भर्खरै :

गाजा, इरान, लेबनान : यदि युद्धविराम लागू छ भने बमबारी किन जारी छ ?

  • जेष्ठ २४, २०८३
  • मारिएम बाह
  • विचार
गाजा, इरान, लेबनान : यदि युद्धविराम लागू छ भने बमबारी किन जारी छ ?

(अन्तर्राष्ट्रिय कानुनले युद्धविरामको लागि नियमहरू तोकेको छ, तर उल्लङ्घन जारी रहँदा कसले लागू गर्छ ?)
बुधबार, इजरायल र लेबनानले फेरि युद्धविरामको घोषणा गरे । यी दुई देशले पहिले अप्रिल १६ मा नै युद्धविराममा सहमति जनाइसकेका छन् । इरान र संयुक्त राज्य अमेरिकाले अप्रिल ८ देखि औपचारिकरूपमा युद्धविराम गरेका थिए । अनि इजरायल र प्यालेस्टिनी समूह हमासले अक्टोबर १०, २०२५ देखि गाजामा युद्धविराम गरेका थिए ।
तैपनि लेबनानमा इजरायलको आक्रमणहरू निरन्तर जारी छ, शुक्रबार दक्षिणी लेबनानको नकूरा र नाबाटीये जिल्लाहरूमा गरिएको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ । इरान र अमेरिकाले आवधिक आक्रमणहरू जारी राखेका छन् जुन पछिल्ला दिनहरूमा तीव्र रूपमा बढेको छ । इरानी सेनाले संयुक्त अरब इमिरेट्स, कुवेत र बहराइनजस्ता खाडी राष्ट्रहरूमा पनि मिसाइल र ड्रोनहरू प्रहार गरेको छ, जसलाई युद्धविरामको समयमा इरानमाथि अमेरिकी आक्रमणहरूलाई सक्षम बनाएको आरोप लगाइएको छ ।
इजरायलले प्यालेस्टिनी भूभागमा नरसंहारकारी युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको भनिएको युद्धविरामको बाबजुद पनि यस हप्ता एक आवासीय भवनमा नौ जनाको मृत्यु भएको बम हमलासहित बमबारी जारी राखेको छ ।
त्यसो भए लडाइँ जारी रहँदा युद्धविराम हुनुको अर्थ के हो ? अन्तर्राष्ट्रिय कानुनले के भन्छ ? अनि किन उल्लङ्घनहरूले विरलै परिणामहरू निम्त्याउँछन ? हामी बुझ्नको लागि तीन कानुनी विज्ञहरूसँग कुरा गर्छौँ :
युद्धविराम भनेको के हो ?
सरल भाषामा भन्नुपर्दा, यो वार्ताको लागि ठाउँ सिर्जना गर्न डिजाइन गरिएको लडाइँमा विराम हो, फ्रेजर भ्याली विश्वविद्यालयका फौजदारी न्याय र अपराधशास्त्रका सहायक प्राध्यापक मार्क कस्र्टनले व्याख्या गरे ।
“युद्धविराम भनेको प्रभावकारी रूपमा शत्रुताको अन्त्य हो, तर सामान्यतया यसलाई स्थायी रूपमा लिइँदैन,” उनले अल जजीरालाई भने ।
“यो प्रायः मौलिक रूपमा एक कडा रूपमा लागू हुने कानुनी उपकरणको सट्टा एक राजनीतिक सम्झौता हो,” क्यानडाको वेस्टर्न युनिभर्सिटीका एमेरिटस प्रोफेसर माइकल लिङ्कले भने ।
शान्ति सन्धिहरूभन्दा फरक, जसमा प्रायः निरीक्षण र कार्यान्वयनको लागि जिम्मेवार ग्यारेन्टरहरू हुन्छन्, युद्धविराम उल्लङ्घन गर्दा तत्काल कानुनी परिणामहरू कम हुन सक्छन्, लिङ्कले अल जजीरालाई भने ।
यो विशेषगरी गाजा र लेबनानमा सत्य हो, जहाँ संयुक्त राज्य अमेरिकाले प्रमुख मध्यस्थकर्ता र निरीक्षकको रूपमा काम गरेको छ । केही देशहरूले लेबनानमा इजरायली हमलाको आलोचना गरे पनि, बारम्बार उल्लङ्घनहरूलाई अनुमति दिएकोमा वाशिङटनमाथि थोरै दबाब रहेको, लिङ्क बताउँछन् ।
“युद्धविरामको बाबजुद लेबनानमा जारी इजरायली आक्रमण जारी रहेको भन्दै धेरै विश्वव्यापी उत्तरी (न्यिदब िल्यचतज) देशहरूले आलोचना गरेका छन्, तर उनीहरूले इजरायललाई गाजा र लेबनानमा बारम्बार युद्धविराम उल्लङ्घन गर्न अनुमति दिएकोमा अमेरिकालाई आलोचना गरेका छैनन् ।”
त्यसो भए युद्धविरामहरू कानुनी रूपमा बाध्यकारी छन् वा छैनन् ?
हो, युद्धविरामहरू कानुनी रूपमा बाध्यकारी छन्, बेलायती अन्तर्राष्ट्रिय मानव अधिकार वकिल र ग्वेर्निका ३७ चेम्बर्सका सह–संस्थापक टोबी क्याडम्यान तर्क छ । तर, केस्र्टन र लिङ्क जस्तै, क्याडम्यानले भने कि युद्धविराम जसलाई उनले “सैन्य अपरेशनको अस्थायी, सैन्य र कूटनीतिक स्थगन” भनेर वर्णन गरे स्वाभाविक रूपमा कमजोर हुन्छन् । शान्ति सन्धिहरूभन्दा फरक, युद्धविरामले अन्तर्निहित द्वन्द्व समाधान गर्दैन वा युद्धको कानुनी अवस्था समाप्त गर्दैन ।
“यसले लडाइँलाई स्थगित गर्छ† यसले सशस्त्र द्वन्द्वको अवस्था अन्त्य गर्दैन,” उनले भने ।
जहाँ व्यापक शान्ति सम्झौता छ, जस्तै गाजामा, युद्धविराम पनि लागू छ । कम्तिमा सिद्धान्तमा – बलियो आधारमा खडा छ, लिङ्कले भने । युद्धविरामसँगै आएको गाजा शान्ति योजनालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्ले प्रस्ताव–२८०३ मार्फत अनुमोदन गरेको थियो, जसले सम्झौतालाई “पूर्ण रूपमा, राम्रो विश्वासका साथ र ढिलाइ नगरी” लागू गर्न आह्वान गर्दछ ।
सिद्धान्ततः, राज्यहरूले गाजा सम्झौता उल्लङ्घन गर्ने पक्षहरूलाई प्रतिबन्ध लगाउन सुरक्षा परिषद्लाई अनुरोध गर्न सक्छन् । व्यवहारमा, लिङ्कले व्याख्या गरे, राष्ट्र सङ्घमा अमेरिकी भिटोको अर्थ न त इजरायल, न त अमेरिकालाई नै, वास्तविक रूपमा निन्दा गर्न सकिँदैन ।
“यसैले युद्धविराम र शान्ति सन्धिहरू अन्ततः राजनीतिक दस्तावेज हुन् किनभने तिनीहरूलाई लागू गर्न राजनीतिक इच्छाशक्ति चाहिन्छ,” लिङ्कले भने ।
युद्धविराम उल्लङ्घन भयो भनेर कसले निर्णय गर्छ ?
प्यालेस्टिनीहरूले इजरायलले गाजा युद्धविरामको उल्लङ्घन गरेको बारम्बार औँल्याएका छन् । अमेरिका र इरानले नियमित रूपमा एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाउँछन् । अनि इजरायल र लेबनानले पनि युद्धविरामको सन्दर्भमा त्यस्तै गर्छन् ।
त्यसो भए युद्धविराम उल्लङ्घन भएको छ कि छैन भनेर कसले निर्णय गर्छ र कसबाट ?
क्याडम्यानका अनुसार, उनले जवाफमा भने, “कसले उल्लङ्घन गरेको छ भनेर बाध्यकारी प्रभावका साथ निर्धारण गर्ने अधिकार कुनै तटस्थ मध्यस्थकर्तालाई छैन ।”
अनुगमन संयन्त्रहरू अवस्थित छन्, तर तिनीहरू मुख्यतया राजनीतिक निकायहरू हुन जुन् सम्झौताहरूको मध्यस्थता र ग्यारेन्टी गर्ने राज्यहरूद्वारा निरीक्षण गरिन्छ । गाजा र लेबनानको सन्दर्भमा, त्यो संयुक्त राज्य अमेरिका हो । तर, वाशिङ्टनले मध्यस्थकर्ता, ग्यारेन्टर र इजरायलको सबैभन्दा नजिकको सैन्य र कूटनीतिक सहयोगीको असामान्य भूमिका ओगटेको छ ।
यसको अर्थ विज्ञहरू भन्छन कि उल्लङ्घनका आरोपहरू प्रायः स्वतन्त्र कानुनी निकायद्वारा मूल्याङ्कन गर्नुको सट्टा राजनीतिक हिसाबले फिल्टर गरिन्छ ।
अन्तर्राष्ट्रिय कानुनबारे के भन्न सकिन्छ ?
कस्र्टेनको लागि, गाजा र लेबनानले अन्तर्राष्ट्रिय कानुनी प्रणाली भित्रको आधारभूत विरोधाभासलाई उजागर गर्छन् । कागजमा मात्र, अन्तर्राष्ट्रिय कानुनले के भइरहेको छ त्यसको वैधानिकताको बारेमा व्यापक सहमति स्थापित गर्न सफल भएको छ ।
“विश्वको विशाल बहुमतले स्वीकार गर्दछ कि दुवै सन्दर्भमा के भइरहेको छ त्यो गलत मात्र होइन, गैरकानूनी पनि छ – अन्तर्राष्ट्रिय कानुनको कारण ।”
तैपनि हिंसा रोक्न मान्यताले थोरै मात्र गरेको छ । “जीवन बचाउन र नरसंहार रोक्न थोरै मात्र भइरहेको छ,” उनले भने ।
परिणामस्वरूप कानुनी निष्कर्ष र राजनीतिक कारबाही बिचको खाडल बढ्दै गएको छ । अदालतहरूले अनुसन्धान गर्न, प्रमाण सङ्कलन गर्न र फैसला जारी गर्न सक्छन् जसरी अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालत दुवैले इजरायलविरुद्ध गरेका छन्, तर त्यसले बम खस्नबाट रोक्दैन वा जमिनमा अनुपालनको ग्यारेन्टी गर्दैन ।
कस्र्टेन र लिङ्कको लागि, समस्या कानुनी मापदण्डको अभाव होइन† यो राज्यहरूको निरन्तर असफलता हो जुन तिनीहरूलाई लागू गर्न असफल हुन्छ, विशेषगरी जब शक्तिशाली पक्षहरू संलग्न हुन्छन् ।
“प्रभावकारी जवाफदेहिताको अभाव अन्तर्राष्ट्रिय कानुन र हाम्रो आधुनिक अन्तर्राष्ट्रिय राजनीतिक प्रणालीको मुटुमा रहेको प्वाल हो,” लिङ्कले भने ।
तर, केस्र्टेनले भने कि स्पष्ट कुरा के थियो भने युद्धविरामको समयमा अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार कानुन र अन्तर्राष्ट्रिय फौजदारी कानुन पूर्ण रूपमा लागू रहन्छन् ।
“युद्धविरामले नागरिकहरूविरुद्ध अत्याचार गर्न कुनै कानुनी कभर प्रदान गर्दैन ।”
यसको अर्थ युद्धविराम लागू हुँदा पनि युद्ध अपराधको आरोपको अनुसन्धान र अभियोजन गर्न सकिन्छ ।
के ‘आत्मरक्षा’ को लागि भनी युद्धविरामको समयमा आक्रमण गर्नुले औचित्य दिन्छ ?
क्याडम्यानले गाजा र लेबनानमा इजरायलद्वारा र इरानविरुद्ध अमेरिकाद्वारा निरन्तर आक्रमणलाई औचित्य दिन प्रायः प्रयोग गरिने कानुनी तर्कलाई प्रकाश पार्छन् : ‘आत्मरक्षा’ ।
यी तर्कहरू संयुक्त राष्ट्र सङ्घको बडापत्रको धारा ५१ मा आधारित छन्, जसले राज्यहरूलाई अन्य राष्ट्रहरूविरुद्ध एकपक्षीय सैन्य कारबाही सुरु गर्ने अधिकार प्रदान गर्दछ यदि तिनीहरूले आत्मरक्षाको लागि कार्य गरिरहेको खण्डमा ।
तर, क्याडम्यानले भने कि त्यो धाराको व्याख्या भारी विवादित छ ।
“धारा ५१ ले भएको वा साँच्चै आसन्न सशस्त्र आक्रमणको जवाफ दिन्छ† यो निवारक हमलाको लागि स्थायी इजाजतपत्र होइन ।”
त्यसो भए युद्धविरामको समयमा आक्रमण गरेर देशहरू किन उम्कन सक्छन् भन्ने सोच्छन् ?
बुधबार पत्रकारहरूले अमेरिका र इरानले हालैका हप्ताहरूमा भएका निरन्तर यद्यपि छिटपुट आक्रमणहरूलाई ध्यानमा राख्दै युद्धविरामलाई कसरी परिभाषित गर्नुहुन्छ भनेर सोध्दा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “यो संसारको फरक भाग हो, तपाईँलाई थाहा छ । म भन्छु कि युद्धविरामको त्यो समयमा जब तपाईँ मध्यम तरिकाले गोलीबारी गर्दै हुनुहुन्छ ।”
ट्रम्पको टिप्पणीले गाजा, लेबनान र खाडीमा जारी हिंसाको मूल कारण कानुनी विज्ञहरूले भनेको कुरालाई जोड दिन्छ : कुनै अर्थपूर्ण कार्यान्वयन संयन्त्रको अभाव ।
सुरक्षा परिषद् भिटो शक्तिद्वारा नियन्त्रित छ । आईसीजेले बाध्यकारी आदेश जारी गर्न सक्छ तर लागू गर्न सक्दैन । आईसीसीले गिरफ्तारी वारेन्ट जारी गर्न सक्छ, तर त्यसलाई कार्यान्वयन गर्न राज्यहरूमा निर्भर पर्दछ ।
“एकीकृत गर्ने विषय कार्यान्वयनको कमी हो,” क्याडम्यानले भने ।
क्याडम्यानले तर्क गरे कि समस्या यो होइन कि अन्तर्राष्ट्रिय कानूनमा नियमहरूको अभाव छ । बरु, ती नियमहरू प्रायः छनौट रूपमा लागू गरिन्छन् । “कानुन औपचारिक रूपमा इजरायल वा अमेरिकाको लागि फरक छैन; यसको प्रयोग छनौटपूर्ण छ ।”
फोटो : जुन ५, २०२६ मा दक्षिणी लेबनानी तटीय सहर टायरमा अघिल्लो दिन इजरायली हमलाको स्थलमा मानिसहरू परिणामको निरीक्षण गर्दै । (एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *