सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
जनवरी २२ तारिख चिनियाँ युन्नान प्रान्तीय खुन्मिङ सहरमा चक्कुधारीले एकजना व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको घटना सार्वजनिक भएको छ । अपहरण गरिएका किशोरलाई छोडाउनका लागि एकजना प्रहरीले बन्धकसामु किशोरको सट्टामा आफूलाई बन्दी बनाउन भन्दै घुँडा टेकेर अनुरोध गरेका थिए । प्रहरीले घुँडा टेकेको दृश्य छेउका दर्शकहरूले मोबाइलबाट खिचिएर भिडियो तथा फोटो इन्टरनेटमा यतिबेला भाइरल भएको छ । उक्त दृश्यलाई सबभन्दा भावुक भनेर चर्चा गरिएको छ ।
घुँडा टेकेका प्रहरीको उक्त दृश्यले हामीलाई अर्को विषयको पनि सम्झना गराएको छ । गत वर्ष अमेरिकी प्रहरीले एक काला जातिका व्यक्तिलाई भुइँमा लडाएर घुँडाले घाँटीमा थिचेर नियन्त्रणमा लिएका थिए । श्वासनली बन्द भएर ती काला जातिका व्यक्तिको मृत्यु भएको थियो । छेउछाउका मान्छेले मोबाइल फोनमार्फत खिचेको उक्त फोटो तथा भिडियोको दृश्य पनि इन्टरनेटमा भाइरल भएको थियो । सो घटनाले अमेरिकामा ठूलो आन्दोलन सुरु भएको छ । घुँडाले घाँटीमा थिचेर नियन्त्रण गर्ने उक्त अमेरिकी कार्यलाई ‘अमेरिकी शैली’ को घुँडा टेकाइ भनिएको छ ।
एक मान्छेको जीवन बचाउनका लागि हो र अर्को ज्यान लिनका लागि । त्यसबीचको सबैभन्दा ठूलो भिन्नता जीवनलाई सम्मान गर्ने कि नगर्ने भन्ने हो । अनि जनधनको सुरक्षालाई प्राथमिकता राख्ने कि नराख्ने भन्ने हो ।
चिनियाँको विश्वासमा प्रहरी र सर्वसाधारण एउटै परिवारका सदस्य हुन् र कठिनाइमा प्रहरीबाट सहयोग पाउन सकिन्छ । सामान्यरूपमा चिनियाँ प्रहरीले बन्दुक बोकेको हुँदैन । पहिलोपटक नेपालमा बन्दुक बोकेको सशस्त्र प्रहरीलाई देख्दा चिनियाँ अचम्म मान्थे । प्रहरीलाई सोध्दा प्रत्येक प्रहरीले दयालु भावमा सहयोग प्रदान गरेका थिए ।
शान्तिका लागि प्रहरीले नै सबैभन्दा बढी बलिदानी दिने र योगदान गर्ने स्रोत हो । जन प्रहरी जनताको लागि हो । यो प्रत्येक जन प्रहरीको प्रारम्भिक इच्छा तथा उद्देश्य पनि हो । जीवन र मानव अधिकारको सम्मान गर्नु भनेको भाषणमात्र होइन ठोस व्यवहारमा देखिनुपर्छ । सर्वसाधारणको सुरक्षाका लागि प्रयास गरिरहेका सबै प्रहरीलाई सबैले सम्मान गर्नुपर्छ ।
सीआरआई
Leave a Reply