सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
फ्रान्सेली पुँजीवादी क्रान्तिको महत्व
क्रान्तिलाई नेतृत्व गर्ने फ्रान्सेली पुँजीपति वर्गले क्रान्तिका सफलताहरूलाई आफ्नै फाइदाको निम्ति उपयोग ग¥यो । विशेष अधिकारहरू उन्मूलन गरिए । खान्दानीहरूको दमनको ठाउँमा धनी पुँजीपतिहरूको दमनलाई स्थापना गरियो । त्यतिमात्रै होइन क्रान्तिकारीहरूले क्रान्ति ल्याए । तर, त्यही क्रान्तिले क्रान्तिकारीहरूलाई खाए भन्ने उखानजस्तै बन्यो ।
जाकोविनहरूले सामन्त, जमिनदार, क्रान्तिविरोधी र ठुलठुला पुँजीपति वर्गको विरोधमा सङ्घर्ष गरिरहँदा जनताले तिनीहरूलाई समर्थन गरेका थिए । तर जब….. शक्तिमा पुगेर जाकोविनहरूले सहर र गाउँका गरिबहरूको आन्दोलनलाई दबाए, अनि जनताले तिनीहरूको समर्थन गर्न छोडे । तिनीहरू एक्लो परे । प्रतिक्रान्तिकारी पुँजीपति वर्ग धेरै लामो समयसम्म लाखौँ लाख शोषितहरूको झन्डाको पछाडि लागेन । आखिर जहाँ पनि तिनीहरूले मजदुर किसान जनताको विरोध गर्नेछन् । सर्वहारा वर्गको नेतृत्व भएको क्रान्तिले मात्र मजदुर वर्गले अन्तिम विजय पाउनेछ । यो समाजवादी क्रान्ति हुनेछ । जाकोविनहरूको सफलता र असफलताको शिक्षा त्यही हो । जिल्ला वा स्थानीय निकाय र कम्युनहरू भङ्ग गर्नु नै क्रान्तिको आत्मा समाप्त हुनु हो, त्यसरी क्रान्तिले पछि आफैमाथि घात ग¥यो, अनुभवको कमीले, शत्रुहरूको षड्यन्त्रले ।
पुँजीवादी क्रान्ति र सर्वहारा क्रान्तिबीचको मुख्य फरक बुझ्नु आवश्यक छ । पुँजीवादी क्रान्तिको मतलब शोषक वर्गको एक गुटबाट अर्को गुटमा शक्ति सार्नुमात्रै हुनेछ । शक्ति सामन्त वर्गको हातबाट पुँजीपति वर्गको हातमा जानु हो । समाजवादी क्रान्तिले उत्पादनका साधनको व्यक्तिगत स्वामित्वलाई अन्त गर्छ । यसले शोषणको मुख्य आधार सँगसँगै शोषक वर्गलाई पनि समाप्त गर्छ । १८ औँ शताब्दीमा पुँजीवादी व्यवस्थालाई फाल्न चाहिने आवश्यक अवस्थाहरू र समाजवादलाई स्थापना गर्न आवश्यक अवस्थाहरू तयार भइसकेका थिएनन् । त्यसपछि परिस्थितिमा हेरफेर आयो । आज पुँजीवादी व्यवस्थामा भिन्नता आएको छ । पुँजीवादी र पुँजीपति वर्ग बदनाम हुँदै र सङ्कटमा झेलिरहेका अवस्थामा छ र सर्वहारा वर्ग सचेत हुँदै र समाजवादको अस्थायी हार खाँदै पुरानो अनुभवबाट परिपक्व हुँदै उठिरहेको छ ।
फ्रान्सेली पुँजीवादी क्रान्तिको महत्वबारे माक्र्स र लेनिन
१६४८ मा बेलायती पुँजीपति वर्ग राजतन्त्रको विरोधमा खान्दानी र चर्चको स्थापनाको विरोधमा नयाँ खान्दानीहरूसँग मिलेका थिए ।
१७८९ मा फ्रान्समा पुँजीपति वर्ग स्वतन्त्र खान्दानी र स्थापित चर्चको विरोधमा जनतासँग मिल्यो ।
यी दुवै क्रान्तिहरूमा आन्दोलनको मोहडामा पुँजीपति वर्ग थियो । सर्वहारा वर्ग र व्यापारी वर्गको स्वार्थ पुँजीपति वर्गको स्वार्थभन्दा फरक थिएन । त्यस्तो अवस्थामा सर्वहारा वर्ग र व्यापारी वर्गको बीचमा पूर्णरूपले उपविभाजन भइसकेको थिएन । तिनीहरू पुँजीपति वर्गको स्वार्थलाई लागू गर्नमात्रै लडेका थिए, भनुँ भने तिनीहरू पुँजीपति वर्गको देखासिकीमा लडेका थिए । सम्पूर्ण फ्रान्सेली आतङ्कवाद खालि पुँजीपति वर्गका शत्रुहरू एकतन्त्र र सामन्तवादसँग बदला लिने गतिविधि थियो ।
बेलायतको १६४८ को क्रान्ति र १७८९ को फ्रान्सको क्रान्ति बेलायती र फ्रान्सेली क्रान्तिमात्र थिएनन् । ती क्रान्तिहरू युरोपेली ढङ्गका थिए । यी क्रान्तिहरूमा पुँजीपति वर्ग विजयी भएको थियो । तर, त्यसबेला पुँजीपति वर्गको विजय समाजमा नयाँ व्यवस्थाको विजय थियो । सामन्ती सम्पत्तिमाथि पुँजीवादी सम्पत्तिको विजय थियो ।
महान् फ्रान्सेली क्रान्तिलाई गम्भीर अध्ययन गरिनुपर्दछ । बिना कारण त्यसलाई महान् भनिएको होइन । कुन वर्गको निम्ति त्यसले काम ग¥यो ? पुँजीपति वर्गको निम्ति काम ग¥यो । यसले पूरा १९ औँ शताब्दीसम्म काम ग¥यो । यस शताब्दीले सम्पूर्ण मानव जातिलाई नयाँ सभ्यता र संस्कृति दियो । यो शताब्दी फ्रान्सेली क्रान्तिको पद चिह्न पछाडि हिँड्यो । सारा संसारभरि त्यो क्रान्ति निरन्तर अगाडि बढ्यो । त्यसलाई आर्थिकरूपमा पूरा गरियो । महान् फ्रान्सेली क्रान्तिले पुँजीपति वर्गको स्वार्थलाई पूरा गरिदियो । यद्यपि, तिनीहरू यसबारे चिन्तित थिएनन् । तिनीहरूले त्यसलाई स्वतन्त्रता, समानता र भ्रातृत्व शब्दभित्रै लुकाएर राखे ।
फ्रान्समा थर्मिडोर प्रतिक्रान्तिको राज (१७९५–९९)
९ थर्मिडोर (२७ जुलाई १७९४) को प्रतिक्रान्तिकारी विद्रोहपछि फ्रान्सको शक्ति क्रान्तिको समयमा सट्टा–पट्टाको व्यापारले धनी भएका पुँजीपति वर्गको हातमा गयो । नाफा खञ्चुवा व्यापारीहरूले राज्य सभामा मुख्य पदहरू हात पारे । शक्ति हत्याएपछि थर्मिडोरहरूको पहिलो काम जाकोविन हुकुमको संयन्त्रलाई ध्वस्त पार्नु थियो र पारे । त्यसलाई ठुलो वर्गको प्रतिक्रान्तिकारी संयन्त्रमा फेरिदिए ।
जाकोविन सङ्घ बन्द गरियो र ढोकाहरूमा लाहाछाप लगाइयो । सङ्घका स्थानीय शाखाहरू पनि बन्द गरिए । पुँजीवादी प्रतिक्रान्तिकारीहरूले पेरिसका स्थानीय निकाय वा ‘जिल्ला अड्डा’हरूलाई भङ्ग गरे । ती निकायहरूले नै क्रान्तिको निम्ति अत्यन्त महत्वपूर्ण काम गरेका थिए । पेरिसको क्रान्तिकारी स्थानीय शासनका सङ्गठनहरू उन्मूलन गरिए । यी सबै कदमहरूको पछाडि ठुलो प्रतिक्रान्तिकारी आतङ्कको भूमिका थियो । जाकोविनहरूलाई खोज्थे र गिरफ्तार गर्थे । ‘गाइल्ड युवक’ भनाउँदा गुट वा बिग्रेका केटाहरूले बाटामा भेटेका मजदुर र कालीगढहरूलाई पिट्थे, जाकोविनहरूको घरघरमा घुस्थे र भित्र बसेका सबैलाई निर्दयतापूर्वक कुटपिट गर्थे र त्यसलाई सजाय दिएको भन्थे ।
थर्मिडोरहरूले विरोधीहरूलाई निर्ममतापूर्वक दबाए । ‘नयाँ गणतन्त्रात्मक संविधान’ बन्यो । विधानसभालाई दुई तहमा विभाजित गरियो । सबैभन्दा उँचो कार्यकारी अध्यक्षता एक व्यक्तिको हातमा थियो । त्यसलाई ‘डाइरेक्टरी’ (Directory) भनिन्थ्यो । थर्मिडोरहरूले त्यसलाई ५ जनाको ‘डाइरेक्टरी’ बनाए । यसले अब विधानसभाको बहुमतको विरोधमा पनि काम गर्न लाग्यो ।
१७९५ मा एक नयाँ शासन विधान तयार गरियो । व्यवस्थापिकालाई दुई सदनको बनाइयो–५ सय व्यक्तिहरूको तल्लो सभा र एउटा माथिल्लो वा ठुलाहरूको परिषद् ।
माथिल्लो परिषद्को सदस्य बन्नको लागि उमेर ४० वर्ष नाघ्नुपर्ने र विवाहित हुनुपर्दथ्यो । मतदाताहरूले कर तिरेकै हुनुपर्दथ्यो ।

बाबेफ
Leave a Reply