व्यक्तिको पहिचान जन्म वा जातले होइन, उसको योग्यता, क्षमता, इमानदारिता र कर्मले निर्धारण गर्ने
- असार २१, २०८३
युवराज थापाको कागज व्यहोरा :
म १२ः०० बजेतिर बानेश्वरमा भएको आन्दोलनको अग्रपङ्क्तिमा थिएँ । सुरक्षाकर्मीले निषेधित क्षेत्रबारे जानकारी दिए पनि वार्ताको अपिल गरेनन् । मेरो हिप र छातीमा लाठी प्रहार भएको छ । आयोगबाट क्षतिपूर्ति, नीति सुधार र न्यायिक कारबाही होस् । आन्दोलनमा घुसपैठ भएको छ ।
सुरेन्द्रजङ थापाको कागज व्यहोरा :
म संसद् भवनअगाडि १२ः३० बजे सहभागी भएको थिएँ । मेरो खुट्टा, कुहिनो र तिघ्रामा गोली लागेको छ । उपचार स्वतन्त्र रूपमा भयो । सरकारले दमन ग¥यो । आयोगबाट क्षतिपूर्ति, न्यायिक कारबाही चाहन्छु । आन्दोलनमा घुसपैठ भएको छ ।
दिपेन गुरूङको कागज व्यहोराः
म डिल्लीबजारको आन्दोलनमा सहभागी थिएँ । मेरो छातीमा गोली लागेको छ । उपचार स्वतन्त्र रूपमा भयो । सरकारले दमन ग¥यो । आयोगबाट क्षतिपूर्ति, नीति सुधार, न्यायिक कारबाही चाहन्छु । आन्दोलनमा घुसपैठ भएको छ ।
अशोक राईको कागज व्यहोरा :
म भदौ २४ गते १०ः०० बजेतिर गौशालाको आन्दोलनमा सहभागी थिएँ । मेरो दुवै घुँडामा गोली लागेको छ । मैले स्वतन्त्र रूपमा उपचार गरेको हो । आन्दोलनमा घुसपैठ भएको छ ।
सन्तोष चौलागाइँको कागज व्यहोरा :
म माइतीघरदेखि बानेश्वरसम्मको आन्दोलनमा सहभागी थिएँ । सुरक्षाकर्मीले कुनै चेतावनी दिएनन् । मेरो टाउकोमा लाठी, टियरग्यास लागेको छ । मेरो उपचार स्वतन्त्र रूपमा भयो । आन्दोलनमा घुसपैठ भएको छ ।
सूर्यसन प्रजापतिको कागज व्यहोरा :
म भदौ २३ गते बानेश्वरमा र २४ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भएको आन्दोलनमा सहभागी थिएँ । त्यहाँ नेपाली सेना र प्रहरी थिए । मेरो टाउकोमा टियरग्यास लागेको छ । आयोगबाट क्षतिपूर्ति, नीति सुधार र न्यायिक कारबाही चाहन्छु ।
रमीन्द्र पासवानको कागज व्यहोरा :
म २४ गते गौशाला चोकको आन्दोलनमा सहभागी हुँदा औँलामा गोली लागेको छ । करिब १२ मिटरको दुरीबाट फायर भएको थियो । उपचारमा ढिलाइ भयो । आन्दोलनमा घुसपैठ भएको छ । ऐन कानुनमा सुधार होस्, जेनजेडका मागहरू पूरा होस् ।
युवराज उपाध्यायको कागज व्यहोरा :
म बानेश्वर चोकमा भएको आन्दोलनमा सहभागी थिएँ । प्रदर्शन शान्त थियो । सुरक्षाकर्मी र हामीबिचको दुरी करिब ३० मिटरजति थियो । उपचार स्वतन्त्र रूपमा समयमै पाइयो । आन्दोलनमा घुसपैठ भएको हो ।
राम चर्माकारको कागज व्यहोरा :
म कलङ्कीमा भएको आन्दोलनमा सहभागी थिएँ । गोली मेरो आँखामा लागेको छ । राज्यबाट व्यापक बल प्रयोग भयो । राज्यबाट क्षतिपूर्ति, न्यायिक कारबाही, नीति सुधार चाहिन्छ । भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ । आन्दोलनमा घुसपैठ भएको छ । दोषी पत्ता लगाई कारबाही होस् ।
सुमन बोहराको कागज व्यहोरा :
म त्रिपुरेश्वरको आन्दोलनमा सहभागी थिएँ । सुरक्षाकर्मीले बिनाचेतावनी लाठी प्रहार गर्दा मेरो खुट्टामा चोट लागेको छ । राज्यबाट क्षतिपूर्ति, न्यायिक कारबाही र नीति सुधार होस् । भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ । आन्दोलनमा घुसपैठ भएको छ, दोषी पत्ता लगाई कारबाही होस् ।
नृप रोकायाको कागज व्यहोरा :
म बानेश्वरको आन्दोलनमा सहभागी थिएँ । मेरो निधारमा चोट लागेको छ । राज्यले अति बल प्रयोग ग¥यो । राज्यबाट क्षतिपूर्ति, न्यायिक कारबाही, नीति सुधार चाहिन्छ । २४ गते घुसपैठ भयो, दोषी पत्ता लगाई कारबाही गरिनुपर्छ ।
विजेश तामाङको कागज व्यहोरा :
म माइतीघरदेखि बानेश्वरसम्मको आन्दोलनमा सहभागी थिएँ । भिड सुरूमा शान्त र संसद् भवनमा पुगेपछि आक्रामक भएको थियो । मलाई खुट्टामा गोली लागेको छ । भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ । आन्दोलनमा घुसपैठ भएको छ । दोषी पत्ता लगाई कारबाही गरिनुपर्दछ ।
कुमार उपाध्यायको कागज व्यहोरा :
म कुमारी आयल स्टोर्समा लेखापालको काम गर्छु । भदौ २४ गते म मेरो घरको छतमा गएको बेला गौशाला प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरिरहेका थिए । गोली मेरो पाखुरामा लागेर फोक्सो र ढाडसम्म पुगेको छ । डाक्टरको नियमित उपचारमा छु । राज्यले मेरो परिवारको भरणपोषण र दोषीलाई कारबाही गरोस् ।
Leave a Reply