भर्खरै :

शासक दलका अनुशासनहीन कार्यकर्ता

मङ्गलबार राजधानी काठमाडौँलगायत देशका विभिन्न जिल्लामा दाहाल–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रदर्शन गरे । प्रदर्शनपछि आयोजित सभाहरूमा नेकपाका नेताहरूले मुख्यतः केपी ओलीलाई व्यक्तिगतरूपमा विरोध गरेका थिए । प्रदर्शनमा सहभागी नेकपा कार्यकर्ताहरूले अराजनीतिक नाराहरू लगाएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीलाई व्यक्तिगतरूपमा जोडेर लगाइएका नारा ‘…लाई भन्दा सुन्नेलाई लाज’ भएको थियो ।
शासक दलहरूले आयोजना गर्ने यस्ता सडक प्रदर्शनहरूमा कार्यकर्ताहरूले यसरी अराजनीतिक नाराबाजी गर्नु नयाँ विषय होइन । प्रतिगमनविरोधी आन्दोलनको क्रममा पनि विशेषतः नेका र एमालेका कार्यकर्ताहरूले अराजनीतिक नाराहरू लगाउने गर्थे । त्यत्तिबेला आन्दोलनका अन्य घटकहरूले राजनीतिक सङ्घर्षमा यस्ता अराजनीतिक नारा लगाउन उचित नभएको भनी विरोध गर्दा पनि शासक दलका अनुशासनहीन कार्यकर्ताहरूलाई सम्हाल्न गाह«ो हुन्थ्यो । त्यस्ता उत्ताउला र अराजनीतिक नाराबाजी गर्दै प्रहरीसँग जथाभावी ढुङ्गामुढा गर्न विशेषतः शासक दलका युवा र विद्यार्थी नेताहरू पोख्त हुने गरेका छन् ।
राजनीतिक आन्दोलनमा राजनीतिक महत्वका अनुशासित नारा लगाइन जरुरी हुन्छ । व्यक्तिगत लाञ्छना लगाउने खालका नाराबाजीले आन्दोलनलाई अशोभनीय बनाउने गर्छ । जुलुसमा लगाइने गरेका यस्ता नाराले शासक दलको सङ्गठन र साङ्गठनिक शैलीको झल्को दिन्छ । पार्टी ठूलो बनाउने नाममा जस्तासुकै मानिसको बाढी भिœयाउँदा यस्ता अनुशासनहीन क्रियाकलाप हुने गरेका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री वा कुनै दलको अध्यक्ष भनेका राजनीतिक पद हुन् । व्यक्ति फरक हुन सक्छ । तर, ती पदहरूले संस्थाको प्रतिनिधित्व गरेका हुन्छन् । जसरी ‘राजा’ शब्दले व्यक्ति होइन, राजसंस्थाको प्रतिनिधित्व गर्दछ । प्रतिगमनविरोधी आन्दोलनको क्रममा राजालाई व्यक्तिको रूपमा अथ्र्याएर व्यक्तिगत गालीगलौजका नारा लाग्ने गरेका थिए । राजनीतिक संस्थाको विरोधमा भइरहेको आन्दोलनलाई व्यक्तिगत विरोध गर्नुबाट आन्दोलन अराजनीतिक बन्न जान्छ । कार्यकर्ताहरूबाट हुने यस्ता व्यवहारले सर्वसाधारण जनतालाई समेत भ्रममा पार्ने गरेको छ । यसले शासक दलका कार्यकर्ताहरूको कमसल सांस्कृतिक स्तर र राजनीतिक सुझबुझ प्रतिबिम्बित गर्दछ ।

पार्टी वा जनवर्गीय सङ्गठनमा सङ्गठित हुनुको अर्थ प्रशिक्षित र अनुशासित हुनु हो । पार्टी सदस्य बनेपछि विशेषतः कम्युनिस्ट पार्टीले वैचारिक र राजनीतिक प्रशिक्षण दिने गर्दछ । आन्दोलन र सङ्घर्षमा त्यस्ता अनुशासित कार्यकर्ताले नेतृत्व गर्ने गर्छन् । राजनीतिक र वैचारिकरूपमा प्रशिक्षित कार्यकर्ताहरूले अनुशासित किसिमबाट राजनीतिक नाराहरू लगाउने गर्छन् । तर, नेकपाका दुवै खेमाले ठूलो दल बनाउने नाममा अनुशासनहीन भीड जम्मा गर्दा जुलुसमा के नारा लगाउन हुने र नहुने समेतमा कुनै मर्यादा कायम राख्न सकेको देखिएन । सञ्चारमाध्यमका क्यामरा आएपछि आफ्नो अनुहार देखाउन व्यानरमा लुछाचुँडी भएका दृश्यहरू प्रतिगमनविरोधी आन्दोलनमा जस्तै मङ्गलबारको प्रदर्शनमा पनि देखियो ।
राष्ट्रपति, प्रधानमन्त्री वा कुनै दलको अध्यक्ष भनेका राजनीतिक पद हुन् । व्यक्ति फरक हुन सक्छ । तर, ती पदहरूले संस्थाको प्रतिनिधित्व गरेका हुन्छन् । जसरी ‘राजा’ शब्दले व्यक्ति होइन, राजसंस्थाको प्रतिनिधित्व गर्दछ । प्रतिगमनविरोधी आन्दोलनको क्रममा राजालाई व्यक्तिको रूपमा अथ्र्याएर व्यक्तिगत गालीगलौजका नारा लाग्ने गरेका थिए । राजनीतिक संस्थाको विरोधमा भइरहेको आन्दोलनलाई व्यक्तिगत विरोध गर्नुबाट आन्दोलन अराजनीतिक बन्न जान्छ । कार्यकर्ताहरूबाट हुने यस्ता व्यवहारले सर्वसाधारण जनतालाई समेत भ्रममा पार्ने गरेको छ । यसले शासक दलका कार्यकर्ताहरूको कमसल सांस्कृतिक स्तर र राजनीतिक सुझबुझ प्रतिबिम्बित गर्दछ ।
आन्दोलनमा यसरी उत्ताउला नारा लगाएर प्रहरीलाई दमन गर्न उस्काएर आन्दोलनमा नै क्षति पु¥याउने गरेका इतिहासमा धेरै उदाहरणहरू छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको इतिहास फर्केर हेर्दा पनि संरा अमेरिकाको सिकागोमा यस्ता उत्ताउला मानिसहरूकै कारण मजदुर सभामा सरकारी प्रहरीलाई दमन गर्ने मौका पाएको थियो । त्यसले मजदुर आन्दोलनमा क्षति पुगेको थियो । यसरी उत्ताउला नारा लगाउनेहरू एजेन्ट प्रोभोकेटरहरू हुने गर्छन् । उनीहरूका यस्ता व्यवहारले प्रहरीलाई दमनको लागि बाटो खोलिदिने गर्दछ । तसर्थ, शासक दलका नेताहरूले भीड जम्मा गर्नभन्दा अनुशासित कार्यकर्ता जम्मा गर्नमा ध्यान दिनु उपयुक्त हुन्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *