भर्खरै :

का. किम जङ इलका दुई रचना’ पढ्दा

समाजवादी क्रान्ति सफल बनाई क्रान्तिको उपलब्धि जोगाउने मुलुकहरू विश्व कम्युनिस्ट आन्दोलनका गौरव हुन् । विश्वका कुनाकाप्चामा उठिरहेको कम्युनिस्ट आन्दोलनको उभारका निम्ति ती मुलुकहरू ऊर्जाको कहिल्यै नसुक्ने स्रोत बन्न सफल छन् । माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक आधारशिलामा माटो सुहाउँदो मौलिक विचार प्रादुर्भाव गरिएका मुलुकहरूमा समाजवादी क्रान्तिको उपलब्धि लामो समय बाँचेको र हुर्केको देखिन्छ । माक्र्सवाद–लेनिनवादलाई जनताले बुभ्mने भाषामा व्याख्या गरी त्यसको व्यावहारिक उपादेयता सुस्पष्ट पार्ने पार्टी र नेतृत्वले नै मात्र समाजवाद निर्माणलाई उपल्लो तहमा पु¥याउन सक्दछ भन्ने दृष्टान्तहरू थुप्रै छन् । प्रजग कोरियाली समाजवाद गोलाद्र्धका स–साना र दबाइएका देशहरूका निम्ति प्रेरणा बन्न सफल छ । एकातिर प्रजग कोरिया अमेरिकी साम्राज्यवादविरुद्ध निरन्तर सङ्घर्ष गर्दै छ भने अर्कोतिर समाजवाद निर्माणमा समर्पित छ । विश्व साम्राज्यवादको प्रताडना भोगिरहेका साना–ठूला देशहरूका निम्ति प्रजग कोरियाको हिम्मत, प्रतिरोधको तयारी र सङ्घर्ष अनुकरणीय छ । देश र जनतालाई केन्द्रमा राखी समाजवाद रक्षाका उसका अभ्यासहरू अनुकरणीय छन् । समाजवादी व्यवस्थालाई जोगाउन र हुर्काउन चालिएका उसका सैद्धान्तिक, व्यावहारिक पाइलाहरू अध्ययनको विषय नै हुन् । नेता किम जङ इलका दुई रचनाहरू ‘का. किम जङ इलका दुई रचना’ ले प्रजग कोरियाली क्रान्तिलाई बुभ्mन थप सघाउँछ ।
यो शताब्दीमा समाजवादी बन्दोबस्तको प्रचार र आन्दोलनको आवश्यकता अझ बढेको छ । साम्राज्यवादको विकल्प समाजवादी बन्दोबस्त, हिंसा र अशान्तिको विकल्प समाजवादी क्रान्ति नै मात्र हुनसक्दछ । विश्वमा साम्राज्यवादविरोधी सङ्घर्ष अगाडि बढाउन प्रजग कोरियाली इतिहास र वर्तमान नियाल्न सके श्रयेस्कर हुन्छ । यी रचनाहरू कोरियाको परिवेशमा लेखिएको भएपनि कोरियाली क्रान्ति र समाजवादको निर्माणमा कोरियाली अनुभवले विश्व कम्युनिस्ट आन्दोलनलाई सघाउने निश्चित छ । विश्वका कतिपय समाजवादी क्रान्तिहरू कालान्तरमा असफल बने । ती मुलुकका ठूल्ठूला विरामका कारण असफल बने । तत्कालीन समयमा सोभियत सङ्घ जस्तो शक्तिशाली देशमाथि अन्य स–साना समाजवादी देशहरूले भरपर्नु अर्थात् अन्धनक्कल गर्नु, माक्र्सवाद–लेनिनवादलाई यान्त्रिक ढङ्गले लागु गर्न खोज्नु, समाजवाद र साम्यवादको सार र मर्मसँग मेल खाने देशको परिवेश सुहाउँदो नयाँ विचार प्रतिपादन गर्ने पक्षमा गम्भीर नबन्नु, विचारधारात्मक क्रान्तिलाई विशेष प्राथमिकता नदिनु तिनका विरामहरू थिए । प्रजग कोरिया यी विरामहरूबाट टाढा रह्यो । शोषणविहीन समाज निर्माणको यात्रामा जुच्छे विचारधाराले माक्र्सवाद–लेनिनवादलाई अझ जनताबीच पु¥यायो र जनताको भाषामा त्यसको व्याख्या ग¥यो । मौलिक र व्यावहारिक विचारकै कारण प्रजग कोरियामा आज पनि समाजवादको रातो झन्डा फहरिरहेको छ ।
पहिलो रचना ‘क्रान्ति र निर्माणमा बुद्धिजीवीहरूको भूमिकालाई अझ अघि बढाऔँ ¤’ प्रजग कोरियाली सङ्घर्षको मैदानबाट जन्मेको विचार हो भन्न सकिन्छ । समाजवादी क्रान्ति र समाजवाद निर्माणको चरणमा बुद्धिजीवीहरूको भूमिकाबारे विमर्श नेपालको कम्युनिस्ट आन्दोलनमा पनि बेलाबखत हुने गरेको छ । यो रचनाले नेपालको राजनीतिक वृत्तलाई चित्रण गर्न पनि सघाउँछ ।
यस रचना तयार गरिँदाको समयमा विश्वमा समाजवादी देश पुँजीवादमा पतन भएको र प्रजग कोरियाले गम्भीर आर्थिक राजनीतिक सङ्कट व्यहोरिरहेको स्थिति थियो । संरा अमेरिका र अन्य साम्राज्यवादी देशहरू समाजवादी देश र समाजवादी आन्दोलनहरू दबाउन अनेक जाल बुनिरहेका थिए । कम्युनिस्ट आन्दोलन र समाजवादी देशमा व्यवस्था जोगाउन थप संवेदनशील रहनुपर्ने आवश्यकता थियो । कोरियालाई दुई कोरियामा विभाजित गर्न चर्को कसरत भइरहेको स्थिति थियो । त्यो समय मजदुर–किसानको एकतालाई वैचारिकरूपले बलियो बनाउन कोरियाली मजदुर पार्टीले असाध्यै मेहनत ग¥यो । त्यसको साथै बुद्धिजीवीहरूलाई राजनीतिकरूपले सचेत बनाउनुपर्ने आवश्यकता बोध गरियो । पढेलेखेका अर्थात् बुद्धिजीवीहरूलाई पुँजीवादी राज्यव्यवस्था र साम्राज्यवादी देशहरूले खरिद गर्दै थिए ।

समाजवादी क्रान्तिपछि कोरियाली माटोमा सुरु गरिएको विचारधारात्मक क्रान्तिमा बुद्धिजीवीहरूलाई एक लडाकु, शिक्षक, पार्टी नीति प्रचारक र पार्टी नीतिलाई पुरा गर्न जन–समुदायलाई सही ढङ्गले परिचालन गर्ने अगुवाहरूका रूपमा स्थापित गरियो । प्राविधिक क्रान्तिका लागि विषयवस्तुसँग सम्बन्धित बुद्धिजीवी, विज्ञानदेखि मानवशास्त्रको विज्ञहरूको एकता अनिवार्य छ । प्रजग कोरियामा शिक्षा र निर्माण, शिक्षा र उत्पादनलाई जोडेर अगाडि बढाइएको छ । सांस्कृतिक क्षेत्रको पछौटेपनलाई निर्मूल पार्न र श्रमिक जनताको लागि मजदुर वर्गको नयाँ संस्कृति निर्माण गर्न बुद्धिजीवीहरूले सांस्कृतिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

बुद्धिजीवीहरू पनि वर्गीय हुन्छन् । आफ्नो व्यक्तिगत सुख सुविधा र स्वार्थलाई मात्र प्राथमिकता दिने बुद्धिजीवीहरू मातृभूमिका निम्ति खतरनाक हुन्छन् । कतिपय बुद्धिजीवीहरू देश छोडेर परदेशको सेवामा जुट्छन् । बुद्धिजीवीहरू प्रगतिशील हुन जरुरी हुन्छ । क्रान्तिकारी बुद्धिजीवीहरूले मात्र देश र जनताको सेवा गर्न सक्दछन् । क्रान्ति र निर्माणमा ती बुद्धिजीवीहरूको स्थान र भूमिका निकै महत्वपूर्ण हुन्छ । मजदुर–किसानसँग मिलेर बुद्धिजीवीहरूले क्रान्ति अघि बढाउन सघाउँछन् । बुद्धिजीवीहरू मानसिक श्रम गर्ने श्रमिक नै हुन् । क्रान्तिकारी सङ्घर्षका साथै सामाजिक विकासमा बुद्धिजीवीहरूले ठूलो भूमिका खेल्छन् ।
पुँजीवादी समाजमा बुद्धिजीवीहरू सजिलैसित अस्थिर र द्वैधचरित्र बोक्छन् । त्यसकारण, क्रान्तिकारी शिक्षाबाट तिनको मन जितिसकेपछि मात्रै तिनले क्रान्तिमा सघाउन सक्दछन् । समाजवादी समाजमा पनि पुराना ढुलमुले बुद्धिजीवीहरू रहन सक्छन् । तिनलाई क्रान्तिकारी विचारले दीक्षित बनाउन जरुरी हुन्छ । मजदुर–वर्गीय पार्टीले मात्र बुद्धिजीवीलाई जागृत र सङ्गठित गर्न सक्दछ भन्नुहुन्छ नेता किम । बुद्धिजीवीहरू पार्टीको अभिन्न अङ्गको रूपमा रहन्छन् । पार्टीको विचार र सिद्धान्तले दीक्षित बुद्धिजीवीहरू वास्तवमै क्रान्तिका लागि समर्पित रहन्छन् । बुद्धिजीवीलाई केही समयको लागि प्रयोग गरी बिदा दिने प्रवृत्ति गलत छ बरु तिनलाई क्रान्तिकारी बनाउने, कम्युनिस्ट आचरण सिकाउनु कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण मुद्दा हुन सक्दछ अन्यथा ती विरोधी या शत्रुको खेमामा पुग्न सक्छन् । कोरियाली समाजमा बुद्धिजीवीहरूले विचारधारात्मक, प्राविधिक र सांस्कृतिक क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा पुस्तकमा उल्लेख छ ।
समाजवादी क्रान्तिपछि कोरियाली माटोमा सुरु गरिएको विचारधारात्मक क्रान्तिमा बुद्धिजीवीहरूलाई एक लडाकु, शिक्षक, पार्टी नीति प्रचारक र पार्टी नीतिलाई पुरा गर्न जन–समुदायलाई सही ढङ्गले परिचालन गर्ने अगुवाहरूका रूपमा स्थापित गरियो । प्राविधिक क्रान्तिका लागि विषयवस्तुसँग सम्बन्धित बुद्धिजीवी, विज्ञानदेखि मानवशास्त्रको विज्ञहरूको एकता अनिवार्य छ । प्रजग कोरियामा शिक्षा र निर्माण, शिक्षा र उत्पादनलाई जोडेर अगाडि बढाइएको छ । सांस्कृतिक क्षेत्रको पछौटेपनलाई निर्मूल पार्न र श्रमिक जनताको लागि मजदुर वर्गको नयाँ संस्कृति निर्माण गर्न बुद्धिजीवीहरूले सांस्कृतिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । बुद्धिजीवीहरूको सहयोगविना श्रमिक जनताको सांस्कृतिक तथा प्राविधिक स्तरलाई माथि उठाउन र जुच्छेमुखी समाजवादी संस्कृतिविना साम्राज्यवादी विचार तथा संस्कृतिको घुसपैठलाई रोक्न सम्भव छैन भन्नुहुन्छ नेता किम ।
कला र साहित्यमार्पmत बुद्धिजीवीहरूले देशको स्वाधीनता र क्रान्तिका निम्ति जनतालाई एकजुट गर्न भूमिका खेल्छन् । मजदुर–किसान अर्थात् जनता नै देशका मालिक भन्ने जुच्छे विचारबाट दीक्षित बुद्धिजीवीहरूले साम्राज्यवाद र प्रतिक्रियावादी शक्तिसँग कलममार्पmत लड्नु त्यति सजिलो छैन । क्रान्तिको पक्षमा, समाजवादको पक्षमा बुद्धिजीवीहरूको आवाज बुलन्द बने समाजवाद जोगाउन मुस्किल हुन्न भन्ने शिक्षा प्रजग कोरियाबाट मिल्छ । वर्गीय तथा देश र जनताप्रति समर्पित भावना एवम् क्रान्तिकारी विचारले सुसज्जित बुद्धिजीवीहरूले क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्, ती क्रान्तिका अभिन्न अङ्ग हुन्छन्, समाजवाद निर्माणका बाहक हुन्छन् । बुद्धिजीवीहरूको क्रान्तिकारी सङ्गठनात्मक जीवन सुदृढ बनाउन सके उनीहरूले अझ बढी योगदान गर्न सक्छन् ।
बुद्धिजीवीहरूको विदेश पलायन गलत हो । साम्राज्यवादी देशहरूको लोभलालचमा पर्ने बुद्धिजीवीहरू देशको अखण्डता तथा समाजवाद विथोल्न प्रयोग गरिन्छ । त्यसकारण, युवा बुद्धिजीवीहरूलाई प्रशिक्षित गर्ने साँच्चैको प्रयत्न गरिनुपर्छ भन्नुहुन्छ नेता किम । किसान–मजदुरका छोराछोरीलाई बुद्धिजीवी बनाउन सके देश समाजको विचारधारात्मक, प्राविधिक र सांस्कृतिक परिवर्तन छिटो र चुस्त हुने विश्वास पुस्तकमा पाइन्छ ।
विचारधारात्मक आधारमा समाजवादका केही समस्याहरूको सम्बन्धमा अर्को रचना पुस्तकमा सङ्कलित छ । समाजवादी र कम्युनिस्ट आन्दोलनमा देखापरेका अवसरवादी र संशोधनवादी विचारको चिरफार यस रचनामा छ । माक्र्सवाद–लेनिनवादमा विश्व–दृष्टिकोणको साथै समाजवाद तथा साम्यवादी सिद्धान्तमा पनि सीमाहरू छन् भन्नुहुन्छ नेता किम ।
पुँजीवादको उत्थान, विकास र पतनको नियम र वर्गसङ्घर्षको मार्ग देखाउने माक्र्सवादको अध्ययनलाई व्यावहारिक प्रयोग गर्नुपर्छ । पुँजीवाद एकाधिकारको चरणमा पुगेपछि लेनिनले साम्राज्यवादको सङ्कट र अन्तरविरोधको विश्लेषण गर्नुभयो । यसैको आधारमा उहाँले कुनै एउटा देशमा समाजवादको विजय हुने सम्भावनाको व्याख्या गर्नुभयो र समाजवादी व्यवस्था स्थापना गर्ने सिद्धान्तलाई अघि सार्नुभयो । त्यसपछि चिनियाँ क्रान्तिका लागि अध्यक्ष माओले माओ विचारधारा र नेता किम इल सङले कोरियाली क्रान्तिका लागि जुच्छे विचारधारा प्रतिपादन गर्नुभयो । समय र परिस्थितिअनुसार माक्र्सवाद–लेनिनवादको जगमा देशलाई आवश्यक नवीन विचार आवश्यक हुन्छ ।
सोभियत रुसमा संशोधनवादको प्रवेश सामाजिक प्रजातन्त्रको विचारसँगै भयो, सोभियत रुसको समाजवादलाई बिथोल्न पेरेस्त्रोइका र ग्लास्नोष्ट जस्ता पुँजीवादी, उदारवादी विचारको प्रवेश गराइयो । साम्राज्यवादी देशहरूले तत्कालीन रुसमा सामाजिक प्रजातन्त्रको पक्ष लिए, सोभियत जनताको समाजवादी आकाङ्क्षामा त्यही बखत तुषारापात भयो । सामाजिक प्रतातन्त्रसँगै भौतिक समृद्धिको नारा पनि दिइयो । भौतिक सुखसुविधा र समृद्धिभन्दा स्वतन्त्रता र मुक्ति, शोषण विहीनता र समानता धेरै माथि हुन्छ । त्यसकारण, पुँजीवादको झिलिमिलिभन्दा समाजवादको न्यायपूर्ण बन्दोवस्त जनताका निम्ति प्यारो हुन्छ ।
माक्र्सवाद–लेनिनवादलाई मौलिक र व्यावहारिक प्रयोग गर्ने नाममा संशोधनवाद र अवसरवाद जन्मिने खतरालाई कम्युनिस्ट आन्दोलनले ध्यान दिनुपर्ने शिक्षा पुस्तकबाट मिल्छ । यसका लागि क्रान्तिकारी पार्टी कार्यकर्ता लगायत बुद्धिजीवी समेतले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख छ । नेपालको कम्युनिस्ट आन्दोलनले प्रजग कोरियाको यो अनुभवबाट शिक्षा लिन सके श्रयेस्कर हुन्थ्यो । ‘दुई रचना’ पठनीयमात्र होइन सङ्ग्रहणीय समेत छन् । किम जङ इलका विचार आजपनि सामयिक छन् । दुई रचनाका अनुवादक डिआरप्रति आभार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *