खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
छिमेकी देश भारतको संसद्मा करिव ५० प्रतिशत सदस्य कुनै न कुनै अपराधमा संलग्न रहेको समाचार पुरानो हो । नेपालको राजनीतिमा पनि त्यही दृश्य देखापर्नु राम्रो लक्षण होइन ।
नेपाली काङ्गे्रसका नेता मोहमद अफताव आलमले २०६४ सालको संविधानसभाको निर्वाचन जित्न बम बनाउन लगाए । बम तयारीमै बिस्फोट भयो । उपचार नगरी घाइतेहरूलाई चैत २७ गते जिउँदै इट्टाभट्टामा जलाइएको थियो । सो घटना तत्कालीन प्रहरी प्रशासनलाई जानकारी भएपनि सत्ता र शक्तिकै आडमा गुपचुप राखियो । संसद्मा जितेका आलम अहिले जेलमा छन् । आलम जेलमा रहेपनि पीडितको तर्फबाट मुद्दा लडेका अधिवक्ताहरूलाई धम्क्याउने र पीडितका परिवारलाई प्रलोभन देखाई बयान फेर्न लगाइसकेको समाचार प्रकाशित भयो ।
विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतबाट १८ महिना कैद सुनाइएका फरार अभियुक्त रामनारायण यादवलाई नेकपाका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले गत मङ्गलबारमात्रै फूलमाला लगाएर आफ्नो पार्टी प्रवेश गराए । रातो पासपोर्ट बिक्री अभियोग लागेका सर्लाहीका शिवपुजन रायलाई पनि दुई साताअघि उपप्रधानमन्त्री पोखरेलले नेकपामा भित्र्याए ।
यी सबै हिजोआजका मात्रै समाचार हुन् । निर्वाचनअघि पार्टी ठूलो बनाउन पुँजीवादी दलले गुन्डा, अपराधी, तस्कर, कालाबजारिया, दलाल आदिलाई छानि– छानि पार्टी प्रवेश गराउने गरेका घटना नयाँ होइनन् । माओवादी शान्ति प्रकृयामा आएपछि त आपराधिक पृष्ठभूमिका मानिसहरू हुलका हुल नै त्यसमा प्रवेश गराइए ।
ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको अभियोगमा जेल परेका बालकृष्ण ढुङ्गेललाई पनि ओलीले आफ्नो समूहमा प्रवेश गराउँदै छन् भन्ने खबर प्रकाशित छ । यसरी नै गौर हत्या काण्डका अपराधी बबन सिंह र टिकापुर हत्या काण्डमा जेल सजाय भोगिरहेका रेशम चौधरी प्रतिनिधिसभा सदस्य भए । गण्डकी प्रदेशसभामा कैयौँ हत्या अभियोग लागेका राजीव गुरूङ् (चक्रे मिलन) ले पनि प्रवेश पाए ।
गत वैशाखमा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण काण्ड भयो । सो काण्डमा नेकपाका सांसदहरूलाई नै संलग्न गराइयो । एक जना सांसद अपहरण गर्न पूर्वप्रहरी महानिरीक्षकसहित सांसदहरूको दलबल पठाइयो ।
प्रहरीको मुठभेडमा २०७१ सालमा गुन्डा नाइके चरी मारिँदा एमालेले सडकमा आन्दोलन गरेको थियो । २०७२ मा अर्का गुन्डा नाइके कुमार घँैटे मारिँदा नेपाली काङ्गे्रसले संसद् नै अवरुद्ध ग¥यो ।
यी घटनाले सरकारमा गएका पार्टीहरू अपराधीहरूको संरक्षक भएको स्पष्ट हुन्छ । सरकारी दलले आफ्ना आउरे–बाउरेलाई अपराध गर्न छुट दिने, कुनै अभियोगमा पक्राउ परे एक दुई दिनमा आफ्नो पार्टीमा प्रवेश गराउने सर्तमा प्रहरीबाट छुटाउने परम्परा पञ्चायती नै हो । पञ्चायतको सिको नेपाली काङ्गे्रसले ग¥यो, आज एमाले, ‘माओवादी’, जसपा हुँदै सरकारमा गएका सबै पार्टीहरूले गर्दै छन् ।
यसरी नेपालको राजनीतिमा पनि एक–एक पाइला गर्दै अपराधीको प्रवेश हुँदा सरकारमा गएका पार्टीहरू जनताको बलमा होइन हतियार या डर–त्रास देखाएर फेरि पनि निर्वाचन जित्ने तयारी गर्दै छन् भन्ने स्पष्ट हुन्छ । त्यस्ता आपराधिक प्रवृत्तिका व्यक्तिहरू सरकारमा पुगेपछि देश र जनताको इमानदारीपूवर्क सेवा हुने छैन । सिस्नु रोपेर तुल्सीको आशा गर्न नसकिने भएकोले पञ्चायत समाप्त भएजस्तै सरकारमा गएका पुँजीवादी पार्टीहरू जनताको सचेततासँगै समाप्त हुनेछन् । यो पनि सत्य हो ।
Leave a Reply