सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
लेनिनको असीम कार्य क्षमता सुविख्यात छ । त्यसको स्रोत प्रथमतः क्रान्तिकारी द्वन्द्ववादको पद्धतिमाथि उहाँको पूर्ण अधिकार र मजदुर वर्गको क्रान्तिकारी सङ्घर्ष सञ्चालनमा उनको जबरजस्त व्यवहारिक अनुभव थियो । दोस्रो, यसमा उहाँको असाधारण आत्मसंयम तथा आफ्नो समयको सुचारु विभाजन र प्रत्येक क्षणलाई सदुपयोग गर्ने उहाँको योग्यताको पनि महत्वपूर्ण हात थियो । उहाँकी बहिनी मरिया इल्यीनिच्ना उल्यानोभका अनुसार लनिनले आफ्ना चरित्रका यी गुणहरूलाई बालापनदेखि नै विकसित गर्नुभएको थियो ।
लेनिनका सङ्कलित रचना, ग्रन्थ र अन्य प्रकाशनहरूमा प्रकाशित एवम् माक्र्सवाद–लेनिनवाद संस्थानका पूरा लेख सङ्ग्रहालयमा सुरक्षित सामग्रीको आधारमा ती समस्याहरू र प्रश्नहरूको सूची तयार गर्न सम्भव छ, जसलाई लिएर लेनिनको कार्य–दिवश व्यस्त रहन्थ्यो । निःसन्देह यी दस्तावेजहरूको अन्तर्गत उहाँका कामहरूको सम्पूर्ण आयाम र पूरा मात्रा आउँदैन्, किनकि ती काम धेरै किसिमका हुन्थे र उहाँको दैनिक तल्लीनता उहाँद्वारा लेखिएका दस्तावेजसम्म मात्र कुनै रूपले सीमित थिएनन् ।
लेनिनमा एकैपटक अनेक काम गर्न सक्ने आश्चर्यजनक योग्यता थियो । उहाँले एकदम महत्वपूर्ण राजकीय समस्याको सम्बन्धमा काम गर्दा गर्दै पनि मामुली (साधारण) महत्वका प्रश्नमाथि यहाँसम्म कि तुच्छ लाग्ने खालका यस्ता प्रश्नहरूमाथि पनि ध्यान दिइरहनुहुन्थ्यो, जसको कारण सोभियत सत्ताको कल्याण हुन्थ्यो । राजकीय मामलाहरूको बोझबाट थकाइले चुर हुँदा पनि साथीहरूको स्वास्थ्य, भौतिक सुख साथै अन्य आवश्यकताहरूको रेख–देख गर्नको लागि समय र शक्ति निकाल्ने उहाँको योग्यता पनि त्यस्तै आश्चर्यजनक थियो ।
जब बिहान लेनिन आफ्नो अध्ययन कक्षमा पुग्नुहुन्थ्यो, तब उहाँकी सेक्रेटरीले उहाँलाई सङ्क्षपमा प्रस्तुत तात्कालीन प्रश्नहरूको सूचना दिन्थिन् र उहाँका अघिल्ला दिनका आदेशहरू पालनाको बारेमा विस्तारपूर्वक बताउँथिन् । यसपछि लेनिनले आफ्ना नाममा आएका पत्र र दस्तावेजहरू हेर्नुहुन्थ्यो, तिनको बारेमा सुझाव–समर्थन लेख्नुहुन्थ्यो, टेलिफोनमा कुरा गर्नुुहुन्थ्यो, भेटघाटका लागि आएका मानिसहरूसँग भेट्नुहुन्थ्यो, वार्तालाप पत्र तथा दस्तावेजको निरीक्षणको क्रममा नजर आएका मामिलाहरूको सम्बन्धमा आफ्ना सेक्रेटरी तथा प्रबन्धकहरूलाई विभिन्न आदेश दिनुहुन्थ्यो, आउने बैठकको कार्यसूची तथा सामग्रीलाई सरसर्ति हेर्नुहुन्थ्यो । जनकमिसार परिषद्, श्रम तथा प्रतिरक्षा परिषद्, पोलिटब्युरो तथा आयोग बैठकहरूमा अध्यक्षता तथा भाषण गर्नुहुन्थ्यो, लघु–कमिसार परिषद्को प्रशासनिक बैठकमा पारित प्रस्तावहरू पढ्नुहुन्थ्यो र तिनको पुष्टि गर्नुहुन्थ्यो, कामकाजी चिट्ठी तथा तार लेख्नुहुन्थ्यो, अन्तर्राष्ट्रिय मामिलासँग सम्बन्धित ताजा खबरहरू पढ्नुहुन्थ्यो र रुसी तथा विदेशी अखबार, पत्रिका तथा पुस्तकहरू सरसर्ति पढ्दै कहिलेकाहीँ तिनका पानाका छेउछाउमा महत्वपूर्ण नोट लेख्नुहुन्थ्यो ।
यसको अतिरिक्त लेनिनले प्रायजसो मजदुर, लालसेनाका सैनिक तथा किसानहरूका सार्वजनिक सभा र बैठकहरूमा भाषण गर्नुहुन्थ्यो तथा सम्मेलन र अधिवेशनहरूमा रिपोर्ट पेश गर्नुहुन्थ्यो । साधारणतया जुन रिपोर्ट पेश गर्ने हो, त्यसको एक रूपरेखा उहाँले पहिले नै बनाउनुहुन्थ्यो, तर त्यसलाई पेश गर्दै गर्दा सायद आफ्नो नोट वा लेखोट हेर्नुहुन्थ्यो ।
लेनिनले आफ्नो श्रमसाध्य दैनिक कामहरूको साथ–साथै अखबारको लागि राजनीतिक लेख र आफ्नो मुख्य सैद्धान्तिक रचनाहरू लेख्ने काम पनि गरिरहनुहुन्थ्यो । उहाँका सैद्धान्तिक रचना तथा सोभियत सत्ताको सामुन्ने प्रस्तुत गृह तथा विदेश–नीतिसम्बन्धी तत्कालीन व्यवहारिक समस्याहरू सधँै घनिष्ठ सम्बन्ध हुन्थ्यो ।
लेनिन आफ्ना कर्मचारी मण्डलको कामको प्रतिदिन मार्गदर्शन गर्नुहुन्थ्यो । उहाँको सानो कार्यालयको जुन जनकमिसार परिषद् र श्रम तथा प्रतिरक्षा परिषद्को पनि सचिवालय थियो, कुनै पनि कार्यकर्तालाई कार्यालयको कामको कुनै पूर्व–अनुभव थिएन । कर्मचारी मण्डलका सबै कार्यहरूको तहमा पुग्ने कोसिस गर्दै लेनिनले हामीलाई काम गर्ने तरिका सिकाउनुभयो । चिट्ठीहरू पठाउने (ताकी छिटोभन्दा छिटो प्रापकसम्म पुगोस्) सभाहरूको कार्यसूची तयार गर्ने र त्यसको लागि उचित सामग्री जुटाउने, सभाको कार्य–विवरण लेख्ने र संस्थाहरूलाई निर्णयहरूको सूचना दिने आदिका पक्काभन्दा पक्का र तेजभन्दा तेज तरिकाले हामीले उहासँग सिक्यौँ । उहाँका आदेशहरू, जुन धेरैजसो मौखिक हुन्थे, कुनै अपवादबिना कुनै न कुनै ठोस व्यवहारिक समस्या वा हाम्रा कुनै गल्तीसँग सम्बन्धित हुन्थे । तिनी कहिल्यै हावादारी पूर्व–चिन्तित र पूर्व निश्चित आदेशजस्ता हुँदैनथे ।
लेनिनका दैनिक कामका किसिमहरूको पूर्वाेक्त सूची नै यो प्रकट गर्नको लागि प्रशस्त हुन्छ कि उहाँको कार्यदिवस कति व्यस्त हुन्थ्यो । यसको साथसाथै यो पनि बिल्कुल प्रस्ट छ कि उहाँको कामको एक ठुलो हिस्सा यस्तो थियो, जुन मात्रा र विषयवस्तु दुवैमा अतुलनीय थियो । उदाहरणको लागि जुन चीजको कुनै लिखित विवरण छैन त्यसको हिसाब मिलाउन सकिँदैन । जस्तो कि टेलिफोनमा उहाँका कुराकानी, कर्मचारीहरूलाई उहाँको मौखिक निर्देशन वा पथप्रदर्शन, भेट्न आउनेहरूसँगका कुराकानी र यहाँसम्म कि प्रतिनिधि–मण्डलमा हुने उहाँका वार्ता, ती वार्ताहरूका विषय तथा तिनमा उठेका प्रश्न ।
लेनिन एकदम कममात्र मस्कोबाट बाहिर जानुहुन्थ्यो, तर पनि उहाँ देशका आम मानिसहरूसँग हजारौँ प्रत्यक्ष एवम् अप्रत्यक्ष सूत्रहरूद्वारा धनिष्ठरूपले जोडिनुभएको थियो । जनताका भावना अथवा आवश्यकताहरूलाई लेनिनले जस्तो अरू कसैले बुझ्न सक्थेन । उहाँले यो योग्यता निर्वासनको लामो र कठिन दिनहरूमा विकसित गर्नुभएको थियो । जबकि दुरी र जारशाहीको सेन्सरको कारण रुसदेखि विच्छित हुँदाहुँदै पनि आफ्ना समस्त भावना तथा विचारमा त्यससँग सम्बद्ध रहेर उहाँले मजदुर वर्ग तथा किसानहरूको क्रान्तिकारी भावनालाई सुस्पष्ट मूल्याङ्कन गर्दै हाम्रो पार्टी बनाउनुभयो र त्यसको नेतृत्व गर्नुभयो ।
आगन्तुहरूसँगको भेटघाटमा लेनिनको प्रशस्त समय सकिन्थ्यो । यो प्रायः प्रतिदिन हुन्थ्यो । उहाँसँग भेटघाटको कुनै निश्चित दिन थिएन । भेटघाटको बन्दोबस्त सेक्रेटरीको माध्यमबाट हुन्थ्यो, जसले हरेक बिहान लेनिनका प्रार्थीहरूका नाम तथा कामका बारेमा सूचना दिन्थे । प्रायजसो लेनिनले स्वयम् पहल गरेर मानिस भेट्नको लागि बोलाउनुहुन्थ्यो । यसप्रकार नयाँ आर्थिक नीतिमा सङ्क्रमणको समस्यामाथि काम गर्दै लेनिनले फेबु्रअरी १९२१ मा उफा जिल्लाको बुल्गाकोबो कचहरीका बेकेतोभो गाउँका केही किसानलाई किसान समस्याहरूका बारेमा छलफल गर्नको लागि मस्को बोलाउनुभएको थियो । लेनिनले १४ फेब्रुअरी १९२१ मा ताम्बोब गुबेर्निया समितिका सेक्रेटरी नि.मि. नेमत्सेभको रिपोर्ट सुन्नुभयो, जसलाई ताम्बोब गुबेर्नियामा निश्चित समत्न्दा पहिले जिन्सीको हुकुमी वसुलीलाई रद्द गर्ने सिलसिलामा राजधानी बोलाइएको थियो । त्यसै दिन साँझ लेनिनले ताम्बोब गुबेर्नियाका किसानका प्रतिनिधि मण्डलसँग भेटघाट गर्नुभयो । भेटघाटमा भएका कुराकानीलाई नोट गर्नुभयो ।
लेनिनले भेटघाटको लागि कसैलाई समय दिएपछि आफ्नो क्यालेन्डरमा चिनो लगाएर समय पनि उल्लेख गर्नुहुन्थ्यो । टेलिफोनमा भेटघाटको समय निश्चित गर्दै गर्दा लेनिनले आफ्नो घडी र भेट्ने मानिसको घडी दुवैको समय एउटै छ वा छैन भनी पक्का गर्नुहुन्थ्यो । ल.ई.गोल्त्समानले आफ्नो संस्करणमा लेखेका छन् ः “एकचोटि मैले भ्लादीमिर इल्यीचलाई टेलिफोन गरेँ र उहाँसँग भेट्ने इच्छा प्रकट गरेँ । भ्लादीमिर इल्यीचले मेरो घडीमा कति बजेको छ भनी सोध्नुभयो । मलाई याद छ कि मेरो घडीमा तीन मिनेटको अन्तर थियो । भ्लादीमिर इल्यीचले भेटघाटको समय मेरो घडीअनुसार निश्चित गरे ।”
लेनिन साधारणतया प्रतिदिन दुई वा तीन जनासँग भेट्नुहुन्थ्यो, तर कहिलेकाहीँ यो सङ्ख्या धेरै हुन्थ्यो । उदाहरणको लागि ९ फेबु्रअरी १९२१ म उनले आठ जनालाई भेट्ने समय दिनुभएको थियो । जसमा जम्मा चार घण्टा लाग्यो । ती आठ जनामध्ये अखिल रुसी असाधारण आयोगका अध्यक्ष द्जेजीन्स्की, शिक्षाका उप जनकमिसार मि.नि. पेत्रोभ्स्की, कम्युनिस्ट इन्टरनेसनलका कार्यकारिणी समितिका सचिव बेलाकुन, साइबेरियाका एकजना किसान ओ.इ. चेर्नोभ, नयाँ आर्थिक नीतिमा सङ्क्रमणको समस्याहरूसँग सम्बद्ध मजदुर–किसान निरीक्षण संस्थाका बोर्ड सदस्य, कृषिका उप जनकमिसार, रुसी सङ्घका लाटबिया–स्थित राजदूत र भारतीय कम्युनिस्ट पार्टीका सदस्य मानबेन्द्रनाथ राय सम्मिलित थिए । रायसँग लेनिनले करिब डेढ घण्टा कुरा गर्नुभयो । लेनिनसँगको कुराकानीको जुन प्रभाव ओ.चेर्नोभले आफ्नो साथमा लगे, त्यसलाई उनले आफ्नो संस्मरणमा अति मार्मिक ढङ्गले वर्णन गरेका छन् । उनी लेख्छन् ः “कुन कुराले लेनिनलाई महान बनाउँछ ?”
“पक्कै पनि कुनै विशिष्ट व्यक्तिको कुरा सुनेझँै उहाँले मेरो कुरा सुन्नुहुन्नथ्यो । तर, मेरोमार्फत उहाँले सम्पूर्ण किसान समुदायको कुरा सुनिरहनुभएको थियो र गाउँको स्थिति, त्यहाँका सम्पूर्ण समस्याहरूलाई बुझिरहनुभएको थियो ।”
भ्लादीमिर इल्यीचले प्रायः दैनिकजसो प्रमुख सरकारी वा पार्टी निकाय र आयोगहरू (जनकमिसार परिषद्, श्रम तथा प्रतिरक्षा परिषद्, पोलिटब्युरो, आर्थिक आयोग, बित्त आयोग, खाद्य आयोग, आदि) को अध्यक्ष्यता गर्नुहुन्थ्यो । खाद्य आयोगको केन्द्रमा खाद्यको वितरणमाथि निगरानी राख्न तथा त्यस समस्याहरूलाई सल्टाउनको लागि ३१ फेबु्रअरी १९२१ मा बताइएको थियो । यस्ता बैठकहरूको अध्यक्षता गर्नमा लेनिनलाई धेरै समय लाग्थ्यो ।
यसबाहेक लेनिनको कार्य दिवसलाई त्योभन्दा पहिला वा पछिका दिनहरूमा एक अभेद्य पर्खालद्वारा पृथक गरी कुनै असम्बद्ध एकाइको रूपमा हेर्न सकिँदैन, किनकि पार्टीको लागि, सोभियत सरकारको लागि तथा देशको नेताको हैसियतले पनि, लेनिनका लागि प्रत्येक दिनले ठुला समस्याहरू लिएर आउँथ्यो र ती समस्याहरूलाई त्यसै दिन ठोस दस्तावेजको रूप दिइदैनथ्यो । यी समस्याहरू पक्कै पनि लेनिनको दिमागमा खेलिरहन्थे, उहाँलाई चिन्तित बनाउँथे ।
लेनिनको यथार्थतः प्रचण्ड कार्य–क्षमताको बारेमा पूर्ण जानकारी प्राप्त गर्नको लागि उहाँको कुनै सामान्य कार्य–दिवस उदाहरणतः २ फेबु्रअरी १९२१ लाई सुरुदेखि अन्त्यसम्म हेर्नु नै काफी हुन्छ ।
प्रस्तुति :आरम्भ
Leave a Reply