ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
नेकपाको सरकारले संसद् विघटन गरेर सांसदहरूको जागिर खाएको हुँदा ओली सरकारको विरोध गर्नु स्वाभाविक हो । नेकपा सरकारको विरोधमा नेकपाकै नेताहरू विरोध प्रदर्शनमा उत्रेर ओली पक्ष नेकपाभन्दा प्रचण्ड–दाहाल पक्ष नेकपालाई बढी क्रान्तिकारी, बढी लोकतन्त्रवादी र समाजवादी या कम्युनिस्ट भनी जनतामाझ चिनाउने प्रयास गरेका छन् । ओलीलाई नितान्त व्यक्तिवादी, महत्वाकाङ्क्षी, निरङ्कुश चरित्रको दाबी गर्ने प्रचण्ड–नेपाल पक्षधर नेताहरू कति क्रान्तिकारी या समाजवादी भन्ने चिन्ने आधार के ? केपी ओली या ओली सरकारको विरोध गर्दैमा, उनको कमी कमजोरी औँल्याउँदैमा या विरोध प्रदर्शन तथा सभा राख्दैमा कुनै पनि दल र दलका नेताहरू क्रान्तिकारी या कम्युनिस्ट हुँदैनन् ।
गणतन्त्रविरोधी, निरङ्कुश चरित्र र कम्युनिस्टको गुणै नभएका ओलीलाई क्रान्तिकारी, कम्युनिस्ट भनिने नेताहरूले किन पार्टी अध्यक्ष र प्रम बनाएका हुन् ? कम्युनिस्ट सिद्धान्त र विचार छोडेको या आत्मसात नगर्ने दलको नाम किन कम्युनिस्ट राखेको भन्ने प्रश्न यतिबेला राजनीतिक विश्लेषकहरूले उठाएका छन् । ओली पक्षधर नेकपाका नेताहरूमा कम्युनिस्ट चरित्र या गुण नभएकोमा शङ्का छैन । तर, केही हप्ता अघिसम्म ओलीसँगै घाँटी जोडेर नेकपाको पार्टी भनी भजन गाउँदै हिँडेका पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालजस्ता नेताहरूमा केको आधारमा कम्युनिस्ट सिद्धान्त, विचार र दर्शनले भिजेको छ भनी विश्वास गर्ने ? माधव नेपाल र झलनाथ खनालहरू केपी ओलीकै पछि लागी बहुदलीय जनवादको पक्षमा कुद्ने नेताहरू हुन् ।
क्रान्तिकारी सिद्धान्त र विचार छोडी संसदीय बाटोमा लागेका पुष्पकमल दाहालहरु कसरी सच्चा कम्युनिस्ट मान्न सकिन्छ ? केपी ओली पक्षले मात्र होइन दाहाल–नेपाल पक्षधर नेकपाले कम्युनिस्टको सिद्धान्त र विचार छोडेको छ । आफूलाई बहुमत प्राप्त नेकपा ठान्ने दाहाल–नेपाल पक्षधर नेताहरु कम्युनिस्टको सिद्धान्त र विचारअनुसार दल र सरकारभित्र काम गराउन किन असफल भए ? पद र भागबन्डा पाउँदैमा कम्युनिस्टविरोधी ओलीसँग घाँटी जोड्ने ¤ पद र भागबन्डा पाएपछि सिद्धान्त र विचार भुल्ने ! जनताको नजरमा ओली पक्षधर नेकपा र दाहाल–नेपाल पक्षधर नेकपाबीच के नै अन्तर छ र !
Leave a Reply