भर्खरै :

चन्द्रागिरीमा अन्तरक्रिया

चन्द्रागिरी, १६ माघ । नेपाल मजदुर किसान पार्टी, चन्द्रागिरी नगर समितिको आयोजनामा बिहीबार ‘श्रमिक’ साप्ताहिकमा प्रकाशित लेखरचनाबारे अन्तरक्रिया सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले श्रमिक साप्ताहिक किसान तथा मजदुरको सहयोगकै कारण २८ वर्षदेखि निरन्तर प्रकाशित भइरहेको विचार राख्नुभयो । उहाँले ‘श्रमिक’ ले समाजवादी व्यवस्थाको आस्था बोकेको भन्दै पाठकहरूको स्वस्थ आलोचना नै यसको सफलताको आधार हो भन्नुभयो ।
‘श्रमिक’ ले देशको सार्वभौमिकता एवम् भूअखण्डता रक्षाको आन्दोलनको पक्ष लिएको चर्चा गर्दै यसले सूचनामात्र नदिई तल्लो वर्गका जनतालाई राजनीतिक शिक्षासमेत दिइरहेको उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य गोसाईले ‘श्रमिक’ ले युवाहरूलाई देश र जनताको पक्षमा हुने आन्दोलनमा भाग लिन उत्साहित गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले ‘श्रमिक’ को अन्तरक्रियाले सहभागीमा माक्र्सवादी चेतको विकास भएको विचार राख्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेमकिपाले समाजवादी अवधारणा जनतालाई सुसूचित पारिरहेको धारणा राख्नुभयो ।
कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष हरिशरण श्रेष्ठ, मदन श्रेष्ठ, अस्मिता महर्जन, रोजित महर्जन, रुपा थापामगर, रवीन्द्र महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *