भर्खरै :

हेनरी किसिङ्गरको आँखामा चीन -६

सन् १९७१ बाट पुनः सुरु भएको चीन–संरा अमेरिका सम्बन्ध सन् १९८९ को अन्त्यतिर अत्यन्त सङ्कटग्रस्त बनिसकेको थियो । सन् १९८० को दशकको अन्तिमतिर विभिन्न क्षेत्रमा थालिएको सहयोग तथा सहकार्य टुङ्गिने स्थितिमा पुगिसकेको थियो । त्यही तनावपूर्ण परिवेशमा सन् १९८९ को नोभेम्बरमा हेनरी किसिङ्गर पेचिङ्ग पुगे । यो उनको निजी भ्रमण थियो तर संरा अमेरिकी राष्ट्रपति र अन्य अधिकारीलाई जानकारी गराएका थिए ।
नेता तङ र किसिङ्गरबीचको भेटमा तङले चीनमा हुने अशान्तिले विश्वलाई मात्र होइन महाशक्ति देशलाई पनि छुने बताए । उनले चीन–अमेरिका सम्बन्ध विकास गर्न आपूmले ठूलो समय व्यतित गरिसकेको र राष्ट्रपति बुशको कार्यकालमा पनि अघि बढोस् भन्ने आफ्नो चाहना रहेको प्रस्ट पारे ।
चिकपाका एक वैचारिक नेता ली रुइहुवानले समानरूपमा व्यवहार गर्ने देशहरूसँग मित्रता गाँस्न अध्यक्ष माओले जीवनभर सङ्घर्ष गर्नुभएको स्मरण गराए ।
नेता तङले सन् १९९० देखि नै जिम्मेवारी घटाउँदै लगे । सन् १९९२ मा अर्थात्् नेता तङ ८७ वर्षको छँदा दक्षिण चीनका नयाँ आर्थिक केन्द्रहरूको भ्रमणमा निस्के । आफ्नी छोरी तङ नान र अन्य सहयोगीहरू साथमा थिए । त्यसलाई ‘दक्षिण भ्रमण’ को नाम दिइयो । त्यो भ्रमण नै उनको जीवनको अन्तिम सार्वजनिक कार्यक्रम बन्यो ।
चीनको नेतृत्व गर्ने जिम्मा चियाङ चमिनले पाइसकेका थिए । उनले जिम्मा सम्हालिरहँदा सोभियत सङ्घ विघटन भयो र पूर्वी युरोपका समाजवादी देशहरूमा पनि पुँजीवादको पुनः स्थापना भयो । अन्तर्राष्ट्रिय परिस्थिति अत्यन्त प्रतिकूल थियो । आन्तरिक परिस्थिति पनि अत्यन्त चुनौतीपूर्ण थियो ।
नेता तङको निधन सन् १९९७ मा भयो ।
चियाङ चमिन र सम्बन्धको पुनः स्थापना
चियाङ चमिन साङ्घाइका मेयर थिए । त्यतिखेर नै किसिङ्गरले उनलाई भेटेका थिए । साङ्घाइको परिवर्तनमा उनको ठूलो देन थियो । समयक्रममा उनी चीनका राष्ट्रपति बने । चीनको इतिहासमा उल्लेखनीय प्रतिव्यक्ति आम्दानी बढाउने, हङ्गकङ्ग शान्तिपूर्ण ढङ्गमा फिर्ता लिने, संरा अमेरिकासँग सम्बन्ध पुनः स्थापित गर्ने, अन्य धेरै देशसँग सम्बन्ध जोड्ने, चीनलाई विश्वकै आर्थिक शक्ति बनाउने आदि कार्यको नेतृत्व चियाङ चमिनले गरे ।
चियाङ चमिनकै कार्यकालमा चीन–अमेरिका सम्बन्धले फड्को मा¥यो । चीन–अमेरिका वार्ताको क्रममा आपसी सम्बन्ध नै प्रमुख विषय बनेको अन्तिम पटक उनकै पालामा थियो ।
सहस्राब्दीसँगै चिनियाँ नेतृत्वमा ‘चौथो पुस्ता’ को उदय भयो । हु चिन्ताओ (Hu Jintao) राष्ट्रपति र वेन चियापाओ (Wen Jiapao) प्रधानमन्त्री भए । उता संरा अमेरिकामा जर्ज डब्लु बुश र सन् २००९ मा बाराक ओवामा राष्ट्रपति भए । हु र वेनले ‘सौहार्दपूर्ण समाज’ र ‘सौहार्दपूर्ण विश्व’ को नारा दिए । अवस्थाको सामान्यीकरण र स्थिरता उनको पहिलो प्राथमिकता थियो ।
‘मध्यमस्तरको सम्पन्न’ समाज निर्माण उनको उद्देश्य थियो । राष्ट्रपति हुले शान्तिपूर्ण विकास (peaceful development) को अवधारणा अगाडि सारे । संयुक्त राष्ट्रसङ्घको सभामा बोल्दै हुले भने, “चीन शान्ति मन पराउँछ । चीनको विकासले कसैलाई चोट पु¥याउँदैन र धम्काउँदैन । त्यसले विश्वको शान्ति, स्थायित्व र साझा समृद्धिमा टेवा पु¥याउनेछ ।”
सन् २००७ र २००८ मा अमेरिका र युरोपमा आर्थिक सङ्कट सुरू हुँदा चीन अप्रभावित रह्यो । अन्तर्राष्ट्रिय व्यवस्थाको संरचनामा विश्वमा हेरफेर देखापर्न थालिसकेको थियो । पश्चिमलाई आर्थिक सङ्कटले अप्ठ्यारो पारिरहँदा चीनले विश्वलाई चकित पार्दै ओलम्पिक खेल भव्यरूपमा आयोजना ग¥यो । ओलम्पिक खेल चीनको सम्पन्नताको प्रतीक बनेर प्रस्तुत भयो । ओलम्पिक खेल र उद्घाटनले चीनको पुनर्जागरणबारे विश्वलाई बतायो । चीनमा नयाँ युगको सुरूआत भएको घोषणा भएको आभास विश्वले पायो । अफिम युद्धदेखि शताब्दी लामो विदेशी थिचोमिचो तथा हस्तक्षेप सदाका लागि अन्त्य गर्दै चीन उदाएको अनुभूति दियो । यद्यपि, चीन अझै पनि गरिबीविरुद्धको अन्तिम लडाइँ लड्दै थियो ।

जब कूटनीतिले काम गर्दैन तब रणनीति, हतियारको होडबाजी, द्वन्द्व र युद्ध देखापर्छ । विश्वमा धेरै युद्धहरू भए । मानिसको शान्तिको चाहना पूरा हुन सकेन । किसिङ्गर भन्छन्, “चीन र संरा अमेरिकाबीच सैन्य क्षेत्रमा भन्दा पनि आर्थिक तथा सामाजिक क्षेत्रमा सघन प्रतिस्पर्धा हुने देखिन्छ ।”
चीनको गुप्त भ्रमणको क्रममा चीन र संरा अमेरिकाबीचको सहमति घोषणा भइरहँदा प्रधानमन्त्री चाउ ऐनलाइले भन्नुभएको थियो, “यसले विश्वलाई हल्लाउनेछ ।” किसिङ्गर कल्पना गर्छन्, “……… चालीस वर्षपछि संरा अमेरिका र चीनले संयुक्त प्रयास विश्व हल्लाउनलाई नभई अब विश्व निर्माण गर्नलाई लगाउन सकेका भए !”
अन्तमा,
प्रधानमन्त्री चाउ एनलाइको शब्दमा चीन र संरा अमेरिकाबीचको सम्बन्ध‘विश्व हल्लाउने’ स्थितिसम्म पु¥याउन किसिङ्गरले पनि सक्दो योगदान अथकरूपमा गरेको यो पुस्तकले प्रस्ट पार्छ । जीवनको बहुमूल्य समय, अथक परिश्रम र बल–बुद्धि उनले त्यस कार्यमा लगाए । उनी त्यतिखेर ४७–४८ वर्षका अनुभवी थिए । उनको लगन, धैर्य तथा अर्जुन–दृष्टि आज पनि नयाँ पिँढीका निम्ति अनुकरणीय मान्न सकिन्छ । सम्भावित द्वन्द्व, युद्ध र तनावबाट विश्व मानवजगतलाई जोगाउन उनले एक जिम्मेवार नागरिकका नाताले कूटनीतिक क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरे । पानी बारबारको स्थितिमा रहेका दुई विशाल देश संरा अमेरिका र चीनलाई नजिक ल्याउन उनले खेलेको भूमिका सराहनीय मान्नेहरू कम छैनन् । दुई फरक विचारधारा मान्ने मुलुकबीच सम्बन्ध पुनः स्थापित गराउन सामान्य खुबी या प्रयासबाट सम्भव हुने कुरै थिएन ¤ विषम परिस्थितिमा सम्पूर्ण चुनौतीसँग सामना गर्दै समाधानको बिन्दुमा पु¥याउनु कूटनीतिक चातुर्यमात्र होइन कूटनीतिक विशिष्ट गुण मान्न सकिन्छ । व्यवहार गर्दै जाँदा विश्वाससमेत जितेर अगाडि बढ्न सक्नु इमानदारीको प्रमाण हो भन्नु अन्यथा हुनेछैन । चीन र संरा अमेरिका सम्बन्धको प्रकाशमा हेर्दा किसिङ्गरले एक सफल कूटनीतिज्ञको छवि निर्माण गरे साथै चिनियाँ मित्रहरूबाट एक विश्वासिलो मित्र र एक सङ्कटको साथीको उपमा पाए । किसिङ्गरको बौद्धिकता, व्यवहार र अनुभवको चिनियाँ बौद्धिक तथा राजनीतिक समुदायले अद्यापि प्रशंसा गर्दछ । हालै निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई चीनसँग राम्रो सम्बन्ध कायम गर्न सुझाव दिएर विश्वकै वरिष्ठ कूटनीतिज्ञ किसिङ्गरले आप्mनो कर्तव्य पूरा गरे । यी दुई देशबीचको मामिलामा आप्mनो इमानदारी जीवनको उतराद्र्धमा समेत देखाए । कूटनीतिक क्षेत्रका एक जिउँदो इतिहास मानिने किसिङ्गरको चिलि (दक्षिण अमेरिका) सम्बन्धी दृष्टिकोणको आलोचना गर्नेहरू पनि धेरै छन् ।
किसिङ्गरको पुस्तकका कतिपय प्रसङ्गबारे आलोचना, खण्डन या समर्थन गर्न त्यसमा चर्चा गरिएका चिनियाँ नेताहरू एक–दुईलाई छोडेर प्रायः आज यो भौतिक संसारमा छैनन् । यस पुस्तकमा दिइएका कतिपय भनाइ तथा सन्दर्भबारे चिनियाँ नेताहरू स्वयम्ले अभिव्यक्ति दिएको व्यापक पाठकबीच जानकारीमा आएको छैन । यदि दिएको खण्डमा धेरै थप कुरा प्रस्ट हुने र पाठकका कतिपय खुल्दुली मेटिने तथा भ्रम हट्ने निश्चित छ । किसिङ्गर प्रस्टरूपमा प्रजग कोरियाप्रति सकारात्मक हुन नसकेको या नबनेको पुस्तकमा स्पष्ट देखिन्छ । उनको त्यो वक्रदृष्टिका कारण उनीप्रति केही आशङ्का पाठकमा उब्जिनुलाई पनि अन्यथा मान्न सकिन्न ।
समग्रमा यस पुस्तकको अध्ययनले चिनियाँ समाजवादको केही क्षेत्रमा देखिएका बाङ्गाटिङ्गा धर्काहरूको के कसरी कठिन घडी पार ग¥यो, घरेलु तथा बाह्य चुनौती या उथलपुथलको स्थिति कस्तो रह्यो र आँधीबेहरीमा चिनियाँ नेतृत्वले कसरी साहस तथा बुद्धिमत्ता देखाएर सफलता तथा उपलब्धि हासिल ग¥यो भन्नेबारे विस्तृत जानकारी दिनेछ ।
आधुनिक चीन स्थापनापश्चात्का ६० वर्षका केही महत्वपूर्ण झलक या घटनाक्रममात्र यस पुस्तकमा समेटिएको छ । आजको शक्तिशाली तथा समृद्ध चीन निर्माणको पृष्ठभूमिको एउटा अंश यो पुस्तकले प्रस्तुत गर्दछ भन्नु अतियुक्ति नहोला ! किसिङ्गर त्यस्ता कूटनीतिज्ञ हुन् जसले अध्यक्ष माओ र प्रधानमन्त्री चाउ एनलाइदेखि आजका चिनियाँ राष्ट्रपति सि चिङ फिङ नजिकबाट चिने, देखे र अनुभव गरे । विश्वमा धेरै कमलाई मात्र यस खालको अवसर प्राप्त हुने गर्छ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *