भर्खरै :

फ्रान्सेली पुँजीवादी क्रान्ति – ६

सैनिक स्थिति
लडाइँका मोर्चाहरूको स्थिति झन् खराब हुँदै गयो । बेलायत फ्रान्सको पुरानो शत्रु थियो । फ्रान्सको सङ्कटबाट फाइदा उठाएर बेलायतले युरोप र उपनिवेशहरूमा पनि क्रान्तिकारी फ्रान्सको विरोधीहरूसँग मिलेर हमला ग¥यो । फ्रान्सेली भगुवाहरूले बेलायतमा बसेर लाखौँ लाख नक्कली नोट छापेर फ्रान्सभित्र वितरण गरे र फ्रान्सेली सिक्काको अवमूल्यन गरी आर्थिक गोलमाल गर्ने काम गरे ।
जिरोन्डिस्टहरू रक्षा शक्तिलाई बलियो बनाउनुको सट्टा बेइमानी गरेर मोर्चामा कम तालिम पाएका र कमसल हातहतियार भएका सेना पठाउँथे । तिनीहरू सकभर क्रान्तिकारी तत्वहरूमाथि हमला गर्न चाहन्थे ।
खाद्य समस्या
खाद्य समस्याबारे ‘पहाडी’ र जिरोन्डिस्टहरूको माझमा चर्को भिडन्त भयो । खाद्यान्नको भाउ बढ्दै गइरहेको थियो । तर, जिरोन्डिस्टहरूले अन्न बेच्न पाइरहेका थिए । पुँजीपतिहरूले जनतालाई जथाभावी ‘हुल्याहा’, ‘उताउला’ र जिद्दी भनेर हेला गर्थे । सन् १७९३ को वसन्तमा ‘हुल्याहा’, ‘उताउला’ जनताले स्थानीय निकाय वा ‘सेक्सन’ इलाकामा कालो बजार रोक्न चर्का चर्का उपायहरू लागू गर्नुपर्छ भनेर माग गरे ।
त्यस आन्दोलनमा सबभन्दा प्रभावशालीहरूमध्ये गाउँका एक जना गरिब पुरोहित थिए । उनको नाम जायकस् रक (Jaeques Rock) थियो । उनले भने, “एक व्यक्ति भोकले मरिरहेको छ र अर्को चाँहि मोज गर्दै छ भने स्वतन्त्रता खालि एक भ्रम हो ।” मानव जीवनभन्दा बेइमानीहरूको सम्पत्ति बढी मूल्यवान हो भन्ने के सम्भव छ ? ‘हुल्याहा’ र ‘उताउला’हरू थोक व्यापारी र धनीहरूको विरोधमा उठे ।
पेरिसका गरिब जनता र ‘हुल्याहा’ हरूको आन्दोलन बढ्दै गइरहेको थियो । जिरोन्डिस्टहरूले आन्दोलनलाई दबाउन कम्युन र क्रान्तिकारी स्थानीय संस्था ‘सेक्सन’ लाई भङ्ग गरिदिए । काम गर्नको निम्ति १२ जनाको एक समिति बनाइयो । यस खबरले पेरिसका चारैतिरका सहरहरूमा विरोध र उत्तेजना फैलियो ।
गाउँका जिरोन्डिस्टहरू शक्तिमा थिए । तिनीहरूले सामन्ती दासतालाई उन्मूलन गर्न रोकिरहेका थिए । यसकारण गाउँ–गाउँमा किसान विद्रोहहरू भए । गाउँ र सहरी इलाकामा जनआन्दोलनको बेलामा पेरिसका जनता सशस्त्र भएर उठे र राष्ट्रियसभामा शासन गरिरहेको गिरिन्डी व्यापारी पुँजीपति वर्गलाई फ्याँकी दिए ।
जाकोविनहरू शक्तिमा
२ जून १७९३ को बिहान पहिलो सङ्कटको घण्टा बज्यो । पेरिसका चारैतिरबाट ४०,००० मानिसहरू राष्ट्रियसभाको भवनमा हिँडे । ‘सेक्सन’ अथवा स्थानीय संस्थाहरूको सशस्त्र दलले सभाभवनलाई घे¥यो र सभालाई आत्मसमर्पण गर्न बाध्य ग¥यो । गिरोन्डी नेताहरूलाई गिरफ्तार गर्ने माग ग¥यो । यसप्रकार जाकोविनहरू राष्ट्रियसभाको नेतृत्वमा पुगे । जाकोविनहरू सबभन्दा दृढ र क्रान्तिकारी पुँजीपति वर्गका स्थिर तत्व थिए ।
\
३१ मईदेखि २ जून १७९३ को अवधिमा फ्रान्समा एक क्रान्तिकारी प्रजातान्त्रिक हुकुम कायम भयो । जाकोविनहरूले शक्तिलाई राम्रोसँग हातमा लिए । सहर र गाउँले इलाकाहरूलाई अगाडि बढाएर जनताको हितको निम्ति नयाँ महत्वपूर्ण नियमहरू लागु गरे । क्रान्तिको उँचो ज्वार माथि उठिरहेको थियो । सामन्तहरूको विरोधमा जाकोविनहरूलाई सहरका गरिब र किसान जनताले समर्थन गर्थे । त्यसको आवश्यकता पनि थियो । किसान जनता फ्रान्सेली पुँजीवादी क्रान्तिको सबभन्दा ठुलो र सबभन्दा महत्वपूर्ण शक्ति थियो । त्यो अगाडि बढेको शक्ति थियो ।
क्रान्तिको उँचो ज्वार
फ्रान्सको चारैतिर आक्रामक सामन्ती राज्यहरूले घेरिरहेका थिए । बेलायत पनि तिनीहरूसँग मिलिसकेको थियो । जाकोविनहरू शक्तिमा आउनासाथै जिरोन्डिसहरूले देशमाथि विश्वासघात गर्न थाले । जिरोन्डिसहरूको मद्दतबाट बेलायतले फ्रान्सको दक्षिण–पूर्वको एक महत्वपूर्ण जहाजी बन्दरगाहहरूको आधार तौलन (Toulon) कब्जा गर्यो ।
भगुवाहरूको उक्साइ र सेनामा भर्ना हुन नचाहेर फ्रान्सको पश्चिममा भेन्डी (Vendee) अर्थात् (Poitou) मा क्रान्ति–विरोधीहरू उठे, यसले फ्रान्सको स्थिति झन् चर्कियो । त्यस इलाकाका किसानहरू पिछडिएका थिए । पिछडिएका, थिचिएका र कुल्चिएका किसानहरू क्रान्तिविरोधी पादरी र जमिनदारहरूसँग मिल्न गए । बेलायती जासुस र आक्रामकहरू प्रतिक्रान्तिकारीहरूलाई धन र हतियार पूर्ति गर्थे । बेलायतको मद्दतले भेन्डीमा उठेको प्रतिक्रान्तिकारी गोलमाल ब्रिटानी (Britteny) भन्ने पश्चिमी प्रान्तमा पनि फैलियो । भेन्डीमा लडाइँको आगो दन्किरहेको थियो । जनता मर्दै थिए । ती दिनहरूमा रोवेस्पियरले भने,“यदि क्रान्तिको हार हुन्छ भने त्यसको कारण भेन्डी हुनेछ । फ्रान्सलाई जिउँदो राख्ने हो भने भेन्डीलाई खतम गर्नुपर्छ ।”
जिरोन्डिस र तिनीहरूका समर्थकहरू पेरिस छोडेर फ्रान्सको विभिन्न ठाउँमा भागे । राजतन्त्रवादी रजौटाहरूको मद्दतले क्रान्तिको विरोधमा विद्रोहहरू चर्किदै गए । एकचोटि त ८३ जिल्लाहरूमध्ये २३ जिल्लामात्रै राष्ट्रियसभाको पक्षमा बाँकी रहेको थियो ।
राष्ट्रियसभाका समर्थक जिल्लाहरूमा जासुस आक्रामकहरू र विध्वंसक तत्वहरूबाट ठूलो खतरा देखिन्थ्यो । सन् १७९३ को वर्षमा एक क्रान्तिविरोधी चार्लोट कोर्डे ( Charlotte Corday) भन्ने एउटी महिला माराट कब्जा गरेका घरमा घुस्न सफल भइन् । तिनीले धोखा दिएर माराटलाई छुरा हानी हत्या गरिन् । फ्रान्सेली जनताका साथी माराटको मृत्युमा पेरिसका सबै क्रान्तिकारीहरूले शोक मनाए ।
क्रान्तिकारी सरकार
यस्ता कठिनाइहरूसँग भिडन्त गर्न जाकोविन्सहरूले एक बलियो क्रान्तिकारी सरकार गठन गरे । उनीहरूले क्रान्तिका शत्रुहरूसँग कठोरतापूर्वक सामना गरे र फ्रान्समा एक क्रान्तिकारी हुकुम कायम गरे । यसको मुख्य उद्देश्य क्रान्तिलाई त्यसको शत्रुहरूबाट आएको खतराबाट रक्षा गर्नु थियो । रोवेस्पियरले भने, “क्रान्तिकारी सरकारले असल नागरिकहरूको कल्याणलाई हेर्नुपर्छ तर जनताका शत्रुहरूको निम्ति यसले खालि मृत्युलाई बोलाउँछ ।”
जनताबाट समर्थित क्रान्तिकारी पुँजीवादी वर्गले नेतृत्व गरेको जाकोविन्सहरूको हुकुमी सरकारको प्रशासन नयाँ प्रकारको थियो । सन् १७९३ को जुलाईतिर बनेको ‘जन सुरक्षा समिति’ लाई पूर्ण अधिकार दिइयो । वास्तवमा सरकार नै त्यही थियो र त्यसलाई राष्ट्रियसभाले चुनेको थियो । त्यसका नेता रोवेस्पियर थिए । उनी दृढ र कठोर स्वभावका थिए । उनी शान्त र गम्भीर थिए । उनी सफा लुगा लगाउँथे । गम्भीर क्षणहरूको निम्ति रोवेस्पियर साहसका एक उदाहरण थिए । शत्रुहरूले उनलाई सा¥है घृणा गर्थे तर जनतामा उनी सा¥है प्रिय थिए । रोवेस्पियर भन्ने गर्थे, “यदि हामीले गर्न सकेको गरेनौँ भने हामीले देशको निम्ति पर्याप्त मात्रामा गरेको हुन्न ।” उनको विचारमा क्रान्ति र देश पर्याय थियो ।
सुरक्षाको निम्ति बनेको ‘जनसुरक्षा समिति’ले प्रतिक्रान्तिका विरोधमा एक दृढ आन्दोलन चलायो । जन सुरक्षा समितिहरूमा स्थानीय संस्थाका प्रतिनिधिहरूको व्यवस्था गरियो । प्रान्त र लडाइँको मोर्चामा खास कामको निम्ति प्रतिनिधिहरूलाई पठाइन्थ्यो । प्रतिनिधिहरूले पूर्ण क्रान्तिकारी भावनाले काम गर्थे ।

 ज्याकोविन क्लवको बैठक


सेन्ट जस्ट(Saint Just) भन्ने एक ठूला बुद्धिजीवी थिए । उनी सा¥है इच्छा शक्ति भएका क्रान्तिकारी थिए । उनी ‘जन सुरक्षा समिति’का रोवेस्पियरका सबभन्दा नजिकका साथी थिए । उनी राइन प्रदेशको सेनाको प्रतिनिधिको रूपमा पठाइए । त्यहाँ उनले धनीहरूसँग कर उठाए । एक आन्दोलनमा उनले लेखेका थिए, “सेनामा १०,००० मानिसहरू खाली खुट्टाका छन् । एक दिनभित्र स्ट्रावर्गका सबै खान्दानीहरूलाई जुत्ता फुकाउन देऊ र अनि हेर त भोलि बिहान १० बजेसम्म १०,००० जोर जुत्ता हेड क्वाटरमा पठाउनेछ ।” अथवा देशभक्त सैनिकहरूले जुत्ता लाउन पाएनन् भने कुनै पनि खान्दानीहरूले जुत्ता लाउन पाउने छैनन् भन्ने उनले घोषणा गरे ।
सेनाको प्रतिनिधिमण्डल वा समितिहरूलाई जाकोविन सङ्घ प्रान्तका शासकहरू, गाउँ–गाउँका क्रान्तिकारी कम्युन र सहरी जिल्लाहरूबाट पनि समर्थन पाउँथे । ती समितिहरूले दृढतापूर्वक र छिटोछरितो काम गर्थे । यसप्रकार जाकोविन सरकारले जनताको समर्थनबाट शक्ति सञ्चय ग¥यो । वास्तवमा जाकोविनहरू जनतालाई उठाउन खप्पिस थिए ।विदेशी शत्रुहरू फ्रान्सलाई घेर्दै थिए । विदेशी राजावादीहरू फ्रान्सेली क्रान्तिको घाँटी निमोठेर मार्न चाहन्थे । तिनीहरू फ्रान्समा फेरि सामन्ती हुकुम फिर्ता ल्याउन चाहन्थे । जाकोविनहरूले क्रान्तिविरोधी सामन्त र पादरीहरूको जग्गा जमिन जफत गरे । विदेशमा भागेका राजा–रजौटाहरूको सम्पत्ति पनि जफत गरे ।
सामन्ती ऋणहरूको समाप्ति
जुलाई १७९३ मा जाकोविनहरूले सबै किसिमका सामन्तका ऋणहरूलाई बिनामुआब्जा पूर्णरूपले उन्मूलनको घोषणा गरे । भूमिपति र सामन्तहरूको अधिकार पत्रहरू र सबै प्रकारका लालमोहर जलाइदिने आदेश दिए । सामन्तहरूको कब्जा गरेका सबै सार्वजनिक जग्गा किसानहरूलाई फिर्ता दिलाइयो । साथसाथै राष्ट्रियसभाले गाउँका एकतिहाइ घरहरूको अनुरोधमा सबैलाई समान भाग पाउने गरी सार्वजनिक जग्गा वितरण गर्न दिने निर्णय लियो । धर्माधिकारी, पादरी र विदेश भागेका रजौटाहरूको जफत गरिएको जग्गा किसानहरूलाई किन्न सक्ने गर्न स–साना टुक्रा गरेर बेच्न लगाइदियो । यसप्रकार जाकोविनहरू शक्तिमा जानासाथै ४ वर्षसम्म पुँजीपति वर्ग सत्तामा रहेर गर्न नसकेका कामहरू भए, जसको निम्ति धेरै पहिलेदेखि किसानहरू सङ्घर्ष गर्दै थिए ।
राष्ट्रिय सभाले उपनिवेशहरूका दासप्रथालाई उन्मूलन ग¥यो । फ्रान्सेली उपनिवेश हाइटीमा हब्सी दासहरूको विद्रोहपछि दासहरूले स्वतन्त्रता पाए । सबै उपनिवेशहरूमा दासप्रथा उन्मूलनको ऐन लागू गरिएको थियो ।
१७९३ सेप्टेम्बर महिनामा पेरिसका गरिबहरूले आफै सशस्त्र भई सडकमा निस्केर राष्ट्रियसभा भवनलाई घेरे । विद्रोही जनताको मागअनुसार राष्ट्रियसभाले आवश्यक वस्तुको मूल्य निर्धारण ग¥यो । निश्चित मूल्त्र्न्दा व्यापारीहरूलाई बढी लिन मनाही गरिएको थियो । त्यस ऐन र नियमको विरोध, उल्लङ्घन गर्नेलाई ठुलो सजाय तोकियो । जमिनदार र धनी किसानहरूसँग खाद्यान्न लिन गाउँ–गाउँमा सशस्त्र दलहरू पठाइए ।
जाकोविनहरूले आफ्नो पुँजीपति वर्गको स्वार्थअनुसार मजदुरहरूको उच्चतम ज्यालाको दरलाई पनि लागू गरे । प्रतिक्रियावादीहरूको अन्तरध्वंशका गतिविधिलाई निर्ममतापूर्वक दबाउन जनताको हुकुमलाई धम्कीको रूपमा प्रयोग गर्न माग गरे । १९९३ को शरद्मा जाकोविन हुुकुमलाई व्यापकरूपमा लागु गरे । सेप्टेम्बर १७९३ मा राष्ट्रिय सभाले ‘शङ्काको ऐन’ (Law of Suspects) लागु ग¥यो । यसकारण सेप्टेम्बर १७९३ सम्म राष्ट्रियसभाका २२ जना जिरोन्डिस्ट प्रतिनिधिहरूलाई क्रान्तिकारी अदालत (Revolutionary Tribunal) ले देशहरूको मुद्दा चलायो र ज्यान सजाय दियो ।
शङ्कास्पद व्यक्ति भन्नाले कसैको ‘व्यवहार’, सम्बन्ध, भाषण या लेखले स्वतन्त्रताको शत्रु देखाएकाहरू हुन्थे । ती शङ्का गरिएका व्यक्तिहरूलाई तुरुन्तै गिरफ्तार गर्न सकिन्थ्यो । जनताले प्रतिक्रान्तिकारी, नाफा, खञ्चुवा, जासुस र विश्वासघातीहरूलाई उदङ्ग्याउन मद्दत गर्थे ।
क्रान्तिका सबै शत्रुहरूको निर्मम दमनले विद्रोहलाई दबाउन र लडाइँको मोर्चामा विजय हासिल गर्न सम्भव भयो । क्रान्तिका शत्रुहरूलाई निर्ममतापूर्वक दबाउने र सामन्तवादी व्यवस्थाका सबै अवशेषहरूलाई ध्वस्त गर्ने जाकोविनहरूलाई किसान, सहरका स–साना पुँजीपति वर्ग र सहरका तल्लो वर्गका जनताको समर्थन थियो ।
चर्चको विरोधमा सङ्घर्ष
फ्रान्सेली पुँजीवादी क्रान्ति नै इतिहासमा आफ्नो ढङ्गमा पहिलो क्रान्ति थियो । त्यसमा बिना कुनै आर्थिक सिद्धान्त र अरूले मद्दत नगरिकनै जनसमुदायले पूर्ण राजनैतिक मागहरू गरेका थिए । क्रान्तिको विरोध गर्न राष्ट्रियसभाले बन्द गरिदियो । नयाँ ढङ्गको नागरिक, रीतिरिवाज, विवाह र दाहसंस्कारलाई चलनमा ल्यायो । क्याथोलिक चर्चले क्रान्ति विरोधीहरूलाई समर्थन गरेको थियो । स्कूलहरूमा धार्मिक उपदेशहरू बन्द गरिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *