सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
६ मार्च सन् १८९५ मा एङ्गेल्सले माक्र्सको ‘फ्रान्समा वर्गसङ्घर्ष’ को भूमिका लेख्नुभएको थियो । त्यस भूमिकामा सन् १८४८ देखि १८९५ सम्मकै युरोपका क्रान्तिहरू, हारजीत र सर्वहारा वर्गको भूमिकाबारे लेखाजोखा गर्नुभएको थियो । क्रान्तिको नेतृत्वको प्रश्न, स्थिति, पेरिस कम्युनमा बहुमत भएको ब्लांकीवादी र अल्पमतका प्रुधोवादीहरूको आपसी झगडा, नगरमा बाधा हालेर लड्ने लडाइँ र हातहतियारको विकास आदि उल्लेख गर्नुभई सर्वहारा क्रान्तिको विशेष तयारी गर्नुपर्ने र अधकल्चो काम गर्नुहुन्न भन्ने खबरदारी एङ्गेल्सले गर्नुभयो । जर्मनी र अरू देशमा मजदुर वर्गले कसरी चुनावलाई आप्mनो प्रचारको सबभन्दा राम्रो साधन बनाएको छ भन्ने बयान यस लेखको मुख्य सार थियो, “सैनिक साधन र युद्धका सामग्रीहरूमा धेरै विकास भइसकेको हुनाले मजदुर वर्गले आफूलाई नयाँ ढङ्गले सशस्त्र गर्नुपर्छ र जनतामा सर्वहारा वर्गको प्रभाव परेको छ, त्यो सर्वहारा वर्गको निम्ति अनुकूल परिस्थिति हो, पुँजीपति वर्गको साहस झन्–झन् घट्दै गएको छ ।”
त्यस ऐतिहासिक र अर्थपूर्ण लेखाजोखालाई वर्नस्टिनले एङ्गेल्सले कानुनी सङ्घर्षमा जोड दिनुभएको गलत अर्थ लगाए र पुँजीवादी व्यवस्थालाई नै अगाडि बढाउने वैधानिक बाटो अघि सारे । त्यसको जवाफमा रोजाले भन्नुभएको थियो, “एङ्गेल्सको भनाइ पीडित मजदुर वर्गको निम्ति हो, विजयी मजदुर वर्गको निम्ति होइन, साथै समय परिपक्व भइसकेपछि अर्थात् पूरा तयारी गरिसकेपछि मजदुर वर्गले जबरजस्ती राज्यसत्ता कब्जा गर्ने कुरामा एङ्गेल्सले कहिले पनि अस्वीकार गर्नुभएको छैन ।”
सुधारबारेको उत्तरमा रोजाले लेख्नुभयो, “सुधार क्रान्ति इतिहासको दराजमा प्रदर्शन गरिएका चिसो वा तातो वस्तु होइनन्, जसलाई इच्छाअनुसार छानेर खान सकियोस् । यी दुवै वर्गीय समाजका फरक–फरक अवस्था हुन्, जो एकले अर्कोमाथि असर पार्दछ । तर, यी दुवै वस्तु आपसमा विरोधी वस्तुका द्योतक पनि हुन् – दक्षिणी र उत्तरी धु्रवजस्तै अथवा पुँजीपति र सर्वहाराजस्तै ।” रोजाले भन्नुभयो, “आजको क्रान्तिको नियम क्रान्तिकै फल हो । वर्गीय समाजमा नयाँ निर्माणको निम्ति गरिने राजनैतिक काम नै क्रान्तिको अर्को नियम हो । सुधार क्रान्तिपछि बिस्तारै हिँड्ने कानुनी गतिविधि र सङ्केत गर्ने कुरा हो । क्रान्तिविनाको सुधारको प्रेरणा शक्ति हुँदैन । इतिहासको हरेक अवस्थामा क्रान्तिपछि सुधारको बाटो अगाडि बढ्छ । त्यसको चाल क्रान्तिबाट ल्याएको प्रेरणा भएसम्म चालू रहन्छ । अर्को शब्दमा, क्रान्तिबाट बनाइएको सामाजिक ढाँचाभित्र मात्रै सुधारले विकास गर्नसक्छ । राजनैतिक सत्ता कब्जा गर्ने बाटो छोडेर कानुनी बाटोमा जानेहरूले आप्mनो उद्देश्यतिर शान्तिपूर्वक र बिस्तारै जाने बाटोमात्रै लिएका हुँदैनन्, तिनीहरू त अर्को उद्देश्यलाई स्वीकार गर्छन् ।”
वर्नष्टिन र उनका संशोधनवादी साथीहरूले भने, “क्रान्तिलाई लामो समयसम्म ठूलो इलाकामा फैलायो भने त्यो सुधार हुन्छ अथवा लामो समयसम्मको सुधारलाई जम्मा गरियो भने त्यो क्रान्ति हुन्छ ।” रोजाले संशोधनवादीहरूको त्यो तर्कलाई ‘निराधार, असत्यमात्रै होइन, इतिहासविरोधी कुरा’ भनेर छ्यास्नुभयो ।
वर्नस्टिन र उनका मतियारहरू ‘प्रजातन्त्र’ र वैधानिकतामा जोड दिएर भन्थे– “प्रजातन्त्रको मतपत्रमा निरङ्कुश शासकहरूले टाउकोलाई पनि जनताको अगाडि झुकाउने क्षमता राख्छन् । संसद्, विधानसभा या प्रतिनिधिसभामा बहुमत आउनासाथै पुँजीवादीहरूले आप्mनो शासन मजदुर वर्गलाई सुम्पिदिनु पर्नेछ – बिनाहिंसा र रगतले समाजवाद कायम हुन्छ । रोजाले त्यस्ता मूर्खतापूर्ण कुरालाई माकुराको जालोजस्तै पन्छाउँदै भन्नुभयो, “मानव समाजको राजनैतिक विकासमा प्रजातन्त्र एक सानो वस्तु हो । तर, पुँजीवाद र प्रजातन्त्र एक अर्कोमा आधारित छ भन्नु एकदमै विराम हुन्छ ।” पुँजीवादले सधँै प्रजातन्त्रको लुगा लगाउँछ भन्ने कुराको कुनै अनिवार्यता छैन । आफूलाई फाइदा हुने देखेमा पुँजीवादले निरङ्कुश राजतन्त्रदेखि लिएर पूर्ण प्रजातान्त्रिक व्यवस्थासम्म अपनाउन सक्छ ।” रोजाको भनाइ फ्रान्समा नेपोलियनको बेला र जर्मनीमा विस्मार्कको बेलासँग पूरै मेल खान्थ्यो । पुँजीपति वर्ग आफूले बनाएको ऐन–कानुन र संविधानलाई ‘आपत्काल घोषणा’ गरेर फिर्ता लिन्छ, कुकुरले चुहाइसकेको ¥याल फेरि चाटेजस्तो ।
चुनावमा भाग लिनेबारे
संशोधनवादीहरू चुनावलाई समाजवादको माध्यम सम्झन्थे । रोजाले त्यस विचारलाई अस्वीकार गर्नुभयो । रोजाले भन्नुभयो, “वैधानिक उपायबाट हामी न त प्रजातन्त्रलाई विकास गर्नसक्नेछौँ न त मानव उन्नतिलाई नै अगाडि बढाउन सक्नेछौँ । वैधानिक बाटोले कुनै पनि ठूलो कामको कोसिसलाई बेकार साबित गरिदिनेछ । विधानसभाद्वारा शासन गर्ने व्यवस्था पुँजीवादीहरूले आप्mनो हित र सामन्ती हुकुमी राजासँग पुँजीवादको सङ्घर्ष भएसम्म मात्रै त्यसको उपयोगिता रहन्छ । सामन्ती राजतन्त्रमाथि पँुजीवादको विजयपछि पुँजीपति वर्गको निम्ति वैधानिक बाटोको महत्व घट्न थाल्छ । अब पुँजीवादी देशहरूमा सामन्ती शासनसँग सम्झौता गर्ने प्रवृित्त बढिरहेको छ । बेलायत, फ्रान्स र जर्मनीमा त्यसको लक्षण प्रस्ट देखिन्छन् ।”
सामन्तवादविरोधी क्रान्तिको बेलामा विजयी पुँजीपति वर्ग फेरि तल्लो वर्गसँग सङ्घर्षमा उल्झिहाल्थ्यो । सामन्त वर्ग र पुँजीपति वर्गको सङ्घर्षको बेला तल्लो वर्ग उठ्ने मौका पाउँथ्यो । बेलायत, फ्रान्स र जर्मनीको क्रान्तिमा पुँजीपति वर्ग सत्तामा आउनासाथै तल्लो वर्ग आप्mनो माग लिएर अगाडि बढ्यो । यसकारण सामन्त वर्ग र पुँजीपति वर्ग एक आपसमा मिल्ने सम्भावना बढ्न थालेको थियो । रोजाले त्यही कुरो भन्नुभयो ।
मजदुर आन्दोलनलाई शिथिल पार्न पुँजीपति वर्गले शासन सत्तामा मजदुर वर्गका प्रतिनिधि र समाजवादी दलहरूलाई सामेल गराउने नीति लिन थाल्यो । मजदुर आन्दोलन दबाउनका लागि त्यो चास्नी पोतेको गोली थियो । फ्रान्सको पुँजीवादी मन्त्रिमण्डलमा अलेक्जेन्डर मिलेरो भन्ने एक समाजवादी नेतालाई राखियोे । फ्रान्सेली समाजवादीहरू त्यसलाई आप्mनो सफलता मान्थे । तर, रोजाले पुँजीवादी मन्त्रिमण्डलमा हिस्सा लिने कुराको विरोध गर्नुभयो र चुनावमा भाग लिने कुरालाई मात्रै स्वीकार गर्नुभयो । चुनावमा भाग लिनुको अर्थ जनतामा समाजवादको प्रचार गर्नु र त्यसको प्रचारको मात्रालाई हेर्नु हो र संसद्मा जानुको अर्थ जनताको मागलाई अगाडि बढाउनु र सकेसम्म जनताको पक्षमा ऐन–कानुन पास गराउन सङ्घर्ष गर्नु हो । यसप्रकार रोजा चुनावलाई प्रचार कार्यको महत्वमाथि मात्रै सीमित राख्नुहुन्थ्यो ।
संसद्मा मजदुर वर्गको प्रतिनिधि बढ्दै गएपछि पुँजीपति वर्गको विरोध पनि बढ्दै जानेछ र संसद्बाट मजदुर वर्गको भलाइ गा¥हो हुँदै जानेछ भन्ने कुरा रोजा भन्नुहुन्थ्यो । यसकारण संसद्बाट मजदुर वर्गको भलो हुन्न भन्ने कुरा बुझेर मजदुर वर्गले संसद्बाहिर क्रान्तिको निम्ति सङ्गठन गर्नुपर्छ भन्ने पक्षमा रोजा हुनुहुन्थ्यो ।
पुँजीवादी मन्त्रिमण्डलमा मजदुर प्रतिनिधि घुस्नेबारे रोजाले गम्भीरतापूर्वक भन्नुभयो, “मजदुर वर्गको प्रतिनिधि पुँजीवादी सरकारमा आप्mनो वर्गको काम नछोडिकन पनि एउटै सर्तमा मात्रै सामेल हुनुपर्छ, त्यो हो उसले शासनयन्त्रमा कब्जा गरोस् र त्यसको प्रयोग विजयी मजदुर वर्गको हतियारको रूपमा गरोस् । ………… पुँजीवादी समाजमा समाजवादले विरोधी शक्तिको भूमिकामात्रै लिन सक्छ । पुँजीवादी सरकारको मसानको खरानीमा मात्रै मजदुर वर्ग एक सरकारको रूपमा उभिन सक्छ या समाजवादको निर्माण हुनसक्छ ।”
अन्तमा रोजाको कुरो सत्य साबित भयो । फ्रान्सको पुँजीवादी मन्त्रिमण्डलमा सामेल भएको मजदुर प्रतिनिधि मिलेरोको पतन भयो । उसले पुँजीवादीहरूको धम्की सहनुप¥यो, देश र विदेशमा फ्रान्सेली सरकारले जनताको विरोधमा गरेको दमनको समर्थन गर्नुप¥यो । रुसको राजा जार फ्रान्स आउँदा झुकेर सलाम गर्नुप¥यो । चुनावमा भाग लिने र संसदीय बाटोबाटै समाजवाद आउँछ भन्ने जर्मनीको सामाजिक–जनवादी पार्टी पनि त्यसैबाट खत्तम भयो । बेलायतको मजदुर पार्टी र उसको नेता सामजे चैकडोनाल त्यही विचारले खत्तम भयो । फ्रान्सको पपुलर फ्रन्ट (जनताको मोर्चा) को सरकार पनि त्यस्तै भयो । सन् १८९८ अक्टोबर महिनामा समाजवादी नेता बाबेललाई पत्र लेखेर रोजाले वर्नष्टिनलाई पार्टीबाट निकाल्न जोड दिनुभयो । तर, त्यसबेला पार्टी र सङ्गठनका मुख्य–मुख्य पदहरू संशोधनवादीहरूले हत्याइराखेका थिए ।
माक्र्सवादको पक्षमा
रोजा ३० वर्षकी हुनुहुन्थ्यो । उहाँले आप्mनो उमेरको बढी समय लेखपढमा लगाउनुभयो । संशोधनवादीहरूसँगको सङ्घर्ष चर्किंदै गइरहेको थियो । अनिवार्य आर्थिक सङ्कटबाट पुँजीवादी देशले आप्mनो चिहान आफै खन्छ भनेर माक्र्सले भन्नुभएको थियो । तर, सन् १८७३ देखि १९११ सम्म आर्थिक सङ्कटको बज्रपात भएन । स–साना कम्पनीहरू एक भए अथवा तिनीहरू एक सङ्गठनमा गाँसिए र हानथाप कम भयो । यसैबेला वर्नस्टिनले माक्र्सवाद खोटो साबित भयो भनेर माक्र्सवादमाथि हिलो छ्याप्ने काम गरे ।
रोजाले वर्नस्टिनको ठम्याइलाई छ्यास्दै भन्नुभयो, “उत्पादन बढ्दै जाने पुँजीवादी व्यवस्था र बजारको सीमितताले आर्थिक सङ्कट अनिवार्य छ, आर्थिक सङ्कटलाई केही समयको निम्ति पर सार्न सके पनि त्यसको अनिवार्यतालाई छेक्न सकिन्न बरु त्यो झन् चर्को र व्यापक हुनेछ । पुँजीवादी व्यवस्थाको भित्री बेमेल झन्झन् चर्किंदै जाने भएकोले त्यसको नास छिट्टै हुनेछ । साधारण आर्थिक सुधारले आर्थिक सङ्कटलाई रोक्न चाहे पनि त्यो अस्थाइ हुन्छ ।” नभन्दै सन् १९११ को वर्षमा एक ठूलो आर्थिक सङ्कटले युरोपको पुँजीवादी जगलाई हल्लाइदियो । रोजाको भविष्यवाणी सही साबित भयो र वर्नस्टिनको सिद्धान्त गलत प्रमाणित भयो ।
अन्धराष्ट्रवाद र सर्वहारा अन्धराष्ट्रवाद उपनिवेश र विदेशी बजारको निम्ति पुँजीवादी राज्यहरूको माझमा हानथाप सुरू हुन्छ । हात–हतियारमा वृद्धि हुन थाल्छ । यो पुँजीवादको अन्तिम अवस्था हो । यस अन्तिम अवस्थाको विषयमा मजदुर वर्गले राम्रोसँग बुझ्नुपर्छ । यसको ज्ञान भएन भने साम्राज्यवादको विरोधमा लड्न न त स्पष्टता हुन्छ न त शक्ति नै । तर, संशोधनवादीहरूले यस कुरालाई बङ्ग्याइ के भन्न थाले भने साम्राज्यवाद पुँजीवादको विकसित रूप हो भने त्यसलाई विकसित हुन दिनुपर्छ । त्यसले बहुमत पुँजीपतिहरू एक मुट्ठी युद्धपिपासु पुँजीपति वर्गहरूको विरोधमा जानेछन् ।
वर्नस्टिनका एक चेला कोनार्ड स्मीडरले त आर्थिक सुधारलाई सा¥है माथिसम्म राखेर अब पुँजीपतिहरू एक प्रबन्धकमात्रै रहन जानेछन् भन्ने कुतर्क पेश गरे । उनको भनाइमा पँुजीवाद स्वतः समाजवादमा फेरिनेछ र क्रान्तिको आवश्यकता छैन । माक्र्सवादलाई अवैज्ञानिक सिद्धान्त साबित गर्ने त्यस खोटो विचारलाई खण्डन गर्दै रोजाले भन्नुभयो, “मजदुर सङ्घहरू पुँजीवादी शोषणको मनपरीतन्त्रलाई रोक्न लड्नेछन्, तिनीहरूले पुँजीवादी नियमलाई र आप्mनो शक्तिलाई बुझ्नेछन्, बिस्तारै युद्धको अनिवार्यतालाई थाहा पाउनेछन् र अन्तमा पँुजीवादसँग आप्mनो अन्तिम लडाइँको तयारी गर्नेछन् ।”
यसैबेला रुसमा लेनिन र अरू समाजवादी–प्रजातन्त्रवादीहरू माक्र्सवादी सिद्धान्तमा आधारित एक राजनैतिक पार्टी बनाउन लाग्दै हुनुहुन्थ्यो । रुसी माक्र्सवादीहरू आर्थिक सङ्घर्षमात्रै गर्न चाहने, राजनैतिक सङ्घर्ष गर्न नचाहने अर्थवादीहरूसँग सैद्धान्तिक सङ्घर्ष गर्दै थिए र लेनिन भने ‘फिलिँगो’ (इस्क्रा) भन्ने एक अखबार निकाल्न चाँजोपाँचो मिलाउँदै हुनुहुन्थ्यो ।
अर्थशास्त्रको प्रवेशिका
जर्मनीको समाजवादी प्रजातान्त्रिक पार्टीले बर्लिनमा एक पार्टी स्कूल (तालिम केन्द्र) स्थापना ग¥यो । त्यो स्कूल जाडोको समयमा मजदुर र पार्टी कार्यकर्ताको तालिमको निमित्त बनाइएको थियो । त्यहाँ सामाजिक विज्ञान (भूगोल, इतिहास, अर्थशास्त्र, राजनीतिशास्त्र आदि) र आन्दोलनका प्रचारात्मक शिक्षा दिइन्थ्यो । त्यसमा सम्पादकहरू, भाषणकर्ताहरू र अरू पदाधिकारीहरूको व्यवस्था गरिएको थियो । त्यसमा ३० जवान व्यक्तिहरू मजदुर सङ्घहरूबाट चुनिन्थे । रोेजा पनि त्यसमा शिक्षिका चुनिनुभयो ।
त्यस तालिम केन्द्रमा विभिन्न सांस्कृतिक स्तरका कार्यकर्ताहरू आउँथे, यसकारण तिनीहरूको पढाइ पुँजीवादी स्कूल कलेजको कक्षाभन्दा भिन्न खालको हुन्थ्यो । रोजाको पनि आफ्नै ढङ्गको शिक्षण कला (सिकाउने तरिका) थियो । उहाँले विद्यार्थीहरूमा आफैले सोच–विचार गर्ने उत्सुकता जगाउने खालको प्रश्न उत्तरको तरिका प्रयोग गर्नुहुन्थ्यो । उहाँ निरङ्कुश पिताजस्तो शिक्षिका नभई एक साथीजस्तो भइदिनुहुन्थ्यो । उहाँको पढाउने तरिकाले गर्दा उहाँसँग विरोध राख्ने विद्यार्थीहरू प्रभावित हुन्थे ।
त्यस शिक्षण कार्यको निम्ति रोजाले केही टिपोटहरू गर्नुभएको थियो । त्यही टिपोटलाई पछि उहाँले एक किताबको रूपमा विकास गर्नुभयो । किताबको नाम हो –‘अर्थशास्त्रको प्रवेशिका’ । त्यस पुस्तकमा उहाँले त्यसबेलाको अर्थशास्त्र सामन्तवादको विरोधमा पुँजीपति वर्ग (पुँजीवाद) ले बनाएको शास्त्र हो भनेर छर्लङ्ग पारिदिनुभयो । त्यसले पुँजीवादी व्यवस्थाको मात्रै सेवा गर्छ, जब कि समाजमा मजदुर वर्गको पनि जन्म भइसकेको छ । यसकारण त्यसमा उहाँले त्यस स्वार्थी अर्थशास्त्र र त्यसका विद्वानहरूलाई खुबसित छ्यास्नुभएको थियो ।
रोजाले पुँजीको बारेमा पनि एउटा पुस्तक लेख्नुभयो । उहाँले त्यसमा पुँजीवाद कसरी तीन तहबाट विकास भयो र सङ्कटहरूले त्यो कसरी ध्वस्त हुन्छ भन्ने कुरा पनि देखाइदिनुभयो । पुँजीवादको तीन अवस्थाहरूलाई उहाँले यसरी व्यक्त गर्नुभयो ः
१. सुरूमा पुँजीवाद सामन्तवादकै स्वावलम्बी समाजको अर्थनीतिभित्र जन्म्यो र आप्mनो भौगोलिक सीमालाई नाघेर अर्को देशसम्म पुग्यो,
२. पुँजीवादको व्यापारिक माल सरल उत्पादन प्रणालीको सङ्घर्षबाट अगाडि बढ्यो,
३. पुँजीवादी संसारको अन्तिम अवस्था हो –विदेशी बजारलाई लुट्न चर्को हान–थाप अथवा पुँजीको अन्तिम सङ्कट ।
पुँजीवादको अन्तिम अवस्थाबारे उहाँ भन्नुहुन्छ –“साम्राज्यवादले एकातिर पुँजीवादको उमेरलाई बढाउँछ, अर्कोतिर ऊ बाँधिन्छ पनि । यसको अर्थ यो होइन कि त्यसको अन्तिम सीमा आफैले बाँध्न कर लाग्छ । …. पुँजीवादको अन्तिम अवस्था एक ठूलो सङ्कट र विनाशको युद्ध सिद्ध हुनेछ ।”
अन्धराष्ट्रवाद र सर्वहारा अन्धराष्ट्रवाद उपनिवेश र विदेशी बजारको निम्ति पुँजीवादी राज्यहरूको माझमा हानथाप सुरू हुन्छ । हात–हतियारमा वृद्धि हुन थाल्छ । यो पुँजीवादको अन्तिम अवस्था हो । यस अन्तिम अवस्थाको विषयमा मजदुर वर्गले राम्रोसँग बुझ्नुपर्छ । यसको ज्ञान भएन भने साम्राज्यवादको विरोधमा लड्न न त स्पष्टता हुन्छ न त शक्ति नै । तर, संशोधनवादीहरूले यस कुरालाई बङ्ग्याइ के भन्न थाले भने साम्राज्यवाद पुँजीवादको विकसित रूप हो भने त्यसलाई विकसित हुन दिनुपर्छ । त्यसले बहुमत पुँजीपतिहरू एक मुट्ठी युद्धपिपासु पुँजीपति वर्गहरूको विरोधमा जानेछन् । अनि साम्राज्यवाद एक्लिएर ‘स्वतन्त्र व्यापार’ पूर्णतयाः स्थापना हुनेछ ।
संशोधनवादीहरूको त्यस मूर्खतालाई रोजाले उदाङ््याउँदै के भन्नुभयो भने तिनीहरू पुँजीपतिहरूलाई ‘समझदार’ र ‘नासमझदार’ भनेर छुट्याउन पुगेका छन् । यो कुरो त मूर्ख राजाहरूलाई ‘बुद्धिमान राजाहरू’ भनेर प्रजातन्त्र स्थापना गर्न अपिल गरेजस्तै हुन्छ । बहुमत पुँजीपतिहरूलाई फकाएर साम्राज्यवादलाई नाकाबन्दी गर्न खोज्नु मृगतृष्णा हो । ‘समझदार‘ पुँजीपतिहरूलाई मिलाएर अस्त्रशास्त्रको वृद्धिलाई रोक्न खोज्नु र विश्वयुद्धको बदला प्रजातान्त्रिक सरकार स्थापना गर्ने कल्पना त सतुरमुर्गे बुद्धिमात्रै होइन, पँुजीवादको विरोधमा मजदुर वर्गको अन्तिम युद्धको तयारीलाई भ्रम दिनु पनि हुनेछ ।
तर, जर्मनीको समाजवादी–प्रजातान्त्रिक पार्टी साम्राज्यवाद र युद्धको पक्षमा अन्धराष्ट्रवादको बाटोमा लाग्दै थियो । त्यस सङ्कीर्ण राष्ट्रवादको विरोधमा लेनिन र रोजाहरू मिलेर सन् १९०७ मा भएको दोस्रो इन्टरनेसनलमा एक प्रस्ताव सर्वसम्मतिबाट पारित गराउनुभयो, “लडाइँको खतरा देखिनासाथै ती देशका मजदुरहरू तिनीहरूका संसद् सदस्यहरूले युद्धलाई रोक्नको निम्ति उचित उपायहरूलाई काममा लगाउनुपर्छ र यदि युद्ध रोक्ने तिनीहरूको प्रयत्नपछि पनि युद्ध सुरु भयो भने त्यसलाई चाँडै समाप्त गर्न उपाय गर्नुपर्छ र युद्धको कारण हुने आर्थिक र राजनैतिक सङ्कटहरूको उपयोग गरेर जनतालाई उठाउने र पुँजीवादी शासनलाई पल्टाएर फ्याक्ने कोसिस गर्ने तिनीहरूको कर्तव्य हुनेछ ।”
लेनिन र रोजाहरूले पास गर्नुभएको यो प्रस्ताव आज पनि त्यतिकै सान्दर्भिक छ । तर, कति देशका कम्युनिस्ट भनाउँदा पार्टीहरूले यस सिद्धान्तलाई लत्याउँदै छन् ।
स्रोतः रोजा लक्सम्वर्गको जीवनी
(वर्कर्स पब्लिकेसन)
Leave a Reply