भर्खरै :

साम्राज्यवादविरोधी नेता किम इल सङ

प्रजातान्त्रिक जन गणतन्त्र कोरिया सबै कोरियाली जनताको प्रतिनिधित्व गर्ने एक स्वाधीन राज्य हो । प्रजग कोरियाको सार्वभौमिकता मजदुर, किसान, कामदार, बुद्धिजीवी तथा अन्य मजदुर जनतामा केन्द्रित छ । जनताको प्रजातन्त्रको हुकुमलाई सुदृढ पार्दै देश विदेशका शत्रुहरूको विध्वंसक गतिविधिविरुद्ध समाजवादी व्यवस्था र जनताको राज्य शक्तिको दृढतापूर्वक रक्षा गर्नु राज्यको वर्गीय नीति हो । प्रजग कोरियाका पितातुल्य नेता किम इल सङ्को नेतृत्वमा स्थापना भएको कोरियाली मजदुर पार्टी प्रशिक्षित र खारिएको क्रान्तिकारी पार्टी हो । दूरदर्शी, सेनानायक, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अगुवा किम इल सङ सन् १९१२ अप्रिल १५ मा म्याङयोङडेमा जन्मनुभएको थियो ।
जापानी साम्राज्यवादविरोधी आन्दोलन, सङ्घर्ष र लडाइँको परिवेशमा हुर्कनुभएका किम इल सङका पिता किम ह्योक जिक देशभक्त, जापानविरोधी आन्दोलन र सङ्घर्षका क्रान्तिकारी नेता हुनुहुन्थ्यो भने माता काङ वान शोक पनि देशभक्त र साम्राज्यवादविरोधी नेतृ हुनुहुन्थ्यो । माक्र्सवाद र लेनिनवादलाई कोरियाली वस्तुस्थितिअनुसार सृजनात्मक र रचनात्मक ढङ्गले लागु गर्ने, कोरियाली जनतामा भरपर्ने, कोरियाली जनताको शक्तिमा विश्वास गर्ने, सम्पूर्ण देशभक्त र कम्युनिस्टहरूलाई एकबद्ध गरी मुक्ति आन्दोलनमा अघि सरेका किम इल सङको उत्तर र दक्षिण कोरियालाई एकीकरण गर्ने दृढ इच्छा थियो । माक्र्सवाद पुरानो भयो र समाजवाद असफल भयो भनी झूटा प्रचार गर्ने साम्राज्यवादी र पुँजीवादीहरूलाई उहाँको नेतृत्वमा रहेको कोरियाली मजदुर पार्टीले संसारका विभिन्न कम्युनिस्ट पार्टी, मजदुर पार्टी, समाजवादी पार्टी, प्रगतिशील, प्रजातन्त्रवादी, देशभक्त र वामपन्थी पार्टीलाई एक ठाउँमा भेला गरेर साम्राज्यवादको विरोधमा एउटा साझा मञ्च बनाएर गतिलो जवाफ दिएको थियो । सोभियत सङ्घमा समाजवादको अस्थायी हारपछि पूर्वी युरोपमा समाजवादी व्यवस्थाको अस्थायी हार भयो भनी हो–हल्ला मच्चाइरहेको बेला सन् १९९० अप्रिल २० मा प्योङयाङ घोषणापत्र जारी गरेर विश्वभरिका कम्युनिस्ट र समाजवादप्रति आस्थावान जनताको मनोबल उठाउने काममा किम इल सङको महत्वपूर्ण देन थियो । उहाँले १९५०–५३ को पितृभूमि मुक्तियुद्धको नेतृत्व गरी कोरियाली मजदुर पार्टी, कोरियाली सरकार र कोरियाली जनताको साथमा साम्राज्यवाद र उसका मतियारहरूको आक्रमणलाई असफल पार्नुभएको थियो ।

साम्राज्यवादी र पुँजीवादी शासकहरूको यस्तै यस्तै षड्यन्त्र, कुचाल र दमन नीति देखेर, भोगेर नै प्रजग कोरियाका पितातुल्य नेता किम इल सङले साम्राज्यवादको विरोध गर्नुभएको थियो, उपनिवेशहरूको विरोधमा भएको राष्ट्रिय मुक्ति आन्दोलन र विभिन्न देशका मजदुर आन्दोलनको समर्थन गर्नुभएको थियो । एकले अर्काको घरायसी मामलामा हस्तक्षेप नगर्ने र पारस्परिक सम्मान, समानता र पारस्परिक लाभको सिद्धान्तको पालना गर्ने सिद्धान्त पारित गर्नुभएको थियो । पूरै समाजलाई क्रान्तिकारीकरण गर्न, जीवनका हरेक क्षेत्रबाट सबै पुराना विचारका तत्वलाई हटाउन वर्गसङ्घर्षको आवश्यकता नेता किम इल सङले देख्नुभएको थियो । यसैले उहाँले क्रान्तिलाई जोड दिनुभयो । उहाँ क्रान्तिकारी सिद्धान्तबाट कहिल्यै पछि हट्नुभएन, कहिल्यै विचलित हुनुभएन ।

यसअघि प्रिय नेता किम इल सङले सन् १९२६ मा जापानविरोधी सङ्घ, सन् १९२७ मा कोरियाली युवा कम्युनिस्ट सङ्घ, सन् १९३२ मा कोरियाली जनक्रान्तिकारी सेना, सन् १९३६ मा पितृभूमि पुनः स्थापना सङ्घ र जापानविरोधी राष्ट्रिय संयुक्त मोर्चा गठन गर्नुभएको थियो । सन् १९४५ मा उहाँले जापानी साम्राज्यवादलाई परास्त गरी कोरिया मुक्त गर्नुभयो र सन् १९४५ मा उत्तर कोरियाको कम्युनिस्ट पार्टीको केन्द्रीय सङ्गठन कमिटी गठन गर्नुभयो । त्यस्तै सन् १९४६ मा प्रान्तीय सरकार गठन, सोही समयमा उत्तर कोरियाको मजदुर पार्टी, १९४७ मा कोरियामा पहिलो सर्वहारा वर्गको सरकार र १९४८ मा प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको स्थापना उहाँले गर्नुभएको थियो । १५ वर्षकै उमेरमा साम्राज्यवाद मुर्दावाद सङ्घ स्थापना गरी विश्व इतिहासमै पहिलो पटक अमेरिकी साम्राज्यवादी आक्रामकहरूलाई घुँडा टेकाएर कोरियाली जनताको पितृभूमि लडाइँको विजय हुनुमा उहाँको कुशल नेतृत्व थियो ।
साम्राज्यवादी मुलुकहरू समाजवादी मुलुकहरूलाई कहिल्यै उठाउन चाहँदैनन् । समाजवादी देशमाथि आक्रमण गर्नु, दबाब दिनु, आर्थिक नाकाबन्दी गर्नु साम्राज्यवादी देशको लक्ष्य नै हुन्छ । साम्राज्यवादी देशले अरू मुलुकमा पुँजीवादी बजार अर्थतन्त्र लाद्न कुटिल चाल चलाइरहेको हुन्छ, आर्थिक सहयोग तथा अन्य विकासको लोभ देखाएर देशको अर्थतन्त्रभित्र प्रत्यक्ष या अप्रत्यक्षरूपमा अतिक्रमण गरिरहेको हुन्छ, परेड खेलिरहेको हुन्छ । पुँजीपति वर्गको सरकारलाई आर्थिक सहयोग भए पुग्छ, आर्थिक सहयोग भनेपछि देशको स्वतन्त्रता र सार्वभौकितामा आँच पुगे पनि मतलब राख्दैन, विदेशी सेना प्रवेश गरेर साम्राज्य खडा गर्ने काम गरे पनि वास्ता गर्दैन । अमेरिकी एक कम्पनीले एमसीसी सम्झौताअन्तर्गत नेपाललाई गर्न लागेको आर्थिक सहयोगको कुरा यसको पछिल्लो दृष्टान्त हो । जसरी साम्राज्यवादी मुलुकले पिछडिएका देशलाई उपनिवेश बनाएर भौतिक समृद्ध बनाइरहेको हुन्छ त्यसरी नै पुँजीवादी देशले पनि श्रमिक जनतालाई शोषण गरेर तेस्रो विश्वका स्वाधीन देशमार्फत आफ्नो भौतिक समृद्धि प्राप्त गरिरहेको हुन्छ ।
साम्राज्यवादी र पुँजीवादी शासकहरूको यस्तै यस्तै षड्यन्त्र, कुचाल र दमन नीति देखेर, भोगेर नै प्रजग कोरियाका पितातुल्य नेता किम इल सङले साम्राज्यवादको विरोध गर्नुभएको थियो, उपनिवेशहरूको विरोधमा भएको राष्ट्रिय मुक्ति आन्दोलन र विभिन्न देशका मजदुर आन्दोलनको समर्थन गर्नुभएको थियो । एकले अर्काको घरायसी मामलामा हस्तक्षेप नगर्ने र पारस्परिक सम्मान, समानता र पारस्परिक लाभको सिद्धान्तको पालना गर्ने सिद्धान्त पारित गर्नुभएको थियो । पूरै समाजलाई क्रान्तिकारीकरण गर्न, जीवनका हरेक क्षेत्रबाट सबै पुराना विचारका तत्वलाई हटाउन वर्गसङ्घर्षको आवश्यकता नेता किम इल सङले देख्नुभएको थियो । यसैले उहाँले क्रान्तिलाई जोड दिनुभयो । उहाँ क्रान्तिकारी सिद्धान्तबाट कहिल्यै पछि हट्नुभएन, कहिल्यै विचलित हुनुभएन । उहाँ भन्नुहुन्थ्यो, “क्रान्तिकारी सिद्धान्तबाट विमुख हुनु क्रान्तिको मूलभूत सिद्धान्तप्रति गद्दारी गर्नु हो, क्रान्तिलाई विफल पार्नु हो । जनता नै क्रान्ति र निर्माणका मालिक हुन् ।” यसैको आधारमा उहाँले आम जनतामा केन्द्रित जुच्छे विचारधाराको प्रतिपादन गर्नुभएको थियो । उहाँ क्रान्तिको प्रेरक शक्ति पार्टी, जनता र नेतालाई मान्नुहुन्थ्यो ।
कुनै पनि देशको क्रान्ति न आयात हुन्छ न निर्यात नै हुन्छ । क्रान्ति विदेशी शक्ति राष्ट्रले गर्ने पनि होइन । क्रान्तिको नेतृत्व त्यो देशका बहुमत जनताले गर्छन् । यसका लागि कानुनी र गैरकानुनी सङ्घर्ष हुन्छ । कुनै पनि कम्युनिस्ट पार्टीले सर्वहारा अन्तर्राष्ट्रवादको परित्याग गर्र्दैन । त्यस्तै कुनै देशको समाजवाद अरू देशले ल्याउने होइन, न त त्यो नक्कल नै गरिएको हुन्छ । कुनै पनि सिद्धान्त, विचार र दर्शनको नक्कल होइन आफ्नो देशको काल र वस्तुस्थितिअनुसार कार्यान्वयन गरिएको हुन्छ । आम जनतामा केन्द्रित जुछे विचारधारालाई लागू गर्न नै प्रजग कोरियामा विचारधारात्मक क्रान्ति, प्राविधिक क्रान्ति र सांस्कृतिक क्रान्ति गरियो । जनताको सेवा गर्ने समाजवादी अर्थतन्त्र बजार अर्थतन्त्र होइन, यो आश्रित होइन स्वाधीन अर्थतन्त्र हो ।
समाजवादविरोधी देशहरू समाजवादी देशलाई सर्वसत्तावादी ठान्छन्, व्यारेक सम्झन्छन्, हुकुमी शासन भन्दै स्वतन्त्रता र प्रजातन्त्र नभएको दाबी गर्छन् । यो साम्राज्यवादी, पुँजीवादी र विस्तारवादी देशका शासक र सञ्चारमाध्यमको झूटको खेती हो । प्रजग कोरियाको जुछे विचारधारा जनताका समुदायहरूको स्वाधीनता प्राप्त गर्ने क्रान्तिकारी विचारधाराबाट निर्देशित छ । प्रजग कोरियाको कानुनले कामदार जनताको इच्छा र हितको प्रतिनिधित्व गरेको छ । राज्यले समाजवादी कानुनी व्यवस्थालाई पूर्णता दिनेछ । प्रजग कोरियाको सशस्त्र सेनाको उद्देश्य कामदार जनताको हितको रक्षा गर्नु हो, समाजवादी व्यवस्थाको रक्षा गर्नु हो । क्रान्तिका उपलब्धिलाई आक्रमणबाट बचाउनु हो या संरक्षण गर्नु हो । प्रजग कोरियाका नागरिकहरूले योग्यताअनुसार काम र तिनीहरूको कामको गुण र मात्राअनुसार पारिश्रमिक पाउँछन् । प्रजग कोरियाको सेनामा क्रान्तिकारी भावनामात्र होइन उच्च नैतिकता छ, देशप्रेमको भावना छ ।
सन् १९४५ मा कोरिया स्वतन्त्र भयो । ५ हजार वर्ष पुरानो इतिहासलाई पुनः कायम गर्न सफल भयो । यसरी सफलता प्राप्त गर्नुभएका किम इल सङ जुछे विचारधाराका जन्मदातामात्र होइन आधुनिक कोरियाका महान् निर्माता बन्नुभयो । नेता किम इल सङले कोरियालाई जापानी सैन्यवादी औपनिवेसिक शासनबाट मुक्त र स्वतन्त्र गर्नुभयो । विश्वका कम्युनिस्ट र देशभक्त पार्टीलाई एकै ठाउँमा भेला गर्नुभयो र साम्राज्यवादविरोधी शक्तिलाई एकगठ गर्नुभयो । कोरियाली मजदुर पार्टीका नेता तथा कार्यकर्तालाई मात्र होइन कर्मचारी, किसान, मजदुर, बुद्धिजीवी, पेशागत सङ्गठन र सेनालाई पनि क्रान्तिकारी बनाउनुभयो, सचेत र सङ्गठित गर्नुभयो । प्रजग कोरियाको सरकार, कोरियाली मजदुर पार्टी, सेना, कर्मचारी तथा समग्रमा आम जनताको विश्वास जित्नुभयो र संसारकै शक्तिशाली एवम् अमेरिकी आतङ्ककारीका देशसामु नझुकिकन लड्नुभयो, जनताको मनोबल उच्च बनाउनुभयो । त्यसैले किम इल सङ विश्वकै एक प्रेरणादायी, उदाहरणीय र अन्तर्राष्ट्रवादी कम्युनिस्ट नेता बन्नुभयो । यसरी प्रजग कोरियामा मात्र होइन संसारकै निम्ति उदाहरणीय काम गर्नुभएका नेता सङको स्मरण गर्नु प्रत्येक कम्युनिस्ट, देशभक्त जनताको कर्तव्य हो । यसरी विश्वमा जाज्वल्यमान भएका नेता सङको १९९४ जुलाई ८ मा निधन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *