भर्खरै :

टोखामा पुस्तक प्रदर्शनी

काठमाडौँ, २१ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ पार्टी स्थापना दिवसको अवसरमा पार्टीद्वारा प्रकाशित पुस्तकहरूको प्रदर्शनी टोखा नगरपालिकाको बिजी मल गोंगबुमा बुधबार भयो ।
काठमाडौँ जिल्ला समितिको आयोजनामा भएको पुस्तक प्रदर्शनीमा नेपाल मजदुर किसान तारकेश्वर नगर समिति, नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका साथीहरूले पुस्तकको प्रदर्शनीमा सहयोग गरेका थिए । बिहान ८ बजेदेखि ४ बजेसम्म भएको प्रदर्शनीमा उत्साहप्रद सहभागिता थियो ।
काठमाडौँको ११ वटै नगरपालिकामा पुस्तक प्रदर्शनी हुने काठमाडौँ जिल्लाका अध्यक्ष नारायण महर्जनले बताउनुभयो । पार्टीका श्रद्धेय अध्यक्ष का. रोहितद्वारा लिखित पुस्तकलगायत ३ सय थरीका पार्टी प्रकाशनहरू प्रदर्शनीमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *