भर्खरै :

भनपा १० मा ‘श्रमिक’ को अन्तरक्रिया

भक्तपुर, १६ माघ । नेमकिपाको स्थापना दिवसको अवसरमा भनपा वडा नं. १० समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा ‘श्रमिक’ साप्ताहिकबारे अन्तरक्रिया भयो । कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपा नभएको भए देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने पार्टी नै नहुने चर्चा गर्नुभयो ।
भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य जितेन्द्र मुनंकर्मी, वडा निरीक्षक रामकृष्ण प्रजापति, वडा सचिव गोविन्दराम थुसा, देव त्वानावासु, सुशान्त सुवाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *