सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
“हामी यहाँ लामो अभियान आरम्भ गरिएको स्थानमा चिनियाँ जनमुक्ति सेनाले आफ्नो यात्रा थालनी गरेको समयलाई स्मरण गर्न भेला भएका छौँ । हामी आज एउटा नयाँ लामो हिँडाइ थालनी गरिरहेका छौँ र हामीले त्यसलाई पुनः सफल बनाउनैपर्छ ।” – सी चिनफिङ, मे २०१९
कोभिड– १९ को विषयलाई लिएर चीनले जिम्मेवारी लिनुपर्ने भनी जुन प्रचार जोडतोडले गरियो त्यो संरा अमेरिकी साम्राज्यवादले चीनलाई ध्वस्त पार्न अगाडि बढाएको दीर्घकालीन रणनीतिको एक भाग हो । साम्राज्यवादको जगजगी रहेको यस विश्वमा केही वामपन्थी र समाजवादी आन्दोलनमा लागेका मानिसहरूको यतिखेर संरा अमेरिका–चीनको ऐतिहासिक सम्बन्ध विच्छेदमाथि ध्यान केन्द्रित भइरहेको छ । चीनमा तेङ स्याओ फिङ नेतृत्वमा आएपछि संरा अमेरिका–चीन सम्बन्धले निरन्तरता पाइरहेको छ, जसलाई म संरा अमेरिकी पुँजी र उदीयमान चिनियाँ समाजवादी राज्यको ‘मोलमोलाइ’ मात्र हो भन्छु ।
संरा अमेरिकी शासक वर्गले अहिले उक्त मोलमोलाइ आफ्नो घाटामा टुङ्गिने तथ्य बुझिसकेका छन् । चीनको ठाडो तवरले बढिरहेको उत्पादन र प्राविधिक क्षमताको विकास, छिमेकी देशहरूको विकास गर्ने चीनको आकाङ्क्षा, बीआरआई पहलकदमीको माध्यमले चीनले दोस्रो विश्वयुद्धपछि संरा अमेरिकाको नेतृत्वमा स्थापित विश्व व्यवस्थाको क्रमिक प्रतिस्थापन गरिरहेको आदि देखेर उक्त कारोबारमा चीन अघि बढ्ने निश्चितजस्तै भएको छ । चीनले गरेको बजारको सुधारले सोभियत सङ्घमा भएको जस्तो राजनीतिक व्यवस्थामा कुनै परिवर्तन आउने छैन । चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व झन्झन् बलियो हुँदै गएको छ र राज्यले संरा अमेरिकी पुँजीको प्राविधिक, सङ्गठनात्मक एवम् उत्पादक क्षमताहरूलाई क्रमैसँग पछाडि पार्दै अगाडि बढ्न सफलता हासिल गरेको छ ।
परिणामस्वरूप, चीनलाई राजनीतिक र आर्थिकरूपमा पक्षघात गर्न धिमा गतिमा चालिरहेको प्रक्रियालाई ट्रम्प प्रशासनले तीव्रता दियो । आज हामी संरा अमेरिका र चीनबीचको बहुआयामिक युद्धको युगमा छौँ ।
१) युरेसियामा अमेरिकी साम्राज्यवादको रणनीतिक योजना – ब्रिजेजिन्स्की योजना
जेबिग्न्यू ब्रिजेजिन्स्कीको निधन झन्डै तीन वर्ष अगाडि मे २६, २०१७ का दिन भयो । कममात्र वामपन्थीहरूले उनलाई चिन्छन् वा उनी नै संरा अमेरिकी साम्राज्यका पछिल्ला योजनाकार थिए भनी कमैले मात्र जानकारी राख्छन् । ब्रिजेजिन्स्की १९७७ पछि राष्ट्रपति जिम्मी कार्टरका सुरक्षा सल्लाहकार रहेका थिए र त्यसअघि उनी प्रमुख विदेश नीति सल्लाहकार थिए । विदेश सम्बन्ध परिषद्का एक सदस्य, बिडलवर्गका सहभागी र ट्राइल्याटरल कमिसनका प्रमुख संस्थापक रहेका हुनाले ब्रिजेजिन्स्की इतिहासमा उनी सबैभन्दा बढी अमेरिकी साम्राज्यवादको योजना अङ्गहरूमा गहनरूपमा संलग्न रहेका थिए ।
अफगानिस्तानमा वामपन्थी सरकार सोभियत सेनाविरुद्ध लडेका मोजाहिद्दीनहरूलाई ‘अपरेसन साइक्लोन’ मार्फत सहयोग पु¥याएको कदमका लागि ब्रिजेजिन्स्कीलाई याद गरिन्छ । त्यस अपरेसनको दीर्घकालीन र घातक असर त्यस क्षेत्रभर प¥यो र सीआईए एवम् बिन लादेनबीच घनिष्ठ सम्बन्ध स्थापित ग¥यो । त्यसलाई ब्रिजेजिन्स्कीले सोभियत सङ्घलाई रोक्न र मध्य तथा दक्षिण एसियामा अमेरिकी हस्तक्षेप सम्भव बनाउन जरूरी कार्यका रूपमा व्याख्या गरेका थिए । तर, संरा अमेरिकी साम्राज्यका लागि यी क्षेत्र किन त्यति महत्वपूर्ण छन् त ?
सन् १९७७ मा प्रकाशित आफ्नो पुस्तक – ‘द ग्रान्ड चेसबोर्ड’ मा ब्रिजेजिन्स्कीले खुला रूपमै युरेसियाको विशाल जमिनको महत्व र त्यसमाथि संरा अमेरिकी नियन्त्रणको आवश्यकताबारे लेखेका छन् । पुस्तकमा उनले लेखेका छन् – संरा अमेरिकाले युरेसियामा सामना गरिरहेको समस्या भनेको त्यहाँको एक्लो राजनीतिक निर्णायक शक्ति बन्न नसक्नु र आफ्ना सम्भावित प्रतिस्पर्धी शक्तिहरूको उदय भई हाम्रो भौतिक र कूटनीतिक हितहरूमा पुगिरहेको खतरालाई रोक्न नसक्नु हो । युरेसियाको विशाल जमिन विश्व जनसङ्ख्याको ठूलो भागको घर हो भने प्राकृतिक स्रोतसाधन र आर्थिक गतिविधिको ‘बृहत् चेसबोर्ड’ हो । त्यसमा संरा अमेरिकाको सर्वोच्चता स्थापित हुनेछ र आगामी वर्षहरूमा चुनौतीहरूको सामना पनि गर्नुपर्नेछ ।
के अहिले त्यही रणनीति लागु भइरहेको होइन र ? युरेसियामा प्रतिस्पर्धी शक्तिको उदयलाई रोक्नुको अर्थ सबै प्रकारका गुप्त र खुला विनाश एवम् आक्रमण गर्नु देखिएको छ । हामीले इरानमा संरा अमेरिकी हस्तक्षेप, इराकमा पटक–पटकको आक्रमण र कब्जा, अफगानिस्तानमाथिको हमला र कब्जा, सिरियामा विध्वंसकारी छद्म युद्ध देखिसकेका छौँ । पश्चिम, मध्य र दक्षिण एसियाका कमजोर अन्तर्राष्ट्रिय सम्बन्ध भएका देशहरू चुनेर आक्रमण गर्न संरा अमेरिका पल्केको छ ।
यस क्षेत्रमा उत्तरमा कजाखस्तान, पश्चिममा प्यालेस्टाइन, दक्षिणमा भारत र पूर्वमा पश्चिमी चीन पर्ने गरी विभाजनको त्रिकोणात्मक रेखा संरा अमेरिकाले कोरेको छ र त्यसको उद्देश्य भनेको रसियालाई दक्षिणमा र चीनलाई पश्चिममा भूराजनीतिक सम्बन्ध विस्तार गर्न रोक्ने हो । आफ्नो भनाइअनुसार नचल्ने देशहरूलाई तारो बनाउँदै संरा अमरिकाले दशकौँदेखि युद्ध छेडिरहेको यस विशाल क्षेत्रमा इजरायल, भारत, साउदी अरेबिया र खाडी राष्ट्रका राजतन्त्रहरू संरा अमेरिकाको दलाल गठबन्धनका रूपमा पनि रहेका छन् । त्यसो भए तापनि संरा अमेरिका स्वयम् रसिया वा चीनसित प्रत्यक्ष मुठभेडको लागि तयार देखिँदैन, मुठभेड भएमा आणविक अस्त्रको प्रयोग हुनसक्ने प्रबल सम्भावना छ र त्यो विकल्पले संरा अमेरिकालाई समेत राजनीतिक, सैनिक र आर्थिकरूपले ठूलो नोक्सान पु¥याउनेछ ।
यतिमात्र होइन, संरा अमेरिकाले युरेसियालाई नियन्त्रण गर्न विश्वका सबै महासागरहरूमा प्रभुत्व कायम गर्न खोजिरहेको छ । उसले अमेरिकी जलसेनाका सिद्धान्तकार अल्फ्रेड माहानको – ‘जसले सागरहरू कब्जा गर्न सक्छ उसले विश्वका सबैभन्दा बढी स्रोतहरूको फाइदामा नियन्त्रण गर्न र कुनै पनि शत्रुलाई परास्त गर्ने क्षमता राख्छ’ भन्ने भनाइको अनुसरण गरिरहेको छ । जलसेनासम्बन्धी त्यस सिद्धान्तमा कुनै देशको जलसेना अब्बल हुने हो भने त्यसले शत्रुका जहाजहरू र अवरोधकका रूपमा रहेका शत्रुका बन्दरगाहहरू ध्वस्त पार्ने क्षमता राख्नुपर्छ भन्ने मान्यता स्थापित छ ।
अल्फ्रेड माहानको सोचले महान् र उदार राष्ट्रपति थियोडोर रूजबेल्टको सिद्धान्त र उनको सिद्धान्त लागु गर्ने उत्तराधिकार अमेरिकी प्रशासनहरूलाई समेत प्रभावित पारेको छ । रूजबेल्ट सिद्धान्तको कार्यान्वयनले संरा अमेरिकी जलसेना विश्वको सबैभन्दा अगाडि बढेको जलसेना बनेको छ । संरा अमेरिकासित अहिले युद्धकविमान बोक्ने ११ वटा विशाल जहाजी बेडा रहेका छन् जुन अरू देशको तुलनामा निकै बढी हो (चीनसित २ वटामात्र छन् । ) र प्यासिफिक (प्रशान्त) महासागरमा अमेरिकी जलसेनाका आधारहरू र गठबन्धन देशहरूको जालोले संरा अमेरिकालाई युरेसियाविरुद्ध प्रहार गर्न लन्चिङ प्याड (युद्धकविमान उडान र अवतरण गर्ने आधार) उपलब्ध छ ।
चीनको आजको स्थिति भन्नुपर्दा यसले झन्डै चौतर्फी घेराबन्दी सामना गरिरहेको छ । संरा अमेरिकी सेना दक्षिण कोरिया, जापान, गुआम, फिलिपिन्स, इन्डोनेसिया, बु्रनाइलगायत अमेरिकी पिछलग्गू देशहरूमा छन् । प्रशान्त महासागरमा र वरपर संरा अमेरिकाकै सैनिक आधार शिविरहरू सबैभन्दा बढी छन् । यसले चीनको पूर्वी सीमालाई बन्द गर्छ । दक्षिणमा यसले थाइल्यान्डमा रहेका अमेरिकी आधारहरू र भारतको सामना गर्नुपर्छ भने पश्चिममा अफगानिस्तान, कजाखस्तान र उज्वेकिस्तानजस्ता अमेरिकी पिछलग्गू देशहरू र त्यहाँ रहेका अमेरिकी सेनाका आधारहरूले चीनको पश्चिमी सीमालाई बन्द गर्छ ।

चीनमा सी चिनफिङको नेतृत्व आएपछि, चीनले अमेरिकी घेराबन्दीलाई तोड्ने इच्छाशक्ति देखाउन थालेपछि हालसालै माथिको स्थितिमा केही परिवर्तन आएको छ । दुईटा रेशम मार्गको सिद्धान्त वा बीआरआई पहलकदमी त्यही इच्छाशक्तिको परिणाम हो । चीनको क्रान्तिको दौरानमा प्रतिक्रियावादी कोमिन्ताङको घेराबन्दीबाट जोगिएर देशव्यापी क्रान्ति अगाडि बढाउन चिनियाँ कम्युनिस्ट पार्टी र जनमुक्ति सेनाले लामो हिँडाइमा अगाडि बढेका थिए अहिले संरा अमेरिकी घेराबन्दी तोड्न नयाँ किसिमको लामो हिँडाइको अवधारणामा चीन अगाडि बढेको छ । सी चिनफिङ स्वयम्ले उक्त वाक्यांश मे २०१९ मा ट्रम्प प्रशासनले चीनविरुद्ध थालेको व्यापार युद्धको सामना गर्ने चीनको तरिका व्याख्या गर्ने क्रममा अभिव्यक्त गर्नुभएको हो ।
चिनियाँ जनमुक्ति सेनाले लामो हिँडाइ थालेको ८० औँ वर्षगाँठ मनाउन आयोजित कार्यक्रममा सम्बोधनका क्रममा सी चिनफिङले नयाँ लामो हिँडाइको प्रसङ्ग उठाउनु जसरी मुक्तिपूर्वको चीनका लागि अत्यन्त महत्वपूर्ण घटना थियो त्यसरी नै आधुनिक चिनियाँ राष्ट्र निर्माणको लागि महत्वपूर्ण देखिन्छ । यदि उहाँले आजको स्थितिलाई तत्कालीन वीरतापूर्ण बलिदान र दृढताकै स्थितिसित तुलना गर्नुभएको हो भने हामीले यसलाई त्यतिकै गम्भीरताका साथ लिनुपर्छ । तर, पहिले हामीले कसरी त्यसलाई लिने भन्नेमा नै यो भर पर्छ ।
२) संरा अमेरिकी पुँजी र चीनबीचको – मोलमोलाइ
संरा अमेरिकी साम्राज्यमा आफ्नो आधिकारिक भूमिकामा रहँदा ब्रिजेजिन्स्कीको मुख्य चासो युरेसियामा आफ्नो प्रतिस्पर्धी शक्तिहरूलाई परास्त गर्नु थियो र निश्चय पनि त्यतिबेलाको मूल प्रतिस्पर्धी शक्ति सोभियत सङ्घ नै थियो । सन् १९७९ सम्म पनि चीन निकै गरिब र पछाडि परेको देश थियो । चीनमा भर्खरै सांस्कृतिक क्रान्ति टुङ्गिएको थियो, त्यसले चीनको विकासमा केही अवरोध उत्पन्न गरेको थियो र समाजवादी बजार सुधारको थालनीमात्र भएको थियो ।
संरा अमेरिका–चीन सम्बन्धका लागि सन् १९७१ देखि १९७९ सम्मको अवधि महत्वपूर्ण थियो । (१९७७ मा ब्रिजेजिन्स्की अमेरिकी सुरक्षा सल्लाहकार बनेका थिए ।) सन् १९७९ मा संरा अमेरिका–चीनबीच दोस्रो समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीपत्रले जनवादी गाणतन्त्र चीन र संरा अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई नियमित ग¥यो र संरा अमेरिकाले चीनको स्थान लिइरहेको थाइवानसितको कूटनीतिक सम्बन्ध अन्त ग¥यो । त्यो समझदारी पत्र १९७२ मा हस्ताक्षर गरेको पहिलो वा शाङ्घाइ समझदारीपत्रपछिको दोस्रो थियो । शाङ्घाइ समझदारीपत्रमा संरा अमेरिका र चीन एक अर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्न (कागजमा) सहमत भएका थिए । सन् १९७१ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीनविरुद्ध २१ वर्षदेखि लगाउँदै आएको व्यापारिक नाकाबन्दी हटाएका थिए । चीनले कोरिया युद्धमा प्रजग कोरियालाई सहायता गरेको हुनाले संरा अमेरिकाले चीनमाथि उक्त व्यापारिक नाकाबन्दी लगाएको थियो । सन् १९७२ मा निक्सनले चीनको चर्चित भ्रमण गरे र चीनमा क्रान्ति भएपछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बने । निक्सनका यी कदम संरा अमेरिकी शासक वर्गभित्रका विभिन्न गुटहरूमाझ विवादास्पद बन्यो तर अमेरिकी साम्राज्यको तत्कालीन नेतृत्वले (विशेषगरी हेनरी किसिङ्गरको व्याख्याअनुसार) त्यसलाई चीन र तत्कालीन सोभियत सङ्घबीचको फाटोलाई चौडा बनाउने र चीनलाई आफ्नो पक्षमा तान्ने अवसर देख्यो । संरा अमेरिकाले सोभियत सङ्घ, चीन, प्रजग कोरिया र उत्तर भियतनाम (पछि समग्र भियतनाम) मा फाटो ल्याउने निकै धेरै प्रयासहरू ग¥यो ।
संरा अमेरिकाको यस रणनीतिबारे चर्चा गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का तत्कालीन सदस्य विन्सटन लर्डले लेखेका छन् : किसिङ्गरको बुद्धिमत्ता र निक्सनको पनि यसमा समाविष्ट छ । पहिलो, चीनसितको खुलापनले सामान्यतयाः विश्व परिदृश्यमा अझ बढी लचकता प्रदान गर्नेछ । हामीले मस्कोसित मात्र सम्झौता गरिरहेका हुनेछैनौँ । हामीले पूर्वी युरोप र चीनसित समेत छुट्टै सम्झौता गर्न सक्नेछौँ किनभने भूतपूर्व कम्युनिस्ट खेमा अब कुनै खेमा रहेन । सामान्यतयाः किसिङ्गरले बढी लचकता चाहेका थिए ।
दोस्रो, चीनसितको सम्बन्ध खोलेपछि हामीले सजिलै रूसी ध्यान खिच्न सक्नेछौँ र उनीहरूसितको मोलमोलाइमा यो चिनियाँ कार्ड खेलेर बढी सहुलियत हासिल गर्न सक्नेछौँ । यस विचारले मस्कोसितको सम्बन्धमा पनि सुधार ल्याउनेछ । चीनसितको सम्बन्धपछि रूसीहरूको घमण्डको पारो केही भएपनि तल ओर्लेको हुनेछ । कहिल्यै चीनसित नउल्झेको (लडाइँमा) रूसलाई हामी चीनको खतरनाक शत्रु बनाइदिनेछौँ र त्यो रूसीहरूको ध्यान खिच्नका लागि पर्याप्त हुनेछ । वास्तवमा किसिङ्गरको गुप्त चीन यात्रापछि यो योजना नाटकीय रूपमा सफल हुँदै गएको देखिएको छ ।
अमेरिकी दृष्टिले चीन–सोभियत सङ्घ फाटो संरा अमेरिकाको लागि उपहार र दुई सबैभन्दा शक्तिशाली कम्युनिस्ट देशहरूबीच अमेरिकी साम्राज्यावादी चाल सफल हुँदै गएको थियो । सांस्कृतिक क्रान्तिबाट निक्लेपछि चीन नितान्त एक्लो परेको थियो र राजनीतिक एवम् आर्थिकरूपले कमजोर बनेको थियो । मित्रबाट शत्रुताको व्यवहार गर्ने सोभियत सङ्घको सामना गर्न परिरहेको बेलामा संरा अमेरिकासितको सङ्घर्ष चीनका लागि सही थिएन । त्यतिबेला विशाल देश चीनको अर्थतन्त्र साना एसियाली पुँजीवादी देशहरूको भन्दा पछाडि परेको थियो । चीनको क्रान्तिलाई निरन्तर कायम गर्नका लागि पनि कार्यनीतिमा युगान्तकारी परिवर्तन जरूरी देखिएको थियो । त्यही सेरोफेरोमा चीनले संरा अमेरिकासित ‘मोलमोलाइ’ सुरु ग¥यो ।
तेस्रो, किसिङ्गर र निक्सन दुवैले भियतनाम युद्धको समस्या समाधान गर्न सहयोग गर्न चाहेका थिए । रसिया र चीनसित वार्ता गरेर हामीले हनोइ (उत्तर भियतनाम) माथि दबाब बनाउन सक्ने आशा गरेका थियौँ । हामीले रसिया र चीनलाई उत्तर भियतनामलाई दिँदै आएका सहायता र अरू कुरा दिन बन्द गर्न र कम्तीमा ढिलो गराउन कोसिस ग¥यौँ । बढी व्यावहारिक र निम्नतमरूपमै भए पनि हामीले रसिया र चीनलाई हनोइले वासिङ्टनसित वार्ता गर्नुपर्छ भन्न लगाउन सक्यौँ र हनोइलाई एक्लो पार्न सफल भयौँ । किनभने, उसका दुई अभिभावक नै हामीसित वार्तामा आए । यो निश्चय पनि हो कि हामीले चाहेभन्दा विपरीत फेब्रुअरी १९७२ मा निक्सनको चीन भ्रमणको क्रममा र मेमा मस्को भ्रमणको क्रममा चिनियाँ र रूसीहरूले उनीहरूका साथी हनोइ (उत्तर भियनताम) लाई वार्तामा ल्याउने कुरामा भन्दा संरा अमेरिकासित आफ्नै देशको कूटनीतिक र व्यापारिक सम्बन्ध प्रगाढ बनाउनेमा प्राथमिकता देखाए ।
यहाँ यो तथ्य बुझ्नु अति महत्वपूर्ण छ कि त्यतिबेला चीनले संरा अमेरिकासितको सम्बन्ध सामान्यकरण गर्न इच्छा देखाउनुको कारण चीन–सोभियत फाटो र त्यसको परिणामस्वरूप चीनले सामना गरिरहेको साधन र प्रविधिको कमी पनि थियो । त्यतिबेला चीनले सोभियत सङ्घलाई संशोधनवादी शक्तिका रूपमा हेथ्र्यो तथा चीन र यसको सीमाका लागि खतरा ठान्थ्यो । तर, १०८० को दशक लागेपछि एकले अर्कोलाई शङ्काको नजरले हेर्दाहेर्दै पनि दुई देशबीचको सम्बन्धमा पुनः न्यानोपन फर्कियो । झन्डै आणविक युद्धमा पुग्न लागेको सन् १९६९ को सीमा भिडन्तको नकारात्मक असरको अनुभव दुवै पक्षले गम्भीररूपले गरे । यद्यपि, त्यही भिडन्तको परिणामस्वरूप सोभियत गणतन्त्रहरूसितको चीनको सीमा विवादको दीर्घकालीन समाधान निक्ल्यो ।
अमेरिकी दृष्टिले चीन–सोभियत सङ्घ फाटो संरा अमेरिकाको लागि उपहार र दुई सबैभन्दा शक्तिशाली कम्युनिस्ट देशहरूबीच अमेरिकी साम्राज्यावादी चाल सफल हुँदै गएको थियो । सांस्कृतिक क्रान्तिबाट निक्लेपछि चीन नितान्त एक्लो परेको थियो र राजनीतिक एवम् आर्थिकरूपले कमजोर बनेको थियो । मित्रबाट शत्रुताको व्यवहार गर्ने सोभियत सङ्घको सामना गर्न परिरहेको बेलामा संरा अमेरिकासितको सङ्घर्ष चीनका लागि सही थिएन । त्यतिबेला विशाल देश चीनको अर्थतन्त्र साना एसियाली पुँजीवादी देशहरूको भन्दा पछाडि परेको थियो । चीनको क्रान्तिलाई निरन्तर कायम गर्नका लागि पनि कार्यनीतिमा युगान्तकारी परिवर्तन जरूरी देखिएको थियो । त्यही सेरोफेरोमा चीनले संरा अमेरिकासित ‘मोलमोलाइ’ सुरु ग¥यो ।
१९६० को दशकसम्म कुल गार्हस्थ उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धि कायम रहेको चीनको अर्थतन्त्रमा त्यसपछि सङ्कट देखापरेको थियो र १९७० को दशकमा चरम सङ्कट थियो । उत्पादन वृद्धि दर निकै खस्केको वा स्थिरमात्र रहेको थियो सन् १९७८ को कुल गार्हस्थ उत्पादन १९७३ को अङ्कसम्ममा खस्केको थियो । त्यसमा प्राकृतिक विपत्ति र देशभित्र व्याप्त राजनीतिक अनिश्चितता एवम् नैराश्यता कारक थिए । कुल गार्हस्थ उत्पादनमा आएको यो कमीले चीनलाई साना पुँजीवादी देशभन्दा पछाडि पारेको थियो ।
-The war on China
– Izak Novak Blog (January 2, 2020)
अनुवाद : प्रकाश
Leave a Reply