जाचँबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४४
- असार २१, २०८३
भक्तपुर, २० असार । वि.स. २०२५ साउन २ तथा २०२६ असार १९ गते भएको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलन विषयमा नेपाल क्रान्तिकारी किसान सङ्घ, चाँगुनारायण नगर समितिको आयोजनामा प्रवचन कार्यक्रम भयो ।
नेमकिपा जिल्ला समिति भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजूले पार्टीले देश र जनताको सेवा गर्न राजनीति गरिरहेको बताउनुभयो । पार्टीका कार्यकर्ता क्रियाशील, अध्ययनशील, अनुशासित भई अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जनताको आवश्यकता र अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले पार्टी नीति र निर्देशानुसार किसान आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरी विश्वका जनताको हक हितको बारेमा कठीनभन्दा कठीन आन्दोलन अघि बढाई देश र जनताको पक्षमा निरन्तर गतिविधिहरू भइरहेको प्रस्ट्याउनुभयो ।
कार्यक्रममा समितिका उपाध्यक्ष जि.राम सुवाल, एस.बी. फोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply