सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
‘बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरूको घर पनि बिगार्छ’ भन्ने उखान अमेरिकामाथि लागू हुन्छ । आफू पनि सहयोग नगर्ने अरुले गरेकोमा पनि डाह गर्ने अमेरिकालगायत पश्चिमी देशहरू चीन र अफ्रिकाबीच रहेको विद्यमान सौहार्दपूर्ण सम्बन्धबाट निकै इष्र्यालु भएका छन् । हरेक तीन वर्षमा हुने चीन र अफ्रिका महादेशमा रहेका ५४ मुलुकबीच हुने आठौँ आर्थिक सहयोग सम्मेलन यही वर्ष सेनेगलको राजधानी डाकारमा हुँदै गर्दा अमेरिकाले यिनीहरूबीचको न्यानो सम्बन्धमा चिसो पानी खन्याउने प्रयास सुरु गरिसकेको छ ।
चीन र अफ्रिकाबीचको आर्थिक सम्बन्धले सम्पूर्ण अफ्रिकी महादेशमा आर्थिक विकासले गति लिदा अमेरिकाको पेट पोलेको वास्तविकता समय – समयमा अमेरिकाले ओकल्ने विषबमनबाट पुष्टि हुन्छ । ट्रम्पको कार्यकालमा अफ्रिकामा चीनको बढ्दो भूमिकाको अमेरिकाले धेरै आलोचना ग¥यो । सन् २०२० मा तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले अफ्रिकी देशहरूलाई खाली आश्वासनमात्र बाँड्ने गरेको आरोप लगाएर उत्तेजक बयानबाजी गरे । चीनले अफ्रिकी मुलुकलाई ऋणको पासोमा फसाए भनेर चीनको बदनाम गरी नै रहे । तेस्रो मुलुकबीचमा आफ्नो हलो अड्काउने अमेरिकीे परम्परा रहेको देखिन्छ । यही वास्तविकतालाई मनन गरेर होला विभिन्न अफ्रिकी नेताहरूले चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउन जोड दिएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपतिले भने, “अमेरिकाको इष्र्याको कारण चीनबाट अफ्रिका महादेशले लिन सक्ने फाइदाबाट वञ्चित हुनुहुँदैन ।” घानाका वित्तमन्त्रीका अनुसार उपनिवेशकालपछि महाशक्ति राष्ट्रका लागि अफ्रिका चेस प्रतियोगिताको खेलजस्तै भएको छ जुन अफ्रिकाको लागि कुनै हालतमा लाभदायक हुनेछैन । केन्याका राष्ट्रपतिले चेतावनी दिएका छन् कि अफ्रिका झगडाको कारण बन्नु हुँदैन र यस्तो झगडामा अफ्रिका फस्नु पनि हुँदैन ।
‘तातो पानीले घर जलाउन’ माहिर अमेरिकाले अफ्रिका महादेश चीनको नयाँ उपनिवेश मुलुकको रूपमा व्याख्या गरेको छ । अफ्रिकामा १० लाख चिनियाँहरूलाई उतारेर उपनिवेश नै बनाउन खोजेको भनेर अमेरिकाले प्रचार गरिरहेको छ । खासमा तथ्य के हो भने हजारौँ चिनियाँ श्रमिक र प्रबन्धकहरूले अफ्रिकी सहरहरूमा दर्जनौँ सरकारी कार्यान्वित पूर्वाधार परियोजनाहरूको नेतृत्व गरिरहेका छन् । सन् २०१९ को तथ्याङ्कअनुसार अफ्रिकामा हाल १८२७४५ चिनियाँ कामदार रहेका छन् जुन विगतको भन्दा कम हो । यहाँ लगभग १० हजार साना ठूला चिनियाँ व्यवसायीहरू फर्महरूमा काम गरिरहेका छन् । सन् २०१५ मा लगभग ३ लाख चिनियाँ कामदार पुगिसकेकोमा हाल लगभग ३० प्रतिशतले घटिसकेका छन् । चिनियाँ कम्पनीहरू रेलवे, सडक र बन्दरगाहसहित पूर्वाधार परियोजनाहरूमा साझेदारको रूपमा छनोट भएका छन् । २००५ र २०१८ बीच चिनियाँ ऋण चार प्रमुख क्षेत्रहरूमा प्रवाहित भएको छः यातायात, ऊर्जा, खानी, र सञ्चार । श्रमको तीव्रता र स्थानीय विशेषज्ञताको आवश्यकता यी उद्योग र परियोजनाहरूमा फरक फरक हुन्छन् ।
पश्चिमाहरू धमिलो पानीमा माछा मार्ने मनसायले ग्वाङझाउमा अफ्रिकी आप्रवासीहरूको दुव्र्यवहारको कारण अफ्रिकामा चीनको छवि बिग्रेको भनेर समय – समयमा उछालिदै छन् । त्यसले सामाजिक सञ्जाल र अफ्रिकी राजनीतिज्ञहरूमा चीनविरुद्ध रोष फैलिएको भनेर प्रचार गरियो । तर वास्तवमा चीनको बारेमा अफ्रिकी दृष्टिकोण संवेदनशील र लचिलो छ । चीनको बारेमा अफ्रिकीहरूको कस्तो विचार छ भनेर अफ्रिकन अनुसन्धान समूहले मत सर्वेक्षण गरेको थियो जसमा ५९ प्रतिशतले चीनप्रति अनुकूल दृष्टिकोण रहेको धारणा रहेको जनाएको थियो । अमेरिकाप्रति ५८ प्रतिशतले उस्तै प्रकारको धारणा व्यक्त गरेका थिए । यदि सर्वेक्षण वास्तविकता हो भने अफ्रिकीहरूले कसैको पक्ष नलिइ सावधानी अपनाएको देखिन्छ । त्यसैले होला, अफ्रिकीहरूले कहिल्यै पनि चीनको अहित हुने गरी पश्चिमाहरूको दबाब भएपनि हङकङ, ताइवान र उइगुर मुसलमानबारेमा टिप्पणी गरेका छैनन् ।
यो शिखर सम्मेलनले संयुक्त राष्ट्र सङ्घको वार्षिक भेलाभन्दा बढी अफ्रिकी राष्ट्र प्रमुखहरूलाई आकर्षित गर्दछ । अफ्रिकी र चिनियाँ नेताहरू कूटनीतिक जम्बोरीमा भेला हुन्छन् जसलाई फोरम अफ चीन अफ्रिका कोओपरेसन (एफओएसीएसी) को नामले चिनिन्छ । पछिल्ला तीन दशकमा धेरै अफ्रिकी देशहरूको लागि यो मञ्च महत्वपूर्ण साझेदार भएको छ । यही मौकामा अमेरिकाले बोलिरहेको कुरा इष्र्यामात्र हो भन्ने पुष्टि हुन्छ । चिनियाँ र अफ्रिकीहरूको उद्देश्य एक शून्य योग खेलमा फस्नबाट जोगिएर दुवै पक्षलाई फाइदा हुने गरी नीति निर्माण गर्नु हो ।
धेरै अफ्रिकी नेताहरूलाई के थाहा छ भने सार्वजनिक स्वास्थ्यजस्ता क्षेत्रमा चाहिने विशाल खर्चको लागि चीनले गरेजस्तो प्रस्ताव अमेरिकाले गर्दैन । यदि नयाँ सडक, पुल वा बन्दरगाहहरूको अत्यावश्यक आवश्यकता छ भने चिनियाँ फाइनान्स र फर्महरू स्पष्ट विकल्प हुन् । चीनले अझै पनि अफ्रिकाको संरचनात्मक रूपान्तरणको लागि चाहिने धन राशी खर्च गर्न तयार छ तर पश्चिमले त्यस्तो तरीकाले समस्याको सम्बोधन गरेको छैन । दूरसञ्चारको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ । अमेरिकाले अफ्रिकी मुलुकलाई यसको प्रविधिको बहिष्कार गर्न दबाव दिइरहदा पनि हुवावेले यस महादेशका कुनै परियोजना गुमाएको छैन । अमेरिकाले उचित विकल्पको प्रस्ताव नगरेको अवस्थामा हुवावेको बहिष्कार गर्नु व्यावहारिक छैन । चीनले संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा ५४ अफ्रिकी देशहरूको भोटलाई ठूलो महत्व दिएको छ । सन् १९७१ मा अफ्रिकी मतले जन गणतन्त्र चीनले संयुक्त राष्ट्र सङ्घमा मान्यता पायो र ताइवानलाई निष्कासन गरियो । जसले साथ दिन्छ उसलाई सहयोग गर्नेछ र जसले विरोध गर्छ उनलाई टाढैबाट नमस्कार गर्ने चीनको चलन देखिन्छ ।
पश्चिमाहरू धमिलो पानीमा माछा मार्ने मनसायले ग्वाङझाउमा अफ्रिकी आप्रवासीहरूको दुव्र्यवहारको कारण अफ्रिकामा चीनको छवि बिग्रेको भनेर समय – समयमा उछालिदै छन् । त्यसले सामाजिक सञ्जाल र अफ्रिकी राजनीतिज्ञहरूमा चीनविरुद्ध रोष फैलिएको भनेर प्रचार गरियो । तर वास्तवमा चीनको बारेमा अफ्रिकी दृष्टिकोण संवेदनशील र लचिलो छ । चीनको बारेमा अफ्रिकीहरूको कस्तो विचार छ भनेर अफ्रिकन अनुसन्धान समूहले मत सर्वेक्षण गरेको थियो जसमा ५९ प्रतिशतले चीनप्रति अनुकूल दृष्टिकोण रहेको धारणा रहेको जनाएको थियो । अमेरिकाप्रति ५८ प्रतिशतले उस्तै प्रकारको धारणा व्यक्त गरेका थिए । यदि सर्वेक्षण वास्तविकता हो भने अफ्रिकीहरूले कसैको पक्ष नलिइ सावधानी अपनाएको देखिन्छ । त्यसैले होला, अफ्रिकीहरूले कहिल्यै पनि चीनको अहित हुने गरी पश्चिमाहरूको दबाब भएपनि हङकङ, ताइवान र उइगुर मुसलमानबारेमा टिप्पणी गरेका छैनन् ।
यो सम्मेलन अफ्रिकाको निम्ति सबैभन्दा ठूलो द्विपक्षीय लेनदेन हो र यसले पुन ऋण सम्झौता गर्न बाटो खोल्न महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसैगरी चीनमा विकास भएको कुनै पनि खोपमा अफ्रिकी देशहरूले प्राथमिकता पाउने चिनियाँ राष्ट्रपतिले प्रतिज्ञा गरेका छन् । कोभिड १९ भन्दा पहिले पनि चीनको अफ्रिकी देशहरूसँगको संलग्नता पूर्वाधारभन्दा पर पुगेको थियो । अमेरिका र बेलायतमा भन्दा बढी अफ्रिकी विद्यार्थीहरू चीनमा अध्ययनरत छन् ।
अन्तमा, आठ हजार किलोमिटर टाढा रहेको अफ्रिका महादेशमा रेल, जलविद्युत, खानीजस्ता ठूला ठूला परियोजनामा सहयोग गर्ने चीनले सँगैको छिमेकी मुुलुक नेपालमा उस्तै प्रकारका परियोजना विकासको लागि किन हिच्किच्याइरहेको छ ? सरकारको नेतृत्व गर्ने नेताहरूले सोच्न जरुरी छ ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)
Leave a Reply