भर्खरै :

फ्रान्सेली पुँजीवादी क्रान्ति –१

१८ औँ शताब्दी फ्रान्सेली पुँजीवादी क्रान्ति
१७ औँ र १८ औँ शताब्दीमा फ्रान्स एक शक्तिशाली राज्य मानिन्थ्यो । राजा लुई पन्ध्रौँले आफ्नो सेना ५ लाख ५० हजार जवानमा पु¥याए । फ्रान्सले अमेरिकाको क्यानडा, लुईसिया, वेस्ट इन्डिज र अफ्रिकाको मदागासाकरजस्ता ठुला ठुला इलाका हात पारिसकेको थियो । लुइसिया भनेको उत्तर अमेरिकाको मिसिसिपी नदी दुवैतिरको मैदानी भाग हो । मिसिसिपी नदी संसारका सबभन्दा ठुला नदीमध्ये एक हो । वेस्ट इन्डिज भन्ने टापुहरू धेरै सम्पन्न टापुहरू हुन् । पेरिसको राजदरबारमा ठुल–ठुला नाचहरू हुन्थ्यो । राजा शिकारमा जाँदा १ हजार जवान नोकरचाकर र सिपाहीहरू पनि पछि लगाउँथ्यो । लुई पन्ध्रौँ भन्थे, “म नै राज्य हुँ ।” राजदरबार र राजा–रजौटाहरूको सबै सम्पत्ति आखिर किसान जनतालाई शोषण र थिचोमिचो गरेरै बनाइएकोे थियो । यसकारण फ्रान्समा वर्षमा एकपटक किसान विद्रोह भइरहन्थ्यो । तर, ती विद्रोहहरू कति स्थानीय ढङ्गको हुन्थ्यो भने कति ठुला–ठुला इलाकासम्म फैलिएको हुन्थ्यो । किसान र सहरी जनताको बरोबर भइरहने विद्रोहहरू दबाउन नै राजा रजौटा र भाइ–भारदारहरूले ठुल–ठुला सेना राख्थे ।
१७७४ मा लुई पन्ध्रौँ मरे । त्यसको ठाउँमा लुई सो¥हौँ गद्दीमा बसे । सो¥हौँ लुई बिनाऐन–कानुन र सारा शक्ति राजाको हातमा राखेर धेरै दिन राज्य गर्न सकिन्न भन्ने कुरा बुझ्थे । त्यसबेला राजाको मनपरीतन्त्र चल्थ्यो । जनतालाई कुनै किसिमको राजनैतिक अधिकार थिएन । राजगुरु, पुरोहित, महन्त र चर्चजस्ता मठ र मन्दिर तथा धर्मका ठेकेदारहरू पनि राजासँग मिलेर जनतालाई शोषण र अत्याचार गर्थे । खान्दानी, राजा–रजौटा र जमिनदारहरू मध्यम वर्ग र मजदुर किसानहरू आदि विभिन्न वर्गमा समाज विभाजित थिए । कुलीन वर्गले कर तिर्नुपर्दैनथ्यो । कर तल्लो वर्गले मात्र तिर्नुपर्दथ्यो । कुलीन वर्गले विशेष अधिकार पाएको थियो । तिनीहरूले जनतामाथि छुट्टै कर लगाउन पाउँथे । तिनीहरूले न्याय, निसाफ, जरिवाना, कैद र सजाय गर्न पाउँथे । त्यसबेला पढे–लेखेका स्वतन्त्र चिन्तन गर्ने विद्वानहरू पनि बढ्दै थिए । तिनीहरूले राजा र व्यवस्थाबाट असन्तुष्ट भएर जनतामा राजनैतिक स्वतन्त्रता र प्रजातन्त्रको प्रचार गर्न थालेका थिए । तर, लुई सो¥हौँ ‘आफू मरेपछि डुमै राजा’ भन्ने खालका थिए । उनी अरूको विषयमा सोच्दैनथे । उनी सा¥है स्वार्थी थिए ।
कृषि र किसानको व्यवस्था
१८ औँ शताब्दीको अन्ततिर फ्रान्सको जनसङ्ख्या २ करोड ५० लाख थियो । त्यसमध्ये किसानहरू २ करोड ३० लाख थिए । ती किसानहरूसँग आफ्नो जग्गा थिएन र जग्गावालाहरूको जग्गा कुतमा कमाइ खान्थे । तर, त्यसबेला बेलायतमा किसानहरूको अवस्था अर्कै किसिमको थियो । बेलायतमा पहिले किसानहरू स्वतन्त्र खेती गरेर खान्थे । पछि, किसानहरूबाट जग्गा खोसियो । किसानहरू ती जग्गामा ज्यामीको रूपमा काम गरेर खान्थे । फ्रान्समा कुत तिरेर सामन्त र जमिनदारहरूको स–साना जग्गा जोतेर जीविका गर्थे ।
१८ औँ शताब्दीको अन्ततिर फ्रान्समा भू–दास प्रथा कहीँ कहीँमात्र बाँकी थियो । तर, पनि किसानहरूमाथि सामन्ती बन्धन या थिचोमिचो बाँकी नै थियो । किसानहरूले जमिनदारहरूलाई बालीको चार भागको एक भाग तिर्नुपर्दथ्यो अथवा यो रकम पैसामा तिरे पनि हुन्थ्यो । १० भागको एक भाग बाली पादरी अथवा धर्मका अधिकारीहरूलाई तिर्नुपर्दथ्यो । किसान मर्दा जमिनदारहरूका कारिन्दा वा पटुवारी गएर किसान परिवारसँग अपुताली कर उठाउँथ्यो । जमिनदारको पुल नाघेर जाँदा उसले अन्न या अरू उत्पादनमाथि कर लगाउन पाउँथ्यो । जमिनदारको घट्टमा गहुँ पिसाउँदा र त्यसले बनाएको चुलोमा रोटी पकाउँदा त्यसको अलग कर तिर्नुपर्दथ्यो । तर, ठुला–ठालु, मुखिया र जमिनदारको कुनै चुलो चाहिँ होइन, बरु पहिलेदेखि कर लिई आएको एउटा परम्परामात्रै थियो । पुल र घट्ट ध्वस्त भइसकेको भए पनि किसानहरूले कर तिर्नैपर्दथ्यो ।
मालिक भन्नाले अरूको मेहनतमा बाँच्ने हो । पादरी, राजा, रजौटा खान्दानी पदवी, सामन्त र शोषक, जमिनदार, ठुल–ठुला मुखिया आदि हुन् । नेपालका काजी, बाबुसाहेब र खान्दानीहरूलाई दाँज्न सकिन्छ ।
किसानहरूमाथि मध्ययुगीन बन्धन लागेकै थियो । राजा–रजौटा, ठुला–ठालु र खान्दानीहरूले शिकार खेल्दा उनका मानिसहरू कुकुर, घोडा आदि बाली भएको खेतमा दौडेर बाली नास भएमा त्यसको हर्जना तिराउने कुरा किसानहरूले उठाउन पनि पाउँदैनथे । जमिनदारहरूको परेवा वा चराहरूको बथानले किसानहरूको बाली खाइदिँदा किसानहरूले एउटामात्रै चरा मारेको खण्डमा किसानहरू ठुलो सजायका भागी हुन्थे । पोखरीमा भ्यागुताहरू कराएर ठुला–ठालु मालिक र जमिनदारहरूको निद्रा अलिकति पनि खलबलियो भने त्यसमा पनि कर लाग्थ्यो । यस्तै अनेक किसिमका नाजायज तिरोतिरानहरू लागू गरिएको थियो । जमिनदार वा उसका कारिन्दामात्रै पनि भेट भएमा किसानले झुकेर हात या काँधलाई म्वाइ खानुपर्दथ्यो । नेपालको तराईमा जमिनदार भेट्दा मालिकलाई ‘जदौ’ गरेजस्तै थियो । पहाडमा ‘हजुर’ र ‘नमस्ते‘ गर्नुपर्दथ्यो । काठमाडौँ उपत्यकाका किसानहरूले त बाहुन भेट्दा हात ढोग्नु पर्दथ्यो । त्यस जमिनदार वा मालिक वा ठुला–ठालुले फैसला गरेको मुद्दामा कहीँ उजुर लाग्दैनथ्यो । त्यहाँसम्म कि उसले नियुक्त गरेको न्यायाधीशले फैसला गरेको मुुुुुुद्दामाथि पनि उजुर र अपिल लाग्दैनथ्यो । अदालतमै यातना दिने चलन पनि थियो । मतलब कुटपिट गरेर नै जनतालाई अपराध स्वीकार्न लगाइन्थ्यो । किसानहरूले त्यस सामन्तलाई मात्र होइन कि राज्यलाई पनि कर तिर्नुपर्दथ्यो । त्यसबाहेक नुन, सुर्ती र जनसङ्ख्या कर झारा (बेठ–बेगारी), दसौँ आदि तिर्नुपर्दथ्यो ।
किसानहरू वर्षका ७ पाउन्डभन्दा कम नुन प्रयोग गर्थे । माछा, मासु गलाउन, पशुलाई ख्वाउन र अरू प्रयोगको निम्ति अलग्गै नुन किन्नुपर्दथ्यो । गुप्तरूपले नुन किनबेच गरेको खण्डमा बेच्नेलाई ९ वर्षसम्म डुङ्गामा काम गर्ने सजाय हुन्थ्यो ।
डुङ्गामा बहना खियाउनको निम्ति तिनीहरू त्यहाँ सिक्रीले बाँधिन्थे । दोस्रो पटक गुप्तरूपले नुन बेचेको पक्रियो भने फाँसीको सजाय हुन्थ्यो । कर लागेको त्यो नुन किसानले किनेमा उसलाई पनि ठुलो सजाय हुन्थ्यो । नुन पक्रिएको ठाउँबाट किसानहरूलाई समातेर लैजान अलग्गै सेना अथवा विशेष प्रकारको सशस्त्र सेना पठाउँथ्यो । रक्सीमा पनि धेरै कर लाग्थ्यो । फ्रान्स अङ्गुर खेतीमा प्रसिद्ध देश हो । त्यहाँको अङ्गुर र रक्सी संसार प्रसिद्ध छ । अङ्गुर र रक्सी बेच्ने किसानहरूको खानतलासी लिन र नाप्न २७ हजार शाही जाँचकी (इन्स्पेक्टर) हरू थिए । यात्रुहरूलाई भन्सार अड्डामा जाँच गरिन्थ्यो । किसानहरूले कर तिर्न सकेनन् भने उनीहरूको वस्तु, घरका सामान र सम्पत्ति बेच्न लगाइन्थ्यो अथवा नेपालमा जस्तै तायजाती वा लिलाम (बढीबढाउ) गरेर रकम असुलउपर गरिन्थ्यो । तैपनि, चुकाउन बाँकी कर बढ्दै जान्थ्यो । किसानहरू त्यसबेला काठको छाप्रो, झ्याल र धुँवा जानेसमेत ठाउँ नभएको गुफाजस्तो खनेर बनाएको माटोको घरमा बस्थे, छाना परालको हुन्थ्यो । तिनीहरू वस्तु र कुखुरासँगै राखिन्थे । अलग गोठ हुन्नथ्यो । किसानको लुगा घरमै बुन्नेको खस्रो कपडाको हुन्थ्यो । तिनीहरूको जुत्ता काठले बनेको हुन्थ्यो ।
किसानहरूले जोतेको जग्गामा उत्पादन ¥हास हुँदै गयो । एकतिहाइ जग्गा जोत्न नसकेर छोडिँदै गयो । बाली राम्रो भएको सालमा पनि अनिकाल प¥यो । मानिसहरू भोकभोकै मर्थे । साधारण समयमा त अनिकाल बरोबर भइरहन्थ्यो । खान नपाउनाले किसान विद्रोह बरोबर भइरहन्थ्यो । प्रान्तका गभर्नर वा बडाहाकिम र अञ्चलाधीशहरू सैनिक प्रशासनकै हुन्थे । तिनीहरू आफ्नो पल्टनलाई किसान विद्रोह दबाउन लाउँथे । तर, नयाँ विद्रोहहरू भइरहन्थ्यो र त्यसलाई रोक्न सकेका थिएनन् । डिजोन ९म्ष्वयल० भन्ने ठाउँमा विद्रोह हुँदा त्यहाँको अञ्चलाधीशले भोको विद्रोही किसानहरूलाई भने, “चौरमा घाँस उम्रेको छ, चर्न जाऊ ।”
जमिनदारहरू सरकारी करहरू सकेसम्म बढी पैसा उठाउन चाहन्थे । तर, किसानहरू भने त्यस तिरो तिरान र रकमहरू तिर्न पैसा नभएर बाली, नाली र अन्न बेच्न बाध्य हुन्थे । सरकारी तथ्याङ्कअनुसार सन् १७७७ मा फ्रान्समा ११ लाख मगन्तेहरू थिए ।
उद्योगः
व्यापारको सम्भावना भएको इलाकामा मात्रै उद्योगको विकास हुन्थ्यो । फ्रान्समा व्यापारको सुविधा भएको ठाउँ दक्षिणी भागमा हो । दक्षिण–पश्चिम फ्रान्सको गिरेन्डको वोर्डक्स भन्ने ठाउँ एक ठुलो व्यापारिक केन्द्र थियो । यो समुद्रको किनार र बन्दरगाह भएको ठाउँमा छ । दक्षिण फ्रान्समा भूमध्यसागरको किनारमै भर्सेलिज सहर छ । ती ठाउँको आसपासको इलाकामा उद्योगहरूको विकास भइरहेको थियो । ती ठाउँहरूबाट देश र विदेशको निम्ति ऊनी लुगा लिनेन  वा सनको कपडा, काँचका वस्तु साबुन आदि उत्पादन हुन्थ्यो ।
फ्रान्समा एकातिर ठुलठुला औद्योगिक कारखाना र व्यवसायको जग बसिरहेको थियो । तर, पनि स–साना घरेलु, उद्योग, व्यक्तिगत र सामूहिक कालीगढी व्यवस्था पनि चल्दै थियो । यो फ्रान्सको औद्योगिक व्यवस्थाको आफ्नै विशेषता थियो । तर, बेलायतमा ठुलठुला उद्योगले घरेलु कालीगढी व्यवस्थालाई ध्वस्त पारेको थियो अथवा तिनीहरूको ¥हास हुँदै ठुलठुला उद्योगहरूको विकास भइरहेको थियो । फ्रान्समा रहेको कालीगढी आफ्नो सङ्गठनमा बाँधिएको हुन्थ्यो र एक खास टोल र इलाकामा केन्द्रित रहेको हुन्थ्यो ।
फ्रान्सको काम गर्ने कालीगढ सङ्घ वा ज्यासलमा त्यस गाइल्डको मालिक एक उँचो ठाउँ या ताठजस्तो ठाउँमा बस्थ्यो । उसले भुवा वा रौँ भएको टोपी लगाएको हुन्थ्यो । उसको रेखदेखमा ज्यालादारी ज्यामी र काम सिक्न आएका सिकारुहरू काम गर्थे ।
फ्रान्सको नियमअनुसार सरकारले एक गुरु (मालिक) कहाँ २ जनाभन्दा बढी सिकारुहरू राख्न पाइँदैनथ्यो । तर, त्यसले घुस दिएर १० देखि २० जवानसम्म चेलाहरू राख्थ्यो । वास्तवमा तिनीहरू काम सिक्न आएको चेलाभन्दा ज्यामी नै हुन्थे । ती कालीगढहरूलाई फ्रान्सेली सरकारले आम्दानीको एक स्रोत बनाएको थियो ।
फ्रान्समा कर उठाउनेलाई फारमर्स  भन्थे । तिनीहरू र तिनीहरूका दलाल अथवा बीचमा भाग खोज्नेहरूले सबै कर उठाएर सरकारको कर विभाग वा अर्थ विभागमा बुझाउँथे । त्यस ज्यालाका मालिकहरूले कर तिरेको पैसा आफ्ना ज्यामी र सिकारुहरूसँग असुल गर्थे । ती गाइल्ड व्यवस्थाले बजारको मागअनुसार मालसामान बनाएर पु¥याउन सक्दैनथ्यो । यसप्रकार मध्ययुगीन गाइल्ड व्यवस्थाले औद्योगिक विकासलाई छेकिरहेको थियो । श्रम–शक्ति, पुँजी र बजारमा यसको कब्जा रहँदा त्यही खालको नयाँ नयाँ उद्योगको विकास हुन बाधा भइरहेको थियो । सहरमा मात्रै तिनीहरू गाइल्डहरूको नियम पालन गर्थे । तर, तिनीहरूले आफ्नो काम गाउँ–गाउँमा गर्न दिन्थे । अर्को कुरा सहरमा कारखाना खोल्न जग्गा जमिन सबै किन्नुपर्दथ्यो । त्यसमा बढी पुँजी लाग्थ्यो । त्यसकारण कारखाना खोल्न चाहेमा साहु–महाजनहरूले गाउँगाउँमा गएर कारखाना खोल्ने सुविधा देखे । साहु–महाजनले गाउँका गरिबलाई कच्चा माल दिएर आ–आफ्नो घरमा काम गर्न लगाउँथे र तयारी माल जम्मा गरेर ल्याउँथे । यसप्रकार हरेक घरका गरिबहरू ज्यामीको रूपमा फेरिए । फेरि भिन्नाभिन्नै घरलाई भिन्दाभिन्दै कामहरू दिन्थे । कसैलाई प्युरी बनाउन दिन्थे त कसैलाई धागो काट्न दिन्थे । कसैलाई तानबाट कपडा बुन्न दिन्थे । यो एक प्रकारको श्रम विभाजन थियो । यसरी धेरैको हातमा परेपछि सामान बाहिर जान्छ । क्रान्तिभन्दा पहिले फ्रान्समा यस किसिमको कारखाना र श्रम विभाजन खूब प्रचलित थियो ।
यस व्यवस्थामा एक जनाले एकै ठाउँमा सबै काम गर्नुभन्दा श्रम विभाजन उत्पादनशील बढी हुन्थ्यो । एक ज्यासल व्यवस्थामा १० जना ज्यामीले अलग अलग काम गर्दा जति सामान तयार हुन्छ त्यति नै ज्यामीले श्रम विभाजनको व्यवस्थाले काम पूरा गरेमा त्योभन्दा बढी सामान तयार हुन्छ । श्रम विभाजनको कामले एक कालीगढको भन्दा धेरै छिटो र बढी उत्पादन गर्नमा मद्दत गर्दथ्यो ।
व्यापार
फ्रान्समा सामन्ती व्यवस्था थियो । हरेक गाउँ, जिल्ला र प्रान्तहरूमा त्यहाँका सामन्तहरूको विशेष अधिकारहरू हुन्थ्यो । तिनीहरूले छुट्टै कर उठाउन पाउँथे । अलग्ग ऐन–कानुन र मुद्दा मामला हेर्थे । एक जिल्लाको व्यापारी अर्को जिल्ला भएर जाँदा त्यस जिल्लाको सामन्तलाई कर तिर्नुपर्दथ्यो । यस्तो व्यवस्थाले व्यापारीहरूलाई झन्झट हुन्थ्यो । बढी कर तिर्नुपर्दथ्यो, वस्तुको मूल्यवृद्धि हुन्थ्यो र व्यापारको विकास हुन पाउँदैनथ्यो । सामन्त, गुरु, पुरोहित (पादरी), महन्त र धर्मका ठेकेदारहरूको आ–आफ्नो इलाका हुन्थ्यो । तिनीहरूको इलाकाबाट मालसामान लैजाँदा तिनीहरूले कर उठाउन पाउँथे । एक प्रान्तबाट अर्को प्रान्तमा जाने भन्सारहरूमा ५० हजार सिपाहीद्वारा पहरा दिएको हुन्थ्यो । यसबारे एउटा भनाइ नै थियो, “फ्रान्सको दक्षिणबाट उत्तरी फ्रान्समा अन्न लानुभन्दा चीनबाट ल्याएको अन्न सस्तो हुन्छ ।” धेरै ठाउँमा कर तिर्नुपर्दा त्यस्तो हुन्थ्यो ।
एकचोटि एक व्यापारीले एक गाउँबाट सहरमा एक भारी अन्न बेच्न जाँदा बाटामा विभिन्न सामन्त र जमिनदारहरूको इलाका र जग्गा भएर जानुपर्दथ्यो । हरेक ठाउँमा कर तिर्दै जाँदा नाफाभन्दा टुट्टा हुन्थ्यो । फर्काएर लैजाँदा पनि फेरि कर तिर्दै जानुपर्दथ्यो । यसकारण त्यस व्यापारीले त्यस भारीलाई सडकको किनारमै छोडेर भाग्यो । यो थियो– क्रान्तिभन्दा पहिले फ्रान्सको व्यापारको अवस्था ।
यसप्रकार फ्रान्सको सामन्ती व्यवस्थाले फ्रान्सको व्यापार, उद्योग र खेतीको विकासको बाटो छेकिरहेको थियो । यस सामन्ती व्यवस्थालाई क्रान्तिले मात्रै बदल्न सक्दथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *