लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, २१ पुस । नेपालको पछिल्लो अन्योलग्रस्त राजनीतिक परिस्थितिको फाइदा उठाउन विभिन्न बाह्य र आन्तरिक शक्तिहरू सक्रिय देखिनथालेका छन् । नयाँ संविधानअनुसार पहिलो पटक भएको निर्वाचनमा झन्डै दुईतिहाइ मत सत्तारुढ दल नेकपाले पायो । तर, नेकपा नेताहरूबीच पद, पैसा र नियुक्तिको विषयमा झगडा हुँदा अहिले विकसित अन्योलको फाइदा उठाउन विभिन्न शक्तिहरू सक्रिय हुन थालेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस एकातिर आन्दोलन र अर्कोतिर चुनावको तयारी गर्ने दुई धारको रणनीतिमा अघि बढेको राजनीतिक विश्लेषकहरू बताउँछन् । लामो समयदेखि राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति देखाउनसमेत हम्मेहम्मे भइरहेको काङ्ग्रेसको लागि संसद् विघटनपछि सडकमा आउने बहाना मात्र प्राप्त भएको छैन, बरु सडक सङ्घर्षलाई लामो समयदेखि जमेर बसेका कार्यकर्तालाई तताउने र चुनावको तयारीमा जाने मौका पनि बनेको छ ।
“नेका चुनाव भए पनि फाइदा, नभए पनि फाइदा उठाउने रणनीतिमा देखिन्छ”, विश्लेषकहरू भन्छन् ।
राजतन्त्र पुनः स्थापना गर्न चाहने शक्तिहरू पनि गुम्दै गरेको आफ्नो प्रभावलाई फिर्ता लिन यही तरल अवस्थाको उपयोग गर्ने सोचमा देखिएको छ । राजतन्त्रको पक्षमा प्रदर्शनमा आउने धेरैलाई नारायणहिटी सङ्ग्रहालयमा पुनः राजाको आसन स्थापना हुनेमा विश्वास छैन । झिनो आशा गर्नेहरू पनि आफ्नो शक्तिको बलमा भन्दा कुनै विदेशी शक्तिले राजतन्त्रलाई फिर्ता गरिदेओस् भन्ने अपेक्षा गरेका छन् । विशेषतः भारतमा हिन्दू अतिवादी शासक मोदी दोस्रो पटक पनि प्रधानमन्त्री पदमा विजयी भएपछि नेपालका राजावादीहरूमा राजतन्त्र पुनः स्थापनाको मोह जागेको थियो । नेका र नेकपा सरकारले जनताको अपेक्षाअनुसारको शासन गर्न नसक्दा बढेको जनसन्तोषलाई उनीहरू उपयोग गर्ने योजनामा छन् । राजतन्त्रको पुनःस्थापना अब पुरानो र असान्दर्भिक विषय बनिसकेको छ । तथापि, राजावादी शक्तिहरू यतिबेला सडक प्रदर्शनमा उत्रेर राजनीतिक रूपमा आफ्नो गुमेको साख पुनः हासिल गर्नेतिर लागेको देखिन्छ ।
पञ्चायत र राजतन्त्रको जगमा हुर्केका पार्टीहरू आपसमा विभाजित र निराश हुँदा पछिल्लो निर्वाचनमा एमालेको पक्षमा राजावादीहरूले मतदान गरेको विश्लेषण गरिएको छ । नेकपा विभाजनको पछिल्लो अवस्थामा अघिल्लो निर्वाचनमा आफ्नो गोजीबाट एमालेले लिएको मत आफ्नै शिविरमा फिर्ता गर्ने र राजनीतिकरूपमा बलियो बन्ने सोच नै यतिबेला राजावादी शक्तिहरूको मुख्य योजना देखिन्छ । राजालाई नै गद्दी आसीन गर्न न राजा नै तयार देखिन्छन् नराजावादी शक्तिहरूले नै त्यस्तो ल्याकत राख्दछन् ।
राजनीति परिदृश्यमा यतिबेला ‘वैकल्पिक शक्ति’ भन्दै केही गतिविधि देखिन थालेको छ । नेपाल प्रहरीका पूर्वप्रमुख रमेश खरेलले केही समयअघि थालेको राजनीतिक अभियानलाई क्रमशः राजनीतिक दलको आकार दिने प्रयासको थालनी भएको छ । विशेषतः आजसम्म सरकार चलाएका राजनीतिक दलहरूले प्रभावकारी शासन चलाउन नसकेको भन्दै देशभक्तिको आवरणमा यस्ता शक्तिहरूले गतिविधि अघि बढाउन खोजिरहेका छन् । मङ्गलबार अभिनेत्री मनिषा कोइरालासहित केही व्यक्तिहरूले पृथ्वीनारायण शाहको जन्म दिवस मनाउने सन्दर्भमा आयोजना गरेको पत्रकार भेटघाटले अहिलेको अन्योलको फाइदा उठाउन खोज्ने अरू केही शक्ति पनि दृश्य देखिएका छन् ।
राजनीतिक अस्थिरताले देशमा ‘समृद्धि र विकास’ आउने फलाकासहित सत्तासीन बनेका दलले यतिबेला देशलाई अझ खतरनाक र जोखिमपूर्ण अस्थिरतातिर धकेलेको देखिन्छ । नेकपाका स्वार्थी र लोभी–पापी नेताहरूको झगडाको कारण देश र जनताले गहिरो क्षति भोग्नुपर्ने सम्भावनाबारे नेपाली जनता सजग हुन जरुरी छ । राजनीतिलाई सत्ता, स्वार्थ, अनैतिकता, चुनावी अङ्कगणितमा मात्र बुझ्ने प्रवृत्तिकै कारण देशले आज अर्को चुनौतीको सामना गर्नुपरेको छ । नेपाली समाजलाई प्रतिगमनतिर धकेल्ने, भारतीय विस्तारवादी प्रभाव बलियो बनाउने र देशलाई अराजकतातिर जाक्ने कुनै पनि कदमप्रति जनताले सजगताका साथ प्रतिरोध गर्नुपर्ने आजको राजनीतिक खाँचो हो ।
राजनीतिक अन्योलको यही मौकालाई उपयोग गर्न छिमेकी देश भारत पनि तल्लीन देखिएको छ । भारतका शासक वर्गमा पछिल्लो समय नेपालको राजनीतिमा आफ्नो नियन्त्रण गुम्दै गएको हीन भावना प्रस्ट सुनिंदै छ । संसद् विघटनपछि नेपालका लागि भारतका पूर्व राजदूत श्यामशरणको लेखमा यसको प्रस्ट स्वीकारोक्ति छ । पहिले पूर्वन्यायाधीश खिलराज रेग्मीलाई आफ्नै योजनामा प्रधानमन्त्री बनाएजस्तै अहिले पनि भारत आफ्नै अनुकूलमा ‘स्वच्छ छवि’ को प्रधानमन्त्री बनाउन खोजिरहेको भारतीय कूटनीतिज्ञहरूबाट बाहिर आइसकेको छ ।
यद्यापि, नेपाली राजनीतिमा भारतीय प्रभाव भने अहिले केही सञ्चारमाध्यम र बुद्धिजीवीहरूले भनेजस्तो ‘नियन्त्रण बाहिर गएको’ भने देखिंदैन । संसद् विघटनसम्मको निर्णयमा प्रधानमन्त्रीलाई पु¥याउन भारतकै भूमिका भएको विश्लेषण पनि चर्चामा छ । विशेषतः भारतले आफूले दसौँ वर्ष शरण दिएका नेता पुष्पकमल दाहाल र पदलोभी माधव नेपाल तथा झलनाथ खनालजस्ता नेताहरूको काँधमा बन्दुक राखेर देशमा राजनीतिक अन्योल र अस्थिरताको अवस्था निम्त्याएको विश्लेषण पनि छ । भारतले गत शनिबार इलामको पशुपति नगरमा जबरजस्ती सीमा सुरक्षा बल पठाएर नक्कली किल्ला गाड्नु र आइतबार महेन्द्र नगरमा एसएसबीले जथाभावी गोली चलाई नेपालीलाई घाइते बनाउन खोज्नुले पनि भारत यो धमिलो पानीमा माछा मार्ने दाउमा लागेको देखिंदै छ ।
राजनीतिक अस्थिरताले देशमा ‘समृद्धि र विकास’ आउने फलाकासहित सत्तासीन बनेका दलले यतिबेला देशलाई अझ खतरनाक र जोखिमपूर्ण अस्थिरतातिर धकेलेको देखिन्छ । नेकपाका स्वार्थी र लोभी–पापी नेताहरूको झगडाको कारण देश र जनताले गहिरो क्षति भोग्नुपर्ने सम्भावनाबारे नेपाली जनता सजग हुन जरुरी छ । राजनीतिलाई सत्ता, स्वार्थ, अनैतिकता, चुनावी अङ्कगणितमा मात्र बुझ्ने प्रवृत्तिकै कारण देशले आज अर्को चुनौतीको सामना गर्नुपरेको छ । नेपाली समाजलाई प्रतिगमनतिर धकेल्ने, भारतीय विस्तारवादी प्रभाव बलियो बनाउने र देशलाई अराजकतातिर जाक्ने कुनै पनि कदमप्रति जनताले सजगताका साथ प्रतिरोध गर्नुपर्ने आजको राजनीतिक खाँचो हो ।
Leave a Reply