भर्खरै :

टेबुल टेनिस कन्सर्टलाई पुनर्लेखनका लागि के गर्ने ?

‘वाशिङ्गटन पोष्ट’ले अप्रिल १० तारिखमा ‘५० वर्षअघि एक हिप्पी, एक दन्त चिकित्सक र एक १५ वर्षीया केटीले टेबुलटेनिस प्रयोग गर्दै चीनको ढोका खोलेको’ नामक लेख प्रकाशित गरेको छ । उक्त लेखमा भनिएको छ कि ५० वर्षअघि यस दिन अमेरिकी टेबलटेनिस प्रतिनिधिमण्डलले चिनियाँ माटोमा पैदल यात्रा गरेको थियो र दुई देशबीच २० वर्षभन्दा बढी समयदेखि बन्द गरेको आदानप्रदानको ढोका खोलेको थियो । “सानो बलले ठुलो बललाई धकेल्छ’ को ‘टेबुल–टेनिस कूटनीति’ पछिल्लो पुस्तामा एक राम्रो कथाको रूपमा पारित गरियो ।
उक्त लेखमा उल्लेख गरिएको १५ वर्षीया केटीको नाम जुडी होफ्रोस्ट हो, जो अमेरिकी टेबल टेनिस टोलीका कान्छी सदस्य हुन् । सन् १९७१ को अप्रिल १० तारिखमा जब उनी र अन्य १४ जना अमेरिकीले चिनियाँ माटोमा पैदल यात्रा गर्दा उनी अनभिज्ञ थिइन् । उनलाई अझै थाहा छैन कि यो यात्राले गतिरोध भएको चीन–अमेरिका सम्बन्धको लागि उज्ज्वल बाटो खोल्नेछ । जनगणतन्त्र चीनको स्थापना भएपछि अमेरिकाले अपनाएको ‘मान्यता अस्वीकार’ नीतिले चीन र अमेरिकालाई लामो समयसम्म अलगाव र वैमनस्यताको स्थितिमा धकेलेको थियो । कुनै पनि देश जुन विकास गर्न चाहन्छ उसले समयको प्रवृत्ति पछ्याउनुपर्दछ, र अहङ्कार अन्ततः त्याग्नुपर्छ । चीन र अमेरिकाबीचको सामान्य आदानप्रदान र सहयोग भनेको जनताले चाहेको कुरा र सामान्य प्रवृत्ति हो, जतिसुकै टाढा भए पनि, जतिसुकै बाधा भए पनि र फरक फरक विचारधारा भए पनि चीन र अमेरिकी जनताबीचको मैत्रीपूर्ण आदानप्रदान र ‘विन–विन’ सहयोगलाई रोक्न सक्दैनन् । नतिजास्वरूप, दुवै देशका नेताहरूको निर्णयअन्तर्गत टेबलटेनिस कन्सर्ट ‘खेल’, चीन र अमेरिका बीचमा बगिरहेको छ ।
कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्षभन्दा बढीदेखि यस कन्सर्टले मतभेद, विरोधाभास वा अबुझका कारण आÇनो स्वर परिवर्तन गरेको छैन । चीन र अमेरिकाका जनताबीच मैत्रीपूर्ण आदानप्रदान झन्झन् भएको छ र मित्रता बलियो भएको छ । दुई देशबीच जनताको आदानप्रदानले प्रतिवर्ष केही हजारदेखि ५० लाखमा वृद्धि भएको छ र दुवै देशले शिक्षा, विज्ञान र प्रविधि, संस्कृति, खेलकुद, स्वास्थ्य इत्यादिको क्षेत्रमा आदानप्रदान र सहयोगको द्रूत विकासलाई बारम्बार प्रोत्साहन गरेका छन् र ५० जोडी मैत्रीपूर्ण प्रान्तीय–राज्य सम्बन्ध र २२७ जोडी भगिनी सहर सम्बन्ध स्थापना गरेका छन् । जसरी अमेरिकी पूर्वराष्ट्रपति कार्टरले ओबामालाई भर्खरै पदभार ग्रहण गर्दा सुझाव दिँदै भनेका थिए, “अमेरिका र चीनबीच आपसी सम्मान कायम राख्न र दुई देशबीच सम्भावित भिन्नताबारे छलफलमा खुला र स्पष्ट दृष्टिकोण कायम राख्न दुई देशबीच एक सम्मान र शान्त तरिकाले समाधान गरिनुपर्छ ।”

४० भन्दा बढी वर्षदेखि चीन र अमेरिका आपसी समझदारी र सम्मानको आधारमा एक अर्काको सबैभन्दा महत्र्वपूर्ण व्यापार साझेदार भएका छन् । सामानको द्विपक्षीय व्यापारको कुल रकम २०० भन्दा बढी गुणाले वृद्धि भएको छ र दुईतर्फी लगानी स्टक २ खर्ब २० अर्ब अमेरिकी डलरभन्दा बढी भएको छ । अमेरिका–चीन व्यापार परिषद्को रिपोर्टअनुसार सन् २००९ देखि सन् २०१८ सम्म अमेरिकालाई चीनमा मात्र निर्यातले ११ लाखभन्दा बढी अमेरिकी रोजगारीमा सहयोग पु¥याएको छ । सर्वेक्षण गरिएको ९७ प्रतिशत अमेरिकी कम्पनीले चीनसँग व्यापार गर्नु फाइदाजनक छ भनेका छन् र चीन–अमेरिकी व्यापारले प्रत्येक वर्ष प्रतिअमेरिकी परिवारमा ८५० अमेरिकी डलर बचाउँछ । चीन र अमेरिकाले एक–अर्कासँग मिलेर अन्तर्राष्ट्रिय मामिलामा समन्वय र सहकार्यलाई सुदृढ पारेका छन् र आतङ्कवाद प्रतिरोध, अप्रसार, आर्थिक सङ्कट र जलवायुजस्ता धेरै मुद्दाहरूलाई महत्र्वपूर्ण र सकारात्मक योगदान पु¥याएका छन् । चीन– अमेरिका सम्बन्धले विश्वव्यापी महत्र्व र प्रभाव बढाएको छ ।
यद्यपि, केही वर्षहरूमा केही अमेरिकी राजनीतिज्ञहरूले निजी स्वार्थका एकतर्फी घटनालाई उक्साइरहेका छन् र द्वन्द्व पैदा गरिरहेका छन् । चीन र अमेरिकाको बीचमा सामान्य आदानप्रदानमा अवरोध पु¥याइरहेका छन् । चीनप्रति पूर्वाग्रह र घृणाको कारण दुई देशबीच आपसी विश्वासको आधारलाई कमजोर पारेका छन् । विशेषगरी नयाँ कोरोना भाइरस महामारीको प्रकोपपछि केही अमेरिकी राजनीतिज्ञहरूले बेइमानीपूर्वक चीनको बदनाम गरेका छन्, चीनमाथि फोहोर पानी खन्याएका छन् जसले दुई देशको मैत्रीको सामान्य विकासमा गम्भीर क्षति पु¥याएको छ । चीन–अमेरिकी सम्बन्धले ४० वर्षमा अभूतपूर्व कठिनाइहरूको सामना गरेको छ । जति धेरै गा¥हो अवस्था आइलाग्छ, त्यति नै सही र गलत महसुस गर्नुपर्दछ, चाहे विपरीत दिशामा जाँदै छ वा एक दिशामा जाँदै छ । आशा छ, अमेरिकी राजनीतिज्ञहरूले यो कुरा महसुस गर्नेछन् । चीन र अमेरिकाबीच सामान्य आदानप्रदान फेरि सुरु गर्न गा¥हो छैन, ‘जित जित’ भावनाको लक्ष्य लिनुपर्छ । अमेरिकामा चिनियाँ मिडियामाथिको प्रतिबन्ध हटाइनेछ, चिनियाँ कम्पनीहरूको अनियन्त्रित दमन रोकिनेछ र अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीमाथिको उपद्रव रोकिनेछ ।
‘टेबुलटेनिस कूटनीति’ को कथाले विगतको कुरा बताएको छ, र इतिहासको पाङ्ग्रा अगाडि बढिरहेको छ चीन र अमेरिकाले यस इतिहास र बुद्धिमत्ताबाट पाठ सिक्नुपर्दछ । खुला र स्पष्ट हृदयले मानव जातिको लागि साझा भविष्य समुदाय निर्माण गर्न मिलेर काम गर्नुपर्दछ । यसले नयाँ युगको लागि एक गतिशील साङ्गीतिक मेला ल्याउने छ ।
सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *