ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
तापक्रम बढ्दै जाँदा र वर्षाको कमी हुँदा वनमा डढेलो लाग्ने घटना प्राकृतिक नै हो । विश्वका सबै क्षेत्रमा यस्तो हुने गरेको सुन्छौं । नेपालमा सामान्यतया चैत्रदेखि जेठ महिनासम्म बढी डढेलो र आगलागी हुने गर्छ । कुनै बेला त नजिकको वनमा लागेको डढेलोले गाउँघरसमेत खरानी हुने गरेका छन् । नेपालमा बर्सेनि डढेलो लाग्ने क्रम भने बढेको छ । यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागले जनाएको छ । डढेलोका कारण वायु प्रदूषण निकै बढेको छ र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुगिरहेको छ । वायु प्रदूषणकै कारण देखाई नेपाल सरकारले सोमबारदेखि चार दिनसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णयसमेत गरेको छ ।
नेपालको सन्दर्भमा वन डढेलो प्राकृतिक कारणले कम र मानवीय स्वार्थका कारणले बढी लाग्ने गरेको छ । मेरोमात्र त होइन नि भन्ने स्वार्थी मानसिकताले वनजस्तो सार्वजनिक सम्पति विनाश गर्ने गरेको पाइन्छ । चुरोत, तमाखु र बिँडी तानेर सल्केको ठुट्टो जथाभावी वनजङ्गलमा फ्याँक्ने गरेको देखिन्छ । जङ्गलमा घाँसदाउरा गर्नेहरूले वर्षात्पछि घाँसपात सप्रियोस् भन्ने हेतुले र वनको फेदीमा खेत भएका किसानहरूले खेतमा मल होस् भन्ने स्वार्थले पनि डढेलो लगाउने गर्छन् । कतिपयले त डढेको रूखलाई दाउराको रूपमा काट्न पाइने छुद्र स्वार्थ राखेर पनि विनाशकारी डढेलो लगाउने गरेको सुनिन्छ । यस्ता छुद्र स्वार्थ राख्नेहरूलाई निरुत्साहित नपारेसम्म वा त्यस्तो स्वार्थ नै राख्न नपर्ने परिवेश राज्यले निर्माण नगरेसम्म हरेक वर्ष डढेलोको विपत्ति दोहोरिरहनेछ ।
Leave a Reply