चिनियाँ कम्युनिस्ट पार्टीको आत्म–सुधार शासन, अनुशासन र भ्रष्टाचारविरोधी अभियान
- असार २२, २०८३
आज माघ १६ गते सहिद दिवस । यो दिन गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज जोशी र दशरथ चन्दले सहादत प्राप्त गरेको दिनको स्मरण गर्ने दिन हो । आजको दिन जहानियाँ निरङ्कुश राणा शासनबाट नेपाली जनता मुक्त भई प्रजातान्त्रिक हक अधिकार पाएको खुसीको दिन हो ।
देश र जनताको सेवा र हितको निम्ति लागेका उहाँहरूको भावना, इच्छा हिजो र आजका शासक दलहरूले पूरा गर्नुपथ्र्याे । तर, त्यो पूरा भइरहेको अनुभव जनताले गर्न पाइरहेका छैनन् । वर्षको एक दिन सहिदको तस्बिरमा माल्यार्पण गरेर सहिदको इच्छा पूरा हुँदैन । शासकहरूले सहिदको सपनाअनुसार काम गर्न र देखाउन नसकेको देशभक्त बुद्धिजीवीहरूले भनिरहेका छन् । जनताले शासक दलका नेताहरूलाई खोइ सहिदको सपना, खोइ गरीब जनताको अधिकार, खोइ स्वास्थ्य उपचारको कुरा, खोइ रोजगारीको कुरा भनी खबरदारी गरिरहेका छन् । के सरकारले जनताको आँखामा छारो हाल्नमात्र सहिद दिवस मनाउने हो ? भाषण ठोक्ने हो ? के त्यति पाउन र गर्नको लागि मात्र सहिदहरूले बलिदान गरेका हुन् ?
हाम्रा प्रधानमन्त्री, मन्त्री, सांसद र जनप्रतिनिधिहरू पक्कै पनि हिजो विद्यार्थी आन्दोलनबाट आएका हुन् । यिनीहरू सहिदको योगदानको गाथा गाउन थाक्दैनथे । कुनै शिक्षकले सहिदको त्याग, तपस्या र बलिदानबारे पढेका छैनन्, पढाएका छैनन् भने त्यस्ता शिक्षकहरूलाई सहिदको परिवारका सदस्यले सराप्ने छन् । नेताहरू आफ्नो व्यक्तिगत र गुटगत स्वार्थमा लागेर देशलाई धरापमा पार्दै छन्, बन्धक बनाउँदै छन् । विद्यार्थीहरूले पढ्ने पाठ्यपुस्तकमा यी सहिदका जीवनी र अनि भीमसेन थापा, अमरसिंह थापा, भक्ति थापाजस्ता वीर योद्धाहरूका पाठहरू हटाउँदै छन् भनी देशभक्त बुद्धिजीवीहरूले चिन्ता व्यक्त गरिरहेका छन् । त्यसैले सहिदको सम्मान गर्ने गरी, सेवाको अनुभूति गर्ने गरी देशी विदेशी शक्तिको प्रभाव र दबाबमा नपर्न नेपाली जनताले खबरदारी गरिरहेका छन् ।
देश र जनताको मुक्ति र सेवाको लागि लड्दा लड्दै अत्याचारी र निरङ्कुश देशी विदेशी शासकहरूको अगाडि नझुकिकन छातीमा गोली थापी जीवनको बलिदान दिने सहिदलाई हामीले बिर्सनु हुँदैन । आज भोलि सहिदको उपहास गरेर कुनै घटनाका कारण निधन भए पनि सहिद घोषणा गर्ने काम भइरहेको छ । सहिद घोषणा गर्न दबाब दिएर त्यसको नाममा राज्यबाट लाखौँ रकम लिने गलत कार्य भएको छ । गरीबका छोरा, छोरी आन्दोलनमा मरे पनि, मारिए पनि त्यसको कतैबाट सुनुवाइ हुँदैन । त्यसैले सहिद र घाइते योद्धाहरूलाई शासक दलहरूले बिर्सदै छन् ।
यसरी निरङ्कुश राणा शासनमा दशरथ चन्द र गंगालाललाई गोलीले र धर्मभक्त माथेमा र शुक्रराज जोशीलाई झुन्डयाएर मारियो । देश र जनताको हितको निम्ति, देशमा प्रजातन्त्र ल्याउनका निम्ति आफ्नो ज्यानै अर्पण गर्नसमेत पछि नपरेका हाम्रा वीर सहिदहरूको सम्झना आजका गणतन्त्रका शासकहरूमा धुमिल हुँदै गइरहेको छ । यो दुःखलाग्दो कुरा हो । शासकहरूमा चाँडै घाम लागोस् ।
Leave a Reply