इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
भारतीय सञ्चारमाध्यमहरूले कुनै न कुनै प्रसङ्गमा नेपाली युवाहरू भारतविरोधी छन् र अरूबाट परिचालित छन् भनी निरन्तर दुष्प्रचार गरिरहेका छन् । तिनीहरूले प्रचार गरेजस्तो के नेपाली युवाहरू भारतविरोधी छन् ? भारत सरकारले निरन्तररूपमा नेपालको सार्वभौमिकतामाथि प्रहार हुने क्रियाकलाप दोहो¥याइरहेको छ । चाहे त्यो एकपक्षीय रूपमा सीमास्तम्भ सार्ने होस् या सीमा क्षेत्रमा गैरकानुनीरूपमा पूर्वाधारहरू निर्माण गर्ने होस्, एक क्षणलाई भनेर पस्न दिएको भूमि लिम्पियाधुरा–कालापानी– लिपुलेकमा स्थायी कब्जा गर्ने होस् वा नेपालको राजनीतिमा आफ्नो स्वार्थअनुकूल चल्ने व्यक्तिहरूलाई सत्ता र निर्णायक पदमा पु¥याउन गरिरहेका हस्तक्षेपहरू होस् । जब देशभक्त नेपालीहरूले भारतीय कुकृत्यको विरोध गर्न थाल्छन् तब भारतीय सञ्चारमाध्यमहरूले दुष्प्रचार गर्न थाल्छन् कि नेपाली युवाहरू चीन र पाकिस्तानलगायत भारतविरोधी शक्तिहरूबाट परिचालित छन्, नेपाली युवाहरूलाई चीन र पाकिस्तानले पैसा र अवसर दिई बहकाएर र फकाएर भारतको विरोधमा उठाइरहेका छन् । नेपाली जनतामा रहेको देशभक्तिको भावनालाई विदेशी परिचालन देख्ने भारतीय शासकहरूमा रहेको यो दृष्टिदोष हो, यो तिनीहरूको षड्यन्त्रपूर्ण दुष्प्रचार हो । त्यही दुष्प्रचारलाई भारतीय सञ्चारमाध्यमहरूले मसला थपेर पस्कने गरेका छन् ।
नेपाली जनता र युवाहरू देशभक्त छन् । नेपालको सार्वभौमसत्तामाथि कसैले चोट पु¥याएको र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको सहँदैनन् । हो, केही मानिसहरू विभिन्न देशको स्वार्थका लागि काम गर्ने दलाल पनि बनेका छन् । नेपालीहरूलाई आफ्नो दलाल बनाउने मामिलामा ब्रिटिश भारतदेखि स्वतन्त्र भारत अग्रपङ्क्तिमा रहेको छ । केही हजार नेपाली युवाहरूलाई आफ्नो सेनामा भर्ती गरेपछि, केही हजार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेपछि र केही सय राजनीतिक नेता, कर्मचारीहरू, सेना र प्रहरीका अधिकारीहरूलाई पैसा दिएर किनेपछि नै भारतीय शासकहरू सिङ्गो नेपाल आफ्नो कब्जामा हुनुपर्ने र आफूले चाहेजस्तैमात्र बोल्नु र चल्नुपर्ने विस्तारवादी सोच राख्छन् । नेपाललाई सके भारतमा विलय गराउने र नभए नवउपनिवेशमात्र होइन पूरै उपनिवेश बनाउने नियत राख्ने भारतीय विस्तारवादी शासकहरूलाई देशभक्त नेपाली युवाहरूको विरोध र गतिविधि गाँसमा मिसिएको ढुङ्गा वा आँखामा बिझाउने कसिङगर बन्नु अस्वाभाविक होइन । तर, नेपाली जनता वा युवाहरू भारत र भारतीय जनताविरोधी होइनन् । नेपाली जनताले भारत र भारतीय जनतालाई हानिनोक्सानी पुग्ने कुनै काम गरेका छैनन् बरु भारतीय शासक र भारतीय एकाधिकार पुँजीका मालिकहरूको विस्तारवादी सोच र क्रियाकलापको विरोध गरिरहेका छन् । तिनीहरू भ्रामक प्रचार गरेर भारतीय जनतालाई नेपालको देशभक्तिपूर्ण आन्दोलनको विरोधमा पार्ने दुष्प्रयास गरिरहेका छन् तर न्यायप्रेमी भारतीय जनता पनि शासकहरूको उक्त षड्यन्त्रको विरोधमा छन् ।
Leave a Reply