नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
वसन्त चाड चिनियाँहरूको सबभन्दा ठूलो परम्परागत चाडपर्व हो । पहिले यसै बेला, काम गर्न बाहिर गएकाहरू जन्मथलो फर्कने बाटोमा हुन्थे । यसै वर्ष चीनका केही ठाउँमा कोभिड सङ्क्रमित देखा परेकोले बाहिर गएका धेरै चिनियाँहरूले घर फर्केर वसन्त चाड मनाउने योजना स्वेच्छिक परित्याग गरेका छन् । काम गर्ने ठाउँमै बसेर महामारी प्रतिरोधमा समर्थन दिइरहेका छन् । काम गर्न बाहिर गएकाहरू र परिवारबीच टाढा भए तापनि चाड मनाउने वातावरण छँदै छ । चीनको वाणिज्य मन्त्रालयले फेब्रुअरी ४ निकालेको पछिल्लो तथ्याङ्कअनुसार, जनवरी २० इन्टरनेटमा वसन्त चाड कोसेली दिवस २०२१ महोत्सव सुरू भयो र फेबु्रअरी ३ सम्म चीनभरि इन्टरनेटमा सम्पन्न खुद्रा बिक्रीमा संलग्न रकम ५ खरब १० अरब चिनियाँ युआन पुगिसकेको छ । जन्मथलो फर्कन छोडेकाहरूले बाहिर नगइकन इन्टरनेटमार्फत अर्डर गरेर वसन्त चाडको कोसेली आमाबुबाको हातमा पु¥याइदिएका छन् ।
जन्मथलो फर्कन नपाए तापनि चिनियाँहरूले धुमधामसँग चाड मनाइरहेका छन् । वाणिज्य मन्त्रालयको खबरअनुसार, इन्टरनेटबाट वसन्त चाड कोसेली किनेकाहरू मुख्यतया २५–४६ वर्षीय उमेर समूहका छन् । उनीहरूले कोसेली किन्दाखेरि सामानको गुणस्तर तथा स्वास्थ्यमा बढी ध्यान दिने गर्छन् । कुरियरमार्फत आमाबुबालाई पठाइने कोसेलीमध्ये मोबाइल फोन, भुइँ सफा गर्ने रोबर्ट, स्मार्ट हाइफाइ, मालिस गर्ने इलेक्ट्रोनिक कुर्सी आदि रहेका छन् । कुरियरले पु¥याइदिएको सामानबाट परिवारप्रति सम्झना र माया समेटिन्छ । महामारी सामान्यीकरण भएको पृष्ठभूमिमा इन्टरनेटमार्फत वसन्त चाड कोसेली किन्नु नै चालू वर्ष चिनियाँहरूमाझ चिनियाँ नयाँ वर्ष मनाइने नयाँ प्रचलन बनिसकेको देखिन्छ ।
– सीआरआई
Leave a Reply