भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
आज १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । आजभन्दा १११ वर्ष अगाडि ८ घण्टाको काम, समान ज्यालाको बन्दोबस्तको माग राख्दै महिलाहरूले आन्दोलन अगाडि नबढाएका भए सायद समाजमा महिला आज यति अगाडि बढ्ने थिएन होला ।
अहिले पनि सामन्तवादी र पुँजीवादी देशहरूमा महिलालाई नाफासँग जोडेर हेर्ने गरिन्छ । महिलाहरूलाई कमसल सामानहरूको झिलिमिली विज्ञापनमा प्रयोग गर्ने, विभिन्न पसलहरूमा ग्राहकहरूलाई आकर्षित गर्न तथा कति यौन व्यवसाय सञ्चालनको लागि प्रयोग गर्ने गरिएको पाइन्छ । मानव समाजको इतिहासमा युगौँदेखि सामन्त र पुँजीपति वर्गले महिलालाई नाफा कमाउने व्यापारिक वस्तुको रूपमा प्रयोग गर्दै आएका छन् ।
तुलनात्मकरूपमा हाम्रो देशमा अहिले पनि महिलाहरू पुरुषहरूभन्दा शिक्षा र रोजगारमा पछाडि नै छन् । शिक्षामा पछि परेकाले अधिकांश महिलाहरू आत्मनिर्भर हुन सकेका छैनन् । महिलाहरूको बेरोजगारीबाट मानव तस्करहरूले फाइदा लिइरहेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत, मलेसिया, कुवेत, इरानलगायतका देशहरूमा महिलाहरू बेचिन पुगेका थुप्रै उदाहरणहरू छन् । कैयौँ महिलाहरूले विदेशी भूमिमा नारकीय जीवन बिताइरहेका धेरै घटना सञ्चार माध्यममार्फत सार्वजनिक हुँदै आएका छन् ।
पुँजीवादी देशहरूले नाफालाई प्राथमिकता दिने हुँदा निजी व्यवसाय वा कम्पनीहरूले महिलाहरूलाई सकेसम्म काममै राख्न चाहँदैनन्, दिइहाले पनि महत्वपूर्ण पदमा राख्ने गर्दैनन् । बच्चा जन्मेपछि सुत्केरी बिदाको सुविधा दिनुपर्ला भनेर तिनीहरू त्यसो गर्छन् । कतिपय महिलाहरू सुत्केरी बिदा लिएकै कारण जागिरबाट निकालिएका उदाहरणहरू पनि छन् ।
यसको मुख्य कारण वर्गीय समाज हो । समाजमा वर्ग रहेसम्म महिला र पुरुषबीचको भेदभावको अन्त्य हुनेछैन । नेपालको संविधानले सङ्घ, प्रदेश सभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ । राजनीतिमा व्यापक महिलाको सहभागिता नहुँदा अझै पनि श्रमिक महिलाहरू पछाडि नै छन् । कानुनले आरक्षणको व्यवस्था गर्दैमा महिलाहरूको सिङ्गो समूह अगाडि आउँछ भन्ने होइन । राजनीतिक गतिविधिमा व्यापक महिलाको सहभागिताले मात्रै समाज अगाडि बढ्न मद्दत गर्छ ।
अझै पनि कतिपय मानिसहरू महिलाहरू पछाडि पर्नाको मुख्य कारण शोषणमा आधारित पुँजीवादी राज्य व्यवस्था हो भन्ने बुझ्दैनन् । पँुजीवादी महिलाहरू पुरुषकै कारण महिलाहरू पछाडि परेको भ्रम फैलाउँदै एकतर्फी पुरुषहरूको विरोध गर्छन् । यो सामन्तवादी र पुँजीवादी चिन्तन हो । पुँजीवादी राजनैतिक व्यवस्थामा कामदार वर्गका पुरुषहरू स्वयम् पीडित हुने गर्छन् । त्यसैले श्रमिक महिलाहरूले शोषणमा आधारित पँुजीवादी व्यवस्थाविरुद्ध पुरुषहरूसँगै मिलेर लड्ने अठोट नगरेसम्म सिङ्गो समाजमा परिवर्तन आउँदैन ।
समाजवादी व्यवस्था स्थापना भएका देशहरू सोभियत सङ्घ, चीन, उत्तर कोरिया, क्युवालगायतका देशहरूमा कहिले पनि असमानताका कुराहरू उठेनन् । किनभने त्यहाँ महिला र पुरुषमा पूर्ण समानता दिइएको हुन्छ । कानुन र व्यवहारमा समानता समाजवादी देशहरूमा मात्रै हुने हुँदा हामी वैज्ञानिक समाजवादको पक्षमा लडिरहेका छौँ ।
राज्यले देशभरका वडा वडामा शिशुस्याहार केन्द्रहरू स्थापना गरिदिएको भए धेरै महिलाहरूको श्रम शक्तिको सदुपयोग हुने थियो र लाखौँ महिलाहरूले रोजगारी पाउने थिए । यसबारे नेपाल मजदुर किसान पार्टीले पटक पटक सरकारको ध्यानाकर्षण गरायो । तर, सरकारले यसबारे ध्यान दिएन ।
भक्तपुर नगरपालिकाले वडा वडामा शिशुस्याहार केन्द्रहरू स्थापना गरेर सञ्चालन गरिरहेको छ । त्यसले श्रमिक महिलाहरूको लागि सहज र बच्चाहरूको शारीरिक र मानसिक विकासमा मद्दत पुगिरहेको छ ।
हाम्रो समाज कता जाँदै छ ? यसबारे बौद्धिक समुदायले चिन्तन गर्नु आवश्यक छ । सामाजिक सञ्जालको कारण हाम्रो समाजमा धेरै विकृतिहरू पनि भित्रिँदै छन् । केही समयअघि भोजपुरका एकजना १५ वर्षकी केटी मध्यपुरको एउटा कोठामा १० महिनादेखि बन्धक बनाइरहेको घटना सार्वजनिक भयो । सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँगको सम्पर्कमा पुग्दा त्यस्तो भएको थाहा भयो ।
हामी शिक्षक प्राध्यापकहरू पनि यस्ता घटनामा कहीं न कहीं जिम्मेवार हुन्छौँ । हाम्रा विद्यार्थीहरूलाई कानुनविपरीत सामाजिक सञ्जाल सञ्चालन गर्न नहुनेबारे सचेत पार्नु आवश्यक छ । कुनै पनि व्यक्तिको फोटो सार्वजनिक गर्न कानुनअनुसार निज व्यक्तिको अनुमति लिनु अनिवार्य छ अन्यथा दण्डभागी हुनेछ । भारतमा सन् २०१२ को चर्चित बलात्कारको घटनापछि बलात्कारीलाई मृत्युदण्डको कानूनी व्यवस्था गरियो । त्यस घटनामा संलग्नमध्ये एक जनाले जेलमै आत्महत्या ग¥यो, नाबालक एकजनालाई बाल सुधारगृहमा पठाइयो भने बाँकीलाई मृत्युदण्ड दिइयो । तर, पनि बलात्कार घटनामा भने कमी आएन । सन् २०१७ मा उत्तर प्रदेशमा ४२०० बलात्कारको घटना दर्ता भएको देखाइएको छ । बलात्कार घटना न्यूनीकरण गर्न विभिन्न देशले कडा कानुनहरू निर्माण गरी लागु गरेका छन् ।
पाकिस्तानमा बलात्कारको घटनामा संलग्नहरूलाई नपुंसक बनाउने कानुन बनाइयो । नेपालमा पनि मृत्युदण्डसम्बन्धी र नपुंसक बनाउने कानुन निर्माणबारे कुरा उठिरहेको छ । तर, संयुक्त राष्ट्रसङ्घमा मृत्युदण्डसम्बन्धी कानुन नबनाउने सम्झौतामा नेपाल सरकारले हस्ताक्षर गरेको हुँदा सरकारले चाहेर पनि कानुन बनाउन नसक्ने अवस्था छ ।
नेपालमा बितेको ३० महिनामा ५,६३४ बलात्कारका घटनाहरू भएको रेकर्ड छ । यो दैनिक ७ वटा घटनाहरू हुन् । त्यस अवधिमा १६ जनाको ज्यान गएको रेकर्ड छ । त्यो दुई महिनाको १ जनाको दरले हुन आउँछ । महिलाहरू वर्षको ८÷१० हजार विदेशमा बेचिएको बताइन्छ । जतिसुकै कडा कानुन निर्माण गरे पनि अपराधको सङ्ख्यामा कमी आउनुको सट्टा झन्झन् बढ्दो छ ।
मुख्य कुरा राजनैतिक चेतनास्तर उठाउनु हो । हामी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई जनताको राजनैतिक चेतनास्तर उठाउने अवसरको रूपमा लिएर यस्ता प्रवचन कार्यक्रमहरू गर्दै छौँ ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा ख्वप सर्कलको आयोजनामा भक्तपुरको देकोचास्थित ख्वप मा.वि.÷कलेज प्राङ्गणमा फागुन २४ गते भएको प्रवचन कार्यक्रममा व्यक्त मन्तव्यको सार सङ्क्षेप)
Leave a Reply