भर्खरै :

राष्ट्रपति बाइडेनलाई चापाचाप

संरा अमेरिकाका ४६ औँ राष्ट्रपति जोन ए बाइडेन केही समय ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्सर्जन गरेका, फोहोर गरेका मुद्दाहरूबाट फोहोर हटाउने काममा नै बढी व्यस्त हुनुपर्नेछ । यस्ता यस्ता यति धेरै नकाम गरी गएका छन् ट्रम्प जलवायुसम्बन्धी विश्व मञ्चबाट निस्केर एउटा सारै नकाम गरेको थियो भने अर्को उस्तै गम्भीर नकाम विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिएर गरेको थियो । यी दुवै विश्व सङ्गठनमा नफर्की धरै छैन अमेरिकालाई किनभने संरा अमेरिका पनि त यही भूगोल, यही भूलोकमा बस्नुपर्छ र बाँच्नुपर्छ । श्वास फेर्ने त यही भूगोलमा नै हो । आज कोभिड–१९ ले सबभन्दा धेरै संरा अमेरिकीहरूको ज्यान लिएको छ । पेरिस जलवायु सम्झौताबाट बाहिर निस्केर के ठूलो काम ग¥यो ट्रम्पको अमेरिकाले ? जलवायुको कुनै सीमा हुँदैन जसरी राज्यको सीमा हुन्छ,, चौहदी हुन्छ । अहिल्यै कोरोनाको महामारीले यो वास्तविकता झन् छर्लङ्ग पारिसकेको छ । यी सबै वस्तुस्थिति देख्दादेख्दै र भोग्दाभोग्दै पनि ४५ औँ राष्ट्रपति ट्रम्पले अमेरिकालाई यी दुई संरचनाबाट पृथक गर्ने निर्णय गरेर आफ्नो मुलुक अर्कै भूगोलमा छ भन्ने चरम मूर्खता देखाएका थिए । त्यो तत्कालै अमेरिका पनि यही ब्रह्माण्डको एक भाग हो भन्ने सन्देश दिनु अपरिहार्य थियो जुन मुद्दालाई जो बाइडेनले सच्याइसके । सैद्धान्तिक र नीतिगत तहमा बाइडेनको अमेरिका यी दुवै सङ्गठनमा प्रत्यावर्तित भइसक्यो । यसका व्यावहारिकताका लागि बजेट र अन्य औपचारिकताहरू पूरा गर्नु जरूरी छ । बाइडेनका आगामी दिन सजिला छैनन् ।

संरा अमेरिका दुवै सदनमा झिनो भए पनि डेमोक्र्याट पार्टीको बहुमत भएकोले कार्यकारी आदेशहरूको कार्यान्वयनमा बाइडेनलाई सहज केही हुनेछ । सदनमा अल्पमत भएको भए ? बाइडेन उपराष्ट्रपति पनि भइसकेकाले अमेरिकी कानुनका छिद्रहरू पनि अवगत हुनुपर्छ । मानिसहरू बाइडेनको लामो अनुभवका आधारमा अमेरिकी दुवै संसद्का दुवै दललाई सहमतिमा ल्याएर अघि बढ्न सके अमेरिकी समाजलाई एकताबद्ध भएर अमेरिका विश्वमै नयाँ सन्देश प्रवाह गर्नसक्ने थियो भन्ने विचार आएको छ ।

अति व्यस्त राष्ट्रपति बाइडेन
एउटा खबर प्रकाशित भएको छ बाइडेनले तीन दिनमा ३० वटा आदेशमा हस्ताक्षर गरिसके रे । उनलाई हस्ताक्षर गराउनेहरू कति जिम्मेदार छन्, कति इमानदार छन् त्यो बाइडेनलाई नै थाहा हुने भयो । लटपट्याउलान् कतै ¤ यस्ता लटपट्याइमा धेरै विशिष्ट व्यक्तिहरू परेका छन् । यस्ता तथ्यबाट बाइडेन पक्कै अपरिचित छैनन् । सायद यति छिटो धेरै आदेशमा अमेरिकी कुनै पनि राष्ट्रपतिले हस्ताक्षर गरेका थिएनन् होला । अमेरिकी राष्ट्रपतिमा सबभन्दा जेठा पर्छन् क्यार बाइडेन । ७८ वर्षका हुन् । ती ३० वटा कार्यादेशमध्ये १४ वटा त कोरोना भाइरसविरूद्धको भ्याक्सिन उत्पादन तथा वितरणलाई तीव्रता दिने, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को उत्पादन बढाउने, कोरोना परीक्षण केन्द्रहरू बढाउने, यो भाइरससँग सम्बन्धित तथ्याड्ढ विवरणमा अनुसन्धानलाई सर्वसुलभ बनाउने, सामुदायिक खोप केन्द्रहरूलाई सशक्त पार्ने, विद्यालयहरू यथाशक्य चाँडो सुरक्षित तरिकाले खुला गर्ने, अमेरिका भ्रमण गर्नेहरूले कोरोना नभएको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने, विमानस्थलसमेतका सबै संयन्त्रमा काम गर्नेहरूले तथा अमेरिकी नागरिकहरूले १०० दिनसम्म मास्क अनिवार्यरूपले लगाउनैपर्ने जस्ता कार्यादेश छन् । पूर्वराष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनसँग सम्बन्ध तोड्न गरेको निर्णय बडर गर्दै सङ्क्रामक रोगविज्ञ एन्थनी फाउचीलाई अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व तोक्नेजस्ता कार्यकारी आदेश छन् ।
न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर
कार्बन डाइअक्साइड, मिथेनजस्ता ग्यासको बढी उत्सर्जनले विश्वलाई बढी तातो गराएबाट विश्वकै जलवायुमा प्रतिकूल प्रभाव परी परिस्थितिकीय प्रणालीमा अस्वाभाविक परिवर्तन आएका कारण विश्वको अवस्थितिमा नै प्रतिकूल अवस्था सिर्जना हुन थालेकोले क्योटो प्रोटोकलको प्रयास भयो । तर, त्यो त्यति प्रभावकारी हुन नसकेपछि फेरि पेरिस जलवायु सम्झौता भयो जसमा संरा अमेरिका पनि पक्षराष्ट्र थियो । तर, राष्ट्रपति ट्रम्पले के दम्भबाट हो उक्त सम्झौताबाट अमेरिका अलग भएको सूचना दिए र अलग भयो अमेरिका । यसको कुनै तर्कसङ्गत उत्तर छैन र थिएन तर अलग भयो अमेरिका । अर्को एउटा मुद्दा पनि छ धेरै वर्षदेखि । उन्नान्सय किलोमिटर लामो क्रिस्टोन एक्सएल पाइपलाइन बिच्छ्याउने योजना पुनः बढाउन ट्रम्पले अनुमति दिएका थिए । बाइडेनले त्यो पनि खारेज गरिदिएका छन् । त्यो योजना २०१० मा प्रारम्भ गरिएको थियो । तत्कालीन राष्ट्रपति बाराक ओबामाले खारेज गरेका थिए । जब ट्रम्प राष्ट्रपति भए तब फेरि त्यो योजनाबाट रोजगारी सिर्जना हुने र तेलमा मुलुक आत्मनिर्भर हुने भन्दै परियोजना पुनः सुरू गर्न आदेश दिएका थिए । त्यो परियोजनाबाट क्यानाडाको अल्बर्टोदेखि अमेरिकाको नेब्रास्कासम्म तेल ओसार्न सकिने तर्क थियो । यो पाइप लाइनबाट दैनिक ८ लाख ३० हजार ब्यारल तेल ओसार्न सकिने रहेछ । मेक्सिको सीमा पर्खाल लगाउने ट्रम्पको योजना पनि जो बाइडेनले खारेज गरिदिए । आप्रवासीको व्यवस्थापन गर्ने डेमोक्रेटिक पार्टीको निर्णयबमोजिम प्रत्येक कामदारको न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर बनाउने अर्को आदेशमा पनि हस्ताक्षर गरेर नयाँ रेकर्ड राखेका छन् बाइडेनले ।
अलि दिनलाई यस्तै हो
संरा अमेरिकी कानुनले धेरै ढोका खोल्छ । पूर्वराष्ट्रपति ट्रम्पले उनीभन्दा अघिल्ला राष्ट्रपति बाराक ओबामाका कतिपय नीति, सन्धिमात्र होइन कार्यक्रम पनि आफ्नो आदेशबाट खारेज गरेका थिए चार वर्षअघि । तर अदालतमा उक्त खारेजविरूद्ध मुद्दा पनि नपरेका थिएनन् । अदालतले कैयाँै आदेश रोकिदिएको थियो । अहिले बाइडेनले जारी गरेका कार्यकारी आदेश सार्वजनिक भएलगत्तै रिपब्लिकन पार्टीको वर्चस्व रहेको टेक्सास राज्यका महान्यायाधिवक्ता के प्यान्स्टनले ट्वीट गर्दै भनेका छन्, हामी राष्ट्रपतिका असंवैधानिक र गैरकानुनी आदेशको प्रतिवाद गर्छौँ । संरा अमेरिका दुवै सदनमा झिनो भए पनि डेमोक्र्याट पार्टीको बहुमत भएकोले कार्यकारी आदेशहरूको कार्यान्वयनमा बाइडेनलाई सहज केही हुनेछ । सदनमा अल्पमत भएको भए ? बाइडेन उपराष्ट्रपति पनि भइसकेकाले अमेरिकी कानुनका छिद्रहरू पनि अवगत हुनुपर्छ । मानिसहरू बाइडेनको लामो अनुभवका आधारमा अमेरिकी दुवै संसद्का दुवै दललाई सहमतिमा ल्याएर अघि बढ्न सके अमेरिकी समाजलाई एकताबद्ध भएर अमेरिका विश्वमै नयाँ सन्देश प्रवाह गर्नसक्ने थियो भन्ने विचार आएको छ । बाइडेन केही समय देशभित्रकै यस्ता कुरामा अलमलिनु परे पनि केही दिनभित्र आफ्नो मन्त्रिमण्डलका सदस्यको नियुक्ति हुनेछ र आफ्नो ध्यान विदेश नीति, कूटनीति, अन्तर्राष्ट्रिय आर्थिक, सामाजिक, राजनीतिक रणनीतिका बारेमा छलफल भई बाटो लाग्ने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *