भर्खरै :

ख्वपको वार्षिक उत्सव कार्यक्रमको अवसरमा दौड प्रतियोगिता

भक्तपुर, १२ फागुन । ख्वप मा.वि.को २१ औँ, ख्वप कलेजको १९ औँ र शारदा क्याम्पसको ३० औँ वार्षिक उत्सव कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शुक्रबार बिहान १०ः३० बजे हुने भएको छ ।
यसै क्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूबीचको दौड प्रतियोगिताको बुधबार उद्घाटन गर्नुभयो ।
प्रतियोगिताअन्तर्गत छात्र दौड प्रतियोगितामा व्यवस्थापन ११ का रुपेश खड्का प्रथम, विज्ञान १२ का सुशान्त कार्की द्वितीय र विज्ञान १२ कै नवीनराज बम तृतीय भए ।
त्यस्तै छात्रा दौड प्रतियोगितामा विज्ञान ११ की रेष्टिना सितिखू प्रथम, बीबीएस पहिलो वर्षकी रुकु खाइजू द्वितीय र मानविकी १२ का सिवानी खड्का तृतीय भइन् । प्रतियोगितामा ४७ जना छात्र र २९ जना छात्राहरूले भाग लिएका थिए ।
विजयी विद्यार्थीहरूलाई फागुन १४ गते हुने वार्षिक उत्सव कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजक कलेजले जानकारी दिएको छ ।
वार्षिक उत्सव कार्यक्रमकै अवसरमा आज (बिहीबार) बिहान ९ः०० बजे विद्यालय तथा कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *