भर्खरै :

सत्ता स्वार्थको लागि विदेशीसामु झुक्नु गलत

नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा नगरस्तरीय भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शासक दलहरू सत्ता स्वार्थका कारण विदेशी शक्तिसामु झुक्ने जोखिम बढेको बताउनुभयो ।
एमसीसी परियोजना संसद्बाट पारित गर्ने प्रतिबद्धतापछि प्रतिनिधिसभा पुनःस्थापना भएको चर्चा गर्दै उहाँले एमसीसी परियोजना नेपाल र नेपाली जनताको हितमा कदापि नरहेको बताउनुभयो ।
“एमसीसीले नेपाली जनतालाई परनिर्भरताको सिक्रीले बाँध्नेछ”, उहाँले भन्नुभयो ।
राजनीति पद र पैसाको खेल नभई देश र जनताको सेवा गर्ने बाटो भएको प्रस्ट पार्दै सचिव सुवालले शिक्षकहरूले समाजमा रूपान्तरणको लागि नयाँ पुस्तालाई अझ सक्रिय र सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपाको हालै सम्पन्न ३१ औैँ केन्द्रीय परिषद्को सन्देशबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ केन्द्रीय समितिका संयोजक ज्ञानसागर प्रजापति, शिक्षिका अम्बिका न्याइच्याई, नेक्राशिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गणेशराम थुसा र विष्णुप्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *