भर्खरै :

जनताको सेवामा केरलाका कम्युनिस्टहरू

“भारतको एउटा प्रान्त केरला विकासशील देशहरूबीच एउटा अनौठो अपवाद हो । … केरलाको जनसङ्ख्या संरा अमेरिकाको क्यालिफोर्निया राज्यजत्तिकै विशाल छ र त्यहाँको प्रतिव्यक्ति वार्षिक आय ३ सय अमेरिकी डलरभन्दा न्यून छ । तर, शिशु मृत्यु दर भने ज्यादै कम छ । केरलाको साक्षरता दर भने पृथ्वीकै सबभन्दा उँचो छ…मुख्यतः धानको खेती गरिने केरला तथ्याङ्कको आधारमा सामाजिक विकासको सगरमाथा नै हो ।” बिल मेकिबेन, वातावरणविद् एवम् लेखक
आर्या राजेन्द्रनको उमेर भर्खर २१ वर्ष पुग्यो । उनी बल्लबल्ल मतदान गर्न पाउने उमेर टेक्दैछिन् । तर, उनी केरलाको राजधानी सहर थिरुभनन्थापुरमका मेयर बनेकी छिन् । थिरुभनन्थापुरमको कुल जनसङ्ख्या २५ लाख ८५ हजार छ । उनी अल सेन्ट कलेजमा स्नातक तह द्वितीय वर्षकी छात्रा हुन् । उनले गणितलाई मुख्य विषय छानेकी छिन् ।
राजेन्द्रनले संवाददाताहरूलाई भने, “मैले होस सम्हाल्न थालेदेखि नै म बाल सङ्घमा गएको याद छ… म अहिले पनि बाल सङ्घको केरला प्रान्तीय समितिको सभापति हुँ । म भारतीय विद्यार्थी महासङ्घ केरला प्रान्तीय समितिको पनि सदस्य छु । मेरा आमाबुबा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का एकाइ सदस्यहरू हुनुहुन्छ । पार्टीप्रति हामी दृढ विश्वास गर्छौं ।”
बाल सङ्घ भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) को युवा सङ्गठन हो ।
डिसेम्बरको सुरुमा भएको नगर परिषद्को निर्वाचनमा आर्या राजेन्द्रन वामपन्थी प्रजातान्त्रिक मोर्चा (लेफ्ट डेमोक्रेटिक फ्रन्ट–एलडीएफ) की उम्मेदवार थिइन् । मधुवनमुगलमा नगर परिषद्को लागि मतदान भएको थियो । उनले आफ्ना प्रतिद्वन्द्वी संयुक्त प्रजातान्त्रिक मोर्चा (युनाइटेड डेमोक्रेटिक फ्रन्ट–युडीएफ) का उम्मेदवारभन्दा ५४९ बढी मत ल्याएर चुनाव जितेकी थिइन् । युडीएफ भारतको राष्ट्रिय काङ्ग्रेस नेतृत्वको चुनावी गठबन्धन हो । एलडीएफमा भारतीय कम्युनिस्ट पार्टी
(माक्र्सवादी) सबभन्दा ठुलो शक्ति हो भने भारतीय कम्युनिस्ट पार्टीसहित अन्य वामपन्थी दलहरू पनि त्यसमा सामेल छन् । चुनावमा आर्याले कुल २ हजार ८७२ मत प्राप्त गरेकी थिइन् ।
नगरव्यापी मतदानमा एलडीएफका उम्मेदवारहरूले नगरपरिषद्का १ सय स्थानमध्ये ५१ प्रतिशतमा जितेका थिए । परिषद्ले नगर प्रमुखको छनोट गर्ने बन्दोबस्त छ । भाकपा (माक्र्सवादी) जिल्ला समितिले आर्या राजेन्द्रनलाई एलडीएफको उम्मेदवार बनाएको थियो । डिसेम्बर २८ मा ५४ जना परिषद् सदस्यहरूको मत प्राप्त गरेर राजेन्द्रन भारतकै सबभन्दा कान्छी मेयर बनेकी हुन् ।

केरलामा सन् १९५७ देखि बीच –बीचका आवधिकरूपमा अन्य दलको सरकारबाहेक कम्युनिस्ट नेतृत्वकै सरकारको शासन छ । सन् १९५७ मा भारतीय कम्युनिस्ट पार्टीले चुनावी विजयमार्फत् राजनीतिक शक्ति हात पार्न सफल भयो । चुनावी विजयमार्फत राजनीतिक शक्ति हासिल गर्ने संसारकै पहिलो समाजवादी राजनीतिक पार्टी भारतीय कम्युनिस्ट पार्टी बनेको थियो । तर, कम्युनिस्ट पार्टी नेतृत्वको केरला सरकारले भूमिसुधार गर्न खोज्दा समस्या उत्पन्न भएपछि भारतको केन्द्रीय सरकारले तत्काल विघटनको घोषणा ग¥यो ।

केरलामा एलडीएफ सरकारले सन् २००९ मा सरकारका हरेक तहमा निर्वाचित हुने प्रतिनिधिहरूमध्ये महिलाहरू कम्तीमा ५० प्रतिशत हुनुपर्ने निर्णय गरेको थियो । केरलामा भाकपा (माक्र्सवादी) ले हालै राजनीतिक निकायहरूमा युवाहरूलाई सहभागी बनाउन अग्रसरता लिएको छ । स्थानीय निर्वाचनमा उम्मेदवार बनेकी एक जना २२ वर्षकी महिलाले भनिन्, “थिरुभनन्थापुरममा भाकपा (माक्र्सवादी) का कुल उम्मेदवारहरूमध्ये ६६ प्रतिशत महिलाहरू छन् । तीमध्ये पाँच जना त २२ वर्षभन्दा कम उमेरका छन् । यो पार्टी त्यस अर्थमा अरूभन्दा भिन्न पार्टी हो ।”
सन् २०१८ मा केरलामा ठूलो बाढी आएको थियो । जनजीवन अस्तव्यस्त बनाएको थियो । बाढीको कारण लथालिङ बनेको केरलाको जनजीवनलाई सहज बाटोमा डो¥याउन भाकपा (माक्र्सवादी) नेतृत्वको सरकारले महत्वपूर्ण सफलता प्राप्त ग¥यो । प्रतिकूलताबीच जनताको जीवन सहज बनाउन सरकारले खेलेको भूमिकाको कारण जनताको समर्थन अझ बढेको छ । बाढीको प्रकोपजस्तै सन् २०१८ मा निपा भाइरसको महामारी र हालै कोभिड–१९ को महामारी नियन्त्रणमा केरला सरकारले सफलता हासिल गरेको छ ।
केरलामा सन् १९५७ देखि बीच –बीचका आवधिकरूपमा अन्य दलको सरकारबाहेक कम्युनिस्ट नेतृत्वकै सरकारको शासन छ । सन् १९५७ मा भारतीय कम्युनिस्ट पार्टीले चुनावी विजयमार्फत् राजनीतिक शक्ति हात पार्न सफल भयो । चुनावी विजयमार्फत राजनीतिक शक्ति हासिल गर्ने संसारकै पहिलो समाजवादी राजनीतिक पार्टी भारतीय कम्युनिस्ट पार्टी बनेको थियो । तर, कम्युनिस्ट पार्टी नेतृत्वको केरला सरकारले भूमिसुधार गर्न खोज्दा समस्या उत्पन्न भएपछि भारतको केन्द्रीय सरकारले तत्काल विघटनको घोषणा ग¥यो ।
तथापि, सन् १९६० को दसकदेखि केरलामा भारतीय कम्युनिस्ट पार्टीको उपस्थिति अझ बलियो बन्दै गयो । त्यसयता एलडीएफ मोर्चाको मुख्य घटकको रूपमा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले केरलाका चुनावहरूमा विजय हासिल गर्दै आएको छ । केरलामा भाकपा(माक्र्सवादी) र युडीएफ गठबन्धनको नेतृत्व गरेको भारतको राष्ट्रिय काङ्ग्रेस पार्टीका नेताहरूले पालैपालो नेतृत्व गर्दै आएका छन् । सन् २०२१ को मे महिनामा तय भएको राज्य सभाको निर्वाचन विजय भए सन् २०१६ मा बनेको वर्तमान एलडीएफको सरकारले निरन्तरता पाउनेछ ।
सन् १९६४ मा भारतीय कम्युनिस्ट पार्टीबाट अलग भएर भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) को स्थापना भएको थियो । भाकपा (माक्र्सवादी)का नेताहरूले काङ्ग्रेस पार्टीसँग सहकार्य गर्ने र सोभियत सङ्घलाई समर्थन गर्ने नीति लिएकोमा भाकपासँग विमति राखेका थिए । चिनियाँ कम्युनिस्टहरूले जस्तै भाकपा (माक्र्सवादी) ले सोभियत सङ्घले पुँजीवादी शक्तिहरूसँग ‘शान्तिपूर्ण सहअस्तित्व’ को नीति लिएको भन्दै विमति राखेका थिए ।
सन् १९७७ देखि २०११ सम्म पश्चिम बङ्गाल राज्यको सरकार भाकपा (माक्र्सवादी) को हातमा थियो । सन् १९७८ देखि २०१८ सम्म बीच बीचमा केही अवधिबाहेक त्रिपुरा राज्यमा पनि भाकपा (माक्र्सवादी) कै सरकार थियो । सन् २०१८ मा भाकपा (माक्र्सवादी) मा १ करोड ५२० जना सदस्य भएको बताएको थियो ।
भाकपा (माक्र्सवादी) नेतृत्वको केरलाको सरकारले भूमि प्रयोगमा समानता, स्वास्थ्योपचार र शिक्षामा पहुँच विस्तार र सामाजिक सहायताका कार्यक्रममा सुधार गरेर सामाजिक र आर्थिक सुधार संस्थागत गरेको थियो । एलडीएफ सरकारले ल्याएका सुधारका कार्यक्रमहरू विपक्षी राजनीतिक दलको सरकार हुँदा पनि अधिकांशतः चालु नै राखिएको थियो ।
सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट मुक्त हुनुअघि नै केरलाका कम्युनिस्ट सुधारकहरूले आधारभूत सामाजिक सुधारका गतिविधि अघि बढाएका थिए । सन् १९५६ मा त्राभानकोर र कोचिन राज्यहरू पनि केरला राज्यमा नै समेटियो । ती राज्यहरूले बेलायती उपनिवेशवादका लुटपाटबाट पर रहे । उनीहरूले धार्मिक सङ्गठनहरू (मिसनरिज) सँग सहकार्य गरे । समयान्तरमा उनीहरूले विभिन्न अन्तर्राष्ट्रिय सहायता निकायसँग सहकार्य गरे ।
केरलाको नयाँ सरकारले रोगको उपचार र नियन्त्रणलाई एउटै क्षेत्रमा समेटेर एकीकृत स्वास्थ्य सेवा निकाय बनायो । सरकारले ग्रामीण क्षेत्रका आकस्मिक स्वास्थ्य उपचार सेवा विस्तारको लागि योजना निर्माणमा जोड दियो । क्रमशः प्राथमिक स्वास्थ्य सेवा प्रणालीको विकास ग¥यो । केरलाको स्वास्थ्य सेवाका उपलब्धिमध्ये यी उपलब्धि निकै महत्वको उपलब्धि बने ।
सन् १९७० मा केरला विकास अध्ययन केन्द्रको स्थापना भयो । संयुक्त राष्ट्र सङ्घले यो अध्ययन केन्द्रलाई मद्दत ग¥यो । सो अध्ययन केन्द्रले सरकारी नीति निर्माता, राजनीतिक नेता, स्वास्थ्य सेवा प्रदायक र शिक्षकहरूलाई तालिम दियो । विकासको ‘केरला मोडल’ लाई आकार दिन शिक्षक र अध्येताहरूले निकै ठूलो टेवा पु¥याए । विकासको ‘केरला मोडल’ भन्नुको अर्थ न्यून प्रतिव्यक्ति आयबीच पनि उच्च जीवनको उच्च ‘भौतिक गुणस्तर’, ‘धन र पुनःवितरण कार्यक्रम’ र ‘सर्वसाधारण जनताको उच्च राजनीतिक सहभागिता र सक्रियता’ आदि पर्छन् ।
सन् १९९० दशकको मध्यतिर केरला सरकारले स्वास्थ्य र शिक्षासम्बन्धी योजना र नीति निर्माणलाई विकेन्द्रिकरण ग¥यो । धेरै जिम्मेवारीहरू स्थानीय राजनीतिक निकायलाई नै हस्तान्तरण गरियो । सन् २०१४ मा प्रकाशित एक प्रतिवेदनमा भनिएको छ,“सन् २०११ मा केरलाले भारतका सबै राज्यहरूमध्ये सबभन्दा अब्बल मानव विकास सूचकाङ्क हासिल गरेको थियो ।”
तथ्याङ्कले देखाउँछः
–सम्पूर्ण भारतमा एक हजार जीवित जन्ममध्ये ४० जना शिशुको मृत्यु हुन्छ भने केरलामा १२ जना शिशुको मात्र मृत्यु हुन्छ ।
–सम्पूर्ण भारतमा मातृ मृत्यु दर एक लाखमा १७८ जना आमाको निधन हुन्छ भने केरलामा ६६ जनाको मात्र निधन हुन्छ ।
–सम्पूर्ण भारतमा पुरुष साक्षरता दर ८२ प्रतिशत छ भने केरलामा ९६ प्रतिशत छ । सम्पूर्ण भारतको महिला साक्षरता दर ६५ प्रतिशत छ भने केरलामा ९२ प्रतिशत छ ।
संरा अमेरिकाका कम्युनिस्ट, लेखक तथा वरिष्ठ मजदुर नेता बेट्रिस लमकिन गणित शिक्षक हुन् । उनले केरलाका स्वास्थ्य तथा सामाजिक कल्याण मन्त्री के.के. शैलजाको कामबारे हालै अध्ययन गरेकी थिइन् । विशेषतः कोभिड–१९ को महामारीको सन्दर्भमा शैलजाको काममा केन्द्रित गरेर अध्ययन गरेकी थिइन् । शैलजा भाकपा (माक्र्सवादी) केन्द्रीय समितिकी सदस्य र पहिले भौतिक विज्ञानकी शिक्षिका थिइन् ।
लमकिनले केरलामा आयोजित गणित शिक्षक–शिक्षिकाहरूको सम्मेलनमा सहभागी बन्दाको स्मरण गर्दै लेखेकी छिन्ः “केरलामा पुग्न विमान चढ्न मैले एक रात मुम्बईमा कुर्नुप¥यो । मुम्बईमा मैले धेरै परिवार सडक पेटीमै झोपडीमा बसेको देखेँ । म मुम्बईको दिन विद्यालय चलेको दिन थियो । तर, विद्यालय जाने उमेरका केटाकेटी परिवारसँगै सडकका पेटीहरूमा देखेँ ।… केरलामा म दुई साता बसेँ । म केरलाको राजधानी थिरुभननथापुरमका सबैजसो सडक र बजारहरू घुमेँ । तर, मुम्बईमा देखेजस्तो दृश्य त्यहाँ कहीँ पनि देखिनँ । यो विषयमा मैले म सहभागी भएको कार्यक्रमका आयोजकलाई सोध्दा उनले भने, “केरलामा तपाईंले कोही पनि घर नभएको मान्छे देख्नुहुन्न किनभने केरलामा भूमिसुधार भएको छ । सबैसँग सानै आकारको भए पनि जमिन छ ।”
(लेखक ल्याटिन अमेरिका, स्वास्थ्योपचार र जातिवादविरोधी विषयमा कलम चलाउने राजनीतिक पत्रकार हुनुहुन्छ । उहाँ आफै पनि बालरोग विशेषज्ञ हुनुहुन्थ्यो । उहाँ क्युवाप्रति ऐक्यबद्धता अभियन्ता हुनुहुन्छ ।)
स्रोतः मन्थ्ली रिभ्यु
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *