भर्खरै :

पद्धति र विधिको कुरा उठाउनेले नै उल्लङ्घन !

प्रतिनिधिसभाको बैठक नजिकिँदै छ । प्रतिनिधिसभाको बैठक नजिकिएसँगै सत्तारुढ दल नेकपामात्र होइन प्रमुख प्रतिपक्षी दल नेका पनि तात्न थालेका छन् । नेकाले शुक्रबार बैठक बोलाएको छ । नेकाले आवश्यक परे सरकारको नेतृत्व गर्ने जनाएको छ । नेकपा दाहाल पक्षले प्रम ओलीलाई पार्टी साधारण सदस्यताबाट हटाएको छ । दाहाल पक्षको विचारमा पार्टीको साधारण सदस्यसमेत नरहेका व्यक्ति संसदीय दलको नेता हुनसक्दैन ।
एकातिर विभाजित नेकपाको आधिकारिक पार्टी आ–आफ्नो भएको दाबी छ । कानुनतः नेकपा नछुट्टिएको बेला बहुमतको नाउँमा पार्टी नेताहरूलाई गरिरहेको कारबाही सही ठहर्छ कि ठहर्दैन ? कहिले सरकारको नेतृत्व गरेको ओली समूहले दाहाल पक्षका नेताहरूमाथि कारबाही गर्छ । आधिकारिक पार्टीको छिनोफानो नहुँदै आफ्नै पार्टी आधिकारिक मानेर गरिरहेको कारबाहीले मान्यता पाउँछ कि पाउँदैन ? मान्यता कुन पक्षको नेकपालाई दिने ?
पार्टीको साधारण सदस्यबाटै निकालिएको हो भने केपी ओलीको प्रम पद कसरी कायम हुन्छ ? एकातिर ओलीले प्रम भएरै जिल्ला–जिल्लामा पुगी उद्घाटन र शिलान्यास गरिरहेका छन् । आफूले गरेको कारबाही सही ठहर्दैन, कारबाहीको मान्यता पाउँदैन भने कारबाहीमात्र गरेर के गर्ने ? के पार्टी सदस्यबाट निकालिनेबित्तिकै ओलीले प्रम पद छोड्छन् ? के प्रमबाट हटाउने उपाय पार्टी सदस्यबाट निकाल्नु हो ? संसद् आह्वान भइसकेको सन्दर्भमा कुनै विधि र पद्धतिको ख्यालै नगरी प्रम हटाउने चाल कतिको जायज हो ? दाहाल–नेपाल पक्ष आफै पद्धति र विधिको कुरा उठाउने, अनि आफैले त्यो उल्लङ्घन गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *