स्वतन्त्रताका लडाकु प्याट्रिस इमेरी लुमुम्बा – ३
- असार २१, २०८३
२० असार २०८३ को ‘नागरिक’ शनिबार को अङ्कमा छापियो – ‘स्वास्थ्य बीमा निल्नु न ओकल्नु ।’ ‘नागरिक’ ले लेख्यो – ‘बोर्डले मङ्सिरसम्म २३ अर्ब ४४ करोड २ लाख ९८ हजार रुपैयाँ सेवा प्रदायक अस्पतालहरूलाई भुक्तानी गरिसकेको र दिगो स्रोत सुनिश्चितताका लागि समन्वय भइरहेको छ ।’
दुष्ट मानिस गाउँ, टोल, वडा, नगर जहाँ पनि धेरै वा थोरै हुन्छन् । जुन ठाउँमा दुष्टहरू कम छन् त्यहाँका नागरिकहरूले सुख पाउँछन्, जहाँ दुष्टहरू बढी हुन्छन् त्यहाँ व्यापक जनताले दुःख पाएका हुन्छन् । भारतजस्तो ठुलो र सबभन्दा बढी जनसङ्ख्या भएको देशमा पनि बिचौलिया र जनतालाई दुःख दिन पल्केका दुष्टहरूले मुखले राम्रो कुरो गर्दै व्यवहारमा जनतालाई अति दुःख हुने बाटोमा हुल्याइरहेका छन् ।
सरलतापूर्वक काम भइरहेका अस्पतालहरूमा समेत एक–दुई जना छिट्टै पैसा कमाउनुपर्ने डाक्टरहरूले महँगा औषधिका कम्पनीहरूसँग मिलेर महँगा औषधिहरू सिफारिस गर्छन् रबीमालाई टाट पल्टाउने काम गराउँछन् ।
निजी अस्पतालहरूमा उपचार गर्ने धनाढ्यहरूले पनि बीमाबाट पैसा लिने काम गरेपछि गञ्जागोल सुरू भयो । तिनीहरूको भनाइ हो – धनी होस् वा गरिब सबै नेपाली नागरिक बराबर हुन्, गरिबले पाउने सहुलियत धनीले पनि पाउनुपर्छ अर्थात् महँगा औषधि लेख्ने डाक्टरले पनि कमिसन पाउनुपर्छ भन्ने अर्थ लगाइँदै छन् ।
त्यसको उत्तरमा संवेदनशील जनता भन्छन्, “हामी सबै नेपाली ईश्वरकै सन्तान हुन् । घाम, पानी, हावा जसरी गरिब र धनीले बराबर पाउँछन् त्यस्तै सबै सम्पत्ति धनीले मात्र होइन गरिबहरूले पनि पाउनुपर्छ ।”
निजी र सरकारी अस्पतालमा एक–दुई जना मानिसका दुष्ट विचारले धेरै जनताले दुःख पाउँदै छन् । करोडौँ घुस नदिएको भनी प्रम ओलीको प्रधानमन्त्रीत्व कालमा औषधि व्यवस्था विभागले राम्रा राम्रा औषधि देशभित्र बेच्न भित्रिन नदिँदा धेरै क्यान्सरका बिरामीहरू असमयमै मर्न विवश भए । त्यस्तै बीमा सेवाबाट धेरै गरिब रोगीहरूको उपचार पाइरहँदा छाती पोलेका दुष्टहरूको कारण गरिब रोगीहरू बिनाउपचार आज जिउने र मर्ने दोसाँधमा छन् । सबै मिलेर सबैको उपचारको कामना गरौँ भन्ने भावना चारैतिर फैलिँदै छ । दुष्टहरूको मनलाई पनि कसरी परिवर्तन गराउने हो सोचाँै भन्ने भावना बढ्दै छ ।
xxx
अर्थमन्त्रीको कामभन्दा धाक ठुलो !
नार्सियाली रोगबाट पीडित र दलबदलको मानले चर्चित अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारको लागि काम भएको दाबी गर्दै आएका छन् ।
‘लगानी र खर्चमा भएन सुधार, निजी क्षेत्रको बढेन मनोबल’ – कान्तिपुर, २० असार २०८३ ।
तराईमा एउटा उखान छ – साउनमा जन्मेको बगेरीले भदौमा भन्यो, ‘मैले जीवनमा यस्तो बाढी कहिले देखिन्न ।’ बगेरी चरालाई पहाड र उपत्यकाका बालकदेखि ज्येष्ठ नागरिकलाई सजिलै बुझाउन ‘भँगेरा’ भन्दा फरक पर्दैन ।
त्यस्तै भर्खर १०० दिन नाघेको सरकारको अर्थमन्त्रीले भने, ‘लगानी र खर्चमा भएन सुधार ।’ के के गर्दा लगानी र खर्चमा सुधार हुन्छ र सरकारले के के काम ग¥यो भनी अर्थमन्त्रीले सदनलाई जानकारी दिएका छन् र भनी प्रश्न उठ्नु स्वाभाविक छ ।
‘निजी क्षेत्रको बढेन मनोबल’ भन्ने मन्त्रीलाई थाहा हुनुपर्छ – २००७ सालपछि निर्वाचित सरकारहरूले आफ्नो बजेट भाषणमा कहिल्यै निजी क्षेत्रको उत्पादनको स्थिति र वर्षभरिको उत्पादन के कसरी बढाउने र वृद्धिको कहिले लेखाजोखाबारे सदनमा जानकारी दिएका छन् ? नेपालका कुनै पनि ठुलठुला उद्योगले आ–आफ्नो उत्पादनको ठीक ठीक बुद्धि बताएकै छैनन्, अन्तशुल्क र भन्सार छलेर काम गरेका अनेक समाचारहरूको छानबिन र कारबाहीबारे छलफल भएका छैनन् ।
नेपालको वर्तमान ‘निजी क्षेत्रको’ नेतृत्व राष्ट्रिय पुँजीपतिवर्गको हातमा छैन, त्यस वर्गले नेपालको निजी क्षेत्रको उत्पादन बढाउने उद्देश्य राख्दैन । हो, यो एक सैद्धान्तिक विषय हो । ‘अब के ग¥यो भने निजी क्षेत्रको मनोबल बढ्नेछ’ भन्ने प्रश्नको उत्तरमा आउनेछ – ‘देशका सबै उत्पादन निजी क्षेत्रलाई एकहट्टी सुम्पेमा निजी क्षेत्रको मनोबल’ बढ्ने पक्का छ !
अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका धेरै काम भएको दाबी गरेका छन् । सिंहदरबारको कागजपत्र र आफ्ना घेराभित्र सीमित कामले होइन परिणामले अर्थतन्त्र, जनता र समाजमा देखिनु आवश्यक छ, हल्लाले होइन ।
Leave a Reply