भर्खरै :

फ्रान्सेली पुँजीवादी क्रान्ति –३

राज्य परिषद्को बैठक
आखिर पैसाको निम्ति राजाले १७८९ को मई महिनामा १७५ वर्षपछि राज्य परिषद् (State General) को बैठक बोलाए । तर, त्यो राज्य परिषद् सन् १६१४ देखि बोलाइएको थिएन । राज्य परिषद्मा तीन तहका प्रतिनिधिहरू थिए । लुई १६ औँले राज परिषद्बाट नयाँ ऋण र करहरूको आशा गरेका थिए । तेस्रो (Third Estate) स्तरबाट पुँजीपति वर्ग र पुँजीवादी बुद्धिजीवीहरू अर्थात् वकिल, कारिन्दा, वैद्य आदि राज्य परिषद्को सदस्य बन्न मन पराएनन् । त्यसमा मजदुर–किसानको तर्फबाट एक जना पनि प्रतिनिधि थिएन । तेस्रो तह वा स्तरलाई साधारण वा मध्यम वर्ग भनिन्थ्यो । तेस्रो तहको नेतृत्व बैङ्कको मालिक र ठुलठुला धनी, साहुमहाजनजस्ता व्यापारी र पुँजीपति वर्गको हातमा थियो । पुँजीपति वर्गले जनताको विद्रोह चर्केला भन्ने डरले विद्रोहलाई रोकिरहेको थियो । तर, पछि तिनीहरूले नै विद्रोह गर्न उत्तेजित पारे । पुँजीपति वर्गले राजा–रजौटाहरूको मनपरीतन्त्रको विरोधमा राजनैतिक किताब र पर्चाहरूको प्रकाशन गर्न थाल्यो । पुँजीपति वर्गले सामन्ती व्यवस्थालाई उखेलेर फाल्न सा¥है चाख राख्न थाल्यो र अन्तमा तिनीहरू जनताको आन्दोलनसँग मिल्न गए ।
राज्य परिषद्को बैठक बस्यो । सामन्ती निरङ्कुश राजतन्त्रको सङ्कट झन् गहिरियो । जनताको अवस्था झन् खस्कँदै गयो । किसान सङ्घर्ष चर्किदै गयो । सहरी गरिब र कारखानाका मजदुरहरू अगाडि बढ्न थाले ।
लेनिनले भन्नु भएजस्तै फ्रान्सको स्थिति तल्लो वर्ग त्यस अवस्थामा बस्न नचाहेको र माथिल्लो वर्ग पुरानो ढङ्गले शासन गर्न नसक्ने अवस्थामा पुगेको थियो । राजा–रजौटा वा खान्दानी र पादरी (धर्मधिकारीहरू) ३–३ जना प्रतिनिधि थिए भने साधारण जनतालाई ६ सय प्रतिनिधिसँगै राखिन्थ्यो । त्यस व्यवस्थाले साधारण जनताको बहुमत हुँदैनथ्यो ।
शोषक वर्ग सत्तालाई कहिले पनि राजीखुसीले छोड्दैन । शासक वर्र्गलाई पल्टाउनु जनताको क्रान्तिकारी कार्यको आवश्यकता थियो र यसको निम्ति जनतासँग नेतृत्व हुनुपथ्र्याे । राजधानीमा जनताको क्रान्तिकारी हावापानीको डरले राजारजौटाहरू राज्य परिषद्को बैठक पेरिसमा गर्न चाहँदैनथे र १७८९ मई ४ को दिन भर्सेलिजमा राज्य परिषद्को बैठक हुने भयो ।
राज्य परिषद्
बडो धुमधाम र झिलिमिली गरेर सा¥है भव्य सभाभवनमा राज्य परिषद्को उद्घाटन भयो । राजा राजसिंहासनमा थिए । पादरीहरू आफ्नो टल्केको सेतो, रातो र नीलो पोशाकमा थिए । राजा–रजौटाहरू मूल्यवान लुगा र सुनले बुट्टा भरेको पोशाकमा थिए । तेस्रो स्तरकाहरू कालो पोशाकमा थिए । राजाले गद्दीमा बस्दा टाउको छोप्नु पर्दथ्यो अथवा मुकुट लगाउँथे । रजौटा र पादरीहरूले पनि आ–आफ्नो पुरानो विशेषाधिकारअनुसार आफ्ना टाउकाहरू छोपे अथवा टोपी लगाए । तेस्रो स्तरकाहरू पनि राजाको भाषण सुन्दा घुँडाले केही तल झुकेर खाली टाउको बस्थे । तर, तिनीहरू त उठी नै रहे र टाउको छोपेर भाषण सुनी रहे । त्यसले राजा–रजौटाको माझमा खलबली मच्यो । राजाको भाषण छोटो भयो । त्यो भाषण प्रधानमन्त्री नैकरले राजालाई कण्ठ गराइएको थियो । प्रधानमन्त्रीको भाषण तीन घण्टा लामो थियो ।
राजाले परिषद्सँग पैसा मागे । जनतामा बढ्दै गएको असन्तोषलाई उल्लेख गरे । साथै कुनै पनि गोलमाललाई दबाउने धम्की दिए ।
क्रान्तिकारी विचार भएका पेरिसवासीहरू भर्सेलिजको राज्य परिषद् बसेको ठाउँमा भेला भए । तिनीहरू आफ्ना प्रतिनिधिहरूलाई राजाको विरोधमा सङ्घर्ष गर्न बल दिन पुगेका थिए । भेलामा जनताको सङ्ख्या बढ्दै गयो । तेस्रो स्तरका प्रतिनिधिहरूले तिनै तहको आ–आफ्नो अलग सभाको माग गरे ।
१७ जून १७८९ को दिन तेस्रो स्तरका प्रतिनिधिहरूले आफूलाई सारा राष्ट्रको प्रतिनिधि घोषणा गरे । आफ्नो सभा अलग बस्ने तिनीहरूले आफूलाई राष्ट्रिय परिषद् (Nationaly Assembly) घोषणा गरे । तिनीहरूले भने, यदि तिनीहरूको परिषद्लाई भङ्ग गरियो भने जनतालाई कर तिर्न बन्द गराइनेछ । तिनीहरूको कार्यको न्यायोचित प्रतिनिधि प्रमाणित गर्न तिनीहरूले (तेस्रो स्तरका प्रतिनिधिहरूले) आफूलाई राष्ट्रको ९६ प्रतिशत जनताको प्रतिनिधित्व भएको दावा गरे । राष्ट्रिय परिषद्ले घोषणा ग¥यो । त्यसको निर्णयलाई खारेज गर्ने वा स्थगित गर्ने राजालाई कुनै अधिकार थिएन । तेस्रो स्तरका प्रतिनिधिहरूले विद्रोहलाई जारी राख्न र आफूलाई तिनीहरूले देशको मुख्य शक्ति भनेर घोषणा गरे ।
संविधान सभाको घोषणा
२० जूनको दिन राष्ट्रियसभा बस्ने दिन थियो । तर, प्रतिनिधिहरूले त्यो सभा बस्ने बैठकमा ताला लागेको देखे । बैठकमा रङ्गरोगन लगाएको निहुँ गरेर राजाले सभा भवन बन्द गर्न लगाएका थिए । तर, प्रतिनिधिहरू त्यसै फर्कने पक्षमा थिएनन् । त्यसको नजिक एउटा खाली भवन थियो । त्यो ठाउँ टेनिस खेल्ने ठाउँ थियो । यसकारण त्यसलाई ‘टेनिसको मैदान’ (Tennis Court) भन्ने गरिन्थ्यो । प्रतिनिधिहरू त्यही गए । बडो उत्साहपूर्वक तिनीहरू त्यहाँ संविधान बनाउने काम गर्न थाले । काम नसिद्धिएसम्म त्यहाँबाट नहट्ने तिनीहरूले प्रतिज्ञा गरे । त्यस राष्ट्रियसभाले आफूलाई ‘संविधानसभा’ घोषणा ग¥यो । त्यस सभाले एक संविधान खेस्रो गर्ने जिम्मा दियो । ती दिनहरूमा रुसोले भने, “जनतालाई आफ्नो सरकार आफैले स्थापना गर्ने अधिकार छ ।”
राजाले संविधानसभाको विरोध नगर्ने घोषणा गरे । त्यो एक छलमात्र थियो । वास्तवमा राजाले सेना बोलाएर बलले मिच्न खोज्दै थिए । बाहिरबाट सेना बोलाइयो । भर्सेलिज एक सैनिक छाउनीजस्तै भयो । सभाभवन फेरि सिपाहीहरूबाट घेरियो । पेरिसलाई पनि २०,००० सेनाले घेरे । त्यसबाट राजधानीमा उत्तेजना फैलियो । ‘पालिस रोयल’ अथवा ‘शाही बंगिया’ भन्ने दरबारहरूमध्येको एक बगैँचामा पेरिसवासीहरू भेला हुने केन्द्र बन्यो । त्यहाँ जहिले पनि जनता भेला हुन थाले । त्यहाँ हरेकलाई बोल्न दिइन्थ्यो । वक्ताहरूले राजधानीमा देखिएको खतरालाई सङ्केत गर्थे । जनतामा लड्ने दृढता झन्झन् बढ्दै गयो ।
पेरिसका सडकहरू भिडले भरिन थाल्यो । तिनीहरू राजधानीका जनतालाई राजाले बदला दिन खोजेकोमा विरोध गर्दै थिए ।
१२ जुलाईको दिन थियो । निःशस्त्र जनतामाथि जर्मनी जातिको पल्टन ल्याएर राजाले दबाउन लगाए । त्यसको जवाफमा सारा जनता हातहतियार लिएर उठ्न आह्वान गरियो । फ्रान्सेली पुलिसको एक पल्टन जनतासँग मिल्न गयो । फ्रान्सेली सशस्त्र प्रहरी जनतालाई जर्मनी पल्टनले दबाएकोमा असन्तुष्ट भएर जनतासँग मिलेको थियो । त्यसै रात ठुलो विद्रोह सुरु भयो । चेतावनीको घण्टी बज्यो । नगर भवनमा सारा जनता भेला भए । राजधानीमा जिल्ला – जिल्लाका जनतालाई सशस्त्र हुन र आ–आफ्ना प्रतिनिधि पठाउन जनतालाई आह्वान गर्न प्रतिनिधिहरूले निर्णय गरे ।
त्यसको भोलिपल्ट एक हुल जनताले हातहतियार राख्ने ठाउँ (बारुद खाना) कब्जा गरे । हातहतियारका पसलहरू लुटिए । अरू हातहतियारको निम्ति समितिले ५०,००० हातहतियार तयार गर्न लगायो । हरेक व्यक्तिले काम गरे । रातभरि नगर उज्यालो भयो । अलकता र डिजेलका भाँडाका बत्तीहरू बल्दै थिए ।
क्रान्तिको सुरु बास्तीलको पतन
शाही सेनासँग लड्न पेरिस तयार भइरहेको थियो । १४ जुलाई १७८९ को दिन पेरिसमा हल्ला चल्यो, ‘एक पुरानो शाही किल्ला बास्तील (Bastille) मा जनतालाई दबाउने पल्टनलाई तयारी अवस्थामा राख्दै छ । बास्तील त्यसबेला जेलमा थियो । जनताको हुल बास्तीलमै हुरियो । ४ घण्टासम्म भिडन्त भयो । अन्त्यमा त्यसलाई जनताले कब्जा गरे तथा बन्दीहरूलाई मुक्त गरे ।
पहरा दिने सिपाहीहरूको पल्टन बन्दुक लिएर आइपुग्यो । त्यसको कमान्डरले आत्मसमर्पण गर्नुपर्ने नै देख्यो । यसकारण त्यसले किल्लालाई नै ध्वस्त पार्न बारुद खानामा आगो लगाउन एक बलेको तार लिएर गयो । त्यसबेला उसलाई उसकै सिपाहीहरूले रोके । तिनीहरूले बास्तीलको ढोका खोलिदिए र किल्लाको कमान्डर आफै मारियो । सात सडक चोकहरूमा ‘विजय’ को खुसीको लहर फैलियो । धातु जोड्ने (तमोट र कामी), सिकर्मी, सार्की, मिस्त्री, जुलाहा र स–साना व्यापारीहरू बास्तीलमा हुरिए । त्यहाँ लड्नेहरूमा एकजना पनि पुँजीपति थिएन । सारा मजदुर र किसान जनतामात्र थिए ।
१४ जुलाईको त्यो रात पेरिसमा कोही पनि सुतेनन् । अब शाही सेना सहरमा घुस्छ भन्ने कुरामा कुनै शङ्का थिएन । जनताले त्यसको निम्ति घरहरूलाई किल्ला बनाउन थाले । जनताले बाटोका ढुङ्गाहरू उप्काए । कसै कसैले घर बनाउने इँटा थुपारे । कसै–कसैले भाला बनाए त कसैले गोली थुपारे । आइमाईहरूले राजाका सिपाहीहरूलाई हान्नको निम्ति घरको छानाछानामा ढुङ्गाहरू जम्मा गरे । बन्दुक, छुरा र भाला लिएर जनता सशस्त्र भए ।
एकातिर जनतामा यस्तो क्रान्तिकारी उत्साह थियो भने अर्कोतिर पुँजीपति वर्गले जनताको विरोध गर्न छोडेको थिएन । जनताले बास्तील कब्जा गरिरहँदा पनि केही धनी पुँजीपति वर्ग जनताको विरोध गर्दै थिए । उदाहरणको निम्ति, पेरिस साहुमहाजन सङ्घका अध्यक्षले जनताको सेनालाई हतियारको टोकरी भनेर पुरानो झुत्रा झुम्राहरू पठाएर विश्वासघात ग¥यो । त्यस्ता विश्वासघातीहरू जनताबाट मारिए ।
भनिन्छ, पेरिस जागिसकेको थियो, बास्तील पतन भइसकेको थियो । राजाले आश्चर्य मानेर सोधे, “किन विद्रोह भयो ?” एक दरबारियाले भन्यो, “होइन सरकार यो विद्रोह होइन, यो त क्रान्ति हो ।”
राजा रिसाएर दिक्क मानेर आफ्नै सेनाप्रति विश्वास नरहेको बताए । राजाले पेरिसमा हमला गर्ने आदेश दिए । राजा आफै संविधानसभामा हाजिर भए । पेरिस र भर्सेलिजबाट पल्टन बाहिर पठाउने उनले घोषणा गरे । बास्तीलको पतनको समाचार युरोप र अमेरिकासम्म पुग्यो । संसारका सबै प्रगतिशील जनताले यसलाई फ्रान्सको एकतन्त्री शासकमाथि बज्रमुक्का सम्झे ।
ठुला पुँजीपति वर्ग सत्तामा
फ्रान्सेली जनताले एक राजनैतिक उद्देश्य लिएर गरेको जनताका पहिलो सङ्घर्षमा विजय पायो । फ्रान्सेली क्रान्तिको यो एक सुरुवातमात्र थियो । जनताले एकतन्त्री राजालाई फ्याँकिदिए । जनताको त्यस विजयलाई साहुमहाजन र बैङ्कपतिहरूजस्ता ठुलठुला पुँजीपति वर्गले आफै स्वार्थसिद्धमा उपयोग गर्न लागे । तिनीहरूले शक्ति हत्याए र आफ्नो स्थिति बलियो बनाउन बडो होसियारीपूर्वक कानुनहरू बनाउन लागे ।
संविधानसभाले हरेक कुरामा राजाको स्वीकृति चाहिने गरी ऐनहरू लागू गर्न लाग्यो । यसले राजालाई अहिले पनि राज्य प्रमुखहरूको रूपमा राख्यो ।
तर, बास्तीलको पतनले फ्रान्सका सारा प्रान्तहरूमा विद्रोह फैलियो । पेरिसकै उदाहरणलाई लिएर एकपछि अर्को सहरका पुँजीपति वर्गले जनताको आन्दोलनको फाइदा उठाएर शक्ति हत्याउन लाग्यो । गाउँ–गाउँमा स्वतन्त्ररूपले विकास भइरहेको किसान सङ्घर्ष अब क्रान्तिमा सामेल भयो । सम्पूर्ण फ्रान्समा लडाइँको विगुल बज्यो । किसानहरू आफ्नै हँसिया, बाँस(नोल) लट्ठी र मुसल लिएर उठे । जमिनदारहरूको घर–घरमा आगो लाग्यो । किसानहरूलाई बाँधिराखेको, दुःख दिइराखेको सामन्ती कागज–पत्र, तमसुक र बन्धनहरू आकाशमा ह्वार–ह्वारती बल्न लागे । क्रान्तिका ती दिनहरू देखेर ठुलठुला भूपति खान्दानीहरू झोला तुम्बा बोक्दै विदेश भागे ।
संविधानसभामा खान्दानी राजा–रजौता र पादरीहरूका प्रतिनिधिहरूमा पनि आतङ्क मच्चिन थाल्यो । जनतालाई धोखा दिन तिनीहरूले केही सहुलियत दिने निर्णय गरे । ४ अगस्त १७८९ को दिन संविधानसभाले किसानहरूको खेतमा परेवा उडाउने र शिकार खेल्नेजस्ता केही साना तिना राजा रजौटाहरूको विशेषाधिकारलाई खारेज ग¥यो । तर, किसानहरूमाथि अत्याचार भई नै रह्यो । अरू सबै सामन्तीहरूको कर र रकम जस्ताको तस्तै थियो । ती सामन्ती बन्धनलाई चँुडाल्न किसानहरूको निम्ति असम्भव नभए पनि अति गा¥हो जरुरै थियो । यसकारण गाउँले इलाकामा विद्रोह हुँदै गयो । समय बित्दै गएपछि विद्रोह झन् चर्को हुँदै गयो । शोषक वर्गको सानातिना सुधार र सहुलियतले किसान वर्गलाई छकाउन सकेन ।
मानिस र नागरिकहरूको अधिकारको घोषणा
फ्रान्सेली संविधानको खेस्रा अमेरिकी स्वतन्त्रताको घोषणामा आधारित थियो । १७८९ मा ‘मानिस र नागरिकहरूको स्वतन्त्रताको घोषणा’ आखिर स्वीकार गरियो । त्यस घोषणाले गम्भीरतापूर्वक जनताको भेदभावको उन्मूलन ग¥यो र कानुनको अगाडि सबै समान छन् भन्ने सिद्धान्तको आधारमा संविधान बनाइसकेको घोषणा ग¥यो । यसले सार्वभौमिकता राष्ट्रमा रहने छ भनेर घोषणा ग¥यो । घोषणामा उल्लेख गरिएको थियो, “मानिसहरू…….स्वतन्त्र भएर जन्मन्छन् र सबैको समान अधिकार छ ।” तर, त्यसमा अरू पनि लेखिएको थियो, “स्वामित्व उल्लङ्घन गर्न नसकिने पवित्र अधिकार हो ।” यसप्रकार संविधानले पुँजीवादी व्यवस्थाको आधारलाई उल्लेख ग¥यो र स्थापित ग¥यो ।
उक्त घोषणाले सामन्ती विशेषाधिकार र सामन्ती स्वेच्छाचारितामाथि एक मुक्का हान्यो । कानुनको अगाडि सबै समान छन् भनेर घोषणा गरियो । तर, त्यो समानता सैद्धान्तिकमात्र थियो । संविधान पुँजीवादी स्वामित्वको अधिकारलाई मानेर सम्पत्तिको नयाँँ असमानतालाई लाहा छाप लगायो र संविधानले स्वतन्त्रताको घोषणा गरेको होइन बरु एक पुरानो दासताको ठाउँमा एक नयाँ दासताको घोषणा ग¥यो । यो दासता पुँजीपति वर्गको मजदुर र किसानमाथिको दासता थियो । संविधानसभाले मजदुरहरूको हड्ताल रोक्ने र हड्तालीहरूलाई जेल सजाय गर्ने विशेष ऐनहरू पारित ग¥यो । फ्रान्सेली पुँजीवादी क्रान्तिले आफ्नो घोषणामा व्यक्तिगत सम्पत्तिलाई उल्लङ्घन गर्न नसकिने घोषणा ग¥यो र यसरी नयाँ संविधानमा वर्गीय दमनको लाहा छाप लगायो । नयाँ संविधानको आधारमा १७९१ मा विधान सभाको चुनाव गराइयो । त्यसमा पुँजीपति वर्गको मुख्य भूमिका रह्यो । त्यस सभामा गिरोन्डे (Gironde) भन्ने ठाउँका पुँजीपति प्रतिनिधिहरूको ठुलो प्रभाव भयो । तिनीहरूलाई ‘गिरोन्डिस’ भनिए । तिनीहरू सीमित वा संवैधानिक राजतन्त्रवादी र उदार वा नम्र गणतन्त्रवादी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *