भर्खरै :

सक्वको म राजदास – ६९

 
निकिता ख्रुश्चेभका अन्तिम दिनहरू
सन् १९५६ मा हङ्गेरीमा उठेको विद्रोहलाई बलपूर्वक दमन गरे पनि ख्रुश्चेभले सोभियत कम्युनिस्ट पार्टीले निर्दिष्ट गरेको समाजवादी बाटो मोडेर देशमा उपभोक्ता समाजको निर्माण गरी विदेशी पुँजीवादी देशहरूसँग मिलेर सोभियत सङ्घमा छिट्टै समाजवाद स्थापना गर्ने कुरा गरे । सोभियत सङ्घमा स्तालिनको तीव्रगतिमा विकास गर्दै गरेको औद्योगिकीकरण र कृषि उत्पादन मोडेललाई बदलेर सोभियत नेता निकिता ख्रुश्चेभ पश्चिम पुँजीवादी देशहरूभन्दा अगाडि जाने आश्वासनका साथ हिँडेका थिए । उनको छवि सन् १९५० को दशकमा राम्रो भए पनि सन् १९६३–६४ को आर्थिक डामाडोल र कृषि क्षेत्रमा भएको ¥हासले सोभियत सङ्घमा विदेशीसँग खाद्यान्न किन्नुपर्ने अवस्था श्रृजना भयो । ख्रुश्चेभको यो असफल नीतिले उनी धेरै अलोकप्रिय बने । सोभियत जनतामाझ सन् १९६४ अक्टोबरमा उनले आफ्नो शक्तिशाली सत्ताबाट हात धुनुप¥यो । देशभित्र लोकप्रियता गुमाउँदै गएका ख्रुश्चेभले अन्तर्राष्ट्रिय जगतमा पनि आफ्नो देशको छवि राम्रो राख्न सकेनन् ।
सन् १९६२ मा भएको क्युवा क्षेप्यास्त्र घटनाले अमेरिकाअगाडि सोभियत सङ्घले घुँडा टेकेको मात्र होइन, यस घटनाले चीन र क्युवासँगको सम्बन्धमा पनि ठूलो चिरा पर्न गयो । यसबाहेक संयुक्त राष्ट्र सङ्घमा ख्रुश्चेभले मच्चाएको तान्डव नृत्यले सोभियत नेतृत्व धेरै लज्जित हुनुप¥यो ।
के भएको थियो संयुक्त राष्ट्र सङ्घमा ?
सन् १९६० को सेप्टेम्बर २३ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभामा सोभियत नेता निकिता ख्रुश्चेभले एक उद्धन्त र अशोभनीय व्यवहार प्रस्तुत गरे । जसको कारण सोभियत नेतृत्वले एक लज्जाबोध गर्नुप¥यो र विश्व जगत्मा सोभियत सङ्घको छवि धेरै धमिलिन गयो ।
राष्ट्र सङ्घको सभा चलिरहँदा अक्टोबर १२ का दिन सोभियत सङ्घका तत्कालीन कम्युनिस्ट पार्टीका प्रथम सचिव र संयुक्त राष्ट्र सङ्घ प्रमण्डलका नेताले रोस्टममा बोल्दै गर्दा उनको भाषण र भनाइमा असहमति जनाउँदै निकिता ख्रुश्चेभले आफ्नो डेस्कमा मुठी बजारेर चिच्याउँदै आक्रोश पोखे । पछि फिलिपिनो डेलिगेट लरेन्जो सुमुलोङ्गको सामु गएर रोस्टममा उनले आफ्नो जुत्ता बजारेर तहल्का मच्चाए । यद्यपि, उनका सहयोगीहरूले ख्रुश्चेभलाई शान्त पार्न कोसिस गर्दै थिए । ख्रुश्चेभले आक्रोश र आवेगमा फिलिपिनो प्रतिनिधि समुलुङ्गोलाई अमेरिकी साम्राज्यवादको ‘कुत्ता’ सम्म भन्न भ्याए । आफ्नो भाषणमा फिलिपिनो प्रतिनिधि लरेन्जो समुलोङ्गले सोभियत सङ्घले पूर्वी युरोपका देश र अन्य देशहरूको जनताको स्वतन्त्रता हनन गर्दै उपनिवेशवादी नीति अपनाउँदै गरेको अभिव्यक्ति दिएका थिए । यसैको विरोधमा आक्रोशित हुँदै ख्रुश्चेभले त्यहाँ उपद्रो मच्चाएका थिए । समुलुङ्गोलाई उक्त अभिव्यक्तिको लागि कारबाही गर्न साधारणसभाका अध्यक्षलाई अपिल गरिएको थियो ।
संयुक्त राष्ट्र सङ्घको साधारणसभाका अध्यक्षले अन्तर्राष्ट्रिय जगतमा उत्तेजना फैलाउने र सद्भाव बिथोल्ने जस्ता अभिव्यक्ति नदिन फिलिपिनो प्रतिनिधिलाई सचेत गराएर स्थिति साम्य पारेका थिए । तर, सोभियत सङ्घभित्र ख्रुश्चेभको विरोधी गुटले यस घटनालाई पनि मुछेर ख्रुश्चेभलाई एक असक्षम नेताको चित्रण गर्दै सत्ताबाट हटाउने प्रपञ्च बुन्दै गयो । आखिरमा सन् १९६४ मा उनलाई सत्ताबाट हटाएर लिओनिद इलिच्छ ब्रेझनेभ, कोसिगीन, आन्द्रेई ग्रोमीको, मीकोयान र पदगोर्नीको गुटले सत्ता हातमा लियो ।
हुन त पहिले पनि सन् १९५७ मा ख्रुश्चेभलाई मिकोयान र मोलोतोभको गुटले सत्ताच्युत गर्न नखोजेको होइन । तर, ख्रुश्चेभले त्यसबेला दोश्रो विश्वयुद्धका प्रख्यात फिल्ड मार्शल गियार्गी झुकोभको साथ लिएर उक्त सत्ता असफल पारिदिए ।
सन् १९६४ मा आफूलाई सत्ताबाट हटाइन्छ भन्ने कुरा उसलाई थाहा भएन र विश्वास पनि उनले गरेका थिएनन् ।

ख्रुश्चेभलाई खास बाहिरबाट कसैले भेट गर्न आएनन् । उनले पनि कसैलाई भेट गर्ने इच्छा प्रकट गरेनन् । किनभने, आफ्नो निवास बाहिर, वारिपारि निरन्तररूपमा केजीबीका गुप्तचरहरूको निगरानी थियो । आफू सत्ताबाट हटेपछि सोभियत सङ्घमा ख्रुश्चेभको बारेमा कसैले कुनै चासो राखेनन् । सर्वसाधारण जनता र सत्ताधारीहरूले पनि ख्रुश्चेभलाई कुनै महत्व दिएको देखिएन । बरु, उल्टो उनीहरूले ख्रुश्चेभको अपमान गर्दै गए र गालीगलौज गर्नथाले । ख्रुश्चेभलाई सोभियत सरकारले यतिसम्म अपमान ग¥यो कि त्यसबेला सोभियत सङ्घमा प्रकाशित ‘बृहत् सोभियत इन्साइक्लोपेडियामा’ ख्रुश्चेभलाई एक सोभियत नेताको नाम पनि प्रस्तुत गरेन ।

सन् १९६४ को अक्टोबरमा जर्जियाको पित्सुन्दा भन्ने ठाउँमा बिदा मनाइरहेका ख्रुश्चेभलाई अचानक एक कृषिसम्बन्धी सभामा सामेल हुन भनी मस्को बोलाइयो । यस कुराले ख्रुश्चेभको मनमा केही चिसो त परेको थियो तर पनि उनी मस्को गए । मस्कोमा हवाइजहाजबाट ओर्लँदा ख्रुश्चेभ सोभियत गुप्तचर विभाग केजीबीको घेरामा परे र प्रतिरोध नगर्न अपिल गर्दै क्रेमलिन लगिए ।
सन् १९६४, १४ अक्टोबरका दिन सोभियत कम्युनिस्ट पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीले आफ्नो पाको उमेर र स्वास्थ्यको कारण स्वेच्छाले दिएको ख्रुश्चेभको राजीनामा स्वीकृत गरियो र ख्रुश्चेभ त्यो दिनदेखि सत्ता विमुख भए ।
सत्ताबाट हटाइएपछि निकिता ख्रुश्चेभ ७ वर्षसम्म सोभियत सरकारको आदेशमा नजरबन्दमा रही एकान्त जीवन बिताइरहे ।
सुरुमा ख्रुश्चेभलाई मस्कोमा एक फ्ल्याट र मस्को बाहिर गाउँमा प्रतिमहिना ५०० रुबल पेन्सन दिने निर्णय सुनाइयो । आजीवन उक्त फ्ल्याटमा रहन सक्ने भने पनि पछि सन् १९६५ को शरद् ऋतुमा ख्रुश्चेभ र उनकी पत्नीलाई उक्त फ्ल्याटबाट हटाएर अन्त पेट्रोभो–डालिनिएमा एक सानो फ्ल्याट दिएर प्रतिमहिना सय रुबल कम गरी ४०० रुबलमात्र पेन्सन दिइयो । आफूलाई भित्रभित्र प्रपञ्च मिलाएर कू गरेको थाहा पाएर पनि ख्रुश्चेभले कुनै प्रतिरोध गर्ने आँट गरेनन् र सत्ता सहजरूपमा त्याग गरे । तर, सत्ता बाहिर एकान्त जीवन बिताउनु पर्दा ख्रुश्चेभमा बिस्तारै बिस्तारै डिप्रेसन हुनथाल्यो । डाक्टरको सल्लाहअनुसार उनले निरन्तररूपमा स्लिपिङ्ग ट्याबलेट र पेनकिलर औषधि सेवन गर्न थाले ।
ख्रुश्चेभलाई खास बाहिरबाट कसैले भेट गर्न आएनन् । उनले पनि कसैलाई भेट गर्ने इच्छा प्रकट गरेनन् । किनभने, आफ्नो निवास बाहिर, वारिपारि निरन्तररूपमा केजीबीका गुप्तचरहरूको निगरानी थियो । आफू सत्ताबाट हटेपछि सोभियत सङ्घमा ख्रुश्चेभको बारेमा कसैले कुनै चासो राखेनन् । सर्वसाधारण जनता र सत्ताधारीहरूले पनि ख्रुश्चेभलाई कुनै महत्व दिएको देखिएन । बरु, उल्टो उनीहरूले ख्रुश्चेभको अपमान गर्दै गए र गालीगलौज गर्नथाले । ख्रुश्चेभलाई सोभियत सरकारले यतिसम्म अपमान ग¥यो कि त्यसबेला सोभियत सङ्घमा प्रकाशित ‘बृहत् सोभियत इन्साइक्लोपेडियामा’ ख्रुश्चेभलाई एक सोभियत नेताको नाम पनि प्रस्तुत गरेन । उनले दोस्रो विश्वयुद्धमा साहसीपूर्वक जर्मन फौजविरुद्ध लेनिनग्राड युद्धको स्मरण पनि नगरी एक स्वयम्सेवक सेनानीको रूपमा सानो फुटकर विवरणमात्र लेखे । यसरी अपमानित र अपहेलित जीवन बिताउँदै गरेका निकिता ख्रुश्चेभले सन् १९७१ को सेप्टेम्बर ११ मा आफ्नो घर नजिकको एक अस्पतालमा देह त्याग गरे ।
सोभियत सरकारले उनको मृत्युमा कुनै औपचारिक शवयात्रा गरेन न त उनलाई सोभियत नेताहरूको समाधिस्थल क्रेमलिन पर्खालको मुनिसम्म राख्न उचित ठान्यो ।रु ई. राजदास श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *