भर्खरै :

शारदामा कक्षा ११ का विद्यार्थीहरूको अभिमुखीकरण

शारदामा कक्षा ११ का विद्यार्थीहरूको अभिमुखीकरण

भक्तपुर, २४ जेठ । शारदा माध्यमिक विद्यालय यालाछेँ, भक्तपुरमा यस वर्ष कक्षा ११ मा भर्ना हुन आएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर सुवालले हरेक विद्यार्थीले आप्mनो अध्ययनलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै शिक्षालाई अर्थसँग दाँज्ने गल्ति कसैले गर्न नहुने धारणा राख्नुभयो ।
इमानदारिता, सिकाइमा उत्सुकता र लगनशीलताले विद्यार्थीलाई सफलता पाउन मद्दत गर्ने बताउँदै अतिथि सुवालले हिजोआज अधिकांश विद्यार्थीले प्रविधिलाई आप्mनो अध्ययनसँग जोड्न सके सफलता पाउने विचार व्यक्त गर्नुभयो । प्रविधिको प्रयोग आजको समयमा अनिवार्य जस्तो भए तापनि प्रयोगकर्ताको अनुकूलतामा प्रविधिको प्रयोग वान्छनीय भएको विचार व्यक्त गर्दै उहाँले प्रविधिले मानिसलाई दोहो¥याउने दिन आउन नहुने धारणा राख्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् शिक्षाप्रेमी हिमालयश्वरलाल मूलले अधिकांश अभिभावकहरूको आर्थिक स्तर कमजोर भएको र कमजोर आर्थिकस्तरका विद्यार्थीहरू पढाइबाट बन्चित हुन नपरोस् भन्ने अभिप्रायले कम शुल्कमा गुणस्तरीय शिक्षा दिनु विद्यालयको ध्येय भएको बताउनुभयो । उहाँले विद्यार्थीले आफूले कक्षामा पढ्ने किताबलाई मात्रै सबथोक मान्ने भूल गर्न नहुने विचार व्यक्त गर्दै विद्यालयको पुस्तकालयलाई अधिकतम सदुपयोग गर्ने र अन्य सहयोगी पुस्तक पढ्ने बानीले विद्यार्थीको मनोबल उच्च हुँदै जानुका साथै पठन पाठनमा अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा सभापति विद्यालयका प्रधानाध्यापक रोशनराज तुइतुईले पढाइ निरन्तर अगाडि बढ्ने प्रक्रिया भएको हुनाले यसलाई हरेकले अनुशासित रूपमा ग्रहण गर्नुपर्ने बताउँदै विद्यालयले विद्यार्थीहरूका लागि निर्दिष्ट गरिएका अनुशासनलाई पालना गर्न उत्साहित बनाउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा विद्यालयका विषय शिक्षकहरू विनोद आगञ्जा, गणेशकुमार श्रेष्ठ, राकेश राजचल, रवीन्द्र न्हेमाफुकी, सुन्दर राजचल, मञ्जु लाखा, मञ्जु लागे, रीना कोजु, प्रभा तुइतुई, विनय कोजुलगायतले आ–आप्mनो विषयको महत्वबारे विद्यार्थीहरूलाई अभिमुखीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *