भर्खरै :

समाजवाद स्थापनाको लागि जनताको सङ्गठन आवश्यक

काभ्रे, २४ माघ । नेपाल क्रान्तिकारी महिला सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवस बनेपामा शनिबार भयो ।
जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादको उद्देश्य पूरा गर्न धेरैभन्दा धेरै जनतालाई नेमकिपाको झन्डामुनि ल्याउनु आवश्यक भएको नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले बताउनुभयो । उहाँले सारा व्यक्तिगत स्वार्थ छोड्न लगाएर देश र जनताको हितको काममा ल्याउनु कठिन काम हो । हामीले कठिन काम नै रोजेका हौँ अध्यक्ष थापामगरले भन्नुभयो ।
नाम महत्वपूर्ण होइन व्यवहार मुख्य कुरो हो । नेमकिपाले नामलाईभन्दा कामलाई महत्व दिन्छ । नक्कली कम्युनिस्टको जनतासामु चिरफार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले वर्ग सङ्घर्षबाट नै कामदार वर्गको मुक्त हुने बताउनुभयो । नेमकिपाले स्थापनाकाललेखि लिएको नीति र सिद्धान्तमा आजसम्म कुनै हेरफेर गर्नु परेको छैन अध्यक्ष वैद्यले भन्नुभयो ।
कानुन अध्ययन समाज नेपालका केन्द्रीय सदस्य अनिता जधारीले कानुनको अज्ञानता देखाएर माफी नपाउने बताउनुभयो । साइवर अपराधको घटना वृद्धि हुँदै गइरहेको अवस्थामा आप्mना नानीहरूले इन्टरनेट चलाउँदा के गरिरहेका छन् भनी निगरानी राख्नुपर्छ भन्नुभयो । नेपाल क्रान्तिकारी महिला सङ्घ काभ्रे जिल्ला समितिका अध्यक्ष कान्ती वैद्यको सभापतित्वमा भएको कार्यक्रममा डा. हरिप्रसाद मानन्धर, पुण्यशोभा श्रेष्ठ, शर्मिला प्रजापति, राजु तामाङलगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *