भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
बुधबारबाट नेपालमा पनि कोभिड–१९ को खोप अभियान थालनी भएको छ । आगामी माघ १८ गतेसम्ममा देशभरका ३ सय खोप केन्द्रहरूबाट अग्रपङ्क्तिमा खटिएका चार लाख ३० हजार व्यक्तिलाई खोप लगाइने छ । कोभिड–१९ भाइरस नेपालमा प्रवेश गरेको एक वर्षपछि खोप अभियानको थालनी भएको हो । नेपालमा गत वर्षको माघ ९ गते पहिलोपटक कोभिड–१९ सङ्क्रमित फेला परेको थियो ।
प्रधानमन्त्रीले बुधबार खोप अभियानको शुभारम्भ कार्यक्रममा आगामी तीन महिनाभित्र देशभरका सबै नागरिकलाई खोप लगाइने घोषणा गरेका छन् । उनको यो घोषणा रेल र पानी जहाज ल्याउने घोषणाजस्तो नहोस् भन्ने आशा गरौँ । तीन महिनाभित्र सबै नागरिकलाई कोभिड–१९ को खोप उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा महत्वाकाङ्क्षी भए पनि सरकार गम्भीरतापूर्वक लाग्ने हो भने असम्भव पक्कै छैन ।
भारतले गत माघ ८ गते उपलब्ध गराएको दस लाख खोपलाई सरकारले पहिलो चरणमा प्रयोग गरेको छ । भारतकै पुणेमा उत्पादित अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका औषधि कम्पनीको खोप नेपालमा प्रयोग गरिएको हो । छिमेकी देशमै खोप उत्पादन हुने भएकोले नेपालमा खोप अभियान सहज हुने अनुमान गर्न सकिन्छ । नेपाल विश्व स्वास्थ्य सङ्गठनको अग्रसरतामा बनाइएको कोभ्याक्स परियोजनामा पनि सामेल भएको हुनाले त्यहाँबाट निकट भविष्यमा आउने खोपले पनि महामारी प्रतिरोधी खोप अभियानको लागि सहज हुने देखिन्छ ।
मित्र राष्ट्र चीनले साइनोभ्याक्स नामको आफैले उत्पादन गरेको खोप चीनलगायत विभिन्न देशमा प्रयोगमा ल्याइसकेको छ । कोभिड–१९ महामारीसँगको लडाइँमा नेपाललाई सहायता गर्दै आएको चीनले नेपालमा खोप अभियान सञ्चालनको निम्ति सहयोग गर्नेमा कुनै सन्देह छैन ।
गत वर्षबाट संसारले भोगिरहेको महामारीविरुद्ध लड्ने प्रभावकारी हतियार खोप नै हुनसक्छ । आज संसारका सबै देश उत्साहपूर्वक खोप अभियानमा लागिरहेका छन् । कोभिड–१९ को खोप आज संसारमा उत्साह र जाँगरको पुनरोदयको माध्यम बनेको छ । कोभिड–१९ महामारीको कारण झन्डै एक वर्ष संसारलाई परेको चोटको मल्हम बनेर अहिले खोप आइसकेको छ । त्यसो त कोभिड–१९ को खोपलाई लिएर संसारका शक्ति राष्ट्रहरूले जालझेल गरिरहेको पनि अन्तर्राष्ट्रिय समुदायमा सुनिँदै छ । विशेषतः धनी देशहरूले आफूलाई खाँचो परेको मात्राभन्दा बढी परिमाणमा खोप किन्दा गरिब देशहरूको निम्ति खोपको अभाव भएको र कोभ्याक्सजस्ता विश्वव्यापी खोप अभियानको लागि आवश्यक खोपको मात्रा पनि आपूर्ति हुन नसकेको बताइएको छ । कोभिड–१९ विरुद्धको अभियान कुनै एउटा देशले मात्र जितेर पूर्ण विजय हासिल गर्न सकिने अभियान होइन । जबसम्म सबै देश कोभिड–१९ बाट मुक्त हुनसक्दैनन्, तबसम्म संसार यो महामारीबाट मुक्त हुनसक्दैन ।
आज युरोपेली देशहरूले कोभिड–१९ को खोप अभियान पनि सञ्चालन गरिरहेका छन्, साथै कोभिड–१९ को नयाँ प्रजातिको सङ्क्रमणसँग पनि लडिरहेका छन् । त्यसकारण खोप प्रतिरोधको एउटा माध्यम भए पनि यो नै समुल समाधान नहुन सक्छ । महामारी प्रतिरोधको निम्ति हामीले पालना गर्दै आएका सावधानीका उपायलाई निरन्तरता दिइनुपर्छ । सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र नियमित हात धुने सावधानीका उपायलाई अब जीवनचर्याको रूपमा ग्रहण गर्दै अघि बढ्न जरुरी छ ।
कोभिड–१९ विरोधी खोप अभियान साझा हित र आवश्यकताको अभियान हो । यसलाई कुनै पनि खालको सङ्कीर्ण सोचबाट माथि राखेर हेरिनुपर्छ । खोप राष्ट्रवाद संसारको लागि घातक हुनेछ । त्यस्तै हरेक क्षेत्रमा सत्ताको आडमा पक्षपात हावी हुने नेपाली समाजको सन्दर्भमा खोपमा पनि त्यस्तो पक्षपात र पूर्वाग्रह राखिनु आत्मघात हुनेछ ।
Leave a Reply