भर्खरै :

चिनियाँ समाचार संस्था सिन्ह्वाको टिप्पणी, किन २०२१ चीनको लागि महत्वपूर्ण छ ?

विश्वले वर्ष २०२० लाई बिदाइ गरी २०२१ लाई स्वागत गरिसकेको छ । कोभिड–१९ महामारीले सिङ्गो मानव जातिका अगाडि र तीव्र गतिमा परिवर्तन भइरहेको अन्तर्राष्ट्रिय संरचनामा अतुलनीय चुनौती सिर्जना गरेको कारण २०२० असाधारण वर्ष रह्यो । वर्ष २०२१ मा प्रवेशसँगै चीन नयाँ ऐतिहासिक आरम्भ बिन्दुमा उभिएको छ ।
गत वर्ष चीनले कोभिड–१९ को लडाइँमा एउटा महत्वपूर्ण अध्याय लेख्यो, एकता र कटिबद्धताका साथ महामारीविरुद्ध लड्यो, मध्यमरूपमा समृद्ध समाज निर्माणको महान् ऐतिहासिक उपलब्धि हासिल गरी गरिबी निवारणमा निर्णायक विजय हासिल ग¥यो । साथै, विज्ञान– प्रविधिको विकासको क्षेत्रमा ठूलो लहर ल्यायो र सुधार एवम् खुलापनलाई अझै गहन पा¥यो ।
महामारीको दबाब र विश्वव्यापी आर्थिक मन्दीबीचमा पनि सफल अर्थतन्त्रहरूमध्ये चीन पनि पर्दछ । कोरोना भाइरसलाई सुरुको चरणमै नियन्त्रण गर्न सकेका, काम र उत्पादनलाई समयमै पुनःस्थापना गरेर आर्थिक स्थिरता र पुनरूत्थान गर्नसकेका देशमध्ये चीन पहिलो देश हो । २०२० मा महामारीका बीच आर्थिक वृद्धिदर कायम गर्न सकेको पहिलो देश चीन हो र चीनले विश्वका अरू देशका लागि पनि आशा र विश्वास अगाडि ल्याइदियो ।
चीनको १४ औँ पञ्चवर्षीय योजनाको पहिलो वर्ष भएकोले पनि वर्ष २०२१ चीनको लागि अत्यन्त महत्वपूर्ण छ । त्यतिमात्र होइन, पहिलो शताब्दीलक्ष्य सम्पूर्ण समाजलाई मध्यमरूपमा समृद्ध बनाउनेलाई निर्धारित समयमै पूरा गरी दोस्रो लक्ष्यका लागि यात्रा थाल्ने वर्ष पनि हो । दोस्रो शताब्दी लक्ष्य भनेको आधुनिक समाजवादी देश पूर्णरूपमा निर्माण गर्नु हो ।
नयाँ वर्ष २०२१ भनेको १९२१ जुलाई १ का दिन स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी हो । एक विशाल सङ्गठनका रूपमा चिकपाले चीनको स्थायित्व र दीर्घकालीन विकासलाई जनताको अपेक्षा र राष्ट्रको आशाअनुरूप निर्देशित गरिरहेको छ । चिकपा सदैव जनताकेन्द्रित रहँदै आएको छ र स्थापनाको सही उद्देश्यमा दृढ रही राष्ट्रिय पुनर्जागरणको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि पूर्णविश्वासका साथ अगाडि लम्किरहेको छ ।
कोभिड–१९ महामारीको लहर पुनः उठिरहेको, विश्व आर्थिक पुनरूत्थानमा मिश्रित सफलता र बदलिँदो भूराजनीतिका कारण वर्ष २०२१ अझै अनुमान गर्न नसकिने स्थितिमा रहेको छ । निश्चितरूपमा सबैखाले कठिनाइहरूलाई सम्बोधन गर्न र आफ्नो सीमाभित्र सबैखाले चुनौतीहरूको सामना गर्न विश्वव्यापी सन्दर्भमा सदाको झैँ शक्ति राजनीति, शतियुद्धकालीन मानसिकता, एकपक्षीयतावाद र संरक्षणवादको सामना गर्न चीनले धेरैथोक गरिसकेको छ ।
चिनियाँ राष्ट्रको महान् राष्ट्रिय पुनर्जागरणको लक्ष्यमा चीनले कठिनाइ र चौतर्फी चुनौतीहरूको सामना गर्नेछ, त्यसको निम्ति पूर्णतया तयार छ नकि चुनौतीदेखि पछि हट्नेछ । बाह्य हस्तक्षेप, उपद्रव र दमनले ‘चिनियाँ सपना’ प्राप्तिको लक्ष्यमा यो देशलाई रोक्नसक्ने छैन । चीन विकाससम्बन्धी आफ्नो नयाँ दर्शन कार्यान्वयन गर्दै र अन्वेषणात्मक, संयोजित, हरित, खुल्ला र साझा विकासको अवधारणामा जोड दिँदै तथा ‘द्विपक्षीय प्रवाह’ हुने नयाँ विकासलाई मलजल गर्दै र उच्च तहको सुधार एवम् खुलापनलाई बढावा दिँदै अगाडि बढि नै रहनेछ ।
विगतमा जे भए ती सुरुआत हुन् । मानवतामाथि खतरा पु¥याउने साझा शत्रुको सामना र सफलतामा कसरी विश्वका देशहरूले सहकार्य गर्नेछन् र देशहरूबीच कुन तहको छलफलको प्रक्रिया निर्माण हुन्छ, तिनबाट नै मानव जातिले कति ठूला विपत्ति पार गर्न सक्छ भन्ने निश्चित हुन्छ । कोभिड–१९ महामारीको कालो बादललाई शिघ्रभन्दा शिघ्र निमिट्यान्न पार्न र यो ग्रह पृथ्वीलाई सबैको साझा र झन् राम्रो घर बनाउन विश्वका सबै मानिसले साझा प्रयास गर्नुको विकल्प छैन ।
अनुवाद :प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *