जनताको सेवामा लाग्नेहरू पछुताउन नपर्ने
- आश्विन १०, २०८३
कोभिड–१९ को महामारीको कारण सरकारले काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि लागू हुने गरी १५ दिनको निम्ति निषेधाज्ञा जारी गरेपछि उपत्यकाबाट आआफ्नो घर जानेको लर्को लागेको छ । उपत्यकामा रहेका करिब ५० लाख मानिसमध्ये आधाजति विभिन्न कामविशेषले उपत्यकाबाहिरबाट आइबसेका हुन् । अघिल्लो वर्ष हठात् लकडाउन गर्दा कैयौँ मानिस अलपत्र परे र हप्तौँ हिँडेर आफ्नो घर पुगेको कथा अहिले याद हुन्छ । त्यसै अनुभवबाट सिकेर हुनुपर्छ सरकारले दुई दिनअगाडि नै निषेधाज्ञाको घोषणा गरी घर जानेलाई अवसर दिएको देखिन्छ । तर, कोरोना भाइरसको दोस्रो लहरको हटस्पट बनेको राजधानीबाट गाउँगाउँ हिँडेका ती लाखौँ मानिसले महामारी अझ फैलाउने त होइनन् भन्ने प्रश्न उठेको छ । बुधबार राजधानीबाट पूर्वतिर लर्को लागेका गाडीहरूमा यात्रुले स्वास्थ्यका मापदण्ड पालन गरेको देखिएन । कतिपयले मास्कसमेत लगाएका थिएनन् भने मास्क लगाउनेले मध्ये पनि उचित ढङ्गबाट मास्क लगाएको देखिएन । त्यसैले ‘भोक’ को डरले राजधानी छोड्ने मानिसले गाउँमा रोग पु¥याए भने स्थिति अझ भयङ्कर हुने डर छ ।
निषेधाज्ञाले कोभिड महामारीको ‘चेन ब्रेक’ गर्न सहयोग गर्नेमा शङ्का छैन । तर, निषेधाज्ञाले मात्र महामारी रोकिन्न भन्ने कुरा विगतको अनुभवले पनि पुष्टि गरेको छ । सरकार तथा स्थानीय निकायहरूको सक्रियतामा कन्ट्याक्ट ट्रेसिङ, पीसीआर परीक्षण, क्वारेन्टिन, आइसोलेसन तथा उपचारका सामग्री बन्दोबस्त गर्नु अनिवार्य छ । अहिले विगतमा जस्तै व्यवस्थित कन्ट्याक्ट ट्रेसिङ गरिरहेको भेटिन्न । कोभिड पोजिटिभहरू नै निस्फिक्री घुम्ने वातावरण बनेकैले नेपालमा विश्वमै सबभन्दा तीव्रगतिमा कोभिड–१९ को दोस्रो लहर फैलिएको हो । पीसीआर परीक्षण गर्न पनि सहज नभएको र महँगो पैसा परेकोले मानिसले परीक्षणमा बेवास्ता गरिरहेको पाइन्छ ।
राजधानी छोड्ने प्र्रत्येक मानिसले आफूसँग कोरोना भाइरस हुनसक्छ भन्ने मनमा राखी गन्तव्य पुगेपछि दुई हप्ता ‘क्वारेन्टिन’ मा बस्नु आवश्यक छ । अलग बस्ने, सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात नियमित माझ्ने काम अनिवार्य गर्नु आवश्यक छ । रोगको लक्षण नभएकै मानिसले पनि भाइरस सारिरहेको हुनसक्ने भएकोले लक्षण नदेखिँदैमा आफू कोभिड पोजिटिभ नभएको पुष्टि नहुने विषयमा गम्भीर हुनु आवश्यक छ । सम्बन्धित स्थानीय निकायहरू यसमा चनाखो हुनुपर्ने देखिन्छ ।
निषेधाज्ञाले कोभिड महामारीको ‘चेन ब्रेक’ गर्न सहयोग गर्नेमा शङ्का छैन । तर, निषेधाज्ञाले मात्र महामारी रोकिन्न भन्ने कुरा विगतको अनुभवले पनि पुष्टि गरेको छ । सरकार तथा स्थानीय निकायहरूको सक्रियतामा कन्ट्याक्ट ट्रेसिङ, पीसीआर परीक्षण, क्वारेन्टिन, आइसोलेसन तथा उपचारका सामग्री बन्दोबस्त गर्नु अनिवार्य छ । अहिले विगतमा जस्तै व्यवस्थित कन्ट्याक्ट ट्रेसिङ गरिरहेको भेटिन्न । कोभिड पोजिटिभहरू नै निस्फिक्री घुम्ने वातावरण बनेकैले नेपालमा विश्वमै सबभन्दा तीव्रगतिमा कोभिड–१९ को दोस्रो लहर फैलिएको हो । पीसीआर परीक्षण गर्न पनि सहज नभएको र महँगो पैसा परेकोले मानिसले परीक्षणमा बेवास्ता गरिरहेको पाइन्छ ।
विभिन्न देशमा महामारीका विभिन्न लहर निरन्तर चलिरहेको खबर आए तापनि सरकारले आवश्यक तयारी नगरी सत्ताको ‘कुकुर झगडा’ मा व्यस्त रहेको विषयमा चारैतिरबाट आलोचना भइरहेको छ । भारतसँगको सीमा नाका समयमै बन्द गर्ने र त्यताबाट आएका सबैलाई १४ दिन क्वारेन्टिनमा राख्ने प्रबन्ध गरिएको भए आजको स्थिति आउने थिएन । भेन्टिलेटरको निम्ति अस्पतालका ढोका ढक्ढक्याउँदै बिरामीले प्राण त्यागेका समाचारहरू आइरहेका छन् । अब अक्सिजनको अभावको समाचार आउन बेर छैन । अविलम्ब थप आइसीयू बेडलगायत उपचारका उपकरणहरूको व्यवस्था गर्नु जरुरी छ ।
सर्वसाधारण नागरिकले पनि निषेधाज्ञाका मापदण्ड पूरा गर्नु जरुरी छ । अत्यावश्यक सामानको किनमेलको नाममा भीडभाडमा सहभागी हुने, विवाह वा अन्य सामाजिक गतिविधिको नाममा एकै ठाउँमा धेरै मानिस जम्मा हुने ग¥यौँ भने महामारीको चेन ब्रेक गर्न सकिन्न ।
Leave a Reply