युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
संरा अमेरिकामा जो बाइडेनको नयाँ सरकार बनेयता पहिलो पटक हमला भएको छ । संरा अमेरिकाका राष्ट्रपति जो बाइडेनले बिहीबार संरा अमेरिकी सेनालाई पूर्वी सिरियामा हमला गर्न निर्देशन जारी गरेका हुन् । पेन्टागनले सो क्षेत्रमा इरानको समर्थन प्राप्त लडाकूहरू रहेको दाबी गरेको छ । हवाई हमलामा परी कम्तीमा १७ जनाको हत्या भएको स्वास्थ्य क्षेत्रको स्रोत उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले लेखेको छ ।
“राष्ट्रपति बाइडेनको निर्देशनमा संरा अमेरिकी सेनाले आज साँझ पूर्वी सिरियास्थित इरानको साथ प्राप्त लडाकू समूहले प्रयोग गर्दै आएको पूर्वाधारमाथि हवाई हमला गरेको छ । इराकमाथि हालै अमेरिकी र गठबन्धनका सिपाहींहरूमाथि भएको हमला र अहिले पनि सिपाहींहरूमाथि धम्कीको जवाफमा यो हमला गर्नु उचित हो”, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
सिरिया सेनाको स्रोतबाट प्राप्त जानकारीअनुसार इराकसँगको सीमावर्ती पूर्वी सिरियाको अबु कमल बन्दरगाह नजिक पटक–पटक हवाई हमला भएको थियो । हमला बिहीबार झन्डै मध्यरातमा भएको थियो ।
नाम उल्लेख नगर्ने सर्तमा संरा अमेरिकाका एक जना अधिकारीले दिएको जानकारी अनुसार हवाई हमलाको यो निर्णयमार्फत संरा अमेरिकाले मूलतः दुई वटा सन्देश दिन खोजेको छ । पहिलो, संरा अमेरिका ती लडाकूहरूलाई सजाय गर्न चाहन्छ र ऊ अवस्थालाई अझ ठूलो द्वन्द्वमा लान पनि चाहँदैन ।
गत फेब्रुअरी १५ को दिन इर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एउटा संरा अमेरिकी सैनिक आधारमाथि भएको रकेट हमलामा परी एक जना गैरअमेरिकी भाडाको सुरक्षाकर्मीको निधन हुनुको साथै केही सङ्ख्यामा अमेरिकी भाडाको सुरक्षाकर्मी र एक जना संरा अमेरिकी सिपाही घाइते भएका थिए । त्यस्तै इराकको राजधानी बग्दादको उत्तरमा तैनाथ स.रा. अमेरिकी आधारमा भएको हमलामा एक जना अमेरिकी भाडाको सुरक्षाकर्मीको निधन भएको छ ।
केही पश्चिमा र इराकी अधिकारीहरूले सो हमला कतैब हेजबुल्लाहका लडाकूहरूबाट भएको र इरानी साझेदारहरूले आफू जिम्मेवार नदेखिने गरी संरा अमेरिकी सेनामाथि यस्ता हमलाहरू गर्ने गरेको बताएका छन् ।
गत साता कैतब हेजबूल्लाह समूहले संरा अमेरिकी शक्तिमाथि भएको हमलामा आफ्नो कुनै भूमिका नभएको प्रस्टिकरण दिइसकेको छ ।
संरा अमेरिकाको अघिल्लो सरकारको पालामा इरानी सैनिक नेता कसिम सोलेमनीको हत्यापछि दुई पक्षबीच तनाव बढेको थियो । सोलेमनीको हत्याको विरोधमा इरानले इराकस्थित संरा अमेरिकी फौजलाई लक्षित गरी बालास्टिक मिसाइल हमला गरेको थियो ।
बिहीबारको हमलाप्रति प्रतिक्रिया व्यक्त गर्दै चीनले सबै सम्बन्धित पक्षलाई सिरियाको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार नियमित पत्रकार भेटघाटमा यस्तो प्रतिक्रिया दिएका हुन् । वाङले विद्यमान अवस्थामा सबै पक्षले थप नयाँ मुद्दा नथप्न आग्रह गरेका छन् ।
रुसले पनि शुक्रबार सिरियाको अवस्थालाई नजिकबाट नियालिरहेको र सिरिया सरकारसँग लगातार सम्पर्कमा रहेको बताएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकार भेटघाटमा संरा अमेरिकाले यो हमलाको विषयमा रुसलाई पूर्वजानकारी दिएको थियो वा थिएन भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए ।
सिरियामाथिको हमलाले संरा अमेरिकी राष्ट्रपति भवनमा जोसुकै कुर्सीमा भए पनि त्यहाँको सरकारको साम्राज्यवादी चरित्रमा कुनै प्रकारको परिवर्तन नआएको प्रस्ट भएको छ । डेमोक्रेटिक वा रिपब्लिक जुनसुकै दलको सरकार भए पनि साम्राज्यवादले विदेशी भूमिमाथिको हमला नछोड्ने यसबाट पुष्टि गरेको छ ।
Leave a Reply