको हितप्रति आँखा चिम्लने, उनीहरूप्रति प्रेमभाव नदेखाउने, विवेक बफादारी र सहानुभूतिको अभाव हुने व्यक्ति कम्युनिस्ट वा क्रान्तिकारी हुन सक्दैन भन्नुहुन्छ नेता किम । क्रान्तिकारीहरू कर्तव्यनिष्ठ, सामाजिक भावनाले ओतप्रोत, इमानदार, आप्mना समकालीनप्रति कामरेडली भावना राख्ने, नयाँ पुस्तालाई माया गर्ने हुन्छन् । देशको स्वतन्त्रता, स्वाधीनता, जनताको मुक्ति, शोषणको अन्त्य क्रान्तिकारीहरूको ध्येय हुने गर्दछ ।

प्रजग कोरियाको हकमा का. किम जङ इलले नेता किम इल सङद्वारा माक्र्सवाद, लेनिनवादको वैज्ञानिक आधारशीलामा तयार पारिएको माटो सुहाउँदो जुछे विचारधारालाई जोगाउनुभयो, विकसित बनाउनुभयो । आमजनतामा केन्द्रित प्रजग कोेरियाको समाजवाद राजनैतिक, विचारधारात्मक, बौद्धिक र नैतिकरूपले पुँजीवादी जगतभन्दा उत्कृष्ट छ भन्ने जनमनमा स्थापित गर्नुभयो । मानिसहरूको नैतिकतामा जोड दिनुभयो ।

नेतृत्वले सदैव विज्ञानसम्मत् विचार, दर्शनलाई सरलीकृत गरी कार्यकर्ता र जनतासम्म पु¥याउने गर्दछ । जनतामा क्रान्तिप्रतिको विश्वास जगाउने र सङ्घर्षलाई विजयतर्फ डो¥याउने कार्य गर्छ । नेतृत्वको सो कार्यमा कार्यकर्ताहरूले सघाउँछन् । नेतृत्वको सम्मान पनि क्रान्तिकारी नैतिकता नै हो । नेतृत्वको विचारविरुद्ध जाने र विचार बङ्ग्याउनेहरूकै कारण क्रान्ति विफल बनेको इतिहास छ । नेता र क्रान्तिवीरको बदनाम गर्ने उत्तराधिकारीहरूले क्रान्तिको उपलब्धि जोगाउन सक्दैनन् । आधुनिक संशोधनवादीहरूकै कारण विश्व कम्युनिस्ट आन्दोलन गलत मार्गमा गएको र भित्रभित्रै जीर्ण हुन थालेको इतिहास पनि छ । समाजवादको प्रत्येक उपलब्धिलाई नकार्न र मेट्न, समाजवादप्रति विश्वासघात गर्न अपनाइएको सुधार र पुनसंरचनाको नीतिको कारण यसको पतन भएको हो भन्नुुहुन्छ का. किम । रूसको इतिहासले प्रस्ट भन्छ अवसरवादी र समाजवादप्रति गद्दारी गर्नेहरूले श्रमिक वर्गका नेताहरू विशेषतः स्तालिनमाथि दोषारोपन गरेर क्रान्तिको उपलब्धि समाजवादलाई नै ध्वस्त पारे र पुँजीवाद पुनःस्थापना गरे । का. किम भन्नुहुन्छ – “साम्राज्यवादको दबाबमा गई क्रान्तिलाई धोका दिने काम ज्यादै निकृष्ट प्रतिक्रान्तिकारी अपराध हो ।”
प्रजग कोरियाको हकमा का. किम जङ इलले नेता किम इल सङद्वारा माक्र्सवाद, लेनिनवादको वैज्ञानिक आधारशीलामा तयार पारिएको माटो सुहाउँदो जुछे विचारधारालाई जोगाउनुभयो, विकसित बनाउनुभयो । आमजनतामा केन्द्रित प्रजग कोेरियाको समाजवाद राजनैतिक, विचारधारात्मक, बौद्धिक र नैतिकरूपले पुँजीवादी जगतभन्दा उत्कृष्ट छ भन्ने जनमनमा स्थापित गर्नुभयो । मानिसहरूको नैतिकतामा जोड दिनुभयो । उहाँ भन्नुहुन्छ –“मानवीय आचार पद्धतिको विकासको सबैभन्दा उच्च चरण कम्युनिस्ट नैतिकता हो । कम्युनिस्ट नैतिकता मैत्रीपूर्ण प्रेम र क्रान्तिकारी निष्ठामा आधारित एक समष्टिवादी नैतिकता हो । मानिसको मूलभूत आवश्यकता अनुरूपको यो सबैभन्दा उच्चतम नैतिकता हो ।” क्रान्तिकारी अग्रदूतहरूले स्थापित गर्नुभएको क्रान्तिकारी परम्परालाई रक्षा गर्नु र अगाडि बढाउनु क्रान्तिका उत्तराधिकारीहरूको क्रान्तिकारी कर्तव्य र ठूलो नैतिक दायित्व हो भन्ने शिक्षा पनि पुस्तिकाबाट मिल्दछ । पुस्तिकाका अनुसार नैतिकता भन्नु आप्mनै विवेकले स्वेच्छासाथ पालना गरिने व्यवहारको सामाजिक मापदण्ड हो । तसर्थ, पदमा वा काममा रहेपनि वा नरहेपनि मानिसले उत्तम नैतिक ज्ञान प्राप्त गरेको खण्डमा तिनले पार्टी र क्रान्ति, देश र जनताप्रति योगदान गर्न सक्दछन्् । तब मात्र ती निष्ठावान् क्रान्तिकारी र वास्तविक कम्युनिस्ट कहलिन्छन् ।
नयाँ पुस्ता र उत्तराधिकारी तयार गर्नु पनि क्रान्तिकारी अग्रजहरूको सम्मान जत्तिकै महत्वपूर्ण पक्ष हो । नयाँ पिँढीलाई दिने शिक्षा र तालिमले देशको र क्रान्तिको भविष्य निर्धारण गर्दछ ।
नयाँ पिँढीलाई दिइने शिक्षाले नै ती क्रान्तिकारी बन्ने नबन्ने निक्र्योल गर्दछ । समाजवादी व्यवस्थामै पनि नयाँ पुस्तालाई समाजवादी आचरण या क्रान्तिकारी विचारले सुसज्जित बनाइएन भने समाजवादका रक्षक नै रहन्नन् । त्यसकारण, युवापुस्ता तयार गर्नु पार्टी या नेतृत्वको प्रमुख जिम्मेवारीभित्र पर्दछ । युवाहरूलाई शिक्षित बनाउन युवा–विद्यार्थी सङ्गठनहरूको सक्रियता अहम् बन्दछ । युवाहरूलाई असल साहित्य अध्ययन तथा लेखनमा प्रेरित गर्ने कार्यपनि नेतृत्व अर्थात् अग्रज पुस्ताले नै गर्दछ । सङ्गठित जीवनलाई महत्व दिने पुस्ता हुर्काउन त्यति सजिलो भने छैन । सत्य के हो भने क्रान्तिकारी सङ्गठनहरूमा बिताएको जीवन सामाजिक तथा सामूहिक जीवनको उच्चतम रूप हो । क्रान्तिकारी सङ्गठनको जीवन कम्युनिस्ट गुणहरू हासिल गर्न विचारधारात्मकरूपले र नैतिकरूपले मानिसहरूलाई प्रशिक्षित गर्ने र शिक्षित पार्ने एउटा उत्कृष्ट पाठशाला हो । पुँजीवादी विचार र आचरणलाई निषेध गर्ने, पैसा र पदको पछाडि कुद्ने मानिसलाई समाज, पार्टी, पार्टी नेतृत्व र समकालीनहरूका निम्ति निष्ठावान् बनाउने काम सङ्गठन बाहेकले गर्न सक्दैन । सङ्गठनले सिकाउने नैतिकता, अनुशासन, कम्युनिस्ट आचरणले नै क्रान्तिका उत्तराधिकारी तयार गर्छ । देशको स्वाधीनता, गौरवपूर्ण इतिहास जोगाउने रक्षक तयार गर्छ ।
कम्युनिस्ट नैतिकता, परम्पराबारे अत्यन्त मार्मिक विचारले भरिएको का. किमको यस पुस्तिका अत्यन्त पठनीय मात्र होइन कम्युनिस्ट कार्यकर्ताबीच छलफल गरिन आवश्यक छ । कार्यकर्ताहरूलाई यी विचारबाट प्रशिक्षित गर्नु समयको आवश्यकता हो । एक सच्चा कम्युनिस्ट कस्तो हुनुपर्दछ ? एक सच्चा क्रान्तिकारी कस्तो हुन्छ भन्ने प्रश्नको सही जवाफ पुस्तिकामा छ । आजभन्दा २२ वर्षअघि नेपाली भाषामा प्रकाशित यस पुस्तकको वैचारिक पक्ष आजपनि उत्तिकै ओजस्वी अनुभव हुन्छ । पढ्दै जाँदा अनुवाद अझ परिष्कृत बनाउनुपर्ने आवश्यकता महसुस हुन्छ । समग्रमा पुस्तिका अत्यन्त पठनीय एवम् सङ्ग्रहणीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *