भर्खरै :

भारतको किसान आन्दोलनबारे अन्तर्राष्ट्रिय सेलिब्रिटीहरूबीच अनलाइन झगडा

नयाँ दिल्ली, ६ फेब्रुअरी । ‘भारतको मामिलामा अन्तर्राष्ट्रिय हस्तक्षेप सह्य हुन सक्दैन’, बिहीबार अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसकी भतिजी मीना ह्यारिस, पप स्टार रिहान्ना र जलवायु अभियन्ता ग्रेटा थनवर्गका तस्वीर जलाउन एकीकृत हिन्दू मोर्चाले आयोजना गरेको कार्यक्रममा मोर्चाका कार्यकर्ताले बोकेको व्यानरमा यस्तो लेखिएको थियो ।
भारतमा महिनाँैंदेखि चल्दै आएको किसान आन्दोलनको सफ्टवेयर औजार ‘टुलकिट’ बनाउनेविरुद्ध दिल्ली प्रहरीको साइबर अपराध शाखाले देशद्रोह र आपराधिक षड्यन्त्रविरुद्ध छानबिनसँगै भारतका यस्ता खालका प्रदर्शनहरू भइरहेका छन् । जलवायु परिवर्तनको विरोधमा अभियान सञ्चालन गर्दै आएका चर्चित अभियन्ता ग्रेटा थनवर्गले त्यही टुलकिट प्रयोग गरेर किसान आन्दोलनप्रति सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता व्यक्त गरेकी थिइन् । टुलकिट एक प्रकारको अनलाइन सञ्चार दबु हो जसमार्फत सामाजिक सञ्जालमा ह्यासट्याग गर्न र अनलाइन विरोध गर्नेजस्ता अभियानको ठाउँ बनाइदिने गर्छ ।
 

मीना ह्यारिस


“प्रहरी उजुरीमा कसैको पनि नाम उल्लेख छैन”, दिल्ली प्रहरीका विशेष कमिसनर प्रवीर रञ्जनले भने । उनले स्वीडेनका जलवायु अभियन्ताविरुद्ध उजुरी नगरिएको भन्दै स्पष्टिकरण दिँदै भने । थनवर्गले भने सो ‘विवादास्पद’ टुलकिट हाल मेटिसकेकी छिन् ।
उनले ट्वीटरमा आफ्नो ४७ लाख फोलोअरहरूसामु भनेकी छिन्, “म अझै पनि भारतका किसानहरूको पक्षमा छु र उनीहरूको शान्तिपूर्ण विरोध प्रदर्शनको समर्थन गर्छु ।” उनले कुनै पनि खालका धम्की र घृणाले आफ्नो विचार परिवर्तन नहुने बताइन् ।
कहाँबाट सुरु भयो ?
भारतको राजधानी नयाँ दिल्लीका सिमाना क्षेत्रमा गत दुई महिनाभन्दा बढी समयदेखि धर्ना बसिरहेका भारतीय किसानहरूप्रति अमेरिकी पपस्टार रिहान्नाले गत मङ्गलबार सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता व्यक्त गरेकी थिइन् ।
“हामी किन यो विषयमा कुरा गरिरहेका छैनौँ ? FramersProtest”, सामाजिक सञ्जाल ट्वीटरमा ‘डन्ट स्टप द म्युजिक’ गीतका गायिकाले लेखेकी थिइन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीले ल्याएका तीन वटा कृषि कानुनविरुद्ध अभियानको क्रममा थोपरिएको इन्टरनेट बन्दीको समाचारप्रति टिप्पणी गर्दै प्रतिक्रिया जनाएकी थिइन् ।
१० करोडभन्दा बढी फोलोअर भएकी संसारकै चौथौ सबभन्दा बढी फोलोर भएकी बार्बाडोसकी सुन्दरीको त्यो एक पङ्क्तिलाई तीन दिनमै ८ लाख ७४ हजार मानिसले लाइक र ३ लाख ५० हजारभन्दा बढी मानिसले रिट्वीट गरेका थिए । फलतः एउटा अन्तर्राष्ट्रिय समर्थनको लहर उठेको थियो ।
संरा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसकी भतिजी मीना ह्यारिसले पनि ‘भारतमा इन्टरनेट बन्दी र किसान आन्दोलनकारीहरूमाथि अर्धसैनिक हिंसाको विरोध हामी सबैले गर्नुपर्छ’ भन्दै ‘लोकतन्त्रमाथि हमला भएको’ भनी भत्र्सना गरेकी थिइन् ।
रिहाना र थनवर्गका तस्वीरसँगै भारतका हिन्दूअतिवादीहरूले ह्यारिसको पनि तस्वीर जलाएका थिए । मीना ह्यारिसले भारतको ठूलो पितृसत्तात्मक समाजमा महिलाको सुरक्षाको मुद्दालाई पनि उठाउँदै भनेकी छिन्, “यदि हामी भारतमा बसे उनीहरूले हामीलाई के गर्दा हुन् ¤”
भारतीय किसानहरूको पक्षमा अन्तर्राष्ट्रिय सेलिब्रिटीहरू
भारतीय किसानहरूका मुद्दा अन्तर्राष्ट्रियरूपमा प्रकाशमा ल्याएका रिहानाका धेरै ट्वीटलाई ट्वीटरका मालिक ज्याक डोर्सेले लाइक गरेका छन् । त्यस्तै भारतीय–क्यानाडेली कार्यक्रम प्रस्तोता तथा हाँस्यकलाकार लिल्ली सिंहले रिहानाको ट्वीटको जवाफमा भनिन्, “धन्यवाद रिहाना । यो मानवीय मुद्दा हो ।”
रिहानाले ट्वीट गरेको घण्टौँपछि संसारकै सबभन्दा चर्चित जलवायु अभियन्ता गे्रटा थनवर्गले ट्वीट गरिन्, “म भारतका किसानहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दछु ।”
युगान्डाका जलवायु न्यायका अभियन्ता भनिस्सा नाकातेले लेखिन्, “किसानहरू संसारको पेट भर्छन् । उनीहरूको लागि लडौँ । किसान आन्दोलन जोगाऔँ ।”
अमेरिकी ¥यापर रसले पनि यो अभियानमा जोडिएका छन् । “भारतमा के भइरहेको छ यस्तो पागलपन । मेरा फ्यान (समर्थक) हरूलाई मेरो माया र प्रभावित सबै जनताप्रति समर्थन”, उनले भने ।
रिहानाको ट्वीट गैरजिम्मेवार–भारत सरकार
हरभजन मन र ज्याजी बीजस्ता पञ्जाबी चर्चित गायकहरूले ‘प्रभावशाली आवाज उठाएकोमा’ रिहानाप्रति आभार व्यक्त गरे । विश्वका चर्चित सेलिब्रिटीहरूले किसानहरूप्रति देखाएको ऐक्यबद्धताले भारत सरकार र मोदी सरकारका समर्थकहरूको मन हल्लाइदियो ।
“भारतलक्षित परिचालित क्रियाकलाप कहिल्यै पनि सफल हुन सक्दैन । आजको अवस्थालाई हामीले नै सम्हाल्न सक्नेमा हामीसँग पूर्ण आत्मविश्वास छ ।

रिहाना


भारतले  INdiaAgainstPraopaganda को पक्ष लिन्छ”, भारतका विदेशमन्त्री एस जयशङ्करले ट्वीट गरे । भारतको विदेशमन्त्रालयले ‘सामाजिक सञ्जालका भावुक ह्यासट्याग र टिप्पणी’मार्फत् सेलिब्रेटीहरूले गरेका प्रयास अनुपयुक्त र गैरजिम्मेवार भएको बताएका छन् । बलिउडकी नायिका कङ्गना रणावतले रिहानालाई लक्षित गरी लेखिन्, “उनमा खास के छ र ? उनी आफ्नो नितम्ब हल्लाउन सक्छिन् । अनि क्यामराअघि आफ्नो नग्नता देखाउँदै गीत गाउन सक्छिन् । त्यत्ति हो । अरु केही छैन ।”
रणावतले सुरुमा किसानहरूको प्रदर्शनलाई पैसा लिएर गरिरहेको आन्दोलन भनी टिप्पणी गरेकी थिइन् । उनले पछि आफूले त्यसो नभनेको भनेकी थिइन् । साथै उनले थनवर्गलाई ‘लाटी र बिग्रेकी केटी’ भनेकी थिइन् ।
भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेण्डुलकरले आफ्ना ३ करोड ५० लाख ट्वीटर फोलोअरबीच ट्वीट गरेकी थिइन्, “भारतको सार्वभौमिकतामा सम्झौता हुन सक्दैन । बाहिरी शक्ति पर्यवेक्षकहरू हुन्, सहभागी होइनन् । भारतीयले भारत चिनेका छन् र भारतको लागि उनीहरूले नै निर्णय गर्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *